Monday, November 23

समाचार

शनिबारको मौसम पूर्वानुमान, यी स्थानमा  चट्याङ्गसहित वर्षा
समाचार, समाज

शनिबारको मौसम पूर्वानुमान, यी स्थानमा चट्याङ्गसहित वर्षा

नेपाल अखबार, पाेखरा। जल तथा मौसम विज्ञान विभागले शनिबारको मौसम पूर्वानुमान बुलेटिन  जारी गर्दै आज मनसुनी न्युन चापीय रेखा हाल नेपालभन्दा दक्षिण तर्फ अवस्थित रहेको जनाएको छ । मौसम विज्ञान विभागले प्रदेश नं २ मा र प्रदेश नं ५ का केहि भूभागहरुमा आंशिक बदली रहेको छ भने बांकी भूभागहरुमा  समान्य देखि पूर्ण बदली रहेको र बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा बर्षा भइरहेको जनाएको छ । यसैगरी, दिउँसो देशभर सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै, प्रदेश १, बागमती प्रदेश,गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ । यस्तै, राति  देशका अधिकांश भू(भागमा सामान्य देखि पूर्ण वदली रही धेरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि...
स्याङ्जामा एक साता निषेधाज्ञा थपियो
प्रशासन, समाचार

स्याङ्जामा एक साता निषेधाज्ञा थपियो

नेपाल अखबार, स्याङ्जा । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जिल्लामा लगाएको निषेधाज्ञा पुन एक साता थप गरेको छ । साउन १३ गतेबाट आह्वान भएको बन्द १० दिन आज सकिएसँगै पुन सात दिन निषधाज्ञा थप गरेर साउन २९ गतेसम्म पु¥याइएको छ । जिल्लामा कोरोना भाइरस संक्रमण बढेको जनाउँदै प्रशासनले बन्दलाई थप गरिएको जनाएको छ । समुदायसम्म कोरोनाको सक्रमण बढेपछि अत्यावश्यक सेवाबाहेकका सबै सेवा बन्द गर्न र यसअघि जारी गरेको निधेषाज्ञा यथावतै निर्णय गरिएको प्रशासद्धारा जारी सूचनामा उल्लेख छ ।...
नेपालमा कोरोना संक्रमणबाट थप ५ को मृत्यु
समाचार, स्वास्थ्य

नेपालमा कोरोना संक्रमणबाट थप ५ को मृत्यु

नेपाल अखबार, काठमाडौँ। नेपालमा कोभिड-१९ को संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पर्सा जिल्लाका ३ जना, सर्लाही र सिरहाका एक–एक जना गरी पाँच जनाको मृत्यु भएको बताए । पर्साको विरगन्ज महानगरपालिकाका ४५ वर्षीय पुरुषको साउन २२ गते पाटन अस्पतालमा र पर्साकै ७९ वर्षीय पुरुषको साउन २० गते घरमै निधन भएको र कोरोना परीक्षण गर्दा कोरोना पुष्टि भएको प्रवक्ता गौतमले बताए । त्यस्तै पर्साकै ५७ वर्षीय अर्का पुरुषको साउन २२ गते गण्डक अस्थायी कोभिड अस्पातलमा निधन भएको छ । सिरहा गोलबजार नगरपालिकाका २५ वर्षीय पुरुषको साउन २२ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा निधन भएको छ । सर्लाही घर भएका ४५ वर्षीय पुरुषको साउन २३ गते पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटनमा निधन भएको छ । यससँगै हालस...
काठमाडौँका ९२ सहित उपत्यकामा १०६ कोरोना संक्रमित थपिए
समाचार, स्वास्थ्य

काठमाडौँका ९२ सहित उपत्यकामा १०६ कोरोना संक्रमित थपिए

नेपाल अखबार, काठमाडौँ। काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकामा १०६ कोरोना संक्रमित थपिएको बताए। प्रवक्ता गौतमका अनुसार काठमाडौँमा ९२, ललितपुरमा १० र भक्तपुरमा ४ गरी १०६ संक्रमित थपिएका हुन्। याेसँगै नेपालमा पछिल्लो २४ घण्टामा थप ४६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रवक्ता गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ,२१४ पुगेको छ भने सक्रिय संक्रमितको संख्या  ६ हजार ३३० रहेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा थप ४२५ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्। योसँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १५ हजार ८१४ पुगेको छ। प्रवक्ता गौतमका अनुसार अहिले देशभरि विभिन्न स्थानमा १० ...
काठमाडौँ उपत्यकामा १५ दिनको लागि ‘सटडाउन’ लागू गरिँदै
प्रशासन, समाचार

काठमाडौँ उपत्यकामा १५ दिनको लागि ‘सटडाउन’ लागू गरिँदै

नेपाल अखबार, काठमाडौँ । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि उपत्यकामा जिल्ला प्रशासन कार्यालयहरुमा दुई हप्ताको लागि ‘सटडाउन’ हुने भएको छ । मानवीय गतिविधि र आवतजावतमा थप कडाइ हुने भक्तपुरकी सिडिओ हुमकला पाण्डेले जानकारी दिइन् । तर तत्काल लकडाउन भने नहुने उनको भनाइ छ । कोरोना भाइरसको महामारी फैलिइरहेका बेला आइतबारदेखि लागू हुनेगरी उपत्यकामा ‘सटडाउन’ को निर्णय गरिएको सिडिओ पाण्डेले बताइन् ।  शुक्रबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, उद्योग वाणिज्य संघ र सुरक्षा निकायका प्रमुखसहितको बैठक बसेको थियो । यस अवधिमा संक्रमण बढी देखिएको क्षेत्रलाई भने सिल गर्ने निर्णय भएको पाण्डेले बताइन्­ । सिडिओ पाण्डेले ‘सटडाउन’ अवधिभरमा जिल्ला प्रशासन कार्यलयबाट हुने केही विशेष कामबाहेकका सेवा बन्द हुने बताइन् । अन्य सरकारी कार्यालयको हकमा कार्यालय प्रमुखले निर्णय गर्ने तय गरेको पाण्डेले बताइन् । उनले भ...
नेपालकै लामो झोलुङ्गे पुलमा सञ्चालनमा नआउँदै त्रुटि
समाचार, समाज

नेपालकै लामो झोलुङ्गे पुलमा सञ्चालनमा नआउँदै त्रुटि

नेपाल अखबार, पर्वत ।  पर्वत र बागलुङ जोड्ने गरी निर्माण भएको नेपालकै लामो झोलुङ्गे पुलमा प्राविधिक त्रुटि देखिएको छ । थोरै सङ्ख्यामा पदयात्री हुँदा पनि अत्यधिक  हल्लिएपछि निर्माण कम्पनीले थप बलियो र नहल्लिने बनाउन पुलको छेउ भागमा थप तार (टाइ) थप्न थालेको छ । कालीगण्डकी नदीमाथि निर्माण गरिएको पर्वतको कुश्मा नगरपालिका वडा नं १ पाङको अदुवावारी र बागलुङ नगरपालिका–१ बाङ्गेचौर जोड्ने ५६७ मिटर लामो पुल गत शुक्रबारदेखि सर्वसाधारणका लागि खुला गरिएको थियो । खुला गरिएसँगै पुल हल्लिएको गुनासो बढ्न थालेपछि तार थप्न लागिएको कम्पनीले जनाएको छ । सर्वसाधारणका लागि खुला गरिएसँगै पुल हेर्नकै लागि भए पनि दैनिक भीड लाग्ने गरेको छ । झोलुङ्गे पुलको जिल्ला भनेर चिनिने बागलुङ र अग्ला र लामा पुलका लागि परिचित पर्वत जोड्न निर्माण गरिएको नेपालकै लामो पुल अवलोकन गर्नका लागि पुगेका विष्णु आचार्यले अन्य पुलभन्दा यो पुल ...
देशभर थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

देशभर थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, पाेखरा  । कोरोना भाइरस संक्रमणबाट काठमाडौं उपत्यका लगायत देशभर थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमति पत्रकार सम्मेलनका क्रममा दिनुभएको जानकारी अनुसार ७ हजार ९ सय २६ पीसीआर परीक्षणमा ४ सय ६४ जनामा  कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै अहिले कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ । अहिलेसम्म १५ हजार ८ १४ जना डिस्चार्ज भएका छन् ।...
काठमाडौँदेखि हेटौंडा जोड्ने कान्ति लोकपथमा पहिरो
समाचार, समाज

काठमाडौँदेखि हेटौंडा जोड्ने कान्ति लोकपथमा पहिरो

नेपाल अखबार, काठमाडौं । काठमाडौँदेखि हेटौंडा जोड्ने छोटो दूरीको कान्ति लोकपथका ठाउँठाउँमा पहिरो गएको छ । यही साउन १९ गतेदेखि आएको अविरल वर्षाका कारण गोदावरी नगरपालिका–६ टीकाभैरवदेखि वाग्मती गाउँपालिका–७ गिम्दीसम्मको मुख्य सडक अवरुद्ध भएको हो । टीकाभैरवदेखि सिउरानीसम्म झण्डै २५ किलोमिटर सडकका ठाउँठाउँमा पहिरो खसेर अवरुद्ध भएको स्थानीयवासी दीपक घिमिरेले बताए । उनले भने, “हामीले चारपाँच वटा स्काभेटर लगाएर बाटो पन्छाउँदा पनि माटो फाल्न सकेका छैनौँ, यहाँका १० ठाउँमा पहिराले असर गरेको छ, वाग्मतीबाट दैनिक रुपमा ढुवानी हुने पाँचदेखि ७०० लिटर दूध र तीनदेखि चार गाडी तरकारीसमेत किसानले बजारीकरण गर्न पाएका छैनन् ।” कान्ति लोकपथका ठाउँठाउँमा पहिराले बिजुलीका खम्बा ढलाउँदा विद्युतीय सेवाका साथै इन्टरनेटको पहुँचबाट समेत स्थानीयवासी वञ्चित भइरहेको घिमिरेले जानकारी गराए । यसैगरी पहिरो र वर्षाका कारण टीकाभै...
पोखरामा ८ कोरोना संक्रमित थपिए
प्रदेश ४, समाचार, स्वास्थ्य

पोखरामा ८ कोरोना संक्रमित थपिए

नेपाल अखबार, पोखरा ।  पोखरा महानगरपालिकामा थप ८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पोखरा महानगरपालिका वडा नम्बर १९ का ३ जना ५८, ६८, ८८ वर्षीया महिला र ५७ तथा ६० वर्षीया २ जना पुरुषमा कारोना संक्रमण पुष्टि भएको छ । त्यस्तै वडा नमबर १५ की ३२ वर्षीया महिलामा समेत कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिएका छन् । त्यस्तै वडा नम्बर ३२ का १९ वर्षीया १ जना पुरुषमा समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस अगाडि आज बिहान माबै पोखरामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ८७ पुगेको छ । कोरोना संक्रमणमुक्त हुने संख्या १३ सय ८३ रहेको निर्देशनालयले जानकारी दिएको छ ।...
कोरोना संक्रमण परीक्षण गर्न प्रधानमन्त्रीको स्वाब संकलन
राजनीति, समाचार, स्वास्थ्य

कोरोना संक्रमण परीक्षण गर्न प्रधानमन्त्रीको स्वाब संकलन

नेपाल अखबार, काठमाडौं । कोरोना संक्रमण परीक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको शुक्रबार स्वाब संकलन गरिएको छ । उनका प्रेस सल्लाहकार सूर्य थापाका शुक्रबार प्रधानमन्त्री र उनीसँग नियमित सम्पर्क भइरहनेहरुको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको हो । ‘पार्टीको, सरकारको कामले भेटिरहनुपर्ने सल्लाहकार र सचिवालय टिमका सदस्यहरुको स्वाब संकलन गरिएको हो’ उनले भने । स्वाब परीक्षणका लागि पठाए पनि रिपोर्ट आएको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग साउन १४ गते बालुवाटारमा नै भेट भएका प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवलाई बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारका सुरक्षाकर्मीहरुको गत सोमबार स्वाब संकलन गरिएको थियो ।...