Monday, June 1

विश्व

११६ वर्षकी भइन् संसारकै सबैभन्दा वृद्ध महिला
विश्व, समाचार, समाज

११६ वर्षकी भइन् संसारकै सबैभन्दा वृद्ध महिला

नेपालअखबार,काठमाडाैँ । एथेल क्याटरह्याम संसारकै सबैभन्दा वृद्ध जीवित महिला बनेकी छिन्। इङ्गल्याण्डको सरेमा बस्ने क्याटरह्याम अहिले ११६ वर्षकी छिन्।यसअघि यो रेकर्ड ब्राजिलियन नन सिस्टर इना क्यानबेरा लुकासको नाममा थियो। उनको निधनपछि अब क्याटरह्यामलाई संसारकै सबैभन्दा वृद्ध जीवित व्यक्तिका रूपमा मान्यता दिइएको हो। क्याटरह्यामको जन्म २१ अगस्ट १९०९ मा भएको थियो। उनको जन्म टाइटानिक दुर्घटनाभन्दा तीन वर्ष अगाडि र रुसी क्रान्तिभन्दा आठ वर्ष अगाडि भएको हो। जीवनयात्रामा उनले दुवै विश्वयुद्धका कठिन क्षणहरू प्रत्यक्ष देखेकी छिन्। ११६ वर्ष पार गरेकी क्याटरह्याम अहिले स्वस्थ्य अवस्थामै जीवन बिताइरहेकी छिन्। उनको लामो आयु र जीवनअनुभवलाई सम्मान गर्न विभिन्न अन्तर्राष्ट्रिय संचारमाध्यमहरूले रिपोर्ट प्रकाशित गरेका छन्।...
गाजा शहर नियन्त्रणमा लिने योजनासाथ आक्रमण गर्न  थाल्यो इजरायलले
राजनीति, विश्व, समाचार

गाजा शहर नियन्त्रणमा लिने योजनासाथ आक्रमण गर्न थाल्यो इजरायलले

नेपालअखबार,काठमाडौं । विश्वभरबाट आलोचनाका बाबजुद इजरायली सेनाले गाजा क्षेत्रमा हमला सुरु गरेको छ । इजरायली सेनाले गाजा शहर कब्जा गर्ने योजना अनुसार कारबाही सुरु गरेको जनाएको छ । इजरायली सेनाका अनुसार गाजा शहरको बाहिरी क्षेत्र उसले नियन्त्रणमा लिइसकेको छ । एक सैन्य कमाण्डरका अनुसार कब्जाको तयारी गर्नका लागि जैतुन र जबालिया क्षेत्रमा इजरायली सैनिक पहिल्यैदेखि तैनाथ छन् । यस सैन्य अभियानलाई मंगलबार रक्षामन्त्री इजरायल काट्जले मन्जुरी दिइसकेका थिए । अब त्यसलाई यसै हप्ताको अन्तिमतिर सुरक्षा क्याबिनेटमा पेस गरिनेछ । प्यालेस्टिनी नागरिकमा हुने असरलाई लिएर इजरायलको सैन्य कारबाहीको अन्तर्राष्ट्रिय स्तरबाट कडा विरोध भइरहेको छ । तर इजरायलले हमास लडाकुहरुलाई निमिट्यान्न नपारेसम्म आफ्नो अभियान नरोकिने जनाउँदै आएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार हमासले इजरायलमाथि युद्ध विराम सम्झौता पालना नगरेको...
विश्व स्वास्थ्य संगठनले भन्यो– नेपालबाट रुबेला पूर्ण उन्मूलन
विश्व, समाचार, स्वास्थ्य

विश्व स्वास्थ्य संगठनले भन्यो– नेपालबाट रुबेला पूर्ण उन्मूलन

नेपालअखबार,काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपाल रुबेला रोगको जोखिमबाट पूर्ण मुक्त भएको घोषणा गरेको छ । खोपमार्फत रोकथाम गर्न सकिने रुबेला उन्मुलनका लागि नेपालले निरन्तर प्रयास गरेको भन्दै डब्लुएचओले यसलाई उल्लेखनीय उपलब्धी भनेको छ । सन् २०२५ जुलाई २२ देखि २४ सम्म बसेको डब्लुएचओको दक्षिण–पूर्वी एशिया क्षेत्रीय प्रमाणीकरण आयोग (एसईए–आरभीसी) को वार्षिक बैठकले खस्रा–रुबेला निगरानी र खोप वितरणबारे नेपालले पेस गरेको तथ्याङ्क र जानकारी समीक्षा गरी रुबेला उन्मूलन प्रमाणिकरण गर्न सिफारिस गरेको थियो । नेपाललाई रुबेला उन्मूलन भएको घोषणा गर्न गरिएको सिफारिसलाई डब्लुएचओका दक्षिण–पूर्वी एशियाका कार्यवाहक प्रमुख डा. क्याथरिना बोएमेले अनुमोदन गरेकी हुन् । रुबेला (जर्मन खस्रा) अत्यन्तै संक्रामक भाइरल संक्रमण हो । गर्भवती महिलामा यो संक्रमण गम्भीर मानिन्छ । गर्भपतन, जन्म पूर्व नै शिशुको...
गाजा युद्ध अन्त्य गर्न माग गर्दै इजरायलमा विशाल प्रदर्शन, प्रधानमन्त्री नेतन्याहु रुष्ट
राजनीति, विश्व, समाचार

गाजा युद्ध अन्त्य गर्न माग गर्दै इजरायलमा विशाल प्रदर्शन, प्रधानमन्त्री नेतन्याहु रुष्ट

नेपालअखबार,तेल अभिभ । गाजा युद्ध अन्त्य गर्न र हमासले बन्धक बनाएकाहरूको रिहाइका लागि इजरायलमा हजारौँ मानिसहरूले प्रदर्शन गरेका छन्।आइतबार तेल अभिभको ‘होस्टेजेस स्क्वायर’ मा सबैभन्दा ठुलो भीड देखिएको थियो। प्रदर्शनका आयोजकहरूका अनुसार सरकारले गाजा सहरमाथि नियन्त्रण गर्ने योजना बनाएकाले हमासको कब्जामा रहेका करिब २० जना बन्धकहरूको जीवन जोखिममा परेको छ।बृहत् प्रदर्शनको एक भागको रूपमा एक दिने राष्ट्रिय हडताल पनि गरिएको थियो, जसका कारण केही क्षेत्रमा सडक, कार्यालय र विश्वविद्यालयहरू बन्द रहे। दिनभरको प्रदर्शनका क्रममा करिब ४० जनालाई पक्राउ गरिएको थियो। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले प्रदर्शनको आलोचना गर्दै यसले ‘हमासको अडानलाई अझ कठोर बनाउने’ र बन्धकहरूको रिहाइलाई ढिलो मात्र गर्ने बताएका छन्। यसैगरी, इजरायलका दक्षिणपन्थी मन्त्री बेजालेल स्मोट्रिचले पनि प्रदर्शनको निन्दा गर्दै यस...
पुटिनका चार अडानले ट्रम्पसँगको वार्ता निष्कर्षविहीन
राजनीति, विश्व, समाचार

पुटिनका चार अडानले ट्रम्पसँगको वार्ता निष्कर्षविहीन

नेपालअखबार,काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको भेटवार्ता ठोस सम्झौताबिना सकिएको छ । शुक्रबार अलास्काको एन्करेजस्थित संयुक्त सैन्य अड्डामा दुई राष्ट्रपतिबीच स्थानीय समयअनुसार साढे ११ बजे सुरु भएको बैठक साढे २ बजेसम्म चलेको थियो ।   उनीहरुको वार्तामा युद्धविरामबारे सहमति हुने अपेक्षा गरिएको थियो । तर कुनै सम्झौता नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यद्यपि छलफलपछिको पत्रकार सम्मेलनमा ट्रम्प र पुटिन दुवैले वार्ता सकारात्मक भएको बताएका छन् । 'केही प्रगति भएको छ, धेरै बुँदामा सहमति भएको छ, केही मात्रै बाँकी छन्,' ट्रम्पले भने । तर के-के बुदाँमा सहमति भयो उनले खुलाएनन् । त्यस्तै पुटिनले पनि केही बुँदामा सहमति भएको बताए तर त्यो सहमति के हो भन्नेबारे बोलेनन् । पुटिनले भने, 'हामी अपेक्षा गर्छौं कि कीभ र युरोपेल...
रूसी विदेशमन्त्री अलास्का पुगे, पुटिन जाँदै
राजनीति, विश्व, समाचार

रूसी विदेशमन्त्री अलास्का पुगे, पुटिन जाँदै

नेपालअखबार,काठमाडौँ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच शुक्रबार बहुप्रतिक्षित शिखर बैठक हुँदैछ। अमेरिकाको अलास्कामा ट्रम्प र पुटिनबीच युक्रेनमा युद्धविरामबारे प्रत्यक्ष भेटवार्ता हुन लागेको हो। भेटवार्ता अलास्काको एन्करेजस्थित अमेरिकी सेना र वायु सेनाको संयुक्त सैन्य अड्डामा हुनेछ। दुई राष्ट्रपतिबीच अमेरिकी समयअनुसार शुक्रबार बिहान साढे ११ बजेदेखि बैठक सुरू हुने अमेरिकी मिडियाहरूले जनाएका छन्। शिखर बैठकका लागि रूसी विदेशमन्त्री सर्गेइ लाभ्रोव अलास्का पुगिसकेको भनेर रूसी समाचार संस्था तासले जनाएको छ। उनीसँगै अमेरिकाका लागि रूसी राजदूत अलेक्जेन्डर दार्चियभ पनि अलास्का पुगिसकेका छन्। पुटिनका मुख्यमध्येका सहयोगी युरी युशाकोभका अनुसार बैठक मस्कोको समयअनुसार शुक्रबार राति साढे १० बजे सुरू हुनेछ। अलास्कामा ट्रम्प र पुटिनबीच वान अन वान वार्त...
दक्षिण कोरियामा घट्दो जन्मदर, सैनिकको सङ्ख्या पनि घट्दै
विश्व, समाचार

दक्षिण कोरियामा घट्दो जन्मदर, सैनिकको सङ्ख्या पनि घट्दै

नेपालअखबार,सोल । दक्षिण कोरियामा घट्दो जन्मदरको प्रत्यक्ष असर सेनाको जनशक्तिमा देखिन थालेको छ। पछिल्ला छ वर्षमा देशको सैन्य बल २० प्रतिशतले घटेको नयाँ प्रतिवेदनले खुलासा गरेको हो।रक्षा मन्त्रालयको प्रतिवेदनअनुसार यो कमीको मुख्य कारण युवापुस्ताको घट्दो सङ्ख्या हो, जसले देशको कामकाजी जनशक्ति मात्र होइन, वृद्ध जनसङ्ख्या तीव्र गतिमा बढिरहेको अवस्थासमेत झल्काउँछ।सन् २०१९ मा ५ लाख ६३ हजार रहेको सैनिक सङ्ख्या यो वर्ष जुलाईसम्म ४ लाख ५० हजारमा झरेको छ। प्रतिवेदनमा जनसङ्ख्या कमी र सैनिकको ‘व्यवहार र उपचार’ प्रति असन्तुष्टिका कारण सैनिक बन्न इच्छुक पुरुषको सङ्ख्या घटेको उल्लेख छ। यद्यपि उक्त व्यवहारबारे विस्तृत जानकारी दिइएको छैन, तर अघिल्ला अध्ययनहरूले दक्षिण कोरियाली सेनाको कठोर परिस्थितिको चर्चा गरेका छन्। प्रतिवेदनले चेतावनी दिएको छ, ‘यदि स्थायी सेनाको सङ्ख्या निरन्तर घटिरह्यो भने उत्कृष्ट जन...
ट्रम्पसँग वार्ता गर्न पुटिनले दुबई रोजेका थिए, कसरी तय भयो अलास्का?
राजनीति, विश्व, समाचार

ट्रम्पसँग वार्ता गर्न पुटिनले दुबई रोजेका थिए, कसरी तय भयो अलास्का?

नेपालअखबार,काठमाडौं ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्म र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच शुक्रबार प्रत्यक्ष भेटवार्ता हुँदैछ। अलास्काको एन्करेजस्थित संयुक्त सैनिक अड्डा (ज्वाइन्ट बेस एल्मेन्डोर्फ–रिचर्डसन) मा दुई शक्तिशाली मुलुकका प्रमुखबीच बहुप्रतिक्षित बैठक हुन लागेको हो। साढे तीन वर्षभन्दा बढी समयदेखि चलिरहेको रूस-युक्रेन युद्धलाई शान्तिमा रूपान्तरण गर्न ट्रम्प र पुटिनबीचको भेटवार्ता कोशेढुंगा हुने आकलन गरिएको छ। यो भेटवार्ता एक साताअघि ट्रम्पका मध्यपूर्व हेर्ने दूत स्टिभ विटकोफले क्रेमलिन भ्रमण गरेपछि तय भएको थियो। गत बुधबार विटकोफले क्रेमलिनमा पुटिनसँग तीन घन्टा वार्ता गरेका थिए। वार्ताको विस्तृत अझै सार्वजनिक भएको छैन। तर त्यसलाई नै ट्रम्म र पुटिनबीच प्रत्यक्ष भेटवार्ताको प्रस्थानबिन्दु भनिएको छ। विटकोफको भ्रमणपछि ट्रम्प आफैले एक साताभित्र पुटिनसँग प्रत्यक्ष वार्त...
इजरायली आक्रमणमा अल जजीराका चार पत्रकार मारिए
विश्व, समाचार

इजरायली आक्रमणमा अल जजीराका चार पत्रकार मारिए

नेपालअखबार,काठमाडौँ । इजरायलको हवाई आक्रमणमा परी गाजामा अल जजीराका चार पत्रकार मारिएका छन् । अल जजीराले गाजाको अल–शिफा अस्पताल नजिक भएको आक्रमणमा परी उनीहरु मारिएको जनाएको छ । अल जजीराका अनुसार इजरायली आक्रमणका समयमा संवाददाता अनस अल–शरीफ र मोहम्मद कुरैके, क्यामेराम्यान इब्राहिम जही र मोहम्मद नौफाल अस्पतालको मुख्य द्वारमा पत्रकारहरुका लागि बनेको एक त्रिपालमा रहेका थिए । करिब दुई साताअघि अल जजीराले इजरायली रक्षा बल (आईडीएफ)को निन्दा गर्दै गाजामा अलि–शरीफसहित उक्त टिमका पत्रकारविरुद्ध अभियान चलाइएको बताएका थियो । आक्रमणको केही समयपछि आईडीएफले अनस अल–शरीफमाथि आक्रमण भएको पुष्टि गरेको छ । आईडीएफले भने टेलिग्राममा पोस्ट गर्दै भनेको छ, ‘हमासको आतंकवादी सेलका प्रमुखका रुपमा काम गरिरहेका थिए ।’ आईडीएफले आक्रमणमा मारिएका अन्य पत्रकारहरुबारे उल्लेख गरेको छैन ।अल जजिराका म्यानेजिङ एडि...
ट्रम्प र पुटिनले अलास्कामा भेट्ने, मुख्य एजेन्डा रुस-युक्रेन युद्ध
राजनीति, विश्व, समाचार

ट्रम्प र पुटिनले अलास्कामा भेट्ने, मुख्य एजेन्डा रुस-युक्रेन युद्ध

नेपालअखबार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता हुने मिति तय भएको छ । उनीहरुबीच आलास्कामा यही अगष्ट १५ तारिखमा भेटवार्ता हुने भएको हो । त्यसको तयारी करिब पूरा भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । दुवै नेताले यो भेटलाई रूस–युक्रेन युद्धको शान्ति प्रक्रियाको महत्वपूर्ण अवसरका रूपमा प्रस्तुत गरेका छन् । ट्रम्पले शान्ति सम्झौतामा केही क्षेत्र साटफेर हुन सक्ने संकेत गरेका छन्, जसलाई लिएर अन्तर्राष्ट्रिय समुदाय विभाजित छ । क्रेमलिनका वरिष्ठ सल्लाहकार यूरी उशाकोभले पनि अलास्का भ्रमणलाई ‘तर्कसंगत’ भन्दै बैठकको पुष्टि गरेका छन् । २०१९ मा ओसाका भेटपछि दुवै नेताबीचको पहिलो प्रत्यक्ष वार्ता हुन लागेको हो । सन् १९८८ पछि अमेरिकामा हुने पहिलो द्विपक्षीय शिखर सम्मेलन समेत हो । अलास्काका राज्यपाल माइक डुनलीवीले राज्यलाई...