Monday, August 24

शिक्षा

कृषि विश्वविद्यालयले आफ्ना विद्यार्थीका व्यवसायिक योजनामा ५ लाखसम्म लगानी गर्ने
कृषि, शिक्षा, समाचार

कृषि विश्वविद्यालयले आफ्ना विद्यार्थीका व्यवसायिक योजनामा ५ लाखसम्म लगानी गर्ने

नेपालअखबार,चितवन । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयले विद्यार्थीका व्यवसायिक योजनामा लगानी गर्ने भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई उद्यमशील बनाउने उद्देश्यले उनीहरुबाट प्रस्तावित व्यवसायिक योजनामा लगानी गर्ने भएको हो । विश्वविद्यालयको अनुसन्धान तथा प्रसार निर्देशनालयले विद्यार्थीहरूबाट २०८२ असोज ५ गतेभित्र व्यवसायिक कार्ययोजना प्रस्ताव पेस गर्न आह्वान गरेको छ । निर्देशनालयका निर्देशक प्रा.डा.निराजन भट्टराईका अनुसार विश्वविद्यालयले ‘एएफयू व्यवसाय इन्क्युबेसन समर्थन कार्यक्रम’को नाममा विद्यार्थीहरुका व्यवसायिक योजनामा ५ लाखसम्म लगानी गर्ने जानकारी दिए । ‘विद्यार्थीहरूबाट आउने व्यवसायिक योजनाहरू हेरेर प्रतिव्यवसाय ५ लाख रुपैयाँ लगानी गर्छौं,’ निर्देशक प्रा.डा.भट्टराईले भने, ‘कृषि संकाय, पशु विज्ञान पशु चिकित्सा तथा मत्स्य संकाय र वन संकायमा स्न...
नेपाली भाषामा कुरआनको अनुवाद तथा व्याख्या गरे डा. अलाउद्दीन अन्सारी फलाही
शिक्षा, समाचार, समाज, हाइलाइट-समाचार

नेपाली भाषामा कुरआनको अनुवाद तथा व्याख्या गरे डा. अलाउद्दीन अन्सारी फलाही

नेपाली भाषामा कुरआनको अनुवाद तथा व्याख्या डा. अलाउद्दीन अन्सारी फलाही गर्नु भयाे । डा. अन्सारी फलाही  भन्नु हुन्छ  नेपालीमा  कुरआनको अनुवाद गर्नको लागि प्रेण अध्ययनको क्रममा पाकिस्तान रहदा साथीभाइले के नेपाली भाषामा पनि कसैले कुरआन अुवादन गरेको छ ? भन्ने प्रश्नको उत्तर दिदै गर्दा डा. अन्सारी फलाहीले कुरआन लेख्ने  तैयारी गर्नु भएको  थियाे । नेपाली समुदायलाई अबिक भाषामा लेखिएको कुरआनको अर्थ र त्यसका  श्लोकहरुको परिभाषा जान्न  मनमा उत्सुकता रहेको छ भने  नेपाली सरल भाषामा अनुवाद कुरआन प्रकाशि भइ सकेको छ । डा. अलाउद्दीन अन्सारी फलाहीको स्थायी घर हरिनगर गाउँ पालीका वडा न ७, घुस्की सुनसरी कोशी प्रदेश रहेता पनि विगत केहि वर्ष यता देखि काठमाडौं बालुवाटारमा आस्थायी रुपमा बसोबास गर्दै आउनु भएको छ । उहाँले गाउँको सानो मक्तबमा दूइ वर्ष अध्ययन गर्नु भयो । मद्रसतुल इस्लाह रामनगर भुटाहा सुनसरीमा कक्षा ...
माग सम्बोधन नभए साउन २९ देखि आन्दोलन गर्ने प्याब्सनको चेतावनी
शिक्षा, समाचार, समाज

माग सम्बोधन नभए साउन २९ देखि आन्दोलन गर्ने प्याब्सनको चेतावनी

नेपालअखबार,काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले निजी विद्यालयहरूलाई क्रमशः गैरनाफामूलक बनाइने वाक्यांश विद्यालय शिक्षा विधेयकबाट हटाउन माग गरेका छन् । काठमाडौँमा आइतबार पत्रकार सम्मेलन गर्दै उनीहरूले यस्तो माग गरेका हुन् । उनीहरूले पूर्ण छात्रवृत्ति भन्ने शब्द विधेयकबाट हटाइनुपर्ने बताएका छन् । हाल अभ्यासमा रहेको जम्मा विद्यार्थी सङ्ख्याको १० प्रतिशत छात्रवृत्ति दिने प्रावधानलाई निरन्तरता दिइनुपर्ने उनीहरूको माग छ । छात्रवृत्ति अन्तर्गत भर्ना शुल्क, वार्षिक शुल्क र मासिक पढाइ शुल्क कायम हुनुपर्ने प्याब्सनले माग गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै प्याब्सन केन्द्रीय कार्यसमिति महासचिव आरबी कटुवालले साउन २८ गतेभित्र आफूहरूका मागहरू सम्बोधन गरी विधेयकमा संशोधन नगरे आगामी साउन २९ गतेदेखि आन्दोलन गर्ने चेतावनी दिए । अनिवार्य तथा निःशुल्क शिक्षा ऐन कार्यान्वयन...
पर्वतका ३१ विद्यालय विद्यार्थीविहीन, रित्ता विद्यालय रुँग्दै शिक्षक
शिक्षा, समाचार, समाज

पर्वतका ३१ विद्यालय विद्यार्थीविहीन, रित्ता विद्यालय रुँग्दै शिक्षक

नेपालअखबार, पर्वत । बढ्दो बसाइँसराइ र गुणस्तरीय शिक्षाको खोजीमा गाउँहरू रित्तिदै जाँदा पर्वतमा ३१ वटा सामुदायिक विद्यालयमा विद्यार्थीविहीन भएका छन् । जिल्लाका सातवटै पालिकामा रहेका ३१ सामुदायिक विद्यालय विद्यार्थीविहीन बनेका हुन् । शून्य विद्यार्थी हुने अधिकांश विद्यालय आधारभूत र प्राथमिक तहका रहेका छन् । लामो समयदेखि विद्यार्थी सङ्ख्या शून्य भइसक्दा पनि विद्यालयहरू समायोजन गर्ने प्रक्रिया समेत थालिएको छैन । जिल्लाका सात स्थानीय तहमा २७२ सामुदायिक विद्यालय रहेका छन् । विद्यार्थी शून्य हुनेमा एक माध्यमिक तहको विद्यालय समेत रहेको छ । जिल्ला शिक्षा समन्वय एकाइ पर्वतले दिएको जानकारीअनुसार विहादी गाउँ पालिकामा दुई सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या शून्य रहेको छ । मोदी गाउँपालिकामा नौ विद्यालयमा विद्यार्थी सङ्ख्या शून्य भएको छ । यसैगरी फलेवास नगर पालिकामा छ वटा सामुदायिक विद्यालयमा...
कक्षा १२ को नतिजा सार्वजनिक
शिक्षा, समाचार, समाज

कक्षा १२ को नतिजा सार्वजनिक

नेपालअखबार, काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ। सार्वजनिक नतिजा अनुसार ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्  भने  ३८.८३ विद्यार्थी ननग्रेड भएका छन्।  गत वैशाखमा सञ्चालन गरिएको परीक्षामा ५ हजार २०२ विद्यालयका ५ लाख ११ हजार परीक्षार्थी सामेल थिए। जसमा नियमिततर्फ ३ लाख ९५ हजार र आंशिकतर्फ १ लाख १५ हजार रहेका थिए। कक्षा १२ को पूरक परीक्षा आगामी भदौ २८ र २९ गते सञ्चालन हुने भएको छ ।...
काठमाडौँ महानगरद्वारा छात्रवृत्तिको लागि पुनः आवेदन आह्वान
प्रशासन, शिक्षा, समाचार, समाज

काठमाडौँ महानगरद्वारा छात्रवृत्तिको लागि पुनः आवेदन आह्वान

नेपालअखबार,काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८२–०८३ का लागि कक्षा ११ र १२ को छात्रवृत्तिमा रिक्त रहेका सिटहरूमा भर्नाका लागि पुनः अनलाइन आवेदन आह्वान गरेको छ। प्रवेश परीक्षा दिएर पनि पहिलो र दोस्रो मनोनयन सूचीमा नपरेका विद्यार्थीहरूका लागि पुनः आवेदन खुलाइएको हो ।महानगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै साउन १८ गते, साँझ ५:०० बजेभित्र अनलाइन आवेदन पेस गर्न आग्रह गरेको हो। यसअघि महानगरले साउन ४ गते प्रवेश परीक्षा सञ्चालन गरी साउन ६ गते पहिलो र साउन १३ गते दोस्रो मनोनयन सूची प्रकाशित गरेको थियो। ती दुई चरणबाट भर्ना भएर पनि विभिन्न शिक्षण संस्थाहरूमा सिटहरू खाली रहेपछि 'ऱ्यापअप' का रूपमा अन्तिम मनोनयनका लागि आवेदन खुलाइएको सूचनामा उल्लेख छ। प्रवेश परीक्षामा सहभागी भएका तर पहिलो र दोस्रो सूचीमा नाम नआएका, शिक्षण संस्थामा समस्या भई विभागमा निवेदन दिएका वा अन्तिम मनोनय...
१२ कक्षाको नतिजा २५ साउनभित्र सार्वजनिक गर्ने तयारी
शिक्षा, समाचार

१२ कक्षाको नतिजा २५ साउनभित्र सार्वजनिक गर्ने तयारी

नेपालअखबार,काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको नतिजा २५ साउनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । शैक्षिक क्यालेन्डर अनुसार १५ साउनभित्र नतिजा सार्वजनि हुनुपर्ने हो । तर गत २० चैतदेखि २९ दिन लामो शिक्षकहरूले आन्दोलन गरेका कारण नतिजा सार्वजनिकमा १० दिनजति ढिलाइ हुने भएको हो । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माकाल अनुसार परीक्षा ढिलागरी भएकाले नतिजा सार्वजनिकमा ढिलाइ हुने भएको हो । ‘प्राविधिक पाटोमा धमाधम काम भइरहेको छ । २५ साउनभित्र नतिजा सार्वजनिक गर्ने तयारी छ,’ उनले भने । गत ११ वैशाखका लागि तय भएको परीक्षा शिक्षक आन्दोलनका कारण २१ वैशाखदेखि भएको थियो । परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक महासंघले गत २० चैत देखि २९ दिन आन्दोलन गरेका कारण परीक्षा सारिएको थियो ।...
हिलप्वाइन्ट माविद्वारा कक्षा ११ का विद्यार्थीका लागि स्वागत कार्यक्रम
शिक्षा, समाचार

हिलप्वाइन्ट माविद्वारा कक्षा ११ का विद्यार्थीका लागि स्वागत कार्यक्रम

नेपालअखबार,पोखरा।  पोखरा महानगरपालिका वडा नं. १२ स्थित हिलप्वाइन्ट माध्यमिक विद्यालयले शनिबार कक्षा ११ मा नवप्रवेशी विद्यार्थीलाई स्वागत गर्दै भव्य ‘वेलकम कार्यक्रम–२०८२’ सम्पन्न गरेको छ। उक्त कार्यक्रम लेकसाइड स्थित माउन्ट कैलाश रिसोर्टमा  आयोजना गरिएको थियो। नयाँ विद्यार्थीहरूलाई आत्मीयता, मार्गदर्शन र प्रेरणाको वातावरण प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममार्फत विद्यालय जीवनको प्रारम्भिक अनुभव रमाइलो र सार्थक बनाउन विविध प्रस्तुति र जानकारीमूलक सत्रहरू समावेश गरिएको थियो। स्वागत समारोहमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष विजुली बहादुर गुरुङ, प्राचार्य डा. दिवाकर जैशी र सहायक प्राचार्य गंगाराम पौडेलका साथै शिक्षक–शिक्षिका, तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष विजुली बहादुर गुरुङले विद्यार्थीको भविष्य निर्माणमा विद...
कक्षा ११ र १२ को छात्रवृत्तिका लागि १७ हजार बढीले दिए आवेदन
शिक्षा, समाचार, समाज

कक्षा ११ र १२ को छात्रवृत्तिका लागि १७ हजार बढीले दिए आवेदन

नेपालअखबार,काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि आवेदन आह्वान गरिएकामा १७ हजार २२९ विद्यार्थीले आवेदन दिएका छन् । देशभरका ७७ वटै जिल्लाबाट उक्त संख्यामा विद्यार्थीहरुले आवेदन दिएको शिक्षा विभागका शिक्षा अधिकृत लक्ष्मी पौडेलले बताए । उनका अनुसार आवेदन दिने विद्यार्थीहरूमा विज्ञान विषयमा १२ हजार ३३७, व्यवस्थापन विषयमा ४ हजार ४८१, मानविकी विषयमा ३४, शिक्षा विषयमा १०४ र कानुन विषयमा २७३ जनाले आवेदन दिनु भएको छ । यो तथ्यांकले विज्ञान विषयप्रति विद्यार्थीहरूको उच्च आकर्षण देखाउँछ, जुन कुल आवेदनको झन्डै ७१% हो । हाल सबै प्राप्त आवेदनहरूको रुजु कार्य तीव्र गतिमा भइरहेको छ । यो प्रक्रिया असार ३२ गते बिहानसम्म सम्पन्न हुने र त्यसपछि बाँकी प्रक्रियाहरू पूरा गरी साउन ...
त्रिवि केन्द्रीय क्याम्पसको छात्राबासमा आधारभूत व्यवस्थापन नै गएगुज्रिएको!
शिक्षा, समाचार, समाज

त्रिवि केन्द्रीय क्याम्पसको छात्राबासमा आधारभूत व्यवस्थापन नै गएगुज्रिएको!

नेपालअखबार,काठमाडौँ ।मुलुककै जेठो र सर्वाधिक ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसको छात्राबासमै सरसफाइ र आधारभूत व्यवस्थापन नै गएगुज्रिएको देखेपछि सांसदहरूले तत्काल सो अवस्था सुधार्न सम्बद्ध पदाधिकारीहरूलाई निर्देशन दिएका छन्। त्रिविको ईश्वरी कन्या छात्राबासअन्तर्गत ‘ङ’ ब्लकको भान्सा तथा पानी लगायतको प्रबन्धबारे अनुगमन गर्न बिहीबार अपराह्न कीर्तिपुर पुगेको प्रतितिधिसभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले त्रिविका प्राचार्यलगायतका पदाधिकारीलाई यस्तो निर्देशन दिएको थियो । टोलीमा समितिका सभापति अब्दुल खानसहित सांसदहरू कान्तिका सेजुवाल, महेन्द्रबहादुर शाही, रेखा यादव, सूर्यमान दोङ, रणेन्द्र बराइली, रुक्मणी राणा बराइली, सीता मिजार, सपना राजभण्डारी, मङ्गलप्रसाद गुप्ता र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका डा. ईश्वर सुवेदी थिए। ...