Thursday, November 26

समाचार

सुशीला कार्कीविरुद्धकाे अवहेलनासम्बन्धी मुद्दा संयुक्त इजलासमा सुनुवाइ हुँदै
प्रशासन, राजनीति, समाचार

सुशीला कार्कीविरुद्धकाे अवहेलनासम्बन्धी मुद्दा संयुक्त इजलासमा सुनुवाइ हुँदै

नेपालअखबार,काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अदालतको अवहेलना मुद्दाको सुनुवाइका लागि पेसी तोकिएको छ । राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध अदालतले दिएको अन्तरिम आदेश पालना नगरेको भन्दै प्रधानमन्त्री कार्कीविरुद्ध अधिवक्ता प्रतिभा उप्रेती र प्रेम सिलवालले दिएको निवेदनमाथि न्यायाधीश हरिप्रसाद फुयाँल र न्यायाधीश अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो । वर्तमान सरकारले गत असोज ३० गते अघिल्लो सरकारको पालामा नियुक्त ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । यसअघि सर्वोच्चका न्यायाधीशद्वय सारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले राजदूत फिर्ता बोलाउने निर्णय तत्काल कार्यान्वयन नगरी यथास्थितिमा राख्न गत १६ कात्तिकमा अन्तरिम आदेश दिएको थियो । सर्वोच्च अदालतले राजदूत फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्नु भनी अन्तरिम आदेश जारी भएपछ...
प्रतिनिधि सभा सदस्यको उम्मेदवारले सम्पति र वैयक्तिक विवरण पेस गर्नुपर्ने
राजनीति, समाचार

प्रतिनिधि सभा सदस्यको उम्मेदवारले सम्पति र वैयक्तिक विवरण पेस गर्नुपर्ने

नेपालअखबार,काठमाडौं । प्रतिनिधिसभा सदस्यको उम्मेदवारले सम्पति र वैयक्तिक विवरण पेस गर्नुपर्ने हुन्छ । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई राय सुझाव दिन भनेर पठाएको निर्वाचन आचारसंहितामा यस्तो प्रावधान छ । निर्वाचन आचारसंहितामाको बुँदा नम्बर १९ मा सम्पत्ति विवरण पेस गर्नुपर्ने सम्बन्धी व्यवस्था छ । जहाँ भनिएको छ, ‘निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फ उम्मेदवार हुने व्यक्तिले मनोनयनपत्र साथ आयोगले तोकेको ढाँचामा सम्पत्ति विवरण तयार गरी शिलबन्दी रुपमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्नु पर्नेछ ।’ सम्पत्ति विवरण मतदानको अन्तिम परिणाम प्रकाशन नभएसम्म सुरक्षित र गोप्य रुपमा राखिनेछ । सम्पत्ति विवरण पेस गर्ने उम्मेदवार निर्वाचित भएमा सम्बन्धित व्यक्तिको मज्जुरीको आधारमा आयोगले तोके बमोजिम त्यस्तो सम्पत्ति विवरण सार्वजनिक गरिनेछ । उम्मेदवार निर्वाचित नभएमा आयोगले...
बेनी अस्पतालमा शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द, चार जिल्लाका सेवाग्राही समस्यामा
समाचार, स्वास्थ्य

बेनी अस्पतालमा शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द, चार जिल्लाका सेवाग्राही समस्यामा

नेपालअखबार,म्याग्दी । प्रदेश सरकारले समयमा चिकित्सकका व्यवस्थापनमा ध्यान नदिँदा जिल्ला सदरमुकाममा रहेको प्रादेशिक अस्पताल बेनीमा स्त्री तथा प्रसूतिरोग विशेषज्ञ नहुँदा शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द भएको छ । अस्पतालको तथ्याङ्कअनुसार वार्षिक एक सय २० देखि एक सय ५० जनाले शल्यक्रियामार्फत गरिने प्रसूति सेवा लिँदै आएका छन् । म्याग्दी ,मुस्ताङ सहित पर्वतको जलजला, बागलुङको ताराखोलाका गर्भवती समस्यामा परेका छन् । जिल्लाको एकमात्र अस्पतालमा कार्यरत चिकित्सकले कात्तिकमा राजीनामा दिएर गएपछि अब प्रसूति सेवा लिन बागलुङ र पोखरा जानुपर्ने बाध्यता सृजना भएको हो । प्रसूति ब्यथाले छटपटिएका गर्भवतीलाई बागलुङ र पोखरा पुर्याउनुपर्ने अवस्था आएको अन्नपूर्ण गाउँपालिका–४ का प्रेम गुरुङले गुनासो गरे । “विशेषज्ञ चिकित्सक नभएकाले उपचार सम्भव नहुने जनाउँदै पठाएपछि बागलुङ लैजान बाध्य भए”, उनले भने, “...
राप्रपा नेपालले बोलायो केन्द्रीय समिति बैठक
राजनीति, समाचार

राप्रपा नेपालले बोलायो केन्द्रीय समिति बैठक

नेपालअखबार,काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले केन्द्रीय समिति बैठक आह्वान गरेको छ। मंगलबार मंसिर ९ गते बस्ने गरी केन्द्रीय समिति बैठक बोलाइएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए। उनका अनुसार  बैठकमा मुलुकको पछिल्लो परिवर्तित राजनीतिक सन्दर्भ र घटनाक्रम, फागुन २१ गते घोषित निर्वाचन, वैचारिक ध्रुविकरण, मुलुकको सुरक्षा अवस्था, सडकमा देखिएको असन्तुष्टि र आन्दोलनका बारेमा छलफल हुनेछ। बैठकमा अहिलेको अवस्थाको चित्रणका साथ पार्टीको भावी योजना र रणनीतिबारे अध्यक्ष कमल थापाले धारणा प्रस्तुत गर्नेछन्। त्यसमा अन्य केन्द्रीय सदस्यहरूले सुझावसहितको भनाइ राख्नेछन्।...
हुलाकी राजमार्ग धनुषा खण्ड- १८वटा पुलमा भएन ठेक्काको व्यवस्थापन
समाचार, समाज

हुलाकी राजमार्ग धनुषा खण्ड- १८वटा पुलमा भएन ठेक्काको व्यवस्थापन

नेपालअखबार,काठमाडौं । हुलाकी सडक योजना कार्यालय जनकपुरले ६१ मोटरेवल पुल निर्माण गर्नुपर्ने भए पनि हालसम्म १८ वटाको ठेक्का व्यवस्थापन गर्न सकेको छैन। हुलाकी सडकका पर्ने २२ निर्माण सम्पन्न भई यातायात सञ्चालनमा आइसकेको छ। हाल २१ पुल निर्माणको चरणमा छन्। पुल निर्माणको काम प्रभावकारी हुन नसक्दा स्थानीयले अपेक्षित लाभ हासिल गर्न पाएका छैनन्। सो आयोजनाअन्तर्गतका सडक कालोपत्रको अन्तिम चरणमा पुगेको भए पनि पुल निर्माणले गति लिनसकेको छैन। स्रोतको अभाव तथा अन्य प्राविधिक समस्याका कारण ठेक्का व्यवस्थापन हुन समय लागेको आयोजनाले जनाएको छ। निर्माणको क्रममा रहेका पुललाई शिघ्र सम्पन्न गराउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आवश्यक पहल गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सिरहा–धनुषा जोड्ने कमला नदीमा निर्माणाधीन समस्याग्रस्त पुल निर्माणलाई तदारुकता दिन र तीन सिफ्टमा काम गर्...
प्रगतिशील लोकतान्त्रिक पार्टीले अध्यक्ष परिषद् बनाउने
राजनीति, समाचार

प्रगतिशील लोकतान्त्रिक पार्टीले अध्यक्ष परिषद् बनाउने

नेपालअखबार,काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीले ‘अध्यक्ष परिषद्’ गठन गर्ने भएको छ । ‘अध्यक्ष परिषद्’मा दलित, महिला, आदिवासी जनजाति, मधेशी, पिछडिएको क्षेत्र लगायत सबै क्लष्टरबाट प्रतिनिधित्व हुने गरी अध्यक्ष परिषद गठन गर्ने तयारी गरिएको  हो । यही अध्यक्ष परिषदले पार्टीमा कार्यकारी भूमिका खेल्ने नेताहरुले बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका सन्तोष परियारबीच एकतापछि बनेको प्रगतिशील लोकतान्त्रिक पार्टी आइतबार घोषणा हुँदैछ। काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा दिउँसो साढे १२ बजे पार्टी एकता घोषणा कार्यक्रम हुने नेता सुदन किराँतीले जानकारी दिए। कात्तिक १९ गते १० वटा वाम घटकहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी घोषणा भएपछि जनार्दन शर्माले तत्कालीन माओवादी केन्द्र परित्याग गरी प्रगतिशील राष्ट्रिय अभियान घोषणा गरेका थिए। पछि सन्तोष परियारले प...
तरकारी खेतीले फेरिंदै जीवनशैली
कृषि, समाचार, समाज

तरकारी खेतीले फेरिंदै जीवनशैली

नेपालअखबार,ढोरपाटन (बागलुङ) । बसाइँसराइले हरेक वर्ष गाउँका घर रित्तिँदै छन् । खेतीयोग्य जमिन वनमाराले ढाक्दैछ । गाउँमा बस्नेहरू कोही पनि खाली बस्दैनन् । उनीहरू बिहानदेखि साँझसम्म बारीमै काम गर्छन् । अशिकांश स्थानीयले बारीमा साग, मुला, बन्दा, गोलभेँडालगायत विभिन्न प्रजातिका तरकारी फलाउँछन् । कोहीले उत्पदान गर्छन् । यही बेचेरै आफ्नो परिवार चलाउँछन् । बागलुङको काठेखोला गाउँपालिका-८ लेखानी जिल्ला सदरमुकाम बागलुङ बजार नजिकैको गाउँ हो । विकासका हिसाबले लेखानी गाउँ सुगम नै मानिए पनि धेरैको रोजाइ सहरबजार र विदेश परेको छ । तर, गाउँमा बस्नेलाई भने आफ्नै खेतबारी र खेतीपाती प्यारो छ । यस गाउँका झण्डै एक सय परिवार तरकारीखेतीमा आबद्ध छन् । बजार नजिक र तरकारीखेतीका लागि उपयुक्त वातावरण भएको हुँदा किसानको आकर्षण पनि उत्तिकै छ । धान, गहुँ, मकै र कोदो उत्पादन गर्न धेरै जनशक्ति चाहिने र खर्च पन...
अमेरिकी पूर्वराष्ट्रपति केनेडीकी नातिनीलाई क्यान्सर, डाक्टरले दिए एक वर्षको समय
राजनीति, समाचार

अमेरिकी पूर्वराष्ट्रपति केनेडीकी नातिनीलाई क्यान्सर, डाक्टरले दिए एक वर्षको समय

नेपालअखबार, काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति जेएफ केनेडीकी नातिनी टाटियाना स्लोसबर्गले आफूलाई क्यान्सर भएको सार्वजनिक गरेकी छन्। द न्यूयोर्करमा आर्टिकल लेखेर ३५ वर्षीया स्लोसबर्गले आफूलाई टर्मिनल क्यान्सर भएको र चिकित्सकले एक वर्षभन्दा कम बढी बाँच्न नसक्ने भनेको खुलासा गरेकी हुन्। स्लोसबर्गका अनुसार उनीलाई गत वर्ष एक्यूट मायलोइड ल्युकेमिया (एएमएल) को दुर्लभ रूप इन्भर्सन-३ भएको पत्ता लागेको थियो। इन्भर्सन-३ एएमएलका २ प्रतिशतभन्दा कम बिरामीहरूमा देखिने भनेर उनले बताएकी छन्। अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका अनुसार स्लोसबर्गले २०२४ को मे महिनामा छोरी जन्माएपछि उनलाई यो रोग पत्ता लागेको थियो। 'मैले विश्वासै गर्न सकिन।  छोरीलाई जन्म दिनुअघि मात्रै नौ महिनाको गर्भमा मैले एक माइल पौडी खेलेकी थिएँ। म एकदम स्वस्थ थिएँ,' उनले भनेकी छन्। स्लोसबर्गले उपचारका कठिन चरणहरूबारे पनि उल्...
झापामा ट्याक्टरसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
दुर्घटना, समाचार

झापामा ट्याक्टरसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

नेपालअखबार, काठमाडौं । झापाको मेचीनगर नगरपालिका–१५ हेल्दुवारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार साँझ भद्रपुरबाट इँटाभट्टातर्फ गइरहेको प्रदेश १–०१–०१३ प ३३३६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा स्थानीय ३८ वर्षीय विनोद राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए । सो मोटरसाइकल सडक किनारमा रोकेर राखिएको प्रदेश १–०१–००१ त ९९७७ नम्बरको ट्याक्टरसँग ठोक्किएको थियो । सो दुर्घटनामा मोटरसाइकल चालक विनोद राउत र पछाडि बसेका २१ वर्षीय  निश्चल भुजेल घाइते भएका थिए । गम्भीर अवस्थामा उद्धार गरी उपचारका लागि वर्तामोडस्थित बीएन्डसी अस्पताल लागिएकोमा चालक राउतको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर र ट्याक्टर चालकलाई  प्रहरीले नियन्त्रणमा लिएको थियो । मोटरसाइकल पछाडि बसेका २१ वर्षीय निश्चल भुजेलको उपचार भइरहेको छ ।...
भ्रष्टाचारविरोधी आन्दोलनका लागि युवाहरुलाई धन्यवाद : प्रचण्ड
राजनीति, समाचार

भ्रष्टाचारविरोधी आन्दोलनका लागि युवाहरुलाई धन्यवाद : प्रचण्ड

नेपालअखबार,काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले देशमा भ्रष्टाचार विरकाल रुपमा फैलिएको बताएका छन् । वाईसीएल नेपालले शनिवार पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा उनले भ्रष्टाचार देशको लागि दुर्भाग्य भएको बताएका हुन् । भ्रष्टाचारविरुद्ध सरकारमा हुँदा र नहुँदा पनि आफूहरुले आवाज उठाउँदै आएको भएपनि अपेक्षित रुपमा सरकारले सुन्न नसकेको बताए । उनले भदौ २३ र २४ गतेको जेन–जीको आन्दोलनले भ्रष्टाचार विरोधी अभियान र आफूहरुले उठाउँदै आएको सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा नयाँ उर्जा दिएको उल्लेख गरे । भ्रष्टाचारविरोधी आन्दोलनका लागि उनले युवाहरुलाई धन्यवाद समेत दिए । उनले भने, ‘भ्रष्टाचार अहिले यो देशका निम्ति एउटा दुर्भाग्यको रूपमा, बडो विकराल परिस्थितिका रूपमा भ्रष्टाचारको समस्या देखिएको छ । हामी भ्रष्टाचारका विरुद्ध सरकारमा हुँदा होस् या सडकमा हुँदा, हामीले ...