Thursday, September 10

समाचार

झापामा राष्ट्रिय परिचयपत्रमार्फत नयाँ मतदाता थप
समाचार, समाज

झापामा राष्ट्रिय परिचयपत्रमार्फत नयाँ मतदाता थप

नेपालअखबार,झापा । झापामा राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता गराउनेको सङ्ख्या बढ्दै गएको छ । गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि पुनः सुरु गरिएको मतदाता नामावली सङ्लन अभियानअन्तर्गत हालसम्म थपिएका नयाँ मतदातामध्ये अधिकांशले राष्ट्रिय परिचयपत्रमार्फत नाम दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार गत चैत २२ गतेपछि बिहीबारसम्म १० हजार ३५९ जना नयाँ मतदाता थपिएका छन् । तीमध्ये सात हजार ८०१ जनाले राष्ट्रिय परिचयपत्रमार्फत र दुई हजार ५५८ जनाले जिल्ला निर्वाचन कार्यालयमा उपस्थित भएर मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् । नयाँ मतदातामध्ये पाँच हजार ३३३ पुरुष र पाँच हजार २६ महिला रहेका छन् । जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालका अनुसार गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनअघि झापामा कुल सात लाख १३ हजार ५३७ मतदाता थिए । जसमध्ये तीन लाख ५५ हजार १...
थाइल्यान्डमा १४ वर्षीय किशोरले चलाएको गोलीबाट ८ जनाको मृत्यु, कडा कानुन बनाउने प्रधानमन्त्रीको घोषणा
प्रशासन, विदेश, समाचार

थाइल्यान्डमा १४ वर्षीय किशोरले चलाएको गोलीबाट ८ जनाको मृत्यु, कडा कानुन बनाउने प्रधानमन्त्रीको घोषणा

नेपालअखबार,बैंकक । थाइल्यान्डको राजधानी बैंककमा १४ वर्षीय एक किशोरले गोली चलाउँदा आठ जनाको मृत्यु भएको छ । गोली लागेर २२ जना घाइते भएका छन् । सुरुमा आफू बस्दै आएको घरमा हजुरबुबा र हजुरआमाको हत्या गरेका उनी पछि देब्सिरिन नामको विद्यालयमा पुगेर गोली चलाएका थिए । विद्यालयमा उनले चलाएको गोली लागेर पाँच शिक्षकको ज्यान गएको थियो । गोली लागेर घाइते भएका एक विद्यार्थीको पनि उपचारका क्रममा मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । अन्तमा किशोरले आफैंलाई गोली हानेका थिए । प्रहरीका अनुसार किशोरले शुक्रबार स्थानीय समयअनुसार बिहान करिब ५ बजे ७३ वर्षीय हजुरबुबा र ७४ वर्षीया हजुरआमालाई गोली हानेका थिए । त्यसपछि उनी बन्दुक र दर्जनौँ गोली बोकेर विद्यालय जाने बसमा चढेको रोयटर्सले जनाएको छ । उनी बिहान ८:३० बजे पहिलो कक्षामा सहभागी भएका थिए भने ९:२० बजे दोस्रो कक्षा सुरु भएको थियो । दोस्रो क...
पहिरोका कारण यी राजमार्ग छन् अवरूद्ध
समाचार, समाज

पहिरोका कारण यी राजमार्ग छन् अवरूद्ध

नेपालअखबार,काठमाडौँ ।  वर्षा, पहिरो र कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयले आज बिहान ७ बजेसम्म अवरुद्ध रहेका सडकको विवरणअनुसार तेह्रथुमको मध्यपहाडी लोकमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, इलामको मेची राजमार्ग, रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडक, मुगुको नाग्म–गमगढी सडक, रुकुम पश्चिमको भेरी करिडोर र सोलुखुम्बुको सल्लेरी–लुक्ला सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ। काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ देखि बेलुका ६ बजेसम्म भने सवारी सञ्चालन हुने व्यवस्था मिलाइएको छ। यसैगरी, कान्ति लोकपथमा पनि वर्षायामका कारण बेलुका ५ देखि बिहान ५ बजेसम्म सबै प्रकारका स...
५ उदाहरण दिँदै प्रधानमन्त्रीले भने– सरकारी उद्योगमा आशालाग्दा परिणाम देखिन लागेको छ
राजनीति, समाचार

५ उदाहरण दिँदै प्रधानमन्त्रीले भने– सरकारी उद्योगमा आशालाग्दा परिणाम देखिन लागेको छ

नेपालअखबार,काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले लामो समयदेखि बन्द तथा घाटामा रहेका सरकारी उद्योग तथा संस्थानहरूमा सुधारका संकेत देखिन थालेको दाबी गरेका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेर प्रधानमन्त्री बालेन शाहले इमानदार प्रयास, कानुन कार्यान्वयन र टिमवर्कका कारण केही राष्ट्रिय उद्योगमा आशालाग्दा परिणाम देखिन थालेको दाबी गरेका हुन्। उनले वर्षौंदेखि बन्द रहेका र घाटामा थलिएका राष्ट्रिय उद्योग फेरि आफ्नै खुट्टामा उभिन सक्लान् कि नसक्लान् भन्ने आशंका र चिन्ता स्वाभाविक रहेको उल्लेख गरेका छन्। नयाँ सरकारले सुरुदेखि नै राष्ट्रिय उद्योग र संस्थानलाई पुनः जीवन्त र प्रतिस्पर्धी बनाउने विषयलाई प्राथमिकतामा राख्दै सहजीकरण, उत्प्रेरणा र समन्वय गर्दै आएको छ। यही प्रयासका कारण केही उद्योगमा सुधारका परिणाम देखिन थालेको उनको दाबी छ। ‘जब नियत सफा हुन्छ, जिम्मेवारीप्रति इमान्दार...
ह्वाइट हाउसमा ४० करोड डलर खर्चेर बलरूम बनाउने ट्रम्पको योजना रोकिदियो अदालतले
राजनीति, विश्व, समाचार

ह्वाइट हाउसमा ४० करोड डलर खर्चेर बलरूम बनाउने ट्रम्पको योजना रोकिदियो अदालतले

नेपालअखबार,काठमाडौँ । ह्वाइट हाउसमा ४० करोड डलर खर्चेर बलरूम बनाउने योजना अदालतले रोकिदिएको छ। बलरूम बनाउन ह्वाइट हाउसको इस्ट विंग भत्काइसकिएको अवस्थामा संघीय पुनरावेदन अदालतले तत्काल काम रोक्न आदेश दिएको हो। बलरूम ठूलो हल हो, जहाँ औपचारिक समारोह, भोज, नृत्य, रिसेप्सन, सरकारी कार्यक्रम वा ठूला जमघट आयोजना गरिन्छ। बाहिरी होटलहरूमा त्यस्ता कार्यक्रम गर्दा सुरक्षा चुनौती बढेपछि राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसभित्रै बलरूम बनाउन लागेका थिए। वासिङ्टनस्थित यूएस कोर्ट अफ अपिल्स फर द डिस्ट्रिक्ट अफ कोलम्बियाले शुक्रबार २–१ को फैसलामार्फत ट्रम्प प्रशासनलाई बलरुम निर्माण रोक्न आदेश दिएको हो। अदालतको यो निर्णयले राष्ट्रपतिको अधिकारको सीमासम्बन्धी मुद्दामा ट्रम्पलाई ठूलो झट्का दिएको छ। बहुमतमा रहेका न्यायाधीशहरूले राष्ट्रपतिको पद स्थायी स्वामित्व नभई अस्थायी जिम्मेवारी भएको उल्लेख गर्...
प्रतिनिधि सभा बैठकमा चार विधेयक प्रस्तुत
राजनीति, समाचार

प्रतिनिधि सभा बैठकमा चार विधेयक प्रस्तुत

नेपालअखबार,काठमाडौँ । प्रतिनिधि सभाको साेमबारको बैठकमा चार विधेयक प्रस्तुत भएका छन्। बैठकमा प्रधानमन्त्री वालेन्द्र(बालेन) शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गरे। परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गरे भने महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गरे। यस्तै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ प्रस्तुत गरिन् । ती विधेयकहरू प्रस्तुत गर्न अनुमति माग्दा कुनै पनि सदस्यको विरोधको सूचना प्राप्त नभएकाले प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव सर...
कर्णाली विकास बैंकका पूर्वसिइओ सहित ३ जना पक्राउ
प्रशासन, समाचार

कर्णाली विकास बैंकका पूर्वसिइओ सहित ३ जना पक्राउ

नेपालअखबार,दाङ। बाँके प्रहरीले समस्याग्रस्त कर्णाली विकास बैंकका तत्कालीन कार्यकारी अधिकृत सहित तीन जनालाई पक्राउ गरेको छ। नेपालगञ्ज उपमहानगरपालि-१२ का ४२ वर्षीय निरज विक्रम शाह, ३९ वर्षीया दीपा थापा र ४३ वर्षीया शुभेच्छा श्रेष्ठ पक्राउ परेको जिल्ला प्रवक्ता डिएसपी प्रतितसिंह राठौरले बताए। पक्राउ परेकामध्ये शाह तत्कालीन कर्णाली विकास बैंकका कार्यकारी अधिकृत हुन्। यो बैंक समस्याग्रस्त घोषणा भएसँगै नेपाल राष्ट्र बैंकबाट गठित व्यवस्थापन समूहका तर्फबाट जुगलकुशल कुशबहाले दिएको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउपछि तीनै जनालाई उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलासमा पेस गरिएको प्रहरीले जनाएको छ।...
चक्रे मिलन दम्पतीले सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्चबाट पाए सफाइ
प्रशासन, समाचार

चक्रे मिलन दम्पतीले सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्चबाट पाए सफाइ

नेपालअखबार,काठमाडौँ । चक्रे मिलन भनिने मिलन गुरूङ र उनकी श्रीमती इन्दिरा घले गुरूङले सम्पत्ति शुद्धीकरण कसुरमा सफाइ पाएका छन्। बिहीबार सर्वोच्च अदालतका न्यायाधीशहरू अब्दुल अजीज मुसलमान र मेघराज पोखरेलको इजलासले दुबै जनालाई सफाइ दिएको हो। यसअघि विशेष अदालतले २०७४ माघ १० गते पनि उनीहरूलाई सफाइ दिएको थियो। सफाइ दिने निर्णयविरूद्ध सरकार पक्ष पुनरावेदन लिएर सर्वोच्च पुगेको थियो। उनीहरूले अवैध रूपमा सम्पत्ति आर्जन गरी सम्पत्ति शुद्धीकरण गरेको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर गरेको थियो। उनीहरूले ७ करोड ८ लाख १७ हजार २६६ रुपैयाँ बिगो कायम गरी कैद सजाय सहित मागदाबी गरेको थियो।...
देउवा स्वदेश फर्कँदा धरपकड भए विरोध गर्छौं- शशांक कोइराला
राजनीति, विचार, समाचार

देउवा स्वदेश फर्कँदा धरपकड भए विरोध गर्छौं- शशांक कोइराला

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका राष्ट्रिय भेला आयोजक समितिका संयोजक शशांक कोइरालाले निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्कदा धरपकड भए विरोध गरिने बताएका छन्। शुक्रबार सम्पर्क कार्यालय चुनदेवीमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नमा जबाफ दिएका कोइरालाले देउवा स्वदेश फर्कदा सरकारले धरपकड गरे विरोधमा उत्रने बताएका हुन्। ‘जहाँसम्म मलाई लाग्छ, धरपकड हुँदैन, भइहाल्यो भने त्यो बेला हामी विरोध गर्छौं,’ शशांकले भने। देउवा ५ महिनापछि साउन २६ गते बेलुकी स्वदेश फर्कंदैछन्। उनी उपचारका क्रममा हङकङमा छन्। साथै कोइरालालाई हङकङ गएर देउवासँग भेटेर फर्किएको हो भनेर सोधिएकोमा जबाफ दिए, ‘होइन होइन, म गएको छैन।’ संस्थापनइतरले पछिल्लो समय गरेका कार्यक्रममा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइराला देखिएका छैनन्। यसबारे शश...
कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित
शिक्षा, समाचार

कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित

नेपालअखबार, काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले बिहीबार कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । बोर्डका अनुसार परीक्षामा ७१ हजार ३१० परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये सबै विषयमा ग्रेड प्राप्त गर्ने परीक्षार्थीको संख्या ५७ हजार ८९७ रहेको छ । यो ८१.१९ प्रतिशत बराबर हो। यस्तै, तीन परीक्षार्थीको परीक्षाफल रद्द गरिएको छ। नतिजामा प्राविधिक कारणले कुनै त्रुटि भएमा परीक्षा नियन्त्रण कार्यालयको मूल अभिलेखबाट सच्याइने उल्लेख छ । परीक्षाफल बोर्डको वेबसाइट, एसएमएस र आइभीआर सर्भिसबाट प्राप्त गर्न सकिनेछ । बोर्डले यही साउन २ र ३ गते मौका परीक्षा सञ्चालन गरेको थियो ।...