Monday, July 6

समाचार

बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
समाचार, समाज

बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा

नेपालअखबार, काठमाडौँ ।  बाढीका कारण अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा आएको छ। दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङस्थित पङ्खुखोलामा आएको भीषण बाढीले उक्त सडक अवरुद्ध बनेको थियो। मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–चखेवाभञ्ज्याङ सडक यही जेठ २२ गते वर्षापछि आएको भीषण बाढीले अवरुद्ध बनेको थियो। उक्त सडक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, नेपाली सेनाको रणभीम गण मुडे ब्यारेक, जिल्ला प्रहरी कार्यालय खोटाङ र स्थानीयवासीले सञ्चालनमा ल्याएका हुन्। पङ्खुखोलामा आएको बाढीले अवरुद्ध सडक खुलेपछि भोजपुरबाट दिक्तेल हुँदै काठमाडौँ र काठमाडौँबाट दिक्तेल हुँदै भोजपुरतर्फ जाने बस, जिप, मोटरसाइकललगायत सवारीसाधन  सञ्चालनमा आएका जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिए। पङ्खुखोलाभन्दा माथिबाट आएको लेदोसहितको बाढीले करिब २५ मिटर ...
केजरीवालले भने– कक्रोच आन्दोलन भारतीय युवाको आक्रोश र निराशाको अभिव्यक्ति हो
राजनीति, विदेश, समाचार

केजरीवालले भने– कक्रोच आन्दोलन भारतीय युवाको आक्रोश र निराशाको अभिव्यक्ति हो

नेपालअखबार,काठमाडौं । भारतको आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालले कक्रोच जनता पार्टी(सीजेपी)को प्रदर्शन भारतीय युवामा रहेको आक्रोशको अभिव्यक्ति रहेको टिप्पणी गरेका छन् । शनिबार सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै केजरीवालले आम आदमी पार्टीले सीजेपीका मागको समर्थन गर्ने पनि बताएका छन् । ‘यो कक्रोच आन्दोलन देशका युवाभित्र रहेको भारी आक्रोश र निराशाको अभिव्यक्ति हो,’ केजरीवालले भनेका छन्, ‘उनीहरूलाई राष्ट्रविरोधी भन्नेको साँटो मोदी सरकारले उनीहरूका समस्याको समाधान गर्नुपर्दछ ।’ सँगै उनले आफ्नो पार्टीले सीजेपीका मागलाई समर्थन गर्ने बताउँदै प्रधानमन्त्री नरेन्द्र मोदीले तत्काल शिक्षा मन्त्री धर्मेन्द्र प्रधानलाई वर्खास्त गर्न सुझाव दिएका छन् ।आज नयाँ दिल्लीको जन्तरमन्तरमा सीजेपीले ठूलो प्रदर्शन गरिरहेको छ । आजै बिहान सीजेपीका संस्थापक अभिजित दीपके अमेरिकाबाट भारत पुगेक...
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प
राजनीति, विश्व, समाचार

इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प

नेपालअखबार,वासिङ्ट्न डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार इरानसँग अझै पनि करिब ‘२२ प्रतिशत’ क्षेप्यास्त्र बाँकी रहेको बताएका छन् । एनबीसी न्यूजको ‘मिट द प्रेस’लाई दिएको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले अमेरिकाले इरानको सैन्य क्षमतालाई पूर्ण रुपमा नष्ट गरेको बताएका हुन् । उनले भने, 'तेहरानसँग अब आफ्नो पुरानो मिसाइल क्षमताको २१ देखि २२ प्रतिशत मात्र बाँकी छ ।” इरानसँग बाँकी रहेको क्षेप्यास्त्र भण्डारको यो अनुमान मे महिनामा ट्रम्पले दिएको १८ प्रतिशतभन्दा बढी हो । यसअघि, उनले इरानको युद्ध क्षमतालाई पूर्ण रूपमा नष्ट गरेको दाबी गर्दै आएका थिए । यसैबिच इरानी सेनाले शुक्रबार ओमानको खाडीमा रहेका दुई अमेरिकी युद्धक जहाजमा ‘चेतावनीका लागि क्षेप्यास्त्र’ प्रहार गरेको बताएको छ । दुई दिनअघि कुवेतले इरानको जघन्य आक्रमणको एक हिस्साका रूपमा प्रहार गरिएका ३० वटा ब्यालेस्टिक क्...
रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ : माधव नेपाल
राजनीति, समाचार

रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ : माधव नेपाल

नेपालअखबार, काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रोजगारी प्रवर्द्धनका क्षेत्रहरूलाई राज्यले प्राथमिकता दिनुपर्ने बताएका छन् । शनिबार काठमाडौँमा नेपाल सुनचाँदी कला व्यवसायी सङ्घको अधिवेशन उद्घाटन गर्दै नेपालले रोजगारी नपाएर मानिसहरू संसारमा भौतारिनुपर्ने अवस्था रहेको भन्दै स्वदेशमा नै रोजगारी प्रवर्द्धनका क्षेत्रहरूलाई राज्यले प्राथमिकता दिनुपर्ने बताएका हुन् । उनले कुनै पनि व्यवसायमा प्रतिकूल असर नपरोस् भन्नका लागि विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेको बताए । उनले आफ्नै देशमा उत्पादन गर्न र उपभोग गर्दै विदेशमा निर्यात गर्न सके आयात केन्द्रित अर्थतन्त्र निर्यातमुखी हुने स्थिति बन्न सक्ने उल्लेख गरे । देशको अर्थतन्त्रको विस्तार र राजस्वमा वृद्धिका लागि सिङ्गो उद्योग व्यवसाय पनि फस्टाउनुपर्ने उनको भनाइ छ । उनले देशको उद्योग ध...
मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु
दुर्घटना, समाचार

मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु

नेपालअखबार, इनरुवा (सुनसरी) । सुनसरी कोशी गाउँपालिका-८ भाण्टाबारीमा शुक्रबार राति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । त्रियुगा गरपालिका-२ घर भएका प्रहरी जवान ३२ वर्षीय रन्दीप पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए । प्रहरी जवान पौडेलले चलाएको स११प २५०० नम्बरको मोटरसाइकल प्र १-०२-००३ ह १०५२ नम्बरको सिटी सफारीसँग ठोक्किँदा गम्भीर घाइते भएका उनको उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ । पौडेल प्रहरीचौकी कोशी ब्यारेजमा कार्यरत थिए । दुर्घटनापछि सिटी सफारी चालक कोशी गाउँपालिका-८ का ४४ वर्षीय पुने खान भनिने रजाक मियाँ फरार भएका छन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । -रासस...
अण्डाको नयाँ मूल्य निर्धारण
कर्पोरेट, समाचार, समाज

अण्डाको नयाँ मूल्य निर्धारण

नेपालअखबार, नारायणगढ (चितवन) । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन मूल्य पुनःबढाएको छ । सङ्घको शुक्रबार काठमाडौँमा सम्पन्न भौतिक तथा भर्चुअल बैठकले आजदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो । सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार देशभरका अण्डा उत्पादक किसान तथा व्यवसायीको राय, परामर्श तथा सिफारिसका आधारमा चितवनलाई मुख्य आधार क्षेत्र मानी नयाँ दररेट तय गरिएको हो । नयाँ मूल्यसूचीअनुसार एक्सएल अण्डाको मूल्य प्रतिक्रेट (३० वटा) ५६०, ठूलो अण्डाको ५४५, मध्यम (मिडियम) अण्डाको ५१५ तथा सानो अण्डाको प्रतिपेटी तीन हजार कायम गरिएको छ । यसअनुसार  खुद्रा बजारमा  अण्डाको मूल्य करिब २५  भएको छ । सङ्घले सम्पूर्ण व्यवसायी तथा सरोकारवालालाई तोकिएको मूल्यमा कारोबार गर्न आग्रह गरेको छ । अध्यक्ष पोखरेलले गर्मी मौसमका कारण उत्पादनमा आएको उतारचढाव तथा किसानको बढ्दो उत्पादन लागतलाई ...
श्रीमतीको हत्या गरेको आरोपमा ‘नेपाली ब्रो’ पक्राउ
अपराध, समाचार, समाज

श्रीमतीको हत्या गरेको आरोपमा ‘नेपाली ब्रो’ पक्राउ

नेपालअखबार,काठमाडौं । ‘नेपाली ब्रो’ भनेर चिनिने ४२ वर्षीय कुमार थापा पक्राउ परेका छन् । श्रीमतीको हत्या गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौंको तारकेश्वर नगरपालिका-६ लोलाङ पैँयुटारमा घरायसी विवादका क्रममा उनले श्रीमती ४२ वर्षीया ईश्वरी भुजेलको हत्या गरेको आरोप छ । विवादमा क्रममा थापाले भुजेललाई फलामको रड प्रहार गरेको प्रहरील जनाएको छ । शुक्रबार राति १०:१० बजे रड प्रहारबाट गम्भीर घाइते भएकी भुजेलको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मृत्यु भएको हो । आरोपी थापालाई पक्राउ गरी प्रहरी वृत्त बालाजुमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ प्रहरीले जनाएको छ ।पक्राउ परेका थापाले आफूलाई प्रो रेस्लर भनेर चिनाउने गरेका थिए ।...
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
प्रशासन, समाचार, समाज

ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै

नेपालअखबार,बागलुङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले स्वरुप परिवर्तन (मोडिफाइ) गरी चर्को आवाज निकालेर ध्वनि प्रदूषण गराउने मोटरसाइकल चालकलाई कारबाही गरेको छ । बागलुङ बजार क्षेत्रमा पछिल्लो समय रातिको समयमा मोटरसाइल चालकले चर्को आवाज निकालेर ध्वनी प्रदूषण गर्दै आएका जनगुनासो बढेपछि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर चालकलाई कारबाही गर्ने अभियान चलाएको हो । पछिल्लो दुई दिनमा १० वटा मोटरसाइकल नियन्त्रणमा लिएर कारबाहीका लागि यातायात व्यवस्था कार्यालयमा पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख वरिष्ठ नायब निरीक्षक मीनबहादुर कुँवरले बताए । उनका अनुसार जथाभावी रूपमा साइलेन्सर, लाइट, नम्बर प्लेट, लुकिङ ग्लास, सक, हेण्डिललगायत पुर्जालाई परिवर्तन गरेको पाइएपछि कारबाही गरिएको हो । स्वरूप परिवर्तन गरी चलाइएका सवारीसाधनबाट निस्कने चर्को आवाजले वृद्धवृद्धा, बालबालिका र संवेदनशील क्...
दिल्ली पुगेलगत्तै अभिजीतले भने : प्रदर्शन शान्तिपूर्ण हुन्छ, शिक्षामन्त्रीले राजीनामा दिनुपर्छ
राजनीति, समाचार, समाज

दिल्ली पुगेलगत्तै अभिजीतले भने : प्रदर्शन शान्तिपूर्ण हुन्छ, शिक्षामन्त्रीले राजीनामा दिनुपर्छ

नेपालअखबार,काठमाडौं । कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दीपकेले दिल्ली पुग्नेबित्तिकै भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरेका छन् । दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै दीपकेले भने, ‘शिक्षामन्त्रीले राजीनामा दिनुपर्छ। पाँच जना विद्यार्थीले आत्महत्या गरिसकेका छन् ।’ दीपकेले नीट परीक्षा प्रश्नपत्र चुहावट प्रकरणसँग जोडिएका ती विद्यार्थीहरूलाई सम्झिँदै केहीले आत्महत्या गरेको दाबी गरेका हुन् । यसैबीच, दीपकेले सामाजिक सञ्जाल एक्समार्फत दिल्ली प्रहरीले जन्तर-मन्तरमा प्रदर्शन गर्न अनुमति दिएको जानकारी दिएका छन् । उनले समर्थकहरूलाई सिधै जन्तर-मन्तर पुग्न आह्वान गरेका छन् । शान्तिपूर्ण प्रदर्शन हुने उनले बताए । सीजेपीले पनि एक्समा पोस्ट गर्दै जन्तर-मन्तरमा प्रदर्शनको अनुमति प्राप्त भएको पुष्टि गरेक...
१८ सहसचिवहरूको सरूवा, १३ जिल्लामा फेरिए सिडिओ (सूची)
प्रशासन, समाचार

१८ सहसचिवहरूको सरूवा, १३ जिल्लामा फेरिए सिडिओ (सूची)

नेपालअखबार,काठमाडौं । गृह मन्त्रालयले १८ जना सहसचिवको सरूवा तथा पदस्थापन गरेको छ। मन्त्रालयले शुक्रबार १८ जना सहसचिवको सरूवा तथा पदस्थापनको सूची प्रकाशन गरेको हो। १६ जना सहसचिवको सरूवा गर्ने निर्णय आज र दुई जनाको सरूवा जेठ १३ गते भएको हो। सरूवासँगै १३ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) पनि फेरिएका छन्। स्याङ्जा, कास्की, धादिङ, संखुवासभा, पाल्पा, नवलपरासी पूर्व, सप्तरी, धनकुटा, उदयपुर, ओखलढुंगा, सर्लाही, रामेछाप र सुर्खेतको सिडिओ हेरफेर भएको हो। यसैबीच, अध्यागमन कार्यालय, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा पनि सहसचिवको सरूवा भएको छ।   हेर्नुस् सूची:...