Saturday, June 27

विश्व

भारतले खोल्यो सबै विमानस्थल
विश्व, समाचार

भारतले खोल्यो सबै विमानस्थल

नेपालअखबार,काठमाडौं । भारत–पाकिस्तान युद्धविरामपछि सोमबार भारतका सबै बन्द विमानस्थलहरू खोलिएका छन् । जम्मु–कश्मीरको पहलगाममा आतंककारीले २६ पर्यटकको हत्या गरेपछि भारत र पाकिस्तानबीच बढेको तनावबीच मे ७ मा भारतले आफ्ना ३२ वटा विमानस्थल बन्द गरेको थियो । ती विमानस्थलहरू मे १५ को बिहान ५ः२९ बजेसम्म अस्थायी रूपमा बन्द भनिएको थियो । तर, दुवै देशबीच युद्धविराम सम्झौता भएसँगै भारतीय विमानस्थल प्राधिकरणले विमानस्थल खोलेको हो । प्राधिकरणले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै विमानस्थल खुला गरिएको जनाएको छ । उसले यात्रुहरूलाई ती विमानस्थलहरूमा उठानका लागि सम्बन्धित एयरलाइन्सबाट जानकारी लिन आग्रह गरेको छ । इन्डिगो एयरलाइन्सले सामाजिक सञ्जाल प्लेटफर्म एक्सममा यसबारे जानकारी दिएको छ । कम्पनीले ट्राभल एड्भाइजरी जारी गर्दै सबै विमानस्थलहरू नागरिक उडानहरूका लागि खोलिएको जनाएको छ ।...
आज भारत र पाकिस्तानबीच वार्ता हुँदै
राजनीति, विश्व, समाचार

आज भारत र पाकिस्तानबीच वार्ता हुँदै

नेपालअखबार,काठमाडौँ ।युद्धविरामको दुई दिनपछि भारत-पाकिस्तानबीच वार्ता हुन लागेको छ। सोमबार दिउँसो भारत र पाकिस्तानका वरिष्ठ अधिकारीहरुबीच वार्ता हुन लागेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। हिन्दुस्तान टाइम्सका अनुसार भारतीको सैन्य अपरेशनका महानिर्देशक (डिजिएमओ) लेफ्टिनेन्ट जनरल राजीव घाइ र  पाकिस्तानको सन्य अपरेशनका महानिर्देशक मेजर जनरल काशिफ चौधरीबीची सोमबार दिउँसो वार्ता हुने तय भएको हो। उनीहरूबीच सोमबार दिउँसो १२ बजे हटलाइनमार्फत वार्ता हुने बताइएको छ। वार्तामा तेस्रो पक्षको मध्यस्थता अस्वीकार्य हुने भारतले यसअघि नै बताइसकेको छ। सो अनुसार दुई डिजिएमओबीच सिधा वार्ता हुने हिन्दुस्तान टाइम्सले जनाएको छ। वार्तामा युद्धविरामलाई सुदृढ बनाउने र सीमानामा शान्ति कायम गर्न आधार तयार गर्ने विषयमा छलफल हुने बताइएको छ। डिजिएमओमा मात्रै सिमित हुने वार्तामा कश्मिर तथा सिन्धु जल ...
अमेरिका–इजरायलको सहायता वितरण योजना गाजावासीद्वारा अस्वीकार
राजनीति, विश्व, समाचार

अमेरिका–इजरायलको सहायता वितरण योजना गाजावासीद्वारा अस्वीकार

नेपालअखबार,काठमाडौँ । गाजापट्टीमा मानवीय सहायता वितरण गर्न संयुक्त राज्य अमेरिका–इजरायलको संयुक्त पहललाई गाजावासीहरूले अस्वीकार गरेका छन् । यो योजनाले आफूहरूको मर्यादालाई कमजोर पारेको र अन्तर्राष्ट्रिय राहत च्यानलहरू स्थापना गरेको उनीहरुको भनाइ छ । महिनौंदेखिको द्वन्द्वबाट विस्थापित प्यालेस्टिनीहरूले यस प्रयासप्रति गहिरो अविश्वास व्यक्त गरेका छन् । बढ्दो मानवीय संकटको बीचमा वाशिंगटन र तेल अभिभले सहायता वितरणलाई राजनीतिकरण गरेको आरोप लगाएका छन् । घेराबन्दी सहेका र हार मान्न अस्वीकार गरेका मानिसहरूले यो दृष्टिकोणलाई निश्चित रूपमा स्वीकार नगर्ने उनीहरुको भनाइ छ ।  युद्धको समयमा १७ महिनासम्म दृढ रहनेहरूले इजरायली पक्षले विचार गरिरहेको दृष्टिकोणलाई स्वीकार गर्ने छैनन् । जनताले उनीहरूले बनाएको कुनै पनि योजनालाई विफल पार्ने उनीहरुको भनाइ छ ।...
जेनेभामा अमेरिका–चीन व्यापार वार्ता पुनः सुरु
विश्व, समाचार

जेनेभामा अमेरिका–चीन व्यापार वार्ता पुनः सुरु

नेपालअखबार,काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आक्रामक कर कटौतीका कारण उत्पन्न व्यापार तनाव कम गर्ने उद्देश्यले अमेरिका र चीनका उच्च अधिकारीबीच आइतबार दोस्रो दिन पनि वार्ता सुरु भएको स्विस सञ्चारमाध्यमले जनाएका छन्। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट, व्यापार प्रतिनिधि जेमिसन ग्रीर र चीनका उपप्रधानमन्त्री हे लिफेङबीच आइतबार दोस्रो दिन बिहान १० बजेपछि बन्द कोठामा वार्ता पुनः सुरु भएको स्विस किस्टोन–एटिएस समाचार एजेन्सीले जनाएको छ । जेनेभामा शनिबार पहिलो दिनको वार्तापछि आफ्नै लगानीमा खेलिएको राष्ट्रपति ट्रम्पको ट्रुथ सोसल पोस्टमा ट्रम्पले ‘धेरै राम्रो’ भएको भन्दै छलफलको प्रशंसा गरेका थिए । उनले वार्तालाई ‘मैत्रीपूर्ण तर रचनात्मक तरिकाले वार्तालाई पूर्ण रूपमा पुनः स्थापित’ गरिएको बताए । यसअघि, चीनको सरकारी समाचार संस्था सिन्ह्वाले पनि स्विट्जरल्याण्डमा भएको वार्तालाई ‘मुद्...
प्रत्यक्ष वार्ताका लागि पुटिनले गरेको प्रस्तावको जेलेन्स्कीले गरे स्वागत
राजनीति, विश्व, समाचार

प्रत्यक्ष वार्ताका लागि पुटिनले गरेको प्रस्तावको जेलेन्स्कीले गरे स्वागत

नेपालअखबार,काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले प्रत्यक्ष वार्ताको लागि गरेको प्रस्तावको स्वागत गरेका छन्। यसअघि पुटिनले रूस-युक्रेनबीच दीगो शान्ति स्थापना र युद्धको समाधानका लागि प्रत्यक्ष वार्ताको प्रस्ताव गरेका थिए। उनले चार दिनपछि बिहीबार टर्कीको इस्तानबुलमा प्रत्यक्ष वार्ताको प्रस्ताव गरेका थिए। आइतबार सामाजिक संजाल एक्समा लेख्दै जेलेन्स्कीले सो प्रस्तावको स्वागत गरेका छन्। उनले पुटिनको प्रस्तावबारे प्रत्यक्ष रूपमा उल्लेख नगरे पनि ‘रूसीहरूले अन्ततः युद्ध समाप्त गर्नेबारे विचार गर्न सुरू गरेको कुरा एक सकारात्मक संकेत हो’ भनेका छन्। साथै उनले युद्धलाई साँच्चै समाप्त गर्ने हो भने युद्धविराम हुनुपर्ने पनि बताए। बेलायत, फ्रान्स, जर्मनी र पोल्याण्डका सरकार प्रमुखहरूले शुक्रबार किभमा जेलेन्स्कीसँग भेटेपछि ३० दिने युद्धविरामको प्र...
जम्मू-कश्मिरमा युद्धविरामपछि पनि उच्च सतर्कता
राजनीति, विश्व, समाचार

जम्मू-कश्मिरमा युद्धविरामपछि पनि उच्च सतर्कता

नेपालअखबार,काठमाडौँ । भारत-पाकिस्तानबीच युद्धविराम भए पनि भारत प्रशासित जम्मू-कश्मिर क्षेत्रमा अझै उच्च सतर्कता अपनाइएको बताइएको छ। चार दिनमा उत्कर्षमा पुगेको भारत-पाकिस्तान तनाव शनिबार साँझ ५ बजेदेखि अकास्मात् युद्धविराम भएपछि रोकिएको थियो। यद्यपि जम्मू-काश्मिरको भारत-पाकिस्तान सीमा क्षेत्रमा अझै पनि उच्च सतर्कता अपनाइएको भारतीय अनलाइन हिन्दुस्तान टाइम्सले जनाएको छ। त्यहाँ सीमा सुरक्षा बललाई उच्च सतर्कता र तयारी अववस्थामा राखिएको भनिएको छ। सीमा क्षेत्रबाट 'आतंकवादी समूह' जैश-ए-मोहम्मदका 'आतंककारी' घुसपैठ गर्ने सक्ने जोखिमलाई मध्यनजर गरेर ती क्षेत्रहरूमा उच्च सचतर्कता अपनाइएको हिन्दुस्तान टाइम्सले जनाएको छ। शनिबार युद्धविराम भए पनि पाकिस्तानले जम्मू-कश्मिरको श्रीनगर लगायतका क्षेत्रहरूका हवाइ आक्रमण गरेको रिपोर्टहरू सार्वजनिक भएका थिए। राति नै आकाशमा पाकिस्तानी ड्रोनहरू देखिए...
गुइझोउमा विश्वको सबैभन्दा अग्लो पुल बन्दै
विश्व, समाचार

गुइझोउमा विश्वको सबैभन्दा अग्लो पुल बन्दै

नेपालअखबार, काठमाडौँ । चीनको गुइझोउ प्रान्तको पहाडहरूको बीचमा रहेको हुआजियाङ ग्रान्ड क्यान्यन ब्रिज विश्वको सबैभन्दा अग्लो पुल बन्ने तयारीमा छ । यस वर्षको जनवरीमा यसको मुख्य संरचना पूरा भएपछि पुलको डेकबाट नदीको सतहसम्म मापन गर्दा झोलुङ्गे पुलको ठाडो उचाइ ६ सय २५ मिटर हुनेछ । वाङ युजुआन पुलको निर्माणको दस्तावेजीकरणको जिम्मेवारीमा छिन् । २ हजार ८ सय ९० मिटर लामो पुलको मुख्य स्प्यान १ हजार ४ सय २० मिटर छ ।...
भारत र पाकिस्तान युद्धविरामका लागि सहमत भएको ट्रम्पको घोषणा
राजनीति, विश्व, समाचार, हाइलाइट-समाचार

भारत र पाकिस्तान युद्धविरामका लागि सहमत भएको ट्रम्पको घोषणा

नेपालअखबार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच युद्धविराम भएको घोषणा गरेका छन् । ट्रम्को दाबी अनुसार, अमेरिकाको मध्यस्थतामा भएको लामो वार्तापछि युद्धविरामका लागि दुवै देश सहमत भएका हुन् । ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूले युद्धविराम घोषणा गर्न पाउँदा खुसी भएको बताएका छन् । ‘सामान्य ज्ञान र महान वुद्धिमता प्रयोग गरेकोमा दुवै देशलाई बधाइ छ,’ ट्रम्पले भनेका छन् ।...
भारतले पाकिस्तानका ८ वटा सैन्य र हवाइ संरचनामा हमला गरेको दाबी
राजनीति, विश्व, समाचार

भारतले पाकिस्तानका ८ वटा सैन्य र हवाइ संरचनामा हमला गरेको दाबी

नेपालअखबार, काठमाडौं ।भारत-पाकिस्तानबीच दिनमा पनि आक्रमण-प्रत्याक्रमण सुरू भएको छ। बिहीबार राति दुई देशबीच ठूलो परिमाणमा मिसाइल र ड्रोन आक्रमण भए पनि शुक्रबार दिनभरि भारत-पाकिस्तानी भूभागहरू शान्त थिए। शुक्रबार रातिदेखि फेरि सुरू भएको आक्रमण शनिबार दिउँसो पनि जारी छ। भारतका विभिन्न भूभागहरुमा शनिबार दिउँसो विस्फोट भएको आवाज सुनिएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ। भारतका लुधियाना, फरिदकोट, राजस्थानका  जोधपुर, जइसाल्मर श्रीगंगानगर, पोखरन, बार्मर लगायतका जिल्लाहरूमा रेड अलर्ट जारी गरिएका छन्। बर्नालामा राति ८ बजेदेखि भोलि बिहान ६ बजेसम्म ब्ल्याकआउट घोषणा गरिएको छ। जम्मू-कश्मिरका संवेदनशील क्षेत्रका वस्तीहरू खाली गरिँदैछ। भारतले शुक्रबार रातिदेखि पाकिस्तानका ८ वटा सैन्य र हवाइ अड्डालाई लक्ष्य गरेर आक्रमण गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ। पाकिस्तानले भारतीय सैन्य र ...
जी-सेभेन ले भारत र पाकिस्तानलाई प्रत्यक्ष संवादमा सहभागी हुन आह्वान गर्दै कूटनीतिक समाधान खोज्न आग्रह
विश्व, समाचार

जी-सेभेन ले भारत र पाकिस्तानलाई प्रत्यक्ष संवादमा सहभागी हुन आह्वान गर्दै कूटनीतिक समाधान खोज्न आग्रह

नेपालअखबार, काठमाडौं । विश्वका प्रमुख सात औद्योगिक राष्ट्रहरूको समूह जी-सेभेनले भारत र पाकिस्तानलाई उच्चतम संयम अपनाउन आग्रह गरेको छ । जी-सेभेनले दुवै परमाणु सम्पन्न छिमेकी राष्ट्रहरूबीच बढ्दो तनावलाई लिएर गहिरो चिन्ता व्यक्त गरेको छ। जी-सेभेनद्वारा शनिबार प्रकाशित विज्ञप्तिमा भनिएको छ, ‘थप सैन्य तनावले सम्पूर्ण क्षेत्रीय स्थायित्वलाई गम्भीर खतरा पुर्‍याउन सक्छ। हामी दुवै पक्षका नागरिकहरूको सुरक्षाप्रति गहिरो चिन्तित छौँ ।’ जी-सेभेनले भारत र पाकिस्तानलाई प्रत्यक्ष संवादमा सहभागी हुन आह्वान गर्दै कूटनीतिक समाधान खोज्न आग्रह गरेको छ। ‘हामी घटनाक्रमलाई नजिकबाट निगरानी गरिरहेका छौँ र चाँडो र दिगो कूटनीतिक समाधानका लागि समर्थन जनाउँछौँ,’ विज्ञप्तिमा भनिएको छ । जी-सेभेनमा अमेरिका, क्यानडा, बेलायत, फ्रान्स, जर्मनी, इटाली र जापान समावेश छन् । के हो जी-सेभेन ? जी–सेभेन अर्थात् ‘ग्...