Thursday, October 29

विश्व

अमेरिका र इरानबिच द्वन्द्व भड्किएपछि बढ्यो कच्चा तेलको मूल्य
कर्पोरेट, विश्व, समाचार

अमेरिका र इरानबिच द्वन्द्व भड्किएपछि बढ्यो कच्चा तेलको मूल्य

नेपालअखबार, न्युयोर्क । अन्तर्राष्ट्रिय बजारमा सोमबार कच्चा तेलको भाउ बढेको छ । अमेरिका र इरानले एक अर्कालाई आक्रमण गरेपछि सोमबार कच्चा तेलको भाउ २ प्रतिशतभन्दा धेरैले बढेको हो । अमेरिकाले आइतबार इरानको लारक द्विपमा हमला गरेपछि इरानले यसको जवाफमा जोर्डनमा रहेको अमेरिकी सैन्य शिविरलाई निशाना बनाएको थियो । यसैबिच सोमबार लन्डनस्थित आईसी एक्सचेन्जको कोमेक्स डिभिजनमा ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल २ डलर २१ सेन्टले बढेर प्रतिब्यारेल ९० डलर ३१ सेन्टमा पुगेको छ । यो शुक्रबार कोमेक्समा कारोबार बन्द हुनु अघिको तुलनामा २ दशमलव ५१ प्रतिशत धेरै हो । त्यस्तैगरी न्यु योर्क मर्कन्टाइल एक्सचेन्जको कोमेक्स डिभिजनमा अमेरिकी बेञ्चमार्क वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लूटीआई) क्रुडको भाउ पनि १ डलर ८३ सेन्टले बढेर ब्यारेलकै ८५ डलर २३ सेन्ट पुगेको छ । यो पनि कोमेक्समा शुक्रबार कारोबार बन्द हुनु अघिको तु...
बाढीपीडितका लागि युरोपियन युनियनले २० लाख युरो सहयोग गर्ने
अर्थ, विश्व, समाचार

बाढीपीडितका लागि युरोपियन युनियनले २० लाख युरो सहयोग गर्ने

नेपालअखबार,काठमाडौं । युरोपियन युनियन (ईयू) ले रसुवा बाढीबाट प्रभावित समुदायलाई सहयोग गर्न नेपाललाई २० लाख युरो मानवीय सहायता उपलब्ध गराउने भएको छ । ईयूले शनिबार विज्ञप्ति जारी गरी आपत्कालीन अवस्थामा सहायता स्वरूप खाद्यान्न, स्वास्थ्य सेवा, स्वच्छ खानेपानी तथा सरसफाइलगायत तत्कालीन आवश्यकता पूरा गर्न उक्त रकम सहयोग गर्ने जनाएको हो । ईयूबाट सहयोग प्राप्त साझेदार संस्थाहरूले पनि प्रभावित क्षेत्रमा सहयोग उपलब्ध गराउन थालिसकेका छन् । ‘उक्त सहायता यस वर्षको सुरुआतमा नेपालमा विपद् पूर्वतयारीका लागि विनियोजन गरिएको करिब ३० लाख युरो मानवीय सहायताको अतिरिक्त हो,’ विज्ञप्तिमा भनिएको छ, ‘विपद्पछि नेपालमा रहेका ईयूका साझेदार संस्थाहरूले पूर्वतयारी अवस्थामा राखिएका आश्रय सामग्री तथा राहत सामग्री वितरण गर्दै तत्काल सहयोग सुरु गरेका थिए ।’ ईयूले प्रतिकार्य समन्वय गर्न एसियाका लागि ‘र्‍यापिड रेस्पोन्स ...
अमेरिकी विदेशमन्त्रीले भने- बाढीको घटनामा दुःख, मानवीय सहायता गर्न तयार
विश्व, समाचार, समाज

अमेरिकी विदेशमन्त्रीले भने- बाढीको घटनामा दुःख, मानवीय सहायता गर्न तयार

नेपालअखबार, काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले नेपालमा आएको विनाशकारी बाढी र डुबानको घटनाप्रति दुःख व्यक्त गर्दै नेपाली जनताप्रति ऐक्यबद्धता जनाएका छन्। सामाजिक सञ्जाल एक्समार्फत एक सन्देश जारी गर्दै विदेशमन्त्री रुबियोले यस विपद्को घडीमा अमेरिका नेपालको साथमा रहेको बताएका हुन्। उनले आफ्नो सन्देशमा भनेका छन्, ‘विनाशकारी बाढीपछि हामी नेपाली जनताप्रति ऐक्यबद्धता प्रकट गर्दछौँ र हाम्रो प्रार्थना नेपाली जनताको साथमा छ।’ उनले विपद्को यस अवस्थामा अमेरिकी विदेश मन्त्रालय आवश्यक मानवीय सहायता उपलब्ध गराउन नेपाल सरकारलाई सहयोग गर्न पूर्ण रूपमा तयार रहेको समेत स्पष्ट पारेका छन्।...
बाढीमा परेकाहरूको खोजी र उद्धार कार्य तीव्र पार्न चिनियाँ राष्ट्रपतिको निर्देशन
राजनीति, विश्व, समाचार

बाढीमा परेकाहरूको खोजी र उद्धार कार्य तीव्र पार्न चिनियाँ राष्ट्रपतिको निर्देशन

नेपालअखबार, काठमाडौँ ।  चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल-चीन सीमा क्षेत्रमा गएको बाढी परेकाहरूको खोजी र उद्धार तीव्र पार्न निर्देशन दिएका छन्। बुधबार बिहान ९ बजे चीनको तिब्बतमा आएको बाढीले सीमावर्ती रसुवादेखि चितवनसम्म क्षति गरेको छ। राष्ट्रपति सीले बुधबार नै सम्बन्धित निकायहरुलाई खोजी र उद्धारमा खटिन निर्देशन दिएको चिनियाँ अनलाइन ग्लोबल टाइम्सले जनाएको छ। राष्ट्रपति सीले घटनापछि बेपत्ता भएका व्यक्तिको खोजी तथा उद्धारलाई प्राथमिकता दिन र राहत तथा उद्धारका सबै प्रयासलाई तीव्र बनाउन निर्देशन दिएका छन्। उनले प्रभावित क्षेत्रमा उद्धार टोली परिचालन गरी बेपत्ताको खोजी, घाइतेको उपचार तथा प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउन जोड दिएका छन्। घटनापछि स्थानीय अधिकारी तथा उद्धार टोलीहरू खोजी तथा राहत कार्यमा परिचालित भएका छन्। पहिरोका कारण सीमा क्षेत्रमा भएको क्षति र मानवी...
अमेरिकाले ‘आतंकवाद प्रवर्द्धनकर्ता देश’को सूचीबाट सिरियालाई हटायो
राजनीति, विश्व, समाचार

अमेरिकाले ‘आतंकवाद प्रवर्द्धनकर्ता देश’को सूचीबाट सिरियालाई हटायो

नेपालअखबार,काठमाडौं । अमेरिकाले आतंकवाद प्रवर्द्धन गर्ने देशहरूको सूचीबाट सिरियालाई हटाएको छ । ४७ वर्षपछि अमेरिकाले सिरियालाई उक्त सूचीबाट हटाएको घोषणा गरेको छ । अमेरिकी प्रशासनले सिरियालाई आतंकवाद प्रवर्द्धन गर्ने देशको सूचीबाट हटाउनुको उद्देश्य त्यहाँ विदेशी लगानीको वातावरण सहज बनाउनु र विश्व अर्थ व्यवस्थामा सिरियालाई फेरि सामेल गर्नु रहेको बताएको छ । आतंकवाद प्रवर्द्धन गर्ने अमेरिकी सूचीमा अझै तीन देश बाँकी छन् । जसमा इरान, उत्तर कोरिया र क्युबा रहेका छन् । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सिरियालाई आतंकवाद प्रवर्द्धन गर्ने देशको सूचीबाट हटाएपछि उसलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढ्ने बाटो दिने बताएका छन् । उता अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले पनि अमेरिकाले अब सिरियामा बढी भन्दा बढी लगानी भित्र्याउन मद्दत गर्ने बताएका छन् । ‘यो कदम सिरियामा बढी लगानी ल्याउनेमा मद्दत गर्नेछ ...
ब्यारेन ट्रम्पको हत्या गर्ने धम्कीबारे जानकार थियो अमेरिकी गुप्तचर सेवा
विश्व, समाचार

ब्यारेन ट्रम्पको हत्या गर्ने धम्कीबारे जानकार थियो अमेरिकी गुप्तचर सेवा

नेपालअखबार,वासिङ्गटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छा छोरा ब्यारेन ट्रम्पलाई ज्यान मार्ने धम्की दिइएको देखिने इरानी सरकारी प्रसारकको भिडियोबारे अमेरिकी गुप्तचर सेवा (सिक्रेट सर्भिस) जानकार रहेको जनाएको छ । इरानको सरकारी प्रसारकले प्रसारण गरेको उक्त भिडियोबारे सिक्रेट सर्भिसले अनुसन्धान गरिरहेको जनाएको हो । अमेरिकी–इजरायलले फेब्रुअरीको अन्त्यमा सुरु गरेको इरान युद्धको क्रममा इरानका पूर्वसर्वोच्च नेता आयातोल्लाह अली खामेनी र उनका परिवारका कैयौँ सदस्य मारिएपछि कट्टरपन्थी इरानी सञ्चारमाध्यमले राष्ट्रपति ट्रम्प र उनको परिवारलाई लक्षित गर्दै ज्यान मार्ने धम्कीसहितका सामग्री पटक–पटक प्रसारण गर्दै आएका छन् । यसअघि अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पलाई समेत धम्की दिइएको थियो । तर, उनका छोरा ब्यारेनलाई सार्वजनिक रूपमा लक्षित गरिएको यो पहिलो घटना हो । ‘अमेरिकी सिक्रेट सर्भिस उ...
अमेरिकामा टिकेनन् ह्यारी–मेगन, ६ वर्षमै फर्किँदै छन् बेलायत
विश्व, समाचार, समाज

अमेरिकामा टिकेनन् ह्यारी–मेगन, ६ वर्षमै फर्किँदै छन् बेलायत

नेपालअखबार,काठमाडाैँ । बेलायती राजपरिवारका सदस्य ह्यारी र उनकी पत्नी मेगन ६ वर्षअघि अमेरिका गएका थिए। राजपरिवारको बन्धन, दरबारको अनुशासन र बेलायती सञ्चारमाध्यमको तीखो निगरानीबाट टाढा जान चाहन्थे उनीहरू। उनीहरूको सपना थियो— राजदरबारबाट स्वतन्त्र जीवन। आफ्नै कमाइ। आफ्नै काम। अनि आफ्ना सन्तानलाई दरबार र सञ्चार माध्यमको लगातार निगरानीबाट टाढा राख्ने स्वतन्त्रता। त्यसका लागि उनीहरूले संसारको मनोरञ्जन उद्योगको केन्द्र अमेरिकाको क्यालिफोर्निया रोजे। उनीहरूले ६ वर्ष त्यहीँ बिताए। तर बेलायती राजकुमार ह्यारी र हलिउड अभिनेत्री समेत रहेकी मेगनले अमेरिकामा खोजेको सपना पूरा भएन। उनीहरू अमेरिकामा नटिक्ने भए। अनि बेलायत फर्किने निर्णय गरे। उनीहरू यही महिना ७ वर्षीय छोरा आर्ची र ५ वर्षीया छोरी लिलिबेटसहित बेलायत सर्दैछन्। छोराछोरी सेप्टेम्बरदेखि बेलायतमै पढ्ने छन्। बेलायत फर्किए पनि यो ह्...
युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै
विश्व, समाज

युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै

नेपालअखबार,काठमाडाैँ । यस वर्ष युरोपमा तापक्रम असामान्य रूपमा उच्च रह्यो । यो महाद्वीप अन्य कुनै पनि महादेशभन्दा छिटो तात्दै छ । युरोपको सन् २०२६ को गर्मी मौसम जलवायु परिवर्तनको इतिहासमा किन यादगार बन्दैछ यो चिन्ताको बिषय बनेको छ । गर्मीयाममा ४० डिग्री सेल्सियस पुग्नु युरोपका केही भागमा सामान्य भइसकेको भए पनि सन् २०२६ मा अन्य औसत चिसो मौसम रहने क्षेत्रले पहिलो पटक यो सीमा पार गरेको छ । युरोपेली ड्राउट अब्जर्भेटरी (इडिओ) को अगस्ट १५ सम्मको दैनिक अधिकतम् तापक्रममा आधारित एएफपी विश्लेषणअनुसार टर्कीबाहेक एक करोड ८० लाख मानिस बसोबास गर्ने युरोपका क्षेत्रमा सन् २००० पछि पहिलो पटक तापक्रम ४० डिग्री सेल्सियस पुगेको थियो । यसले विशेष गरी जर्मनीका ९० लाख मानिस बसोबास गर्ने क्षेत्र मुख्यतः बर्लिनको दक्षिण र पश्चिम तथा फ्र्याङ्कफर्ट वरपरलाई असर गरेको छ । फ्रान्सका विशेष गरी पूर्वी फ्रान्स ...
डेटा सेन्टरको विरोध गर्ने समुदायले ‘ठूलो गल्ती’ गरिरहेको ट्रम्पको भनाइ
राजनीति, विश्व, समाचार

डेटा सेन्टरको विरोध गर्ने समुदायले ‘ठूलो गल्ती’ गरिरहेको ट्रम्पको भनाइ

नेपालअखबार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डाटा सेन्टरको विस्तारको समर्थन गर्दै यसको विरोध गर्ने समुदायले ठूलो गल्ती गरिरहेको बताएका छन् । पूर्व सहयोगी माइकल कोहेनसँगको अन्तर्वार्तामा उनले यो कुरा भनेका हुन्। अन्तर्वार्तामाअमेरिका एआईमा चीनभन्दा धेरै अगाडि रहेको ट्रम्पले दाबी गरे। डाटा सेन्टरहरूले राष्ट्रिय ग्रिडबाट बिजुली नलिएको उनले बताए। ‘उनीहरूले आफ्नै पावर प्लान्टहरू बनाइरहेका छन्। उनीहरूले सुन्दर पावर प्लान्टहरू बनाइरहेका छन्, तपाईंहरूले यस्ता पावर प्लान्टहरू कहिल्यै देख्नुभएको छैन’, ट्रम्पले भने। डाटा सेन्टरले धेरै रोजगारी सिर्जना गर्ने भएकाले डाटा सेन्टर स्वीकार नगर्ने समुदायले ठूलो गल्ती गरिरहेको ट्रम्पको भनाइ छ। ‘डाटा सेन्टर स्वीकार नगर्ने समुदायहरूले गल्ती गरिरहेका छन्’, ट्रम्पले थपे। ट्रम्पको यो भनाइ डाटा सेन्टरहरूको विरोध भइरहेको समयमा आएको हो।केही डाट...
‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी क्षेत्रका रुपमा हेर्छौं : डोनाल्ड ट्रम्प
राजनीति, विश्व, समाचार

‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी क्षेत्रका रुपमा हेर्छौं : डोनाल्ड ट्रम्प

नेपालअखबार, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी क्षेत्रका रुपमा हेर्ने गरेको बताएका छन् । साउथ क्यारोलाइनामा आयोजित चुनावी ¥यालीका दौरान उनले ‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी क्षेत्रका रुपमा हेर्ने गरेको बताएका हुन् । ट्रम्पले अमेरिकासँग सम्झौता गर्न चाहिरहे पनि इरान सही सम्झौताका लागि तयार नरहेको आफ्नो राय रहेको पनि बताए । इरानलाई कहिले पनि परमाणु हतियार हासिल गर्न दिन नहुने उनको भनाइ थियो । राष्ट्रपति ट्रम्पले परमाणु हतियार इरानले हासिल गरे अत्यन्तै नराम्रो हुने चेतावनी पनि दिए । अमेरिकाले क्षेत्रमा आफ्नो ठूलो सैन्य उपस्थिति राख्नुका साथै इरानमाथि आर्थिक दबावसमेत बढाएका बेला ट्रम्पको पछिल्लो धारणा सार्वजनिक भएको हो । अमेरिकाले सोमवार इरानविरुद्ध नयाँ प्रतिबन्धबारे जानकारी दिने तयारी गरेको बीबीसीले जनाएको छ । अमेरिकी अधिकारीहरूका ...