Tuesday, September 8

समाचार

गोरखाबाट हराएका बालिकाहरु कास्कीमा भेटिए
प्रदेश ४, समाचार, समाज

गोरखाबाट हराएका बालिकाहरु कास्कीमा भेटिए

गाेरखा । गत माघ २३ गते देखि हराइरहेका बालिकाहरु कास्कीमा फेला परेका छन । गोरखा नगरपालिका –७ सुस्मिता गुरुङ विद्यालय जाने क्रममा हराएको भन्दै उनकी आमा सुकमायाँ गुरुङले खोजी दिन आग्रह गर्दै प्रहरीमा निवेदन दिएकी थिइन् । सुस्मिता गुरुङ लगायत गो.न.पा.६ र ७ बस्ने १३ बर्ष देखि १५ बर्ष उमेर समुहका अन्य ८ जना ८ र ९ कक्षामा अध्यनरत बालिकाहरुलाई कास्की प्रहरीको सहयोगमा कास्की जिल्ला मादी गाउपालिका १२ लिपियानीबाट तालबेसी तर्फ जादै गरेको अवस्थामा फेला पारी अबिभाबकको जिम्मा लगाएको प्रहरीले बताएको छ ।...
गोरखाका मेयरको खण्डन ः 'पूर्वनिर्धारित सबै कार्यक्रममा सहभागी छु'
प्रदेश ४, विदेश, समाचार, हाइलाइट-समाचार

गोरखाका मेयरको खण्डन ः 'पूर्वनिर्धारित सबै कार्यक्रममा सहभागी छु'

गाेरखा । बेलायत भ्रमणलाई लिएर आफ्नो चरित्र हत्याको प्रयास भएको भन्दै गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले दुख ब्यक्त गरेका छन् । केहि हप्ताअघि भगिनी सम्बन्ध स्थापनाका लागि औपचारिक कार्यक्रममा सहभागी हुन बेलायतको रशमोर बरो काउन्सिल पुगेका नगरप्रमुख पन्तले केहि अनलाइन समाचारले भ्रम सृजना गर्ने प्रयास गरेको बताएका हुन् । शनिबार केहि अनलाइन पोर्टल र सामाजिक सञ्जालहरुमा ‘भगिनी सम्बन्ध गाँस्न बेलायत पुगेका गोरखाका मेयर पन्त हराए’ भन्ने जस्ता शिर्षकमा समाचार संप्रेसण गरेको भन्दै उनले खण्डन गरेका छन् । पूर्वनिर्धारित तालिका अनुसार केहि दिनअघि नै रश्मोर काउन्सिलसंग भगिनी सम्बन्ध स्थापनामा हस्ताक्षर भइसकेको र काउन्सिल, राजदुतावास लगायत बिभिन्न संघसंस्थाहरुको कार्यक्रममा सहभागी भइरहेको स्पष्ट पार्दै नगरप्रमुख पन्तले नकरात्मक प्रचार नगर्न अनुरोध समेत गरेका छन् । ‘आफुखुसी मनगणन्ते शिर्षकमा...
सिन्धुपाल्चोकमा मध्यराति प्रहरी चौकी आक्रमण
प्रदेश ३, समाचार, समाज, हाइलाइट-समाचार

सिन्धुपाल्चोकमा मध्यराति प्रहरी चौकी आक्रमण

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको तिपेनीस्थित प्रहरी चौकीमा आक्रमण भएको छ । शनिबार मध्यराति अज्ञात समूहले चौकीमा आक्रमण गरेका हुन । १०/१२ वटा मोटरसाइकलमा आएको समूहले मध्यराति कबिर १ः३० बजे एक्कासि प्रहरी चौकीमा ढुंगामुढा गरेका जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले जानकारी दिए । आक्रमणबाट प्रहरी चौकीका इञ्चार्ज असई सन्तोषकुमार झा र प्रहरी हबल्दार हरिबहादुर मगर घाइते भएका छन् । आक्रमणमा संलग्गन रहेको आशंकामा एकजना दुई मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकीमा किन, कसले आक्रमण गर्यो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
भवानी क्याम्पसमा नेविसंघको इकाई
प्रदेश ४, राजनीति, समाचार

भवानी क्याम्पसमा नेविसंघको इकाई

गोरखा । पालुङटारमा रहेको भवानी बहुमुखी क्याम्पसमा सुनिता थापा अधिकारीको अध्यक्षतामा नेपाल विद्यार्थी संघ इकाई गठन भएको छ । नेविसंघ पालुङटार नगरसंयोजक अनिल थापलियाको अध्यक्षतामा भएको विद्यार्थी भेलाले अधिकारीलाई अध्यक्ष चयन गरेको हो । जसको उपाध्यक्षमा सुदप देवकोटा, सचिव विजय विक, सहसचिव सिमा विक, सुजता गिरी, कोषाध्यक्ष भरत गिरी चयन भएका छन् । नेविसंघका गोरखा अध्यक्ष सुवास अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमले विष्णु गिरी, सुष्मा थापा, सुजन विक, संगिता श्रेष्ठ, रोशिला गुरुङ, सुष्मा थापा मगर, विनुसा श्रेष्ठ, पूजा गिरी र अस्मिता देवकोटा सदस्यमा निर्विरोध चयन गरेको हो । कार्यक्रममा नेपाली काँग्रेस पालुङटार नगर सचिव सरोज देवकोटा, नेविसंघका पूर्व जिल्ला उपसभापति रमेश बस्ताकोटी, जिल्ला सचिव मिलनसिं बस्नेत लगायतले बोलेका थिए ।...
गोरखा दरबार पुर्ननिर्माण अलपत्र : काम गर्ने भन्दा समय थप्ने दाउमा ठेकेदार
धर्म/संस्कृति, पर्यटन, प्रदेश ३, समाचार, हाइलाइट-समाचार

गोरखा दरबार पुर्ननिर्माण अलपत्र : काम गर्ने भन्दा समय थप्ने दाउमा ठेकेदार

गोरखा । गोरखा दरवार पुर्ननिर्माणको काम अलपत्र परेको छ । भूकम्पले चर्किएको दरवार दुई बर्षभित्र पुर्ननिर्माण सक्नेगरी २०७४ कार्तिकमा पचली भैरव शिभाको जेभीसंग सम्झौता भएको थियो । तर पुर्ननिर्माण सम्पन्न गरी हस्तान्तरण गरिसक्नुपर्ने समय गत मंसिरमा सक्किएर पुरातत्व विभागले ६ महिना म्याद समेत थपिसकेको छ । तैपनि दरवारको एक तला समेत पूरा हुन सकेको छैन । गत पुष ४ गते विभागले ठेकेदार कम्पनीलाई ६ महिना म्याद थप्ने निर्णय गरेको थियो । म्याद थप भएपछि काममा प्रगती देखिने विभागको आशा थियो तर त्यसो हुन सकेन । ‘तिहारपछि फिल्डमा खासै कामै हुन सकेको छैन’ गोरखा दरवार हेरचाह अड्डाका प्रमुख हरीप्रसाद भुषालले भने ‘म्याद थपको समय पनि करिब डेढ महिनाभन्दा बढि बितिसकेको छ, फिल्डमा ३५ प्रतिशत जति काम भएको होला, हाम्रो अपेक्षा उल्टो भइरहेको छ ।’ हालसम्म पहिलो तलाको करिब ८० प्रतिशत काम मात्रै सकिएको छ । थप भए...
विश्व बैंकले दियो आवास पुनर्निर्माणका लागि २३ अर्ब ऋण
अर्थ, समाचार, हाइलाइट-समाचार

विश्व बैंकले दियो आवास पुनर्निर्माणका लागि २३ अर्ब ऋण

विश्व बैंकले भूकम्पीय आवास पुनर्निर्माण आयोजनाका लागि करिब २२ अर्ब ८० करोड रुपैयाँ सहयोग गरेको छ। अर्थ मन्त्रालयमा बिहीबार एक समारोहका बीच विश्व बैंकका प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिबीच भूकम्पीय आवास पुनर्निर्माण आयोजनाका लागि ऋण सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सम्झौतापत्रमा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र विश्व बैंकका तर्फबाट कन्ट्री म्यानेजर फारिस एच हाडाड जर्भोसले हस्ताक्षर गरेका छन्। दोस्रो थप ऋण सहायता स्वीकार गर्नेसम्बन्धी वित्तीय सम्झौताअनुसार प्राप्त विश्व बैंकको पछिल्लो सहयोग रकमलाई भूकम्प प्रभावित ३२ जिल्लाका ८६ हजार ६ सय ८० वटा आवास निर्माणमा खर्च गरिने अर्थ मन्त्रालयले जनाएको छ ।...
चीनबाट फर्काइने नेपालीलाई यी चार स्थानमा राख्ने तयारी
विदेश, समाचार, समाज, स्वास्थ्य, हाइलाइट-समाचार

चीनबाट फर्काइने नेपालीलाई यी चार स्थानमा राख्ने तयारी

प्रधानमन्त्री केपी शर्मा ओलीले चीनबाट उद्धार गरिने नेपालीहरुलाई उपत्यकाका चार ठाउँमा राख्न निर्देशन दिएका छन्। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा उपप्रधान तथा रक्षा, गृह, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या र पर्यटन मन्त्री, मुख्य सचिव र सम्बद्घ सचिवहरू, सुरक्षा अधिकारीहरूसहितको विशेष बैठकमा प्रधानमन्त्री ओलीले चीनबाट उद्धार गरिने नेपालीहरुलाई काठमाडौँ र भक्तपुरका चार स्थानमा राख्ने व्यवस्था गर्न निर्देशन दिएका हुन्। प्रधानमन्त्री ओलीले कोरोना भाइरसको संक्रमणको खतरालाई मध्यनजर गर्दै नागरिकको स्वास्थ्य र सुरक्षाका निम्ति निर्धारित कार्ययोजना अनुरूप समग्र तयारीमा जुट्न सम्बद्घ मन्त्रालय र निकायहरूलाई निर्देशन दिए। प्रधानमन्त्री ओलीले शिवपुरी, इचंगुनारायण, सूर्यविनायक र खरिपाटी गरी चार स्थानमा क्वारेन्टाइन स्थल व्यवस्थित गरी राख्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाए...
बूढासुब्बा गोल्डकपको २२औँ संस्करण आगामी फागुन १० गतेदेखि
खेलकुद, प्रदेश १, समाचार

बूढासुब्बा गोल्डकपको २२औँ संस्करण आगामी फागुन १० गतेदेखि

काठमाण्डाै । मोफसलको ठूलो फुटबल प्रतियोगिता बूढासुब्बा गोल्डकपको २२औँ संस्करण आगामी फागुन १० गतेदेखि धरानमा हुने भएको छ । आयोजक धरान फुटबल क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दै देशीविदेशी गरी प्रतियोगितामा आठवटा टोलीको सहभागिता रहने जानकारी दिएको छ । क्लबका अध्यक्ष तथा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रदेश अध्यक्ष किशोर राईका अनुसार एन्फाले बूढासुब्बालाई ‘क’ श्रेणीमा राखेपछि प्रतियोगिताको पुरस्कार राशि बढाइएको छ । विजेतालाई १० लाख र उपविजेतालाई पाँच लाख दिने अध्यक्ष राईले जानकारी दिए । अघिल्लो संस्करणमा विजेतालाई आठ लाख र उपविजेतालाई चार लाख दिइएको थियो । धरानमा सर्वाधिक विजेतामध्येको एक मनाङ मर्स्याङ्दी क्लब, मच्छिन्द्र क्लब, नेपाल पुलिस क्लब, युके एफसी, भारत, जापान फुटबल लिग टिम, बेलबारी फुटबल क्लब, मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर र आयोजक धरान फुटबल क्लब प्रतियोग...
कांग्रेसको निश्कर्ष : गच्छदारलाई फसाइयाे
राजनीति, समाचार, हाइलाइट-समाचार

कांग्रेसको निश्कर्ष : गच्छदारलाई फसाइयाे

काठमाडौं– बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा कांग्रेस नेता विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेपछि आज कांग्रेसले आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ । कांगेस केन्द्रीय कार्यालय सानेपामा अपरान्ह ४ बजे पत्रकार सम्मेलन गर्दै कांग्रेसले आफ्नो धारणा सार्वजनिक गर्न लागेको एक कांग्रेस नेताले जानकारी दिए । आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बसेको बैठकले सरकारले बदनियतपूर्ण र प्रतिशोध लिने सोचका साथ यो अभियान चालेको निष्कर्ष निकाल्दै सशक्त प्रतिकार गर्ने कांग्रेसले जनाएको छ ।...
नेपाल आइडलमा ई-सेवाबाट भोटिङ गर्न सकिने
अर्थ, मनोरञ्जन, समाचार, समाज

नेपाल आइडलमा ई-सेवाबाट भोटिङ गर्न सकिने

काठमाडौं । नेपाल आइडलमा ई-सेवाबाटै भोटिङ गर्न सकिने भएको छ । एपीवान टेलिभिजनबाट हरेक बिहीबार र शुक्रबार बेलुकी ८ः३० बजे प्रसारण हुँदै आएको नेपालको चर्चित गायन रियालिटी शो नेपाल आइडल सिजन तीनमा यसपटक इसेवामार्फंत भोटिङ गर्न सकिने भएको हो । इसेवाको एण्ड्रोइड तथा आइओएस मोबाईल एप्स्मार्फत आफुलाई मनपर्ने प्रतियोगीलाई भोट गर्न सकिनेछ ।  प्रतियोगीलाई एक पटकमा न्यूनतम एक भोट देखि अधिकतम एक हजार भोट गर्न सकिनेछ । भोटिङ शुक्रबार बेलुकी ८:३० बजेदेखि सोमबार मध्यान्ह १२ बजेसम्म गर्न सकिन्छ । नेपाल आइडलमा अहिले टप ११ प्रतियोगीले प्रतिश्पर्धा गरिरहेका छन् ।...