नेपाल इन्जिनियरिङ कलेजका दुई विद्यार्थीलाई कुलपति पदक, २९ जना डीन लिस्टमा
नेपालअखबार, पोखरा । चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज (नेक)का २९ जना विद्यार्थीहरु पोखरा विश्वविद्यालयको डीन लिस्टमा पर्न सफल भएका छन् । पोखरा विश्वविद्यालयको १९ औं दिक्षान्त समारोहमा कलेजका स्नातक तथा स्नातकोत्तर तहमा उत्कृष्ट अंक ल्याउने २९ जना विद्यार्थीहरु डीन लिस्टमा परेका हुन् ।
कलेजका २ विद्यार्थीले कुलपति पदक समेत प्राप्त गरेका छन् । ट्रान्सर्पोटेसन इन्जिनियरिङ एण्ड मेनेजमेन्टमा स्नातकोत्तर उत्तीर्ण विद्यार्थीद्वय विबेक बाबु लामिछाने र रोमहर्ष ओली कुलपति पदकबाट विभुषित भएका हुन् ।
कलेजको स्नातक तहको सिभिल इन्जिनियरिङ, सिभिल एण्ड रुरल, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन, सिभिल फर विडिएच, कम्प्युटर इन्जिनियरिङ, आर्किटेक्ट इन्जिनियरिङका विद्यार्थीहरु डीन लिस्टमा परेका हुन् ।
उनीहरुलाई मंगलबार पोखरा विश्वविद्यालयले आयोजना गरेको दिक्षान्त समारोहमा शिक्षामन्त्री समेत रहेका विश्...










