Tuesday, July 7

समाचार

आज सुनको मूल्य बढ्यो
कर्पोरेट, समाचार

आज सुनको मूल्य बढ्यो

नेपालअखबार,काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेको हो । जसअनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९० हजार ६ सय रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार सुन प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो । सुनसँगै आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदी प्रतितोला १७५ रुपैयाँले बढेर ५ हजार ४० रुपैयाँ पुगेको छ । बिहीबार चाँदी प्रतितोला ४ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भएको थियो । १० ग्राम चाँदीको मूल्य भने आज ४ हजार ३२० रुपैयाँ ५० पैसा रहेको छ । अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढावका कारण नेपाली बजारमा पनि सुनचाँदीको मूल्यमा प्रभाव परेको महासंघले जनाएको छ ।...
शासकीय स्वरूप र राजनीतिक नेतृत्वको चरित्रमा सुधार आवश्यक : राष्ट्रपति पौडेल
राजनीति, समाचार

शासकीय स्वरूप र राजनीतिक नेतृत्वको चरित्रमा सुधार आवश्यक : राष्ट्रपति पौडेल

नेपालअखबार,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा सुशासन र समृद्धिको जनचाहना पूरा गर्न राज्यसत्ताको चरित्र, आचरण र राजनीतिक निष्ठामा आमूल परिवर्तन ल्याउनुपर्ने बताएका छन् । गणतन्त्र दिवस २०८३ का अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई आज सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राजनीतिक उपलब्धिलाई नागरिकको जीवनस्तरसँग जोड्नका लागि शासकीय स्वरूप र राजनीतिक नेतृत्वको चरित्रमा सुधार आवश्यक रहेको बताए । राजनीतिक परिवर्तनले मात्र नागरिकको अपेक्षा पूरा नहुने तर्क गर्दै उनले राजनीतिक दल र नेतृत्वलाई अझ बढी सिर्जनशील, विनयशील र जनउत्तरदायी बन्न आह्वान समेत गरे । राष्ट्रपति पौडेलले राजनीतिक व्यवस्था र शासकीय संरचनामा आउने परिवर्तनले मात्र युगको अपेक्षा पूरा नहुने धारणा राखे । मुलुकमा बलियो जनादेशसहितको सरकार गठन भएको चर्चा गर्दै राष्ट्रपति पौडेलले वर्तमान सरकारले सुशासन, सार्वज...
अमेरिका-इरान सम्झौता हुने भएपछि हर्मुज पार गर्न थाले तेल बोकेका जहाज
विश्व, समाचार

अमेरिका-इरान सम्झौता हुने भएपछि हर्मुज पार गर्न थाले तेल बोकेका जहाज

नेपालअखबार,काठमाडौँ । अमेरिका-इरान युद्ध अन्त्य गर्ने प्रारम्भिक सम्झौता हुन लागेपछि तेल र ग्यास बोकेका जहाजहरू स्ट्रेट अफ हर्मुज पार गर्न थालेका छन्। पछिल्ला दिनमा तीनवटा तरल प्राकृतिक ग्यास (एलएनजी) बोकेका जहाज हर्मुज भएर पाकिस्तान, चीन र भारततर्फ प्रस्थान गरेको भनेर जहाज ट्र्याकिङ तथ्याङकको हवाला दिंदै समाचार संस्था रोयटर्सले जनाएको छ। साथै, झन्डै तीन महिनादेखि अलपत्र परेको इराकी कच्चा तेल बोकेको एउटा ठूलो जहाज पनि चीनतर्फ लागेको छ। यी जहाजहरू खाडी क्षेत्रबाट यसै महिना बाहिरिएका केही ठूला जहाजको जस्तै इरानले निर्देशन दिएको मार्ग प्रयोग गरेर निस्केका हुन्।  गत हप्ता कूल ६० लाख ब्यारेल कच्चा तेल बोकेका तीनवटा ठूला जहाजहरू चीन र दक्षिण कोरियातर्फ लागेका थिए। अमेरिका-इरान सम्झौता हुने सम्भावना बढेसँगै हर्मुज पार गरेर तेल बोकेका जहाज बाहिरिन थालेपछि पछिल्ला दिनमा कच्चा तेलको अन्तर्र...
जनप्रतिनिधि र कर्मचारीबिच द्वन्द्व समाधान गर्न उच्चस्तरीय समिति गठन
प्रशासन, समाचार

जनप्रतिनिधि र कर्मचारीबिच द्वन्द्व समाधान गर्न उच्चस्तरीय समिति गठन

नेपालअखबार,काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीबिच हुने विवाद समाधानका लागि उच्चस्तरीय समिति गठन गरेको छ ।  विषेशगरी सङ्घीय सरकारले पठाउने प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधिबिच नीतिगत विषयमा विवाद हुने गरेको छ। जसका कारण समयमा निर्णय नहुने, बजेट कार्यान्वयन नहुने, तथा बेरुजु बढ्ने समस्या देखिँदै आएको छ । यीलगायत समस्याको अध्ययन गरी दीर्घकालीन समाधान निकाल्न मन्त्रालयले सचिवको संयोजकत्वमा प्रधानमन्त्री कार्यालयका सहसचिव, नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघका समेत प्रतिनिधि रहनेगरी उच्चस्तरीय समिति गठन गरेको हो । स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतहरू लामो समयसम्म रिक्त हुने, सरुवा वा पदस्थापन गरिएका प्रमुख प्रशासकीय अधिकृतहरू समयमै कार्यालयमा हाजिर नहुने, स्थानीय जनप्रतिनिधिहरुसँग समन्वय नगर्ने,...
यार्सागुम्बा सङ्कलन गर्न गएका युवाको भिरबाट लडेर मृत्यु
समाचार, समाज

यार्सागुम्बा सङ्कलन गर्न गएका युवाको भिरबाट लडेर मृत्यु

नेपालअखबार, गोरखा । यार्सागुम्बा सङ्कलन गर्न गएका गोरखाका एक जना युवाको भिरबाट लडेर मृत्यु भएको छ । आफ्ना दाजुभाइसँग यार्सा टिप्न गएका चुमनुब्री गाउँपालिका–३ पाङसिङका २५ वर्षीय प्रकाश गुरुङको भिरबाट लडेर मृत्यु भएको हो । बुद्ध हिमालको फेदबाट यार्सागुम्बा सङ्कलन गरेर फर्कने क्रममा गत बुधबार भिरबाट लडेर मृत्यु भएको वडा सदस्य विकास गुरुङले जानकारी दिए । प्रकाशको शव गाउँमा ल्याएर शुक्रबार गुरुङ परम्पराअनुसार अन्त्येष्टि गरिएको उनले बताए ।“आफ्नै चार दाजुभाई यार्सागुम्बा टिप्न गएका थिए । प्रकाश अघिअघि हिँडेका रहेछन्”, वडासदस्य गुरुङले भने, “तर, साँझमा बास बस्ने ठाउँमा नभेटेपछि खोज्ने क्रममा राति ग्ल्यासियरमा शव फेला परेको हो ।”...
गुन्डुमा सुरु भयो एमाले सचिवालय बैठक
राजनीति, समाचार

गुन्डुमा सुरु भयो एमाले सचिवालय बैठक

नेपालअखबार, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक गुन्डुमा शुरु भएको छ । शुक्रबार बोल्न बाँकी पदाधिकारीहरुले आजको बैठकमा आफ्नो कुरा राख्दैछन् । हिजो उपाध्यक्षहरुले बोलिसकेकाले आज महासचिव, उपमहासचिव र सचिवहरुले आफ्नो धारणा बैठकमा राख्नेछन् ।राजनीतिक परिस्थितिबारे पदाधिकारीहरुको कुरा सकिएपछि कार्यविभाजन, निर्वाचन परिणाम समीक्षा कार्यदल गठन लगायत कार्यसूचीमा बैठक प्रवेश गर्नेछ ।...
विष्णु पौडेलको निष्कर्ष : २३ भदौमा ओलीले राजीनामा गरेको भए आजको स्थिति आउथेन
राजनीति, समाचार

विष्णु पौडेलको निष्कर्ष : २३ भदौमा ओलीले राजीनामा गरेको भए आजको स्थिति आउथेन

नेपालअखबार, काठमाडौ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टी पुनगर्ठनको पक्षमा बलियो अडान लिएका छन् । शुक्रबारको सचिवालय बैठकमा शुरुमै बोलेका पौडेलले आजको राजनीतिक स्थिति सिर्जना हुनुमा नेतृत्वको कमजोरी औल्याएका छन् । विशेषगरी ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउनुलाई उनले गल्ती भनेका छन् । अब त्यही व्यवस्था कायम राखेर पुनगर्ठनमा जानुपर्ने प्रस्ताव राखेका थिए । विगतका कमजोरी औल्याउने क्रममा पौडेलले २३ भदौको दिन समेत सम्झिएका थिए । जेनजी आन्दोलनका क्रममा ठूलो संख्यामा युवाहरुको मृत्यु भइसकेपछि प्रधानमन्त्री पदबाट ओलीले राजीनामा नदिएर गल्ती भएको पौडेलको निष्कर्ष थियो । ‘२३ गते बेलुकी राजीनामा दिएको भए आज राजनीति यहाँ आइपुग्थेन,’ पौडेलले भनेका थिए ।...
हर्मुजमा जहाजबाट शुल्क उठाउन इरान र ओमानबीच छलफल
राजनीति, विश्व, समाचार

हर्मुजमा जहाजबाट शुल्क उठाउन इरान र ओमानबीच छलफल

नेपालअखबार, काठमाडौँ । स्ट्रेट अफ हर्मुजबाट आवतजावत गर्ने जहाजहरूबाट शुल्क लिने विषयमा इरान र ओमानबीच छलफल भइरहेको खुलेको छ। अमेरिकाको चेतावनीका बाबजुद इरान र ओमानले हर्मुजमा जहाजहरूबाट शुल्क लिने विषयमा छलफल गरेको भनेर अमेरिकी अखबार द न्युयोर्क टाइम्सले जनाएको छ। इरानले हर्मुजमा जहाजहरूबाट शुल्क उठाउन यसअघि पर्सियन गल्फ स्ट्रेट अथोरिटी (पिजिएसए) नामको समुद्री नियामक निकाय नै गठन गरेको थियो। पिजिएसएले जहाजहरूलाई अनिवार्य ‘भेसल इन्फरमेसन डिक्लेरेसन’ फाराम भर्नुपर्ने, फारममा जहाजको नाम, पहिचान नम्बर, पुरानो नाम, झण्डा बोकेको देश, गन्तव्य, कार्गो विवरण, जहाज मालिक र चालक दलको राष्ट्रियतासम्म खुलाइनुपर्ने भनेको थियो। ती सबै विवरण सम्बन्धित जहाजहरूले हर्मुज पार गर्नुअघि नै इमेलमार्फत पठाउनुपर्ने भनेको थियो। हर्मुजमा अमेरिकाको पनि नाकाबन्दी कायम रहेकाले इरानले निकाय नै बनाए पनि त्...
समाज कल्याण परिषद् र बाल अधिकार परिषद्लाई पुनःसंरचना गछौँ : मन्त्री वादी
राजनीति, समाचार

समाज कल्याण परिषद् र बाल अधिकार परिषद्लाई पुनःसंरचना गछौँ : मन्त्री वादी

नेपालअखबार, काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले समाज कल्याण परिषद् र राष्ट्रिय बाल कल्याण परिषद्लाई पुनःसंरचना गरिने बताएकी छन्। प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समितिको आजको बैठकमा मन्त्री वादीले आफूले कार्यभार सम्हालेपछि मन्त्रालयसँग सम्बन्धित नीतिगत र संरचनात्मक पुनःसंरचना गर्न थालिएको बताएकी हुन्। उनले स्रोत र साधनले भ्याएसम्म मन्त्रालयको कार्यक्षेत्रमा रहेका विषयमा अधिकतम परिणाम आउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले सामाजिक ऐनमार्फत सङ्घ–संस्थाको व्यवस्थापन, लैङ्गिक समानतासम्बन्धी ऐन तर्जुमा, बालबालिका र अपाङ्गता अधिकारसम्बन्धी कानुनको पुनरावलोकन गर्ने योजना रहेको पनि जानकारी गराइन्। “हाम्रो संविधानले सबै नागरिक कानुनको दृष्टिमा समान हुने र कसैलाई कानुनको समान संरक्षणवाट वञ्चित नगरिने व्यवस्था गरे...
संविधान संशोधनमा सुझाव पठाउन सार्वजनिक आह्वान
राजनीति, समाचार

संविधान संशोधनमा सुझाव पठाउन सार्वजनिक आह्वान

नेपालअखबार, काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले संविधान संशोधनका लागि राय आम नागरिकबाट लिने भएको छ । प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा रहेको कार्यदलले संविधान संशोधनमा सुझाव पठाउन सार्वजनिक सूचना जारी गरेको छ । शुक्रबार सार्वजनिक सूचना जारी गरेर एक साताभित्र सुझाव पठाउन अनुरोध गरिएको छ । कार्यदलको बैठकको निर्णय अनुसार ‘सबै नेपाली नागरिकको सहभागीता’ सुनिश्चित गर्न लिखित रुपमा सुझाव माग गरिएको जनाइएको छ । सुझाव इमेल र ह्वाट्सएप मार्फत पठाउन सकिने छ । संविधान संशोधनका लागि लिखित सुझाव इमेल एड्रेस sambidhansansodhan@gmail.com र sambidhansansodhan@opmcm.gov.np मा पठाउन सकिने छ । ह्वाट्सएपमा सुझाव पठाउन मोबाइल नम्बर ९८५६०२९९४७ उपलब्ध गराइएको छ ।...