Thursday, November 26

समाचार

सामाजिक सञ्जालको दुरुपयोगले सुरक्षा चुनौती : महानिरीक्षक कार्की
प्रशासन, समाचार

सामाजिक सञ्जालको दुरुपयोगले सुरक्षा चुनौती : महानिरीक्षक कार्की

नेपालअखबार,काठमाडौँ  । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालको दुरुपयोग भइरहँदा सामाजिक सुरक्षा चुनौती थप भएको बताएका छन् । अपराध अनुसन्धान विभागको ७०औँ स्थापना दिवसका अवसरमा सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा उनले सामाजिक सञ्जालको दुरुपयोग भएसँगै लागूऔषध दुव्र्यसन तथा कारोबार, क्रिप्टोकरेन्सी, अनलाइन गेमिङ, स्क्यामिङ, आत्महत्या, मानव बेचबिखन तथा ओसारपसार, आर्थिक अपराध र अन्तरदेशीय प्रकृतिका जटिल तथा सङ्गठित अपराधसम्बन्धी अनुसन्धानका लागि क्षमता विकास तालिम आवश्यक रहेको बताए । महानिरीक्षक कार्कीले फैसला कार्यान्वयन, फरार प्रतिवादीको खोजतलास एवम् पक्राउ परेकालाई प्राथमिकतामा राखी तत्काल नतिजा आउने गरी काम गर्न र विगतका आपराधिक गतिविधि तथा लामो समयसम्म पेन्डिङमा रहेका घटनाहरूलाई समेत प्राथमिकतामा राखी प्रभावकारी अनुसन्धान गर्न निर्देशन दिएका थिए । ...
निर्वाचन सम्बन्धी अध्यादेश ल्याउँदै : प्रधानमन्त्री कार्की
राजनीति, समाचार

निर्वाचन सम्बन्धी अध्यादेश ल्याउँदै : प्रधानमन्त्री कार्की

नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारले निर्वाचन सम्बन्धी अध्यादेश ल्याउन लागेको जानकारी दिएकी छन् । उनले सोमबार नागरिक समाजका नेताहरू छलफल गरेकी छन् । जसलाई सम्बोधन गर्दै उनले युवाहरूको असन्तुष्टि सम्बोधन गर्ने गरी अध्यादेश ल्याउन लागिएको जानकारी दिएकी हुन् ।उनले भनेकी छन्, ‘उनीहरूको मन जित्न र निर्वाचनमा युवा सहभागिता बढाउनका लागि हामी निर्वाचन सम्बन्धी अध्यादेश र अन्य उपायमार्फत संरचनात्मक सुधारका कदमहरू चाल्दै छौं। यसबाट उनीहरूको असन्तुष्टिको राजनीतिक सम्बोधन हुनेछ।’ जेनजी आन्दोलन गहिरो राजनीतिक असन्तुष्टिको अभिव्यक्ति हो भन्नेमा आफूहरू प्रष्ट रहेको पनि प्रधानमन्त्री कार्कीले बताइन् ।‘जेनजी आन्दोलनलाई हामीले केवल कानुन व्यवस्थाको विषय मात्र मानेका छैनौं । यो व्यवस्थाप्रतिको गहिरो राजनीतिक असन्तुष्टिको अभिव्यक्ति हो, जसको कारण कतिपय युवा पुस्ता नयाँ व्यवस्थाको भाष्...
तत्काललाई मुलुकले निर्वाचनबाटै निकास पाउँछ : प्रेम सुवाल
राजनीति, समाचार

तत्काललाई मुलुकले निर्वाचनबाटै निकास पाउँछ : प्रेम सुवाल

नेपालअखबार,काठमाडौं । नेपाल मजदुर किसान पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । सोमबार काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर सो पार्टीका प्रेम सुवालगायतका नेताहरुले दल दर्ताका लागि निवेदन पेश गरेका हुन् । त्यसक्रममा नेता सुवालले सञ्चारकर्मीहरुमाझ संक्षिप्त प्रतिक्रिया दिँदै प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि आफूले पनि निर्वाचन आयोगमा निवेदन दिएको बताए । उनले तत्कालका लागि मुलुकलाई निकास दिन निर्वाचनमा जानुको विकल्प नभएको समेत बताए । तत्काललाई निर्वाचनमार्फत नै मुलुकलाई निकास दिन उपयुक्त हुने नेता सुवालको निष्कर्ष थियो । ‘निर्वाचन आयोगले दल दर्ताका लागि आह्वान गरेको हुनाले त्यसका लागि हामी हामी आएका हौ । यो प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवै निर्वाचनको प्रयोजनको लागि हो । अहिले तत्काललाई निर्वाचनबाटै निकास आउँछ । जनताको अभिमत लिएर ...
कानुनमन्त्री सिन्हाकै अगाडि सांसदहरूले दिए विद्रोहको चेतावनी
राजनीति, समाचार

कानुनमन्त्री सिन्हाकै अगाडि सांसदहरूले दिए विद्रोहको चेतावनी

नेपालअखबार, काठमाडौं । सांसदहरूले दलितको संवैधानिक अधिकार कार्यान्वयन हुन नसकेको भनेर असन्तुष्टि जनाएका छन । काम हुँदै गरेको प्रतिबद्धता जनाउने प्रवृत्तिले निरन्तरता पाए अर्को विद्रोह हुने उनीहरूको चेतावनी छ । कानुन र न्याय क्षेत्रको मन्त्री हुँदा समेत संवैधानिक मौलिक हक कार्यान्वयन नभए कहिल्यै हुन नसक्ने भएकोले अर्को विद्रोह जन्माउन सक्ने सांसद घनश्याम रिजालले बताए । ‘मन्त्रीज्यू अर्को विद्रोह नजन्मिदै यो काम (दलित एन बनाऔं),’ रिजालले भने । बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हा, कानुन मन्त्रालयका सहसचिव मानबहादुर अर्याल लगायत उपस्थित रहेका छन् । नेपालको संविधान धारा ४० मा दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा व्यवस्था छ । यो संवैधानिक हक कार्यान्वयन हुन सकेको छैन । यही विषयमा संसदीय समिति (राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति) को ...
प्रदेशहरूमा सन्देश सभा गर्दै नेपाली कम्युनिस्ट पार्टी- कहाँ, कहिले?
राजनीति, समाचार

प्रदेशहरूमा सन्देश सभा गर्दै नेपाली कम्युनिस्ट पार्टी- कहाँ, कहिले?

नेपालअखबार,काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले प्रदेशहरूमा सन्देश सभा गर्ने भएको छ। ११ वाम घटक मिलेर नेपाली कम्युनिस्ट पार्टी गठन भएको थियो। उक्त पार्टीको संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र सहसंयोजक माधवकुमार नेपाल छन्। सुदूरपश्चिम प्रदेशको धनगढीमा मंसिर १२ गते सन्देश सभा हुनेछ भने लुम्बिनीको देउखुरीमा मंसिर १३ गते, गण्डकीको पोखरामा मंसिर १४ गते, कोशीको विराटनगरमा मंसिर १५ गते सभा हुनेछ। साथै कर्णालीको सुर्खेतमा मंसिर १८ गते, मधेसको जनकपुरमा मंसिर २० गते र बागमतीको हेटौंडामा मंसिर २३ गते सभा हुनेछ। मंसिर २९ गते देशभरका पालिकाहरूमा एकता सन्देश सभा हुनेछ।    ...
हुप्सेकोट गाउँपालिका अध्यक्षको घर जलाएको आरोपमा तरूण दल क्षेत्रीय अध्यक्ष सहित ४ जना पक्राउ
प्रशासन, समाचार, समाज

हुप्सेकोट गाउँपालिका अध्यक्षको घर जलाएको आरोपमा तरूण दल क्षेत्रीय अध्यक्ष सहित ४ जना पक्राउ

नेपालअखबार,चितवन । जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका अनुसार पक्राउ पर्नेमा कावासोती नगरपालिका ८ का तरुण दलका क्षेत्रीय सभापति अमित गिरी, अविनाश काफ्ले, कुमार पुलामी र हुप्सेकोट गाउँपालिका १ का कमल खनाल रहेका छन् । अध्यक्ष पाण्डेलगायत जनप्रतिनिधिहरूले दर्ता गराएको किटानी जाहेरीको आधारमा उनीहरूलाई शनिबार बिहान ११ बजेतिर नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मधु नेपालले बताए ।कावासोतीका गिरी नेपाली कांग्रेससम्बद्ध तरुण दलका क्षेत्रीय सभापति हुन् । पालिका अध्यक्ष पाण्डे पनि कांग्रेसबाट दोस्रोपटक निर्वाचित पालिका अध्यक्ष हुन् । उनी गाउँपालिका महासंघको अध्यक्ष पनि हुन् ।यसअघि प्रहरीले हुप्सेकोट प्रहरी चौकीमा आगजनी र...
काष्ठकलामा सिपालु बागलुङका भीमबहादुर
समाचार

काष्ठकलामा सिपालु बागलुङका भीमबहादुर

नेपालअखबार,गलकोट (बागलुङ) । यहाँस्थित बागलुङ नगरपालिका-३ खहरेका भीमबहादुर विश्वकर्मा विगत तीन वर्षदेखि कालिका मन्दिर क्षेत्र कलात्मक बनाउनमा व्यस्त छन् । मन्दिर पुनःनिर्माण गर्ने, स–साना मठलाई ताम्रापत्रले छाउने र पुनःनिर्माणमा उनलाई भ्याइनभ्याइ छ । कालिका मन्दिर वरपर रहेको सत्तल, सचिवालयसहितका स–साना संरचना, मन्दिर तथा मठका झ्याल, तोरण, टुँडाल र ढोकामा बुट्टा भर्दै भीमबहादुरको तीन वर्ष बितेको हो । ‘कालिका मन्दिरमा तीन वर्ष पहिला हवन कुण्डलाई कलात्मक बनाउन आएको थिएँ, त्यस यता क्रमश गणेश मन्दिर, सत्तल, सचिवालयका झ्याल तथा ढोकालाई कलात्मक बनाएँ, मन्दिर परिसरमा अकलादेवीको मन्दिर पुनःनिर्माण सकेर अहिले चण्डीदेवीको मन्दिरमा प्रयोग आउने काठका सामग्री बनाउँदै छु’, विश्वकर्माले भने, ‘तीन वर्षमा कालिका मन्दिर क्षेत्रका छ वटा मठमन्दिर तथा अन्य भौतिक संरचनामा काठबाट कुँदेका सामग्री राखेर निर्मा...
गाडीको छतमा राखेको जस्ता पाता खस्दा एक जनाको मृत्यु
समाचार, समाज

गाडीको छतमा राखेको जस्ता पाता खस्दा एक जनाको मृत्यु

नेपालअखबार,गुल्मी । मुसिकोट नगरपालिका–२ निस्ती ठाँटीमा डबल क्याब गाडीको छतमा राखिएको टिन (जस्ता पाता) खसेर  लागेर गाडीमा सवार एक जनाको मृत्यु गएको छ । आइतबार राति तम्घासबाट निस्तीतर्फ जाँदै गरेको ग३च ४२६० नम्बरको गाडी उकालो चढ्दा टिन खसेको थियो । टिनले लागेर सोही गाडीमा सवार ४९ वर्षीय मिनबहादुर बि.क. गम्भीर घाइते भएका थिए । उनको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । गाडी चालक २५ वर्षीय प्रताप रायमाझीलाई प्रहरीले कागजपत्रसहित नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान अघि बढाएको जनाएको छ ।...
आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक नबस्ने
राजनीति, समाचार

आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक नबस्ने

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज नबस्ने भएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आजको बैठक स्थगित गरी अब मङ्सिर ४ गते बिहीबार बस्नेगरी तय भएको जानकारी दिए । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सात वटै प्रदेश कार्यसमितिका सभापतिको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले जानकारी दिए । कांग्रेसभित्र महाधिवेशनलगायतका विषयमा सहमति नजुटेकाले बैठक प्रभावित भएको हो ।...
जेनजी आन्दोलनमा प्रहरीको हतियार लुट्ने २ जना पोखराबाट पक्राउ
अपराध, प्रशासन, समाचार

जेनजी आन्दोलनमा प्रहरीको हतियार लुट्ने २ जना पोखराबाट पक्राउ

नेपालअखबार,पोखरा । जेनजी आन्दोलनका क्रममा प्रहरीको हतियार लुटपाट गर्ने २ जनालाई पोखराबाट प्रहरीले पक्राउ गरेको छ । गत भदौ २४ गते भएको घटनामा प्रहरी कार्यालयमा तोडफोड, आगजनी र हतियार लुटपाट गरेको आरोपमा पोखरा ५ बस्ने ३१ वर्षिय श्यामबहादुर तामाङ र पोखरा २ बस्ने २२ वर्षका सागर राउतलाई आइतबार पक्राउ गरिएको हो । उनीहरूको साथबाट १ राउण्ड गोली, बोल्ट र ट्रिगरको भाग जोडिएको १ थान काठको बटको भाग बरामद भएको छ । दुवै जनालाई हातहतियार तथा खरखजना सम्बन्धी कसुरमा ५ दिन म्याद थपेर अनुसन्धान भइरहेको प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।...