Friday, November 20

समाचार

आफ्नो पक्षमा अभियान चर्काउन ओलीको निर्देशन
राजनीति, समाचार

आफ्नो पक्षमा अभियान चर्काउन ओलीको निर्देशन

नेपाल अखबार, काठमाडौं । पार्टीमा देखा परेको संकट समाधानबारे प्रधानमन्त्री तथा अध्यक्ष ओलीले आन्तरिक छलफललाई जारी राखेका छन् । त्यसक्रममा उनले बिहीबार राति आफु निकटका पार्टी नेता तथा भातृ संगठनका कार्यकर्ताहरुसँग बालुवाटारमा छलफल गरेका छन् । बिहीबार राति ओलीले युवासंघ नेपाल र अखिलका अध्यक्षलगायतका केही युवा विद्यार्थी नेताहरुसँग छलफल गरेका हुन् । छलफलमा सांसद महेश बस्नेतदेखि रमेशकुमार पौडेल तथा अखिलका ऐनसिंह महरसमेत सहभागी थिए । त्यसक्रममा ओलीले अहिले पार्टी तथा सरकार अप्ठेरोमा परेको भन्दै सहयोग गर्न आग्रह गरेका थिए । त्यसक्रममा उनले आफ्नो पक्षमा अभियान चलाउन निर्देशनसमेत दिएका थिए । त्यस्तै सामाजिक सञ्जालहरुमा समेत आफ्नो आलोचनाको प्रतिवाद गर्न आफू निकटकाहरुलाई ओलीले निर्देशन दिएको बैठकमा सहभागी एक नेताले बताए । ओलीसँगको बिहीबार भएको भेटबारे अखिलका संयोजक ऐनसिंह महरले पुष्टि गरे । तर त्यस्त...
बस्तीमाथिबाट पहिरो खस्दा दुई जनाको मृत्यु, एक वेपत्ता
समाचार

बस्तीमाथिबाट पहिरो खस्दा दुई जनाको मृत्यु, एक वेपत्ता

नेपाल अखबार, गुल्मी । पहिरोका कारण गुल्मीको इस्मामा दुई जनाको ज्यान गएको छ । हिजोदेखि परेको अविरल वर्षाका कारण इस्मा गाउँपालिका–१ अन्तर्गत निस्तीको ढाँडफाँटमा गएराति बस्ती माथिबाट पहिरो खस्दा मल्दीका १८ महिनाका बालक सुरज सारु र ढाँडफाँटकी ७ वर्षीया बालिका अपिच्छा खत्रीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंङ खड्काले बताएका छन् । पहिरोमा परी एक जना बेपत्ता भएका छन् । बालिकाकी आमा २८ वर्षीया इश्वरा खत्रीलाई भने स्थानीयले उद्धार गरेका छन् । बालिका पनि आमासँगै भागेकी स्थानीयले बताएका छन् । पहिरोसँगै बास बसेका मुसिकोट नगरपालिका–२ का भागिरथ घिमिरे सम्पर्कविहीन भएका छन् । पहिरोमा परी ६३ वर्षका टिकाबहादुर खत्री घाइते भएको प्रहरीले जनाएको छ । पानी परिरहेकाले  र सडक अवरुद्ध हुदाँ उद्धारमा समस्या आएको प्रहरीले जनाएको छ ।...
मदिरा सेवन गरी महिलालाई दुर्व्यवहार गरेको आरोपमा वडाध्यक्ष पक्राउ
समाचार

मदिरा सेवन गरी महिलालाई दुर्व्यवहार गरेको आरोपमा वडाध्यक्ष पक्राउ

नेपाल अखबार, कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका ९ का वडा अध्यक्ष राम नाथ महिलामाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् । गएराति वडाध्यक्ष नाथले ब्रह्मदेव बजारमा मदिरा सेवन गरी महिलामाथि दुर्व्यवहार गरेको स्थानीयले आरोप लगाएपछि ब्रह्मदेव प्रहरी चौकीले नाथलाई नियन्त्रणमा लिएको हो । प्रहरीले नियन्त्रणमा लिएका नाथलाई रातिनै जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर थापाले वडाध्यक्ष नाथले महिलामाथि दुर्व्यवहार गरेको भन्ने कुरा आएपछि नियन्त्रणमा लिइएको बताए । ‘थप कुरा बुझ्न बाँकी रहेको छ’, उनले भने, ‘के भएको रहेछ । आज बुझ्ने कार्य हुन्छ । त्यहीअनुसार कारवाही प्रक्रिया अगाडि बढ्छ ।’ भीमदत्त नगरपालिका–९ ब्रह्मदेव बजारमा एक महिलालाई अपशब्द प्रयोग गर्दै वडाध्यक्ष नाथले दुव्र्यवहार गरेको स्थानीयको आरोप छ । घटनापछि बिहीबार राति ब्रह...
गण्डकी प्रदेशमा ३२ जना संक्रमित थपिए
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा ३२ जना संक्रमित थपिए

नेपाल अखबार, पोखरा । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार भरतपुर अस्पताल चितवन र प्रदेश क्षय रोग केन्द्र पोखरामा गरिएको परिक्षणमा थप ३२ जनामा कोरोना  संक्रमण पुष्टि भएको हो । शुक्रबार पुष्टि भएका संक्रमितमध्ये नवलपुरमा १९, तनहूँमा ९, पर्वतमा ३ र बागलुङमा १ जना रहेका छन् । निर्देशनालयका अनुसार नवलपुरको कावासोतीमा ११ पुरुष र ३ महिलामा कोरोना पुष्टि भएको छ । यसैगरि, नवलपुरकै मध्युबिन्दुमा ४ पुरुष र १ महिलामा कोरोना पुष्टि भएको छ । तनहूँको भिमादमा २ र ऋषिङमा ७ पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । यस्तै, पर्वतको बिहादी, फलेबास र पैँयुमा एक एक गरि ३ पुरुषमा कोरोना पुष्टि भएको छ । बागलुङको जैमिनीमा पनि कोरोना भाइरसका एक पुरुष संक्रमित फेला परेका छन् । यो सँगै प्रदेशमा कुल संक्रमितको संख्या १०६३ पुगेको छ ।...
क्वारेन्टिनबाट भागेका ३३ जनामा कोरोना संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

क्वारेन्टिनबाट भागेका ३३ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, धनगढी । क्वारेन्टिनबाट भागेर घर गएका कैलालीको गोदावरी नगरपालिका–११ ओलानीका ३३ जनामा कोरोना भाइरस (कोभिड–१९) को सक्रमणको पुष्टि भएको छ । भारतबाट आएकामध्ये र्आरडीटी पोजेटिभ देखिएका ७० जनालाई वडा नम्बर ११ को सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टिनमा राखिएको थियो । उनीहरूको ४ असारमा स्वाब संकलन गरिएको थियो । तर लामो समयसम्म पनि रिर्पाेट नआएको भन्दै ५९ जना क्वारेन्टिनबाट भागेर घर गएका थिए । त्यसको केही दिनपछि रिर्पाेट आयो’ नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख वीरबहादुर कुँवरले भने ‘७० मध्ये ४२ जनामा संक्रमणको पुष्टि भयो ।’ वडाध्यक्ष शिबबहादुर विकका अनुसार संक्रमित ४२ मा भागेर घर गएका ३३ जना पनि छन् । अब उनीहरुको कन्ट्याक ट्रेसिङ थालिएको छ । ‘उहाँहरू कतिको सम्पर्कमा आउनु भयो भनेर सोधपुछ गर्दैछौँ,’ कुँवरले भने, ‘सम्पर्कमा आएका सबैको पीसीआर टेस्ट आवश्यक देखिएको छ ।’ नगरपालिकाले क्वारेन...
ओली–प्रचण्डबीच वार्ताका लागि एक दिनको समय, स्थायी समिति शनिबारसम्मका लागि स्थगित
राजनीति, समाचार

ओली–प्रचण्डबीच वार्ताका लागि एक दिनको समय, स्थायी समिति शनिबारसम्मका लागि स्थगित

नेपाल अखबार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक शनिबारसम्मको लागि स्थगित भएको छ । पार्टीभित्र बढ्दो विवादका कारण अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली बैठकमा सहभागी नै नहुने अवस्था सिर्जना भएपछि बैठक शनिबारसम्मको लागि स्थगित गरिएको हो । कार्यकारी अध्यक्ष प्रचण्डले राष्ट्रपतिलाई भेटेर फर्किएपछि ओलीबिनै बसेको स्थायी समिति बैठकले ओलीसँग वार्ता गरेर सहमति जुटाउने निष्कर्ष निकालेको छ । त्यसका लागि शुक्रबार दिनभर ओली र प्रचण्डबीच छलफल गरेर सहमति जुटाउने जिम्मेवारी बैठकले दिएको छ। ओली बिनै बसेको बैठकमा प्रचण्डले पछिल्लो विकसित घटनाक्रमका विषयमा ब्रिफिङ गर्दै अब कसरी अघि बढ्ने भन्नेबारे राय मागेका थिए । त्यसपछि बैठकले ओली र प्रचण्डलाई सहमति जुटाउन एक दिनको समय प्रदान गरेको हो । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले एकता गम्भीर संकटमा परेकाले त्यसबाट जोगउन भोलि सहमति जुटाउ...
साउन ७ गतेसम्म हवाई उडान र सीमा नाका बन्द गर्ने सरकारको निर्णय
राजनीति, समाचार

साउन ७ गतेसम्म हवाई उडान र सीमा नाका बन्द गर्ने सरकारको निर्णय

नेपाल अखबार, काठमाडौं । सरकारले आगामी साउन ७ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द गर्ने र  अन्तर्राष्ट्रिय सीमा बन्द गर्ने निर्णय गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले असार १५ सम्मका लागि जारी गरिएको सो प्रावधान साउन ७ गतेसम्मका लागि बढाएको हो । अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले भारतसँगको सीमा बन्द गरिएपनि खाद्यबस्तु तथा मालवाहक ढुवानीलाई भने सहज गरिने जानकारी गराएका छन् । सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि  अन्तर्राष्ट्रिय सीमा नाकाबाट आवतजावत बन्द गर्दै आएको छ ।...
पोखरामा २ महिलासहित ६ जुवाडे पक्राउ
समाचार

पोखरामा २ महिलासहित ६ जुवाडे पक्राउ

नेपाल अखबार, पोखरा। कास्की प्रहरीले दुई महिलासहित छ जुवाडेलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–१७ तितेपानी रानीवनस्थित रिमा गुरुङको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए । पक्राउ पर्नेमा घरधनी ३६ वर्षीया गुरुङ, ४१ वर्षीया मुना गुरुङ, छोरेपाटन बस्ने ३१ वर्षीय लीलाधर सुवेदी, ३० वर्षीय राजमान गुरुङ, ३८ वर्षीय डिलप्रसाद गुरुङ र पोखरा–१६ का दीप बस्नेत र ४८ वर्षीय खेम गुरुङ छन् । जुवाखालबाट रु ४७ हजार १ सय  र तास बरामद भएको छ । प्रवक्ता हमालका अनुसार विशेष सूचनाका आधारमा जुवाडेलाई पक्राउ गरिएको हो । कास्की प्रहरीले पोखराका विभिन्न स्थानबाट तीन महिलासहित १० जुवाडेलाई पक्राउ गरेको थियो । रासस...
कास्कीमा एक पुरुष मृत फेला
समाचार

कास्कीमा एक पुरुष मृत फेला

नेपाल अखबार, पोखरा । कास्कीमा एक सडक मजदुर मृत अवस्थामा फेला परेका छन् । बिहीबार बिहान बर्दिया मधुवन गाउँपालिका-३ स्थायी घर भएका ४६ वर्षीय लौटन थारु मृत अवस्थामा फेला परेका हुन् । कास्की रुपा गाउँपालिका-६ फालभञ्ज्याङ बस्दै आएका थारु बुधबार राती खाना खाएर सुतेकोमा भोलिपल्ट बिहान उनका साथीले मृत अवस्थामा फेला पारेको जनाइएको छ ।मृतक सडकमा नाला खन्ने काम गर्दौ आएको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले उल्लेख गरेको छ ।...
कोईरालाको जन्म जयन्तिकाे अवसरमा वीरगंजमा विभिन्न तीन दिवसिय र्कायक्रम
समाचार

कोईरालाको जन्म जयन्तिकाे अवसरमा वीरगंजमा विभिन्न तीन दिवसिय र्कायक्रम

इरफान अलि, वीरगंज  । नेपाली राजनितिका शिखर पुरुष स्वर्गीय गिरिजा प्रसाद कोईरालाको जन्म जयन्तिको अवसरमा जी.पी कोईराला फाउण्डेशन पर्साले वीरगंजमा विभिन्न तीन दिवसिय र्कायक्रमको आयोजना गरेको छ । स्वर्गिय गिरिजा प्रसाद कोईरालाको ९६औं जन्म जयन्तिको अवसरमा मानव सेवा आश्रममा आज दिवा खाना तथा राहत स्वरुप चामल दुई बोरा, मिठाई,आप १ करेट आश्रममा प्रदान गरिएको छ । जी.पी कोईराला फाउण्डेशन पर्साले कोईरालाको जन्मोत्सवको अवसरमा तीन दिवशिय र्कायक्रमको घोषना गरेको छ । पहिले दिनको र्कायक्रममा मानव सेवा आश्रममा औपचारिक र्कायक्रमलाई सम्बोधन गर्दै फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनले गिरिजा प्रसाद कोईरालाको योगदान स्मरणिय रहने बताए । कोईरालाले देखाएको सहमति सहकार्य र एकताको खाचो अहिले पनि उतिकै रहेको सभापति सहाबुदिनले बताए । जी.पी फाउण्डेशन पर्साका सचिव धिरज गुप्ताले गिरीजा प्रसाद कोईरालाको राजनितिक चेत...