विश्वको ‘एक्लो हात्ती’लाई पाकिस्तानबाट अन्यत्रै लगिने
नेपाल अखबार, एजेन्सी । जनावर अधिकर्मीहरुमाझ तातो बहसको विषय बनेको हात्तीलाई पाकिस्तानस्थित चिडियाघर छाड्नेअनुमति मिलेको छ । हात्तीको स्थानान्तरणका लागि लबिङ गरिरहेका समूहहरुले अब यसलाई राम्रो वातावरणमा लगेर राखिने बताए ।
‘विश्वको एक्लो हात्ती’ नाम दिइएको काभान ३५ वर्षभन्दा लामो समयदेखि इस्लामावादस्थित मार्गहजर चिडियाखानाको साँघुरो क्षेत्रफलमा प्रताडित भएर बसेको थियो । फोर पाज जनावर संरक्षण संस्थाका प्रवक्ता मार्टिन बाउरकाअनुसार यस हात्तीलाई अन्तत भ्रमणका लागि मेडिकल स्वीकृति मिलेको छ । सायद अब यसलाई कम्बोडिया लगेर राम्रो वातावरण राखिनेछ । शुक्रबार चिडियाघरमै काभानको पूर्ण मेडिकल परीक्षण गरिएको बाउरले बताए ।
गत मेईमा पाकिस्तानको उच्च अदालतले मार्गहजर चिडियाखाना बन्द गर्न आदेश दिएको थियो । लापरवाहीका कारण चिडियाघरको अवस्था दर्दनाक बनेको भन्दै यस्तो आदेश दिइएको थियो । चिडियाघरको दयनीय अवस्थाब...
