Thursday, September 10

समाचार

सत्ताको खेलमा नलाग्ने राप्रपा बागमती संसदीय दलको निर्णय
राजनीति, विचार, समाचार

सत्ताको खेलमा नलाग्ने राप्रपा बागमती संसदीय दलको निर्णय

नेपालअखबार,काठमाडौँ । राप्रपा बागमती प्रदेश संसदीय दलको बैठकले सत्ताको खेलमा नलाग्ने निर्णय गरेको छ । राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाको अध्यक्षतामा बिहीबार अबेर बसेको संसदीय दलको बैठकले वर्तमान राजनीतिक परिस्थितिमा प्रदेश सरकारको सत्ता समीकरणको गणितीय चलखेलमा सामेल नहुने र सरकार गठनको दौडमा नरहने निर्णय गरेको हो । राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्णय र निर्देशन अनुरूप बागमती प्रदेश सरकारमा सहभागी नहुने निर्णय बैठकद्वारा सर्वसम्मतिले पारित गरिएको छ। राप्रपाको यो निर्णयसँगै बागमती प्रदेशको सरकार गठन र विघटन प्रक्रिया जटिल बन्ने देखिएको छ ।...
बाढीले बगाएको मोटरसाइकल चालकको सकुशल उद्धार
समाचार, समाज

बाढीले बगाएको मोटरसाइकल चालकको सकुशल उद्धार

नेपालअखबार,कैलाली । मोहन्याल गाउँपालिका -७ स्थित पितमारी खोलामा आएको बाढीले मोटरसाइकलसहित बगाएका एक जना चालकको सकुशल उद्धार गरिएको छ । अविरल वर्षासँगै पितमारी खोलामा आएको बाढीले सुर्खेतबाट कैलालीतर्फ आउँदै गरेका कैलाली बर्दगोरिया गाउँपालिका-२ बस्ने ३९ वर्षीय लौटन थारु चढेको से ४ प ८६७९ नम्बरको मोटरसाइकललाई बगाएको थियो । बिहीबार राति करिब २०:३० बजेको समयमा इलाका प्रहरी कार्यालय चिसापानी कैलालीबाट प्रहरी निरीक्षक मीरा खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले खोलाले बगाएर लैजाँदै गरेको अवस्थामा घटनास्थलभन्दा करिब १५० मिटर तल भिरालो खोलाबाट चालक थारुको तत्काल सकुशल उद्धार गरेको हो । उद्धार गरिएका थारुको ढाड र दाहिने कुइनामा सामान्य चोटपटक लागेको छ भने उनको समग्र स्वास्थ्य अवस्था सामान्य रहेको छ । उद्धार पश्चात् निजलाई आफन्तको जिम्मा लगाइएको छ ।...
अमेरिका पुगेर सुत्केरी हुने अभ्यासमा प्रतिबन्ध, ट्रम्पले जारी गरे कार्यकारी आदेश
विश्व, समाचार

अमेरिका पुगेर सुत्केरी हुने अभ्यासमा प्रतिबन्ध, ट्रम्पले जारी गरे कार्यकारी आदेश

नेपालअखबार,वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकता सीमित गर्ने प्रयासलाई नयाँ स्वरूपमा अघि बढाएका छन् । अमेरिकी सर्वोच्च अदालतले केही साताअघि उनको अघिल्लो प्रयास असंवैधानिक ठहर गर्दै रोक लगाएपछि ट्रम्पले बिहीबार दुई नयाँ कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् । नयाँ आदेशमध्ये पहिलोले अमेरिकामा जन्मिएका केही शिशुले स्वत: अमेरिकी नागरिकता नपाउने अवस्थाको दायरा विस्तार गरेको छ । दोस्रो आदेशले ‘बर्थ टुरिजम’ अर्थात् बच्चालाई अमेरिकी नागरिकता दिलाउने उद्देश्यले अमेरिका पुगेर सुत्केरी हुने अभ्यासमा प्रतिबन्ध लगाएको छ । ह्वाइट हाउसको ओभल अफिसबाट आदेश सार्वजनिक गर्दै ट्रम्पले भने, ‘यो काम धेरै वर्षअघि नै हुनुपर्थ्यो, अहिले हामी त्यसलाई कार्यान्वयन गर्दैछौं ।’ उनले जन्मसिद्ध नागरिकता सम्बन्धी आफ्नो अघिल्लो आदेशलाई सर्वोच्च अदालतले खारेज गरेको निर्णयप्रति पनि असन्तुष्टि जना...
कांग्रेस विवादको मुद्दा पुनरवलोकन गर्न सर्वोच्चको अनुमति
प्रशासन, राजनीति, समाचार

कांग्रेस विवादको मुद्दा पुनरवलोकन गर्न सर्वोच्चको अनुमति

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेस विवादको मुद्दालाई पुनरवलोकन गर्न सर्वोच्च अदालतले अनुमति प्रदान गरेको छ। नेपालअखबार,काठमाडौं । कांग्रेसको विशेष महाधिवेशन पक्षधरलाई आधिकारिक मानेको आदेशलाई पुनरवलोकन गर्न माग गर्दै दायर भएको निवेदनमाथि बिहीबार प्रधानन्यायाधीश मनोजकुमार शर्मा, नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको इजलासमा सुनुवाइ गरेको हो। उक्त इजलासले पुनरवलोकनका लागि अनुमति प्रदान गरेको हो। अनुमति प्रदान भएसँगै पूर्वसभापति शेरबहादुर देउवाले दिएको रिटलाई खारेज गर्ने आदेशको पुनरवलोकन हुने भएको हो। न्यायाधीशहरू न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले वैशाख ४ गते विशेष महाधिवेशनबाट चुनिएको सभापति गगन थापाको कार्यसमितिलाई मान्यता दिएको थियो। देउवा पक्षको रिटलाई खारेज गरेको थियो। यस आदेशलाई पुनरवलोकन गर्न भन्दै देउवाले गत साउन ७ गते उक्त निवेदन वारेसमार्फत पठाएका ...
राष्ट्रिय सभामा दिएको अभिव्यक्तिलाई लिएर गृहमन्त्रीले मागे माफी
राजनीति, समाचार

राष्ट्रिय सभामा दिएको अभिव्यक्तिलाई लिएर गृहमन्त्रीले मागे माफी

नेपालअखबार,काठमाडौं । गृहमन्त्री सुधन गुरूङले राष्ट्रिय सभामा दिएको अभिव्यक्तिलाई लिएर माफी मागेका छन्। बिहीबार राष्ट्रिय सभा बैठकमै उनले माफी मागेका हुन्। 'मेरो तर्फबाट अलिकति ठाडो तरिकाले भयो जस्तो लाग्यो। मेरो तर्फबाट क्षमाप्रार्थी पनि छु। हजुरहरूसँग माफी पनि माग्न चाहन्छु,' उनले भने। तर उनले सांसदहरूलाई विषयमा केन्द्रित हुन पनि आग्रह गरे। मनुसुनजन्य विपद व्यवस्थापनबारे छलफल र प्रश्नोत्तर गर्ने कार्यक्रममा आफूलाई निर्मला पन्तको बलात्कार पछिको हत्या प्रकरणबारे सोधिएको बताए। 'विषयबाट बाहिर गएर निर्मला पन्तको विषय उठाइयो। मनसुनजन्य विपद व्यवस्थापनक विषय निर्मलाको विषय कसरी सम्बन्धित छ? किन यसरी घुमाइन्छ? विषयमा केन्द्रित होऔं। तपाईंहरूबाट धेरै सिक्न बाँकी छ, सिक्दै जाँदैछौं। हामीभन्दा धेरै जेठोपाको पनि हुनुहुन्छ,' उनले भने। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद विष्णुबहाद...
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन २६ गते स्वदेश फर्किने
राजनीति, समाचार

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन २६ गते स्वदेश फर्किने

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साउन २६ गते स्वदेश फर्किने भएका छन् । हङकङमा रहेका देउवा २६ गते स्वदेश फर्किने तय भएको उनीनिकट नेता डा. प्रकाशशरण महतले जानकारी दिए । ‘२६ गते राति ९ः४५ बजे आइपुग्नुहुन्छ,’ उनले भने ।पूर्वप्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले फर्किने मिति तय नभएको प्रतिक्रिया दिए । ‘साउन २६ या २८ गते आउनुहुन्छ,’ उनले भने, ‘तर, डेट फिक्स भइसकेको छैन ।’ देउवा ७ चैत २०८२ मा सिंगापुरबाट थप उपचारका लागि भन्दै हङकङ पुगेका थिए । उनी १३ फागुनको राति सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर गएका थिए ।...
हतियार भण्डार रित्तिन थालेपछि रक्षामन्त्री हेगसेथसँग रिसाए ट्रम्प, मागे जबाफ
राजनीति, विश्व, समाचार

हतियार भण्डार रित्तिन थालेपछि रक्षामन्त्री हेगसेथसँग रिसाए ट्रम्प, मागे जबाफ

नेपालअखबार,काठमाडौं । इरान युद्धका कारण अमेरिकी हतियार भण्डार रित्तिन थालेपछि राष्ट्रपति डोनाल्ड ट्रम्प रक्षामन्त्री पिट हेगसेथसँग रिसाएका छन्। क्याम्प डेविडमा मन्त्रिपरिषद् बैठकपछि रक्षामन्त्री हेगसेथसँग छुट्टै बसेर छलफल गर्ने क्रममा रिसाउँदै ट्रम्पले हतियार भण्डार कसरी यति कमजोर अवस्थामा पुगेको भनेर स्पष्टीकरण मागेको अमेरिकी अखबार द वासिङ्टन पोस्टले लेखेको छ। बैठकबारे जानकार दुई स्रोतलाई उद्धृत गर्दै पोस्टले जनाए अनुसार ट्रम्पले हतियार अभावको समस्या समाधान भइसकेको भनेर आफूले ठानेको तर अवस्था विपरीत देखिएको भन्दै असन्तुष्टि पोखेका थिए। 'मलाई यो समस्या अगाडि नै समाधान भइसकेको भन्ने लागेको थियो,' ट्रम्पको भनाइ उद्धृत गर्दै एक स्रोतले वासिङ्टन पोस्टसँग भनेका छन्। क्याम्प डेभिडमा ट्रम्पको प्रश्नपछि हेगसेथले आफ्नो बचाउ गर्दै हतियार अभावबारे पर्याप्त जानकारी राष्ट्रपतिलाई नदिएको आरो...
विस्फोटक ड्रोनले जर्मन विमानस्थलमा सुरक्षा चुनौती
विश्व, समाचार

विस्फोटक ड्रोनले जर्मन विमानस्थलमा सुरक्षा चुनौती

नेपालअखबार,स्याक्सोनी । जर्मनीको लाइपजिग हाले विमानस्थलमा विस्फोटक पदार्थ जडान गरिएको ड्रोन फेला परेपछि त्यसलाई सुरक्षित रूपमा निष्क्रिय गरिएको छ । घटनापछि जर्मनीका गृहमन्त्री अलेक्जान्डर डोब्रिन्डले यसलाई देशको हवाई सुरक्षासामु देखा परेको ‘खतराको नयाँ गुणस्तर’ भएको चुनौतीका रूपमा वर्णन गरेका छन् । मङ्गलबार राति विमानस्थल आसपास शङ्कास्पद उड्ने वस्तु देखिएपछि प्रमुख कार्गो केन्द्रका दुवै रनवे तत्काल बन्द गरिएका थिए । त्यसका कारण एउटा यात्रुवाहक विमानसहित केही उडानहरू वैकल्पिक विमानस्थलतर्फ मोडिएका थिए । दक्षिणी रनवे नजिक शङ्कास्पद वस्तु रहेको सूचनापछि विस्फोटक निष्क्रिय पार्ने रोबोट परिचालन गरिएको थियो । क्षेत्रीय प्रहरी र सरकारी अभियोजन कार्यालयका अनुसार विमानस्थलका एक कर्मचारीले दक्षिणी रनवे नजिकै अज्ञात विस्फोटक उपकरण बोकेको ड्रोन फेला पारेका थिए । त्यसपछि सुरक्षा निकायले ड्रोन निय...
मुग्लिन बजारबाट २० किलो चरेससहित २ जना पक्राउ
अपराध, समाचार

मुग्लिन बजारबाट २० किलो चरेससहित २ जना पक्राउ

नेपालअखबार,चितवन । चितवनको मुग्लिन बजारबाट २० किलो चरेससहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–११ बस्ने ४१ वर्षीय मोहन गोले र ३९ वर्षीय भीमबहादुर स्याङ्तान रहेका छन् । बाटोमा हिँडिरहेको अवस्थामा गएराति एक बजे उनीहरुको साथबाट प्रहरीले ४० वटा पोकामा रहेको २० किलो चरेस बरामद गरेको चितवन प्रहरीले जनएको छ । उनीहरुलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मुग्लिनमा राखिएको छ । मोरङबाट गाँजासहित २ जना पक्राउ यसैगरी मोरङको धनपालथान गाउँपालिका–२ बाट गएराति ९६ किलो १९८ ग्राम गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनपालथान गाउँपालिका १ नोचा बस्ने २७ वर्षीय सुमन कुमार शाह र अमर शाह रहेका छन् । नेपालबाट भारततर्फ गाँजा ओसारपसार गर्दै गरेको सूचनाका आधारमा धनपालथान गाउँपालिका–२ भवानीपुरस्थित रामचन्द्र चौधरीको बारीमा लुकाई राखेको ती...
संखुवासभामा खोलाले बगाउँदा हाइड्रोपावरका सुपरभाइजर बेपत्ता
समाचार, समाज

संखुवासभामा खोलाले बगाउँदा हाइड्रोपावरका सुपरभाइजर बेपत्ता

नेपालअखबार,काठमाडौं । संखुवासभामा खोलाले बगाएर इदुवा हाइड्रोपावरका एकजना कर्मचारी बेपत्ता भएका छन् । संखुवासभाको मकालु गाउँपालिका ५ फाकफुकस्थित सिमली खोला तर्ने क्रममा खाँदबारी–१० बस्ने २८ वर्षीय स्वागत निरौला बेपत्ता भएका हुन् । इदुवा हाइड्रोपावरमा सुपरभाइजरको रुपमा काम गर्ने निरौला साथीहरु सँगै खाना खाई हाइड्रोको आवासमा फर्कने क्रममा गएराति ११ बजे खोलामा बगेका थिए । प्रहरी र स्थानीयको सहयोगमा उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । यसैगरी सुनसरीको दुहबी नगरपालिका–११ मिल टोलमा हिजो साँझ धनसुना खोला तर्ने क्रममा ६० वर्षीय रविलाल उराव बेपत्ता भएका छन् । बाँसको अस्थायी पुल तर्ने क्रममा हिजो साँझ साढे पाँच बजे उनी चिप्लिएर खोलामा खसेका थिए । उनको खोजी भइरहेको अस्थायी प्रहरी चौकी तनमुना सुनसरीले जनाएको छ ।...