Monday, July 6

समाचार

४ हजार २११ पुग्यो रास्वपा महाधिवेशन प्रतिनिधि
राजनीति, समाचार

४ हजार २११ पुग्यो रास्वपा महाधिवेशन प्रतिनिधि

नेपालअखबार,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन प्रतिनिधि संख्या ४ हजार २११ पुगेको छ। अहिले महाधिवेशन प्रतिनिधिको प्रवेश कार्ड वितरण सुरु भइसकेको जानकारी दिँदै उनले आज दिउँसो एक बजेबाट बन्दसत्र सुरु हुने बताए । महाधिवेशन प्रतिनिधिमा ठूलो संख्यामा दाबी विरोध परेपछि रूजु गरी प्रतिनिधि कार्ड बाँड्न थालिएको छ। मंगलबार बिहानसम्म प्रतिनिधिको संख्या ४ हजार २११ पुगेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। प्रवास समितिका प्रतिनिधिहरूको पनि विवरण रूजु गर्ने कार्य भइरहेको छ।  त्यसकारण प्रतिनिधिको संख्या अझै बढ्ने देखिएको छ। रास्वपाको सोमबार नै बन्द सत्र हुने कार्यतालिका थियो। प्रतिनिधिहरूको संख्या टुंगो नलाग्दा बन्द सत्रको सोमबारको कार्यतालिका स्थगित भएको थियो। मंगलबारबाट बन्द सत्र सुरू हुनेछ।...
४ वटा अध्यादेश प्रतिस्थापन विधेयक संसद्‍मा दर्ता
राजनीति, समाचार

४ वटा अध्यादेश प्रतिस्थापन विधेयक संसद्‍मा दर्ता

नेपालअखबार, काठमाडौं । चार वटा अध्यादेश प्रतिस्थापन विधेयक संसद्‍मा दर्ता भएको छ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक २०८३’ प्रतिनिधिसभामा दर्ता गरेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ लगेका छन् । स्वास्थ्य तथा खाद्य स्वच्छ्ता मन्त्री निशा मेहताले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८३’ दर्ता गरेकी छन् । भूमि व्यवस्था, सहकारी, सङ‍्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) विधेयक २०८३’ लगेकी छन् । संसद्को अधिवेशन नरहेका बेला सरकारले अध्यादेश ल्याउन पाउँछ । यस अनुसार सरकारले विभिन्न आठ वटा अध्यादेश ल्याएको थियो । त्यसमध्ये चारवटा भने संसद्‍बाट स्वीकृत भएसँगै संसद्‍मा प्रतिस्थापन विधेयक दर्ता भ...
दशकअघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन
समाचार, समाज

दशकअघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

नेपालअखबार,काठमाडौं । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको करिब ८ वर्ष बितिसक्दा पनि धनुषाको एक मुसहर दलित बस्तीका स्थानीय अझै खुला स्थानमा शौच गर्न बाध्य छन्। सरकारको खुला दिसामुक्त अभियान र सरसफाइ क्षेत्रमा गरिएको लगानीका बाबजुद धनुषाको सहिदनगर नगरपालिका–५ स्थित पचहर्वा मुसहर बस्तीका अधिकांश परिवार खुला स्थानमा शौच गर्न बाध्य छन्। सो बस्तीका उर्मिला सदाका लागि खुला स्थानमा शौच गर्नु दैनिक जीवनको बाध्यता बनेको छ। घरमा शौचालय नहुँदा उनी राति वा बिहान सबेरै अँध्यारोमा शौच गर्न खेततिर जान्छिन्। 'खुला ठाउँमा शौच गर्दा लाज लाग्छ, कतिपय खेतधनीले गालीसमेत गर्छन्,' उनी भन्छिन्, 'यो समस्या महिलाका लागि झन् जटिल बनेको छ।' एक सयभन्दा बढी घरधुरी रहेको उक्त बस्तीमा तीन घरमा मात्र शौचालय रहेको छ। बाँकी परिवारले वर्षौंदेखि खेतबारी, बाँसघारी र खोल्साका किनारामा दिसापिसाब गर्दै आएका छन...
इरानलाई अन्तर्राष्ट्रिय बजारमा तेल बेच्न अमेरिकाले दियो अनुमति
अर्थ, राजनीति, विश्व, समाचार

इरानलाई अन्तर्राष्ट्रिय बजारमा तेल बेच्न अमेरिकाले दियो अनुमति

नेपालअखबार,काठमाडौं । अमेरिकाले इरानलाई अन्तर्राष्ट्रिय बजारमा तेल बेच्न अस्थायी रूपमा छुट दिएको छ। इरानमाथि लामो समयदेखि लगाएको प्रतिबन्ध अस्थायी रूपमा स्थगित गरी अमेरिकाले अन्तर्राष्ट्रिय बजारमा इरानी तेल बेच्न बाटो खोलिदिएको हो। छुटसँगै इरानले कम्तिमा दुई महिनासम्म डलरमा तेल बेच्न सक्नेछ। उसले अमेरिकी कम्पनी कम्पनीसहित अन्तरर्राष्ट्रिय बजारमा खुला रूपमा तेल बेच्न सक्नेछ। अमेरिका र इरान युद्धबीच अमेरिकाले हर्मुज जलमार्ग वरपर नौसेना तैनाथ गरी इरानी बन्दरगाहमा नाकाबन्दी लगाएको थियो। अमेरिकाले नाकाबन्दी लगाउँदा तेल बेच्न नपाएर इरानका कच्चा तेल भण्डारगृह भरिएका थिए। युद्ध अन्त्य गर्ने प्रारम्भिक सम्झौतामा हस्ताक्षरपछि ६० दिनका लागि युद्धविराम गर्ने सहमति भएको थियो। त्यो अबधिभित्र अन्तिम सम्झौता गर्न स्विट्जरल्याण्डमा अमेरिका र इरानबीच वार्ता भइरहेको छ। युद्धविराम अवधिभर इरा...
धनगढीमा एकै दिन ११ युवा लागुऔषधसहित पक्राउ
अपराध, समाचार, समाज

धनगढीमा एकै दिन ११ युवा लागुऔषधसहित पक्राउ

नेपालअखबार, काठमाडौं । कैलालीको धनगढीमा एकै दिन ११ युवा लागुऔषधसहित पक्राउ परेका छन् । प्रहरीले धनगढी उपमहानगरपालिकाका छुट्टाछुट्टै स्थानबाट एकै दिन ११ जनालाई लागुऔषधसहित पक्राउ गरेको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको जनसम्पर्क तथा मिडिया समन्वय शाखाले वडा नम्बर ७ को मनोहरा, वडा नम्बर ३ को बोराडाँडी र वडा नम्बर १३ बाट ११ जनालाई पक्राउ गरिएको जनाएको छ । प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका–७ मनेहराबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ (२ ग्राम ३०३ मिलिग्राम) सहित ६ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा स्थानीय शिवनारायण राना (२१), रामअवतार राना (२९), सुवास राना (२४), जस्मन्त राना (२७), सुवास राना (२७) र एक जना नाम नखुलाइएका १८ वर्षीय किशोर रहेका छन् । यस्तै वडा नम्बर ३ मा पर्ने फाप्ला क्रिकेट ग्राउन्ड नजिकबाट लागुऔषध चरेस (२ ग्राम ६३ मिलिग्राम) सहित दुई ...
नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’को सूचीमा कायमै
अर्थ, समाचार

नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’को सूचीमा कायमै

नेपालअखबार,काठमाडौं । सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’ को सूचीमा कायमै राखेको छ । विश्वव्यापी रूपमा सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणको अवस्थाबारे आफ्नो पछिल्लो प्रतिवेदन सार्वजनिक गर्दै एफएटीएफले नेपाललाई सोही सूचीमा निरन्तरता दिएको हो । फ्रान्सको पेरिसमा सम्पन्न एफएटीएफको पूर्ण बैठकपछि शुक्रबार जारी गरिएको प्रतिवेदनअनुसार नेपाल अझै पनि उच्च निगरानी सूची अर्थात् ‘ग्रे लिस्ट’ को सूचीमै कायम रहेको जनाइको छ । एफएटीएफले नेपालले आफ्नो प्रणालीमा केही सुधार गरेको भन्दै प्रशंसा गरेको छ । तर, रणनीतिक कमजोरीहरू पूर्ण रूपमा समाधान गर्न बाँकी रहेको स्पष्ट पारेको छ। विशेषगरी हुण्डी कारोबार नियन्त्रण, उच्च जोखिममा रहेका सहकारी संस्थाहरू र क्यासिनोहरूको कडा सुपरि...
मालिका गाउँपालिकामा बेसारको ‘ब्रान्डिङ’ गर्न सुरु
कृषि, समाचार, समाज

मालिका गाउँपालिकामा बेसारको ‘ब्रान्डिङ’ गर्न सुरु

नेपालअखबार,गुल्मी । गुल्मीको मालिका गाउँपालिकामा बेसारको ‘ब्रान्डिङ’ गर्न सुरुआत गरिएको छ । मालिका –२ दर्लिङमा बेसारको ‘प्याकेटिङ’ गरी बिक्रीवितरण गर्न थालिएकोे हो । जनविकास केन्द्रद्वारा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास परियोजनाअन्तर्गत गठन भएको दिदीबहिनी कृषि तथा पशु विकास महिला सहकारीले बेसारको उत्पादन गरी बिक्री वितरण गरिएको हो । परियोजनाले उपकरण र अन्य उपकरण सहयोग गरेपछि महिलाहरुले बेसार उद्योग सञ्चालन गरेका हुन् । अहिले बेसारको मूल्य प्रतिकेजी रु ४०० रहेको परियोजना संयोजक बाबुराम पन्थीले जानकारी दिए । सहकारीमा हाल मालिका १, २ र ३ का महिलाहरु आबद्ध छन् । सहकारीले बेसारका साथसाथै स्थानीय उत्पादन आटो, पिठोलगायतका खाद्यान्न पनि बिक्री वितरण गर्ने लक्ष्य राखेको छ । हाल परियोजनाले मालिका गाउँपालिकामा कृषि र पशुसम्बन्धी उत्पादन र उत्पादकत्वस...
कञ्चनपुरमा वडाध्यक्षमाथि सार्वजनिक कार्यक्रममा हातपात र दुर्व्यवहार गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
समाचार, समाज

कञ्चनपुरमा वडाध्यक्षमाथि सार्वजनिक कार्यक्रममा हातपात र दुर्व्यवहार गरेको आरोपमा पत्रकार कुँवर पक्राउ

नेपालअखबार,धनगढी । कञ्चनपुरमा वडाध्यक्षमाथि सार्वजनिक कार्यक्रममा हातपात र दुर्व्यवहार गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवरलाई प्रहरीले पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–१८ का वडा अध्यक्ष रविन्द्र देवकोटामाथि महेन्द्रनगरस्थित एक होटलमा सार्वजनिक कार्यक्रममा पुगेर कुँवरले हातपात गरेको आरोप छ । भनाभनका क्रममा कुँवरले वडाध्यक्ष देवकोटामाथि मुक्का प्रहार गरेको सोसल मिडियामा सार्वजनिक भिडियोहरुमा देखिन्छ । उनलाई तत्कालै वडा प्रहरी कार्यालयको टोलीले घटनास्थलबाट नियन्त्रणमा लिएको थियो ।  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतले कुँवरलाई पक्राउ गरेर जिप्रकाको हिरासतमा राखिएको बताए । उनीविरुद्ध वडाध्यक्ष देवकोटाले अभद्र व्यवहार शीर्षकमा किटानी जाहेरी दिएको बताउँदै डीएसपी रावतले मुद्दा प्रक्रियामा अघि बढ्ने जानकारी दिए । कुँवरले भने आफ्नो फेसबुकमा भिडियो ...
इरानसँग वार्ता गर्न स्विट्जरल्याण्ड पुगे अमेरिकी उपराष्ट्रपति भान्स
राजनीति, विश्व, समाचार

इरानसँग वार्ता गर्न स्विट्जरल्याण्ड पुगे अमेरिकी उपराष्ट्रपति भान्स

नेपालअखबार,काठमाडौं । अमेरिका र इरानबीच स्विट्जरल्याण्डमा आइतबार नयाँ चरणको वार्ता सुरु हुने भएको छ। इरानका सभामुख मोहम्मद बगेर गलिबाफले नेतृत्व गरेको टोलीसँग वार्ता गर्न अमेरिकी उपराष्ट्रपति जेडी भान्स स्विट्जरल्याण्ड पुगिसकेका छन्। भान्ससँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र ज्वाइँ जेरेड कुश्नर पनि वार्तामा सहभागी हुनेछन्। अमेरिका र इरानबीच युद्ध अन्त्यसम्बन्धी समझदारीपत्र (एमओयू) कार्यान्वयनबारे शुक्रबार हुने तय भएको सो वार्ता अन्तिम समयमा स्थगित भएको थियो। अन्तरिम सम्झौताअनुसार अमेरिका, इरान र इसराइलले लेबननसहित सबै मोर्चामा सैन्य कारबाही स्थायी रूपमा अन्त्य गर्नुपर्नेछ। शुक्रबार नै इसराइल र हिजबुल्लाहबीच युद्धविराम भएपछि वार्ताको ढोका फेरि खुलेको हो। समझदारीपत्रमा मुख्यतः सैन्य गतिविधि रोक्ने, स्ट्रेट अफ हर्मुज खुलाउने अनि वार्तामार्फत ६० दि...
प्रधानमन्त्री बालेनले रास्वपा महाधिवेशनमा दिए संसद्‌मा उठेका प्रश्नकाे जवाफ
राजनीति, समाचार

प्रधानमन्त्री बालेनले रास्वपा महाधिवेशनमा दिए संसद्‌मा उठेका प्रश्नकाे जवाफ

नेपालअखबार,चितवन । प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा विपक्षी सांसदहरूले माग्दै आएको प्रश्न जवाफ रास्वपाको प्रथम महाधिवेशनस्थलबाट दिएका छन् । उनले सीमा विवादबारे दिएको अभिव्यक्ति विवादमा परेपछि सांसदहरूले संसदमा स्पष्टीकरण दिनुपर्ने माग गरिरहेका थिए । तर प्रधानमन्त्रीले बालेनले स्पष्टीकरण दिएनन् । उनकोतर्फबाट परराष्ट्रमन्त्री शिशिर खनालले स्पष्ट पारेका थिए । तर आज रास्वपाको महाधिवेशनमा उनले ती कुराहरू उठाउँदै जवाफ दिए । यहाँ सीमाका कुरा उठे । हामीसँग प्रमाण छन् । हाम्रा प्रमाणहरू लिएर कुरा गर्छौं । हामीले मधयस्थकर्ता गर्न खोजेको होइन। हामीसँग प्रमाण छैन भने त्यो खोज्न हामी त्यहाँसम्म पनि जानुपर्छ भनेको हो ।’ उनले यही विषयलाई लिएर आफ्नो राष्ट्रियतामाथि नै प्रश्न गरेकोप्रति उनको आपत्ति थियो । उनले भने, ‘मेरो राष्ट्रियताप्रति कसैले पनि आशंका गर्नुपर्दैन ।’ उनले नेपालको सी...