Tuesday, September 8

समाचार

४८ बर्षदेखि अलपत्र खानेपानी आयोजना पालुङटारले एक बर्षमै बनायो
प्रदेश ४, समाचार, समाज, हाइलाइट-समाचार

४८ बर्षदेखि अलपत्र खानेपानी आयोजना पालुङटारले एक बर्षमै बनायो

गोरखा । ४८ बर्षदेखि अलपत्रपरेको खानेपानी आयोजना १ बर्षमै सम्पन्न भएपछि स्थानीय खुसि भएका छन् । पालुङटार नगरपालिकाको वडा नम्बर ४ बोहोरागाउँ ग्रामीण खानेपानी आयोजना निर्माण सुरु भएको ४८ बर्ष पछी सम्पन्न भएको छ । आयोजना सम्पन्न भएपछि आइतबार एक कार्यक्रमकावीच पालुङटार नगरपालिकाका नगरप्रमुख इन्जिनियर दिपक बाबू कंडेलले उद्घाटन गरेका छन् । पालुङ्टार नगरपालिकाको २७ लाख र उपभोक्ता समितिबाट १३ लाख ४१ हजार गरी कुल ४० लाख ४१ हजार रुपैयाँ लगानीमा उक्त आयोजना निर्माण सम्पन्न भएको हो । उक्त आयोजना एक घर एक धारा प्रविधिमा निर्माण गरी हरेक घरमा मिटर जडान गरिएको छ । बोहोरा गाउँका ८९ घर धारा निर्माण गरिएको पालुङटार नगरपालिकाले जनाएको छ । कार्यक्रममा बोल्दै नगर प्रमुख कंडेलले नगर भित्रमा रहेका सम्पूर्ण बिकास निर्माणका कामहरुमा नगरपालिकाले साथ दिने र समाजिक कार्यप्रति सबै लागेर अघि बढ्नुपर्नेमा ज...
बैशाख १२ मा लिगलिगकोटदेखि बारपाकसम्म म्याराथुनको तयारी
खेलकुद, पर्यटन, प्रदेश ४, समाचार, हाइलाइट-समाचार

बैशाख १२ मा लिगलिगकोटदेखि बारपाकसम्म म्याराथुनको तयारी

गाेरखा । भूकम्प स्मृति दिवशका अबसरमा गोरखामा म्याराथुन दौड आयोजना गर्ने तयारी भएको छ । ट्रेकिङ एसोसियसन टान, पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिकाको आयोजना र धार्चे मनास्लु पर्यटन बिकास समितिको सहयोगमा लिगलिगकोटदेखि भूकम्पको केन्द्र बारपाकसम्म अल्ट्रा म्याराथुन दौड गर्न लागिएको हो । नेपाल भ्रमण वर्ष २०२० को सन्र्दभमा ऐतिहासिक स्थलहरुको प्रवद्र्धन गर्दै भूकम्पको केन्द्रबिन्दुसम्म पर्यटकको ध्यान आर्कषित गर्न कार्यक्रम गर्न लागिएको टानले जनाएको छ । केही दिन भित्र धावन मार्ग पहिचान गरी, सहभागीताको लागि आब्हान खुल्ला गर्ने टानको तयारी छ । ६० किलोमिटरभन्दा बढी दुरी रहेको सो प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय हुनेलाई क्रमश ८० हजार, ६० हजार र ४० हजार रुपैया नगद सहित मेडल र प्रमाणपत्र दिने तयारी रहेको आयोजकले बताएको छ । प्रतियोगिताको बारेमा आइतबार गोरखामा स...
साधनाले ग¥यो मृत्यु भएकी महिलाको कर्जा मिनाहा
अर्थ, प्रदेश ४, समाचार, समाज

साधनाले ग¥यो मृत्यु भएकी महिलाको कर्जा मिनाहा

गोरखा । साधना लघुबित्त बित्तीय संस्था शाखा कार्यालय हरमटारीले कर्जा मिनाहा कार्यक्रम सम्पन्न गरेको छ । बित्तीय संस्थाको शाखा कार्यालय हरमटारीले शुक्रबार एक कार्यक्रम गरी गत साउनमा हृदयघातबाट मुत्यू भएकी एक महिलाको कर्जा मिनाहा घोषणा गरेको हो । गोरखा नगरपालिका वडा नं. ३ घलाङमा गठित केन्द्र नं. ८१ मा आबद्ध ऋणी सदस्य हिरामाया अधिकारीको तिर्न बाँकी साँबाब्याज गरी रु ६२ हजार सातसय ८४ रुपैयाँ मिनाहा गरेको संस्थाले जानकारी दियो । ऋणी सदस्य अधिकारीले यसअघि तिरिसकेको साँवा१२ हजार ७५० र काजक्रियाखर्च बापत २१ हजार ९६६ गरी ३४ हजार ७१६ रुपैयाँ मृतकका श्रीमान् खोपबहादुर अधिकारीलाई हस्तान्तरण गरिएको थियो । वडा अध्यक्ष रामबाबु बोगटीले सो रकम हस्तान्तरण गरेका हुन् । बित्तीय संस्थाले ग्राहकअनुकुल गुणस्तरीय बित्तीय सेबा प्रबाह गर्दे सदस्यहरुलाई सिपमुलक तालिम, बजारीकरण र बिश्बसनीय कारोबार गर्न बित्तीय...
थाइल्यान्डमा २१ जनाको हत्या गर्ने सन्काह सैनिकलाई गोली हानियो
विदेश, समाचार

थाइल्यान्डमा २१ जनाको हत्या गर्ने सन्काह सैनिकलाई गोली हानियो

थाइल्यान्डको नाखोन रचासिमामा शनिबार अन्धाधुन्ध गोली प्रहार गरी २१ जनाको हत्या गर्ने सन्काह सैनिकलाई सुरक्षाकर्मीले आइतबार हत्या गरेका छन् । ‘यो अवस्थाको अन्त्य गरेकोमा धन्यवाद प्रहरी तथा सेना। सुटरलाई गोली हानी मारिएको छ,’ थाइल्याण्डका सार्वजनिक स्वास्थ्य मन्त्री अनुतिन चर्नविराकुलले फेसबुकमा भनेका छन् । आक्रमणकारी ती सैनिकलाई एउटा सपिङ सेन्टरमा लुकिरहेको अवस्थामा घेरा हालेर गोली हानी हत्या गरिएको हो । ‘प्रहरीले ती आक्रमणकारीलाई मार्नुका साथै आठजनाको उद्दार गरेको छ, तीमध्ये केही घाइते छन्,’ एक सुरक्षाकर्मीले बताए । शनिबार थाइल्यान्डको नाखोन रचासिमामा जकरापंत थोमा नाम गरेका ती सैनिकले अन्धाधुन्द गोली प्रहार गर्दा २१ जना मारिएका थिए भने दर्जनौं घाइते भएका थिए । ...
भूकम्पको केन्द्रबिन्दुमा प्याराग्लाईडिङ
पर्यटन, प्रदेश ४, मनोरञ्जन, समाचार, हाइलाइट-समाचार

भूकम्पको केन्द्रबिन्दुमा प्याराग्लाईडिङ

गोरखा । भुकम्पको केन्द्रबिन्दु गोरखाको बारपाकमा शुक्रबार प्याराग्लाईडिङ परीक्षण गरिएको छ । पोखरामा प्याराग्लाईडिङ गर्दै आएका पाईलटसँगको सहकार्यमा बारपाकका युवाहरुले परीक्षण उडान गरिएकाे हाे । परीक्षणको क्रममा दुईवटा टोली करिब ३० मिनेटसम्म उँडेका थिए । आधा घण्टासम्म आकासमा सयर गर्दा बारपाकका धेरै घर, रमणीय दृष्य, आसपासका डाँडाकाँडा र हिमालको दृष्य देखिएकाले प्याराग्लाइडिङ उडानका लागि बारपाक अति उत्तम रहेको निश्कर्ष टोलीको रहेको स्थानीय खुशी घलेले जानकारी दिए । आउँदो फागुन १० गते पृथ्वी क्लव गोरखाले आयोजना गर्न लागेको गोरखादेखि बारपाकसम्मको मोटरसाईकल ¥यालीको अवसर पारेर उक्त दिन पनि प्यराग्लाईडिङ गर्ने योजना रहेको उनले बताए ।...
एक महिने स्वस्थानी व्रत आज समापन गरिँदै
धर्म/संस्कृति, समाचार, समाज

एक महिने स्वस्थानी व्रत आज समापन गरिँदै

पौष शुक्ल पूर्णिमादेखि शुरु भएको एक महिने स्वस्थानी व्रत आज विशेष पूजाअर्चना गरी समापन हुँदैछ । पौराणिक कथनअनुसार हिमालय पर्वतकी छोरी पार्वतीले स्वस्थानी व्रत बसी महादेव स्वामी पाएको धार्मिक जनविश्वासका आधारमा यो व्रत बस्ने परम्परा रहिआएको छ । स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने काम आजबाट सकिने छ । विधिपूर्वक एक महिने व्रत गरेका नरनारीले माघ शुक्ल पूर्णिमाका दिन व्रतअनुसारको मनोकामना पूर्णहोस् भनी भगवतीलाई अर्घ्य समेत दिइन्छ । रातमा जाग्राम बसी देवीको माहात्म्य सुन्ने-सुनाउने गरिन्छ । यसो गरेमा व्रतालुको मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ । आइतबार मध्याह्नकालपछि विधिपूर्वक पूजा लगाई व्रत समापन गरी रात्रिमा ...
पौडेल र रेग्मीको नाममा रहेको ललिता निवासको जग्गा सरकारको नाममा सारियो
प्रदेश ३, समाचार, समाज, हाइलाइट-समाचार

पौडेल र रेग्मीको नाममा रहेको ललिता निवासको जग्गा सरकारको नाममा सारियो

काठमाडौं– नेकपाका महासचिव विष्णु पौडेलका छोरा नविन र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको नाममा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा सरकारको नाममा ल्याइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्र र जग्गा धनीको सनाखतपछि पौडेल र रेग्मीको नाममा रहेको जग्गा सरकारको नाममा ल्याइएको मालपोत कार्यालय डिल्लीबजार स्रोतले जनाएको छ । गत बुधवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ सय ७५ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर पौडेल र रेग्मी विरुद्ध भने मुद्दा दायर भएको थिएन । उनीहरुले जग्गा सरकारलाई फिर्ता गर्न मञ्जुर भएको बयान दिएका कारण मुद्दा दायर नगरिएको बताइएको थियो । सर्वोच्चको निर्देशनको पालना गर्दै पौडेल र रेग्मीको नाममा रहेको बालुवाटारको जग्गा सरकारको नाममा खिचिएको मालपोत कार्यालय डिल्लीबजार स्रोतले जनाएको छ ।...
आंशिक बदलीसहित वर्षाको सम्भावना, यस्तो छ तीन दिनको मौसमको अवस्था
समाचार, समाज

आंशिक बदलीसहित वर्षाको सम्भावना, यस्तो छ तीन दिनको मौसमको अवस्था

काठमाडौं- जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीइ मौसमी प्रणाली  सक्रिय नरहेको जनाएको छ । आगामी तीन दिनको मौसमको अवस्थाबारे जानकारी दिँदै महाशाखाले हाल देशका पहाडी भू-भागमा आंशिक बदली रहेको भएपनि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ । आगामी तीन दिनको मौसम पूर्वानुमान माघ २६ गते (आइतबार) दिउँसोः देशका पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहने छ। देशको पूर्वी पहाडी भू-भागका १-२ स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। रातिः देशका पूर्व र मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। माघ २७ गते (सोमबार) दिउँसोः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहने छ। रातिः देशका पश्चिमी भू-भागमा आंशिक देखि सामान्य र पूर्व पहाडी भू-भागमा आंशिक बद...
पर्यटकिय गन्तब्यको प्रचार गर्न गोरखामा पदयात्रा (फोटो फिचर सहित)
धर्म/संस्कृति, पर्यटन, प्रदेश ४, समाचार

पर्यटकिय गन्तब्यको प्रचार गर्न गोरखामा पदयात्रा (फोटो फिचर सहित)

गोरखा । गोरखा सदरमुकामका ऐतिहासिक तथा धार्मिक क्षेत्रहरुका पदयात्रा गरिएको छ । ऐतिहासिक सम्पदाको सम्र्वद्धन र प्रवद्र्धन हाम्रो अभियान भन्ने नारा सहित गोरखा उद्योग वाणिज्य संघको आयोजनामा जिल्लाका सरोकारवालाहरुले पदयात्रा गरेका हुन् । शनिवार बिहान सदरमुकामको ठूलो आँगनमा आयोजनामा आयोजित एक कार्यक्रमका वीच प्रमुख अतिथि गोरखा नगरपालिकाकी उपप्रमुख बिनाकुमारी श्रेष्ठले पदयात्रा टोलीका संयोजक गोरखा उद्योग वाणिज्य सघंका उपाध्यक्ष भगवानबाबु मास्केलाई राष्ट्रिय झण्डा दिएर बिदाई गरेकी हुन् । उद्योग वाणिज्य संघका अध्यक्ष जीवनज्योति श्रेष्ठको अध्यक्षता तथा उपप्रमुख श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, जिल्ला विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो । ठुलो आँगनबाट सुरु भएको पदयात्रा पश्चिमकाली, पश्लाङ, बिन...
समाजवादी युवा संघको बैठक सम्पन्न
प्रदेश ४, राजनीति, समाचार

समाजवादी युवा संघको बैठक सम्पन्न

गोरखा । समाजवादी युवा संघ गोरखाको पूर्ण बैठक सम्पन्न भएको छ । संघका जिल्ला अध्यक्ष मनबहादुर तमाङको अध्यक्षता तथा केन्द्रिय सदस्य रमेश पोखरेलको प्रमुख आतिथ्यता भएको बैठकले बिसु अभियानलाई प्रभावकारी बनाउने, संगठन बिस्तार एवं सुदृढीकरणको लागि युवाहरु परिचालन गर्ने लगायतका निर्णय गरेको सचिव कैलाश पोखरेलले जानकारी दिए । युवा संघका केन्द्रिय सचिवालय सदस्य बासु भट्ट, समाजी पार्टीका जिल्ला अध्यक्ष नारायण खत्री, सचिव बिपिनचन्द्र ढकाल लगायतले मन्तव्य राखेका थिए ।...