Friday, July 31

समाचार

सुकुम्बासीलाई लालपुर्जा दिन्छौं– मन्त्री रावल
राजनीति, समाचार

सुकुम्बासीलाई लालपुर्जा दिन्छौं– मन्त्री रावल

नेपालअखबार, काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सरकारले सक्दो चाँडो सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने बताएकी छन्। आइतबार खरिपाटीस्थित होल्डिङ सेन्टरमा पुगेर सुकुम्बासीहरूलाई मन्त्री रावलले सकेसम्म चाँडो लालपुर्जा वितरण गर्ने प्रतिबद्धता जनाएकी हुन्। उनले लालपूर्जा दिँदा कसैले पनि प्रश्न उठाउन नसक्ने गरी दिइने बताएकी हुन्। हचुवाको भरमा नभई पुस्तौं पुस्तौंसम्म कसैले औंला उठाउन नसक्ने गरी लालपुर्जा दिन नेपाल सरकारले काम गरिरहेकाले पनि समय लागेको उनले बताइन्। 'प्रश्न नउठ्ने गरी काम गर्न समय लाग्छ,’ उनले भनिन्, ‘त्यही भएर यति ग्यारेन्टी गर्छु सुकुम्बासीको हकमा नेपाल सरकारले जति सक्दो चाँडै। अझ होल्डिङ सेन्टरमा कामहरू सुरू भइसकेको छ।’ उनले हप्ता, दिन वा यो मितिमा दिन्छु नभन्ने तर सुकुम्बासीले लालपूर्जा पाउने प्रतिबद्धता व्यक्...
बैंककको पबमा भीषण आगलागी, २७ जनाको मृत्यु, ६३ जना घाइते
विदेश, समाचार, समाज

बैंककको पबमा भीषण आगलागी, २७ जनाको मृत्यु, ६३ जना घाइते

नेपालअखबार, काठमाडौं । थाइल्यान्डको राजधानी बैंककस्थित एक पबमा सोमबार मध्यरातपछि भएको भीषण आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने ६३ जना घाइते भएका छन्। घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन्। cd] एसोसिएटेड प्रेस (एपी)का अनुसार बैंककको उत्तरी क्षेत्रमा रहेको ना लाडफ्राओ पबमा राति करिब १२ बजे आगलागी भएको हो। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा पबबाट ठूलो आगोको मुस्लो र बाक्लो कालो धुवाँ निस्किरहेको तथा मानिसहरू ज्यान जोगाउन भागिरहेको देखिन्छ। थाइल्यान्डका प्रधानमन्त्री अनुटिन चार्नविराकुल घटनास्थल पुगेर २७ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आगलागीको कारणबारे अनुसन्धान भइरहेको बताए। प्रधानमन्त्रीका अनुसार घटनास्थलमा प्रस्तुति दिइरहेका एक संगीतकर्मीले स्टेज नजिकको विद्युत् सर्किट ब्रेकरबाट धुवाँ निस्किएको देखेका थिए। त्यसपछि अचानक विद्यु...
अमेरिकी सैन्य कारबाहीमा सहयोग गर्ने खाडी मुलुकमाथि आक्रमण गर्ने इरानको चेतावनी
राजनीति, विश्व, समाचार

अमेरिकी सैन्य कारबाहीमा सहयोग गर्ने खाडी मुलुकमाथि आक्रमण गर्ने इरानको चेतावनी

नेपालअखबार,  काठमाडौं । इरानले आफ्नाविरुद्ध हुने सैन्य कारबाहीमा सहयोग गर्ने खाडी मुलुकहरूमाथि आक्रमण गर्ने चेतावनी दिएको छ । इरानले अमेरिकालाई भूमि तथा सैन्य अड्डा प्रयोग गर्न दिने खाडी मुलुकहरूलाई प्रत्यक्ष निशाना बनाइने चेतावनी दिएको हो । अमेरिकाले हालै गरेको आक्रमणपछि सोमबार इरानको विदेश मन्त्रालयले उक्त चेतावनी जारी गरेको बीबीसीले जनाएको छ । इरानको सरकारी सञ्चारमाध्यममार्फत सार्वजनिक गरिएको विज्ञप्तिमा विदेश मन्त्रालयले युद्धविराम सम्झौतामा हस्ताक्षर भएको २५ दिनमात्र बित्दा पनि अमेरिकाले सम्झौताका अधिकांश प्रावधानको खुला उल्लंघन गरेको आरोप लगाएको छ । मन्त्रालयका अनुसार अमेरिकी आक्रमणमा इरानको यातायात सञ्जाल, माछा मार्ने डुंगा, मालवाहक जहाज, मौसम विभागका भवन तथा अन्य सरकारी संरचनाहरूलाई निशाना बनाइएको छ । इरानले यसलाई गम्भीर युद्ध अपराधको संज्ञा दिएको छ । विदेश मन्त्रालय...
वनफूलले सिँगारिएको ढोरपाटन
पर्यटन, समाचार, समाज

वनफूलले सिँगारिएको ढोरपाटन

नेपालअखबार, काठमाडौं । समथर मैदानमा फूलेका थरिथरिका फूल। कतै राता, कतै पहेँला, गुलाबी त कतै बैजनी रङका फूलले यतिबेला यो ढोरपाटन उपत्यका चिटिक्क सिँगारिएको छ। चारैतिर अग्ला पहाडले घेरिएको उपत्यका बर्खायाममा निकै मनमोहक देखिन्छ। फूलैफूलले ढाकिएको ढोरपाटनसँग साइनो गाँस्न दिनहुँ आन्तरिक पर्यटक ढोरपाटन आउने गरेका छन्। नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र पर्ने ढोरपाटनमा पछिल्लो तीन वर्षयता वनफूलले पर्यटकलाई थप आकर्षित गर्न थालेको छ। विसं २०७५ सम्म ढोरपाटनमा पर्यटकको आगमन न्यून थियो। घुम्न आउनेभन्दा पनि ढोर बराह मन्दिरमा पूजा गर्न आउने दर्शनार्थीबाहेक अन्य पर्यटकको खासै उपस्थिति थिएन। जब सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत प्रचारप्रसार हुन थाल्यो, तब ढोरपाटनमा पर्यटकको घुइँचो नै लाग्न थाल्यो। बर्खा लागेसँगै देशका धेरै पर्यटकीय क्षेत्र सुनसान बन्दैछन्, तर ढोरपाटनमा भने पर्यटकक...
कटुवा पेस्ताेल र गाँजासहित एक जना पक्राउ
अपराध, समाचार, समाज

कटुवा पेस्ताेल र गाँजासहित एक जना पक्राउ

नेपालअखबार, विराटनगर । विराटनगर महानगरपालिका-१४ काे जतुवाबाट सशस्त्र प्रहरीले कटुवा पेस्तोल र गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ । आइतबार बिहान सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म हेडक्वाटर रानीको टोलीले ३१ वर्षीय सुभासचन्द्र यादवलाई पक्राउ गरेको हो । जतुवास्थित मुन्ना सहनीको घरमा भाडामा बस्दै आएका यादवको कोठा खानतलासी गर्दा एक थान कटुवा पेस्तोल, सोही पेस्तोलमा प्रयोग हुने एक राउण्ड गोली र १४० ग्राम गाँजा बरामद भएकाे थियाे । प्रहरीले उनको साथबाट दुई थान मोबाइल फोन र भालासमेत बरामद गरेको छ । पक्राउ परेका यादवलाई कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।...
कीर्तिपुर होल्डिङ सेन्टरबाट माजिद अन्सारीको गिरफ्तारीप्रति ‘जेन जेड मुभमेन्ट एलाइन्स’को आपत्ति
राजनीति, समाचार, समाज

कीर्तिपुर होल्डिङ सेन्टरबाट माजिद अन्सारीको गिरफ्तारीप्रति ‘जेन जेड मुभमेन्ट एलाइन्स’को आपत्ति

नेपालअखबार, काठमाडौं । ‘जेन जेड मुभमेन्ट एलाइन्स’ले सुकुमवासीलाई राखिएको कीर्तिपुर होल्डिङ सेन्टरमा प्रभावित नागरिकहरूलाई भेट्न गएका युवा तथा स्वयंसेवकमाथि भएको प्रहरी दमन र गिरफ्तारीप्रति आपत्ति जनाएको छ । एलाइन्सले विज्ञप्ति निकालेर प्रहरी दमन र गिरफ्तारीप्रति आपत्ती जनाएको हो । कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुमवासीहरुको अवस्था बुझ्न पुगेका एलाइन्सका प्रतिनिधि माजिद अन्सारीलगायतका व्यक्तिहरूमाथि प्रहरीले अभद्र व्यवहार गर्दै कुटपिट गरेको र स्पष्ट कानुनी आधार वा पक्राउ पुर्जीबिना नै नियन्त्रणमा लिएको विज्ञप्तिमा उल्लेख छ । नागरिकको अवस्था अनुगमन गर्नु र मानवीय सहयोग पुर्‍याउनु अपराध नभएको उल्लेख गर्दै, यस घटनालाई लोकतान्त्रिक मूल्यमान्यता र मानवअधिकारमाथिको प्रहार भनेको छ । ‘नागरिकको सुरक्षा र अधिकार संरक्षण गर्ने जिम्मेवारी बोकेको प्रहरी संगठन आफैं दमनमा उत्रिनु अत्यन्त ...
आज यी स्थानमा धेरै भारीदेखि अति भारी वर्षा हुुने सम्भावना
समाचार, समाज

आज यी स्थानमा धेरै भारीदेखि अति भारी वर्षा हुुने सम्भावना

नेपालअखबार, काठमाडौं । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा नेपालको तराई भू-भाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आइतबार बिहान कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। पछिल्लो एक घन्टामा बर्दियाको स्यानो श्री चेपाङ मापन केन्द्रमा ३३.२ मिलिमिटर वर्षा भएको छ। झापाको सनिश्चरेमा १२.४ मिलिमिटर, दोलखाको सिंगटीमा ९.४ मिलिमिटर, सिन्धुपाल्चोकको धापमा १०.४ मिलिमिटर वर्षा मापन भएको छ। आइतबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका घेरै र बाँकी हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई  भू-भागका ...
इरानले बन्द गरायो होर्मुज जलमार्ग , अमेरिकासँगको तनाव थप चुलियो
राजनीति, विश्व, समाचार

इरानले बन्द गरायो होर्मुज जलमार्ग , अमेरिकासँगको तनाव थप चुलियो

नेपालअखबार,काठमाडौं । विश्वकै महत्वपूर्ण समुद्री व्यापारिक मार्ग मानिएको ‘स्ट्रेट अफ होर्मुज’ इरानले अनिश्चितकालका लागि बन्द गराएको घोषणा गरेको छ । उक्त घोषणापछि अमेरिका र इरानबीचको तनाव थप चुलिएको छ । अमेरिकाले इरानमाथि नयाँ चरणको हवाई आक्रमण गरेको जनाएको छ भने इरानले अमेरिकी आक्रमणको जवाफ अझ कडा हुने चेतावनी दिएको छ। अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले साइप्रसको झण्डा बोकेको एक व्यापारिक जहाजमाथि इरानले ‘खुला रूपमा आक्रमण’ गरेपछि यस साताको तेस्रो चरणको सैन्य कारबाही सञ्चालन गरिएको अमेरिकाले जनाएको छ। सेन्टकमका अनुसार इरानी इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) को आक्रमणबाट जहाजको इन्जिन कक्षमा गम्भीर क्षति पुगेको छ। जहाजले आफ्नो यात्रा अघि बढाउन नसक्ने अवस्था आएको र एक जना नागरिक चालकदल सदस्य बेपत्ता रहेको अमेरिकी पक्षको दाबी छ। अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले साम...
बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन
समाचार, समाज

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन

नेपालअखबार, काठमाडौँ । काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको निधन भएको छ। राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । प्रहरीका अनुसार आज बिहान भान्सामा गएर आफ्नो शरीरमा आगो लगाएका थिए । ​घटनापछि उनलाई गम्भीर अवस्थामा वीर अस्पताल पुर्‍याइएको थियो ।उनको शरीर ५५ प्रतिशत जलेको र  उपचारका क्रममा केही समयअघि मृत्यु भएको उपचारमा संलग्न डाक्टर पियुष दाहालले रातोपाटीलाई जानकारी दिए ।...
सम्झौताको एक वर्षअघि नै बन्यो गोरखामा मोटरेबल पुल
राजनीति, समाचार

सम्झौताको एक वर्षअघि नै बन्यो गोरखामा मोटरेबल पुल

नेपालअखबार, पोखरा । सम्झौता अवधि कुरेको भए गोरखाको लुदी खोला मोटरेबल पुल सकिन २०८४ असारसम्म लाग्थ्यो । २०८२ असार २२ गते २ वर्षभित्र सम्पन्न गर्ने गरी गणेशकुण्ड इन्फ्रास्ट्रक्चर एन्ड बिल्डर प्रालिसँग निर्माण सम्झौता भएकोमा कम्पनीले १ वर्षमै ६० मिटर लामो मोटरेबल पुल निर्माण गरेर सरकारलाई हस्तान्तरण गरिदिएको छ । पूर्वाधार विकास कार्यालयले स्याउली बजार हुँदै मनकामना जाने सडक खण्डको लुदीखोलामा पुल बनाउन ७ करोड ५९ लाख रुपैयाँमा ठेक्का दिएको हो । गोरखाकै पालुङटार नगरपालिका–९ शेरास्थित चुक्ती खोलामा पनि सम्झौता अगावै पुल निर्माण सकिएको छ । २०८२ असार २२ गते नै डेढ वर्षको समय दिएर सम्झौता भएको पुल निर्माण कम्पनी अमृत कन्स्ट्रक्सन प्रालिले म्यादको ६ महिनाअघि नै निर्माण पूरा गरिदिएको हो । २० मिटर लामो र ८.४० मिटर चौडाइको पुल ३ करोड ४२ लाखमा निर्माण भएको हो । यो पुलले पालुङटार नगरपालिकाका व...