हतियार भण्डार रित्तिन थालेपछि रक्षामन्त्री हेगसेथसँग रिसाए ट्रम्प, मागे जबाफ
नेपालअखबार,काठमाडौं । इरान युद्धका कारण अमेरिकी हतियार भण्डार रित्तिन थालेपछि राष्ट्रपति डोनाल्ड ट्रम्प रक्षामन्त्री पिट हेगसेथसँग रिसाएका छन्।
क्याम्प डेविडमा मन्त्रिपरिषद् बैठकपछि रक्षामन्त्री हेगसेथसँग छुट्टै बसेर छलफल गर्ने क्रममा रिसाउँदै ट्रम्पले हतियार भण्डार कसरी यति कमजोर अवस्थामा पुगेको भनेर स्पष्टीकरण मागेको अमेरिकी अखबार द वासिङ्टन पोस्टले लेखेको छ।
बैठकबारे जानकार दुई स्रोतलाई उद्धृत गर्दै पोस्टले जनाए अनुसार ट्रम्पले हतियार अभावको समस्या समाधान भइसकेको भनेर आफूले ठानेको तर अवस्था विपरीत देखिएको भन्दै असन्तुष्टि पोखेका थिए।
'मलाई यो समस्या अगाडि नै समाधान भइसकेको भन्ने लागेको थियो,' ट्रम्पको भनाइ उद्धृत गर्दै एक स्रोतले वासिङ्टन पोस्टसँग भनेका छन्।
क्याम्प डेभिडमा ट्रम्पको प्रश्नपछि हेगसेथले आफ्नो बचाउ गर्दै हतियार अभावबारे पर्याप्त जानकारी राष्ट्रपतिलाई नदिएको आरो...










