Tuesday, September 8

समाचार

रसुवा बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो
समाचार, समाज

रसुवा बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो

नेपालअखबार, काठमाडौं । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७३४ जनाको शव फेला परेको छ । राष्ट्रिय विपषद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बिहान ९ बजे सार्वजिनक गरेको बुलेटिन अनुसार बाढीमा बेपत्ता भएका मध्ये उक्त संख्यामा शव फेला परेको हो । प्राधिकरणका अनुसार रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा ८२, तनहुँमा ३६ र चितवनमा २५९ जनाको शव फेला परेको हो । प्राधिकरणका अनुसार हालसम्म ८ हजार १८६ जनाको उद्धार गरिएको छ ।...
रसुवा बाढी प्रभावितलाई श्रीलंकाको १० लाख अमेरिकी डलर मानवीय सहायता
अर्थ, प्रशासन, समाचार

रसुवा बाढी प्रभावितलाई श्रीलंकाको १० लाख अमेरिकी डलर मानवीय सहायता

नेपालअखबार, काठमाडौं । विनाशकारी बाढी र पहिरोबाट प्रभावित नेपाललाई श्रीलंकाले १० लाख अमेरिकी डलर मानवीय सहायता प्रदान गर्ने घोषणा गरेको छ। श्रीलंकाको वैदेशिक रोजगार तथा पर्यटन मन्त्रालयले २७ अगस्ट २०२६ मा एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो। विज्ञप्तिका अनुसार, श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले नेपालमा भइरहेको मानवीय तथा राहत कार्यमा सघाउन सरकारलाई उक्त आर्थिक योगदान उपलब्ध गराउन निर्देशन दिएका हुन्। राष्ट्रपति दिसानायकेले विपद्का कारण भएको ज्यानको क्षति र पीडाप्रति गहिरो दुःख व्यक्त गर्दै ज्यान गुमाउनेका परिवार, नेपाल सरकार र नेपाली जनताप्रति श्रीलंकाको तर्फबाट हार्दिक समवेदना प्रकट गरेका छन्। नेपाल र श्रीलंकाबीचको लामो र घनिष्ठ मित्रता तथा ऐक्यबद्धताको स्मरण गर्दै राष्ट्रपतिले यस सङ्कटको घडीमा श्रीलंका नेपाली जनताको साथमा दृढतापूर्वक उभिएको बताएका...
धादिङको चिरौदीमा बाढीले ४ घरमा क्षति
समाचार, समाज

धादिङको चिरौदीमा बाढीले ४ घरमा क्षति

नेपालअखबार, काठमाडौं । धादिङको गल्छी गाउँपालिका-४ चिरौदीमा बाढीले चार वटा घरमा क्षति पुगेको छ। धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमले त्रिशूली नदीमा पानीको बहाब बढ्दा स्थानीयको घरमा क्षति पुगेको जानकारी आफूले पाएको बताइन् । उनले  भनिन्, ‘बाढीले चार घरमा क्षति पुर्‍याएको भन्ने सूचना पाएको छु । घटनास्थलमा प्रहरीको टोली गइसकेको छ । घर पूर्णरूपमा बगाएको हो कि आंशिक रूपमा क्षति पुगेको भन्नेबारे प्रहरीको टोली पुगेपछि मात्रै थाहा हुन्छ ।’ गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडाले पनि बाढीले चार वटा घरमा क्षति पुगेको जानकारी आफूले पाएको बताए । उनले भने, ‘स्थानीयको चार वटा घरमा क्षति पुगेको भन्ने सूचना पाएको छु । यसबारे थप बुझ्ने प्रयास भइरहेको छ ।’ त्रिशूली नदीमा पानीको बहाब बढ्दै गएको र नदी तटीय क्षेत्र जोखिममा रहेको भन्दै स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको ...
१३ लाख बढीको मदिरासहित ४ भारतीय युवक पक्राउ
प्रशासन, समाचार, समाज

१३ लाख बढीको मदिरासहित ४ भारतीय युवक पक्राउ

नेपालअखबार, जनकपुरधाम ।  बिना बिलबिजक ठुलो मात्रामा मदिरा लिएर जाँदै गरेको ४ जना भारतीय कार सहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार कर्मैया पोस्टमा शनिबार राति बारा जिल्लाबाट सर्लाहीको मलंगवा तर्फ जाँदै गर्दा चेकजांचको क्रममा कारको पछाडिको सिटमुनि र अगाडी फल्स बटन बनाई लुकाइछिपाई बिना बिलबिजक लिएर जाँदै गरेको अवस्थामा १३ लाख ५५ हजार रुपैयाँ मूल्य बराबरको मदिरा सहित ४ युवकलाई पक्राउ गरेको जनाएको छ । उनीहरूको साथबाट रेडलेभल ५० बोटल, रोयल स्टेग २४ बोटल, म्याकडोवल ठुलो ३५ र सानो ३९ बोटल बरामद भएको छ । सर्लाही प्रहरी प्रवक्ता एवं डिएसपी बेद प्रसाद गौतमका अनुसार पक्राउ पर्नेमा कार चालक भारत जिल्ला सीतामढी हरनैंया पञ्चायत वडा नम्बर ३ का ३३ वर्षीय दीपक कुमार, बेतिया जिल्ला हतिया पञ्चायत वडा नम्बर ८ निवासी ३६ वर्षीय अल्बु यादव, सोही जिल्ला लैरिया पञ्चायत वडा नम्बर ६...
बाढीमा फसेकाहरूको उद्धारका लागि गृहसचिवमार्फत सरकारको ध्यानाकर्षण
राजनीति, समाचार

बाढीमा फसेकाहरूको उद्धारका लागि गृहसचिवमार्फत सरकारको ध्यानाकर्षण

नेपालअखबार, काठमाडौँ । भोटेकोशी क्षेत्रमा आएको विपत्तिपछि सम्पर्कविहीन रहेका ओखलढुंगेली नागरिकको तत्काल खोजतलास, उद्धार तथा अवस्थाबारे परिवारलाई जानकारी गराउन राज्य व्यवस्था तथा सुशासन समितिका पूर्वसभापति एवं पूर्वसांसद रामहरि खतिवडाको टोलीले गृहसचिवलाई भेटी सरकारको ध्यानाकर्षण गराएको छ । भेटका क्रममा पूर्वसांसद खतिवडाले सम्पर्कविहीन नागरिकहरूको अवस्था तत्काल पत्ता लगाई जुनसुकै अवस्थामा रहेका भए पनि परिवारलाई यथाशीघ्र जानकारी गराउन तथा खोज तथा उद्धारका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्न आग्रह गरे । सो क्रममा गृहसचिवले सम्पर्कविहीन व्यक्तिहरूको खोज तथा उद्धारका लागि टोली परिचालन भइरहेको र केही व्यक्तिहरू हाल सुरुङ (टनेल) भित्र रहेको जानकारी प्राप्त भएको बताए । साथै, विपत्तिमा प्रभावित नागरिकका लागि राहत सामग्री व्यवस्थापन तथा वितरणमा विशेष प्राथमिकता दिइएको जानकारीसमेत गराए ।...
नेपाली नागरिक पक्राउ गर्न कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा
प्रशासन, समाचार, समाज

नेपाली नागरिक पक्राउ गर्न कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा

नेपालअखबार,धनगढी । नेपाल प्रहरीले कञ्चनपुरबाट दुई जना भारतीय प्रहरीलाई नियन्त्रणमा लिएको छ । शनिबार दिउँसो कर्नाटकबाट आएका भारतीय प्रहरीका असईसहितका दुई जना इलाका प्रहरी कार्यालय दोधारा चाँदनीले नियन्त्रणमा लिएको हो । उनीहरू दोधारा चाँदनीका शंकर लुहारलाई पक्राउ गर्ने भन्दै उनको घरसम्म पुगेका थिए । त्यसरी अनुमतिबिनै नेपालभित्र पसेर नेपाली नागरिक पक्राउ गर्न खोजेको सूचना पाएपछि दुवै जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर रावतले उनीहरूलाई इलाका प्रहरी कार्यालय दोधाराचाँदनीको नियन्त्रणमा राखिएको पुष्टि गरे । उनकाअनुसार घटनाबारे माथिल्लो निकायमा जानकारी गराइएको छ । माथिल्लो निकायबाट आउने निर्देशनअनुसार थप प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।प्रहरी स्रोतकाअनुसार नेपाल प्रहरीसँगको समन्वय र पूर्व...
लोककल्याणकारी विज्ञापनमा आधा कटौती गर्ने सरकारी निर्णयविरुद्ध पत्रकार महासंघ
समाचार, समाज

लोककल्याणकारी विज्ञापनमा आधा कटौती गर्ने सरकारी निर्णयविरुद्ध पत्रकार महासंघ

नेपालअखबार,काठमाडौँ । भोटेकोशीको बाढीले मुलुक स्तब्ध भएको मौका छोपेर सरकारले पत्रपत्रिकाले पाउँदै आएको लोककल्याणकारी विज्ञापनबापतको रकममा भारी कटौती गरेको भन्दै नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघका महासचिव रामप्रसाद दाहालले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै सुटुक्क कार्यविधि संशोधन गरी रकम कटौती गर्ने सरकारी निर्णयको घोर भर्त्सना गरेका हुन्। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाद्वारा भदौ ५ गते स्वीकृत 'छापामाध्यमका लागि लोककल्याणकारी विज्ञापन प्रकाशनसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८३' मार्फत मोफसलबाट प्रकाशित हुने पत्रपत्रिकाले पाउँदै आएको रकममा आधा कटौती गरिएको छ। आर्थिक वर्ष २०८३/०८४ को बजेटबाटै लोककल्याणकारी विज्ञापनको कुल बजेट वृद्धि भई लागू भइसकेको अवस्थामा त्यससँग बाँझिने गरी कार्यविधि ल्याइनुले सञ्चारमाध्यमप्रतिको अनुदार व्यवहार...
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
समाचार, समाज

तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला

नेपालअखबार, बुटवल । पाल्पाको तिनाउ खोलामा पौडी खेल्ने क्रममा शनिबार बिहान बगेका एक भारतीय युवाको शव बुटवलमा फेला परेको छ । तिनाउ गाउँपालिका–३, ड्यामसाइड क्षेत्रमा पौडी खेल्ने क्रममा बगेका भारत उत्तर प्रदेशको सिद्धार्थनगरका २९ वर्षीय प्रभाष सोनीको शव बुटवल उपमहानगरपालिका–१५, उजेलापुर क्षेत्रमा फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी निशान्त श्रीवास्तवले जानकारी दिए । स्थानीयका अनुसार तीन जना भारतीय मूलका युवा शनिबार बिहानै तिनाउ खोलामा पौडी खेल्न पुगेका थिए । उनीहरू पौडी खेलिरहेका बेला माथिल्लो तटीय क्षेत्रमा पानीको बहाव बढेर खोलामा एक्कासि पानीको सतह बढेपछि प्रभाषलाई बगाएको बताइएको छ । बगेका प्रभाषको खोजी गर्ने क्रममा केही घण्टापछि उनको शव बुटवल–१५ उजेलापुर क्षेत्रमा फेला परेको प्रहरीले जनाएको छ ।...
बाढीपीडितका लागि युरोपियन युनियनले २० लाख युरो सहयोग गर्ने
अर्थ, विश्व, समाचार

बाढीपीडितका लागि युरोपियन युनियनले २० लाख युरो सहयोग गर्ने

नेपालअखबार,काठमाडौं । युरोपियन युनियन (ईयू) ले रसुवा बाढीबाट प्रभावित समुदायलाई सहयोग गर्न नेपाललाई २० लाख युरो मानवीय सहायता उपलब्ध गराउने भएको छ । ईयूले शनिबार विज्ञप्ति जारी गरी आपत्कालीन अवस्थामा सहायता स्वरूप खाद्यान्न, स्वास्थ्य सेवा, स्वच्छ खानेपानी तथा सरसफाइलगायत तत्कालीन आवश्यकता पूरा गर्न उक्त रकम सहयोग गर्ने जनाएको हो । ईयूबाट सहयोग प्राप्त साझेदार संस्थाहरूले पनि प्रभावित क्षेत्रमा सहयोग उपलब्ध गराउन थालिसकेका छन् । ‘उक्त सहायता यस वर्षको सुरुआतमा नेपालमा विपद् पूर्वतयारीका लागि विनियोजन गरिएको करिब ३० लाख युरो मानवीय सहायताको अतिरिक्त हो,’ विज्ञप्तिमा भनिएको छ, ‘विपद्पछि नेपालमा रहेका ईयूका साझेदार संस्थाहरूले पूर्वतयारी अवस्थामा राखिएका आश्रय सामग्री तथा राहत सामग्री वितरण गर्दै तत्काल सहयोग सुरु गरेका थिए ।’ ईयूले प्रतिकार्य समन्वय गर्न एसियाका लागि ‘र्‍यापिड रेस्पोन्स ...
रसुवा बाढी अपडेट : ६ सय २६ जनाको शव भेटियो, २४ सयभन्दा बढी बेपत्ता
समाचार, समाज

रसुवा बाढी अपडेट : ६ सय २६ जनाको शव भेटियो, २४ सयभन्दा बढी बेपत्ता

नेपालअखबार, काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवाको भोटेकोसी बाढीसम्बन्धी पछिल्लो अद्यावधिक विवरण सार्वजनिक गरेको छ। शनिबार बिहान १० बजेसम्मको तथ्याङ्कअनुसार विभिन्न मानव अङ्गसहित हालसम्म ६ सय २६ जनाको शव फेला परेको छ। शव भेटिएका स्थानहरूको विवरण हेर्दा सबैभन्दा बढी चितवनमा २ सय ३३ जनाको शव फेला परेको छ। नवलपरासी पूर्वमा १ सय ५८ तथा नवलपरासी पश्चिममा ४७ जनाको शव भेटिएको छ। नुवाकोटमा ५१, गोरखामा ४८, धादिङमा ४५, तनहुँमा ३१ र रसुवामा १३ जनाको शव फेला परेको प्राधिकरणको तथ्याङ्क छ। बाढीमा परी अझै २ हजार ४ सय २६ जना सम्पर्कविहीन छन्। बेपत्ता हुनेमा ठुलो सङ्ख्या जलविद्युत् आयोजनाका कामदारहरूको रहेको छ। आयोजनाहरूबाट मात्रै ९ सय ३३ जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको छ। सुरक्षाकर्मीतर्फ नेपाली सेनाका ४५, नेपाल प्रहरीका २७ र सशस्त्र प्रहरी बलका ...