प्यालेस्टाइनलाई देशको मान्यता दिने फ्रान्सका राष्ट्रपति म्याक्रोंको घोषणा
नेपालअखबार,काठमाडौं । फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोंले प्यालेस्टाइनलाई देशको मान्यता दिने घोषणा गरेका छन्।
राष्ट्रपति म्याक्रोंले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक पोस्ट लेख्दै प्यालेस्टिनलाई आगामी सेप्टेम्बरमा देशको मान्यता दिने घोषणा गरेका हुन्।
उक्त घोषणा संयुक्त राष्ट्रसंघको महासभामा हुने पनि राष्ट्रपति म्याक्रोंले बताएका छन्।
'मध्यपूर्वमा न्याय र शान्तिका लागि ऐतिहासिक प्रतिबद्धतास्वरूप फ्रान्स प्यालेस्टाइनलाई एक राष्ट्रका रूपमा मान्यता दिनेछ,' म्याक्रोंले लेखेका छन्।
उनले गजाका नागरिकहरूको जीवन बचाउनु सबैभन्दा महत्त्वपूर्ण रहेको बताएका छन्।
' गजामा युद्ध अन्त्य र त्यहाँका नागरिकहरूको जीवन बचाउनु सबैभन्दा महत्त्वपूर्ण कुरा हो। शान्ति सम्भव छ। तत्काल युद्धविराम र सबै बन्धकहरूको रिहाइ तथा गजाका नागरिकहरूलाई पर्याप्त मानवीय सहायताको जरूरी छ,' म्याक्रोंले भनेका छन...










