Thursday, September 10

समाचार

व्यावसायिक संस्था राजनीतिबाट टाढा राख्नुपर्छ  : सभामुख
राजनीति, समाचार

व्यावसायिक संस्था राजनीतिबाट टाढा राख्नुपर्छ : सभामुख

नेपालअखबार, काठमाडौँ । सभामुख डोलप्रसाद (डीपी) अर्यालले व्यावसायिक तथा पेसागत संस्थाभित्र राजनीतिक गतिविधि गर्न नहुने बताएका छन् ।  नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ५९औँ साधारण सभालाई शुक्रबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभामुख अर्यालले नाट्टा व्यावसायिक संस्था भएकाले यसलाई राजनीतिक विवाद र स्वार्थबाट टाढा राख्नुपर्ने बताए । ‘यो व्यावसायिक संस्था हो, यसमा राजनीति नगरौँ । पर्यटन क्षेत्रको विकास, व्यवसायको प्रवर्द्धन र व्यावसायिक हितका विषयमा केन्द्रित भएर अघि बढौँ’ सभामुख अर्यालको भनाइ छ । सभामुख अर्यालले पर्यटकका लागि सबैभन्दा महत्त्वपूर्ण विषय सुरक्षा रहेको उल्लेख गर्दै हवाईजहाज, ट्याक्सी तथा होटललगायत पर्यटन सेवाका हरेक क्षेत्रमा पर्यटकले सुरक्षित महसुस गर्ने वातावरण बनाउनुपर्ने बताए । त्यसपछि मानिसको व्यवहार, सेवा र सुविधाले पर्यटकलाई आकर्षित गर्ने उनको भनाइ...
आन्तरिक संवादबाटै विवादको समाधान खोजौँ :उपसभापति शर्मा
राजनीति, विचार, समाचार

आन्तरिक संवादबाटै विवादको समाधान खोजौँ :उपसभापति शर्मा

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको आन्तरिक विवादलाई अदालती प्रक्रियामा अल्झाउनुको सट्टा आन्तरिक संवाद र सहमतिका माध्यमबाट टुङ्ग्याउनु पर्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकमा आफ्नो धारणा राख्दै शर्माले ‘जित र हार’ को मनोविज्ञान त्यागेर १५औँ महाधिवेशनतर्फ केन्द्रित हुन आग्रह गरे । उपसभापति शर्माले गत वैशाख ४ गते सर्वोच्च अदालतको डिभिजन बेन्चले निर्वाचन आयोगको निर्णयलाई सदर गर्दै रिट खारेज गरेपछि पार्टीभित्र नयाँ ढङ्गले संवाद सुरु गरिएको जानकारी दिए ।  ‘अदालतले गर्ने फैसला कुरेर बस्ने र त्यसपछि कोही जितेको र कोही हारेको मनोविज्ञान बोकेर १५औँ महाधिवेशनमा जानु पार्टीका लागि हितकर हुँदैन,’ शर्माले भने, ‘त्यसैले हामीले जेठ १६ गते नै सहमतिका लागि ७ बुँदे लिखित प्रस्ताव अघि सारेका हौँ ।’ उनले आन्तरिक विवाद...
लागुऔषधसहित एघार जना पक्राउ
समाचार, समाज

लागुऔषधसहित एघार जना पक्राउ

नेपालअखबार,काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित ११ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार चितवनको रत्ननगर नगरपालिकाबाट दुई, कास्कीको बागलुङ बसपार्क र खुदीखोलाबाट एक÷एक, दाङको तुलसीपुर उपमहानगरपालिकाबाट दुई, भक्तपुरको दुवाकोटबाट एक, तनहुँको आँबुखैरेनीबाट एक, झापाको भद्रपुर–५ नयाँबजारबाट एक, कैलालीको धनगढी उपमहानगरपालिका–७ जेपी चोकबाट एक र सुनसरीको इटहरी उपमहानगरपालिका–१७ बाट एक जना पक्राउ परेका छन् ।प्रहरीले उनीहरुका साथबाट लागुऔषध खैरो हेरोइन तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने डाइजेपाम, नोर्फिन, फेनारगन, ट्रामाडोल र प्रोमेथाजाइन बरामद गरेको छ ।...
पुजारीसमेत मिलेर मन्दिरको सार्वजनिक जग्गा व्यक्तिको नाममा
प्रशासन, समाचार

पुजारीसमेत मिलेर मन्दिरको सार्वजनिक जग्गा व्यक्तिको नाममा

नेपालअखबार, काठमाडौँ । सुनसरीको धरानस्थित श्री नरसिंह भगवान मन्दिरका पुजारीसमेत मिलेर मन्दिरको नाममा रहेको ३६ लाख रुपैयाँभन्दा बढी मूल्यको सार्वजनिक जग्गा व्यक्तिको नाममा नामसारी गरी बिक्री गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ। सुनसरीको धरान उपमहानगरपालिका वडा नं. १४ दुईधारेमा रहेको मन्दिरको साविक भादगाउँ सिनवारी गाभिएका क्षेत्रमा पर्ने कित्ता नम्बर १ को ५ कठ्ठा ७ धुर र कित्ता नम्बर ४ को ४ कठ्ठा १८ धुर गरी कुल १० कठ्ठा ५ धुर जग्गा गैरकानुनी रूपमा हडपेको अनुसन्धानबाट खुलेको हो। प्रतिवादीहरूको आपसी मिलेमतोमा साविक सिंगिया गाउँ विकास समिति र धरान नगरपालिकाबाट झुट्टा बेहोराको सर्जमिन मुचुल्का बनाई मन्दिरका पुजारी टिर्रु चौधरीको नाममा नामसारी गर्ने सिफारिस गराइएको थियो। साविक सिंगिया गाविसले झुट्टा नाता प्रमाणित प्रमाणपत्र दिएको...
मध्यपुर थिमी–८ का ४ सय २१ स्वबासीले पाए लालपुर्जा
समाचार, समाज

मध्यपुर थिमी–८ का ४ सय २१ स्वबासीले पाए लालपुर्जा

नेपालअखबार, काठमाडौं ।  मध्यपुर थिमी नगरपालिका–८ का ४ सय २१ जना स्वबासीलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिएको छ। बिहीबार आयोजित कार्यक्रममा उनीहरूलाई लामो समयको प्रतीक्षापछि लालपुर्जा वितरण गरिएको हो। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलको तर्फबाट भक्तपुर–२ का प्रतिनिधिसभा सदस्य राजिव खत्रीले  लालपुर्जा वितरण गरेका हुन्। कार्यक्रममा भक्तपुर–१ का सांसद रुकेश रन्जित, समानुपातिक सांसदहरू कुषुम महर्जन र प्रमिला कुलुजु तथा मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठको उपस्थिति थियो। कार्यक्रममा सांसद खत्रीले स्वबासी र सुकुम्बासीको समस्या समाधान गर्नुपर्नेमा त्यसकै नाममा राजनीति गरिएको बताए। उनले वर्षौंको प्रतीक्षापछि मध्यपुर थिमी–८ का स्वबासीले लालपुर्जा पाउनु खुसीको कुरा भएको बताए। ‘सुकुम्बासी समस्या होइनन्, सुकुम्बासीका नाममा राजनी...
हिरासतमै रहेका पत्रकार श्रेष्ठलाई भेट्न नदिइएको भन्दै कानुन व्यवसायीद्वारा विरोध
समाचार, समाज

हिरासतमै रहेका पत्रकार श्रेष्ठलाई भेट्न नदिइएको भन्दै कानुन व्यवसायीद्वारा विरोध

नेपालअखबार,काठमाडौँ।  जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा सञ्चारकर्मी किशोर श्रेष्ठलाई समाचार लेखेकै आधारमा प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल बार एशोसिएशन (नेबाए), मानव अधिकार तथा जनसरोकार समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। समितिका सदस्य सचिव अधिवक्ता किरण न्यौपाने र सह–संयोजक अधिवक्ता डा. राजेन्द्र घिमिरेले विज्ञप्ति जारी गर्दै श्रेष्ठको तत्काल र निशर्त रिहाइको माग गरेका हुन्। प्रकाशित समाचारको विषयमा कुनै गुनासो वा आपत्ति भएमा प्रचलित कानुनी प्रक्रियामार्फत समाधान खोजिनुपर्ने विश्वव्यापी मान्यता नेपालले पनि अपनाउँदै आएको विज्ञप्तिमा स्मरण गराइएको छ। समाचार लेखेकै आधारमा सञ्चारकर्मीलाई पक्राउ गरिनु, सञ्चार गृह बन्द गराइनु र परिवारका सदस्यहरूलाई मानसिक यातना दिइने जस्ता कार्य आधुनिक समयमा पटक्कै नसुहाउने समितिले उल्लेख गरेको छ। संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्य...
कांग्रेस इतर समूहको कार्यालय : सभापतिको नेमप्लेटमा शेरबहादुर देउवा
राजनीति, समाचार

कांग्रेस इतर समूहको कार्यालय : सभापतिको नेमप्लेटमा शेरबहादुर देउवा

नेपालअखबार, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको सम्पर्क कार्यालय चुनदेवीमा शेरबहादुर देउवाको छुट्टै कार्यकक्ष स्थापना गरिएको छ। जहाँ ‘सभापति’ शेरबहादुर देउवा लेखिएको नेमप्लेट टाँसिएको छ। उनको कार्यकक्षबाहिर र भित्र उनको चेम्बरमा सभापति शेरबहादुर देउवा लेखिएको नेमप्लेट राखिएको हो। भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा आक्रमणमा परेका देउवा उपचारका लागि सिंगापुर गएका थिए। उनी पाँच महिनापछि आज मात्रै नेपाल आइपुगेका हुन्। उनको स्वागतका लागि इतर समूहका नेता कार्यकर्ताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेका थिए। बाजागाजासहित उनलाई इतर समूहको कार्यालय पुर्‍याइएको हो। कांग्रेसको सभापति अहिले गगनकुमार थापा छन्। माघ १ गते कांग्रेसको विशेष महाधिवेशनबाट थापा सभापति चयन भएका हुन्। उनको नेतृत्वलाई निर्वाचन आयोग तथा अदालतले मान्यता दिइसकेको छ। तर फेरि तत्कालीन उपसभापति पू...
अमेरिकामा ३ जनालाई मृत्युदण्ड
विश्व, समाचार

अमेरिकामा ३ जनालाई मृत्युदण्ड

नेपालअखबार,वासिङ्टन डीसी । अमेरिकामा १६ वर्षपछि पहिलो पटक एकैदिन तीन फरक राज्यका ३ जना कैदीलाई मृत्युदण्ड दिने तयारी गरिएको छ । टेनेसी, अलाबामा र ओक्लाहोमामा बिहीबार तीन पुरुषलाई घातक इन्जेक्सनमार्फत मृत्युदण्ड दिने तय भएको छ । टेनेसीमा ६६ वर्षीय एन्थोनी ड्यारेल हाइन्सलाई सन् १९८५ मा मोटेलकी कर्मचारी क्याथरिन जिन जेन्किन्सको हत्या गरेको अभियोगमा मृत्युदण्ड दिन लागिएको हो । उनको स्वास्थ्य अवस्था निकै कमजोर रहेको बताइएको छ । तीन महिनाअघि टेनेसीमै टोनी कारुथर्सलाई घातक इन्जेक्सन दिने प्रयास नसामा सुई राख्न नसकेपछि असफल भएको थियो । हाइन्सको मामिलामा पनि यस्तै समस्या आउन सक्ने भन्दै उनका वकिलहरूले मृत्युदण्ड रोक्न माग गरेका छन् । अलाबामामा ४१ वर्षीय जेरेमी विलियम्सलाई सन् २०२१ मा पाँच वर्षीया बालिका कमारी होल्यान्डको बलात्कार र हत्या गरेको अभियोगमा मृत्युदण्ड दिन लागिएको हो । उनले आफ्ना क...
काङ्गोमा फैलिरहेको इबोला अहिलेसम्मकै घातक बन्ने जोखिम: विश्व स्वास्थ्य सङ्गठन
विश्व, समाचार, स्वास्थ्य

काङ्गोमा फैलिरहेको इबोला अहिलेसम्मकै घातक बन्ने जोखिम: विश्व स्वास्थ्य सङ्गठन

नेपालअखबार, न्युयोर्क । डेमोक्रेटिक रिपब्लिक अफ काङ्गोमा फैलिरहेको इबोलाको नयाँ सङ्क्रमण इतिहासकै सबैभन्दा घातक बन्ने दिशातर्फ गइरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ। विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले पत्रकारहरूसँग कुरा गर्दै वर्तमान गति कायम रहेमा यो प्रकोपले सन् २०१४-२०१६ को महामारीलाई पनि जित्ने बताएका हुन्। उक्त महामारीमा कम्तीमा ११ हजार मानिसको ज्यान गएको थियो। यस वर्षको मे १५ मा औपचारिक घोषणा गरिएको यो प्रकोपबाट हालसम्म ४ हजार ३ सय भन्दा बढी मानिस सङ्क्रमित भइसकेका छन् भने २ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। सङ्गठनले तीन महिनाभित्र भाइरसको फैलावटलाई नियन्त्रणमा ल्याउने आशा राखेको छ। तर यसको अर्थ महामारी पूर्ण रूपमा अन्त्य हुनु नभई सङ्क्रमणको दरलाई घटाउनु मात्र रहेको चेतावनी पनि दिइएको छ। मे महिनामा मात्र औपचारिक घोषणा गरिए पनि य...
जनआस्थाको कार्यालयमा प्रहरीले गर्‍यो खानतलासी
प्रशासन, समाचार

जनआस्थाको कार्यालयमा प्रहरीले गर्‍यो खानतलासी

नेपालअखबार, काठमाडौं । जनआस्थाको कार्यालयमा प्रहरीले खानतलासी गरेको छ। बिहीबार बिहानै काठमाडौं प्रहरी परिसरको टोलीले सानेपास्थित जनआस्थाको कार्यालयमा खानतलासी गरेको हो। परिसर प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार त्यहाँबाट प्रहरीले कम्युटर,मोबाइल र अरू उपकरण संकलन गरेको छ। 'कति वटा भन्ने खुल्न बाँकी छ। उहाँको कार्यालय, उहाँसँग सम्बन्धित र यो केससँग सम्बन्धित उपकरणहरू संकलन गरिएको हो,' एसपी थापाले सेतोपाटीसँग भने। केही संख्यामा आएका प्रहरीले कार्यालय भित्र प्रवेश गरी सिपियू र कागजपत्र लिएर गएको जनआस्थाकै एक पत्रकारले जानकारी दिए। जनआस्थाका अध्यक्षसमेत रहेका पत्रकार किशोर श्रेष्ठलाई बुधबार बेलुकी नख्खुबाट प्रहरीले पक्राउ गरेको थियो। वैयक्तिक गोपनीयता भंग गरिएको भनेर एक महिलाले उजुरी दिएपछि श्रेष्ठलाई पक्राउ गरिएको एसपी थापाले बताए।...