Saturday, November 28

समाचार

पूर्णरुपमा बीपी राजमार्ग अवरुद्ध
समाचार, समाज

पूर्णरुपमा बीपी राजमार्ग अवरुद्ध

नेपालअखबार,काठमाडौँ। बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक खण्डको विभिन्न स्थानमा पहिरो र लेदोको कारण सवारी आवागमन पूर्णरुपमा अवरुद्ध भएको छ । राजमार्गको अवरोध हटाएर सडक सञ्चालन गर्न समय लाग्ने भएकाले पूर्व जाने गाडीहरु काभ्रेपलाञ्चोकको भकुन्डेमा रोकिएका छन् । अविरल वर्षाका कारण बीपी राजमार्ग अन्तरगत चौकीडाँडा, चारसयबेसीको नाङसाल क्रसर, बोक्सीकुना र माम्तीमा पहिरो खसेर सडक अवरुद्ध छ । यसैगरी नार्के, पिन्थलीबेसी, विरुवाडाँडा लगायतका स्थानमा लेदोका कारण राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार चौकीडाँडामा खसेको पहिरो पन्छाउन लाग्दा पुन: माथिबाट पहिरो खसेको छ । पानी परिरहेकाले जोखिम बढेको भन्दै हाल पहिरो पन्छाउन रोकिएको छ ।जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख कोमल शाहले बीपी राजमार्ग अन्तर्गत काभ्रे जिल्ला भित्रको अ...
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
प्रविधि, विश्व, समाचार

सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य

नेपालअखबार,जियुक्वान । चीनले बिहीबार सन् २०३० सम्ममा आफ्ना अन्तरिक्ष यात्रीहरूलाई चन्द्रमाको सतहमा अवतरण गराउने योजनालाई तीव्र रूपमा अघि बढाइरहेको घोषणा गरेको छ । यो लक्ष्य चीनको दीर्घकालीन उद्देश्य — अन्तरिक्ष अन्वेषणमा विश्व नेतृत्व हासिल गर्नेको महत्त्वपूर्ण हिस्सा हो । चाइना म्यान्ड स्पेस प्रोग्रामका प्रवक्ता झाङ जिङबोका अनुसार हाल चन्द्रमामा मानव अवतरणसम्बन्धी अनुसन्धान तथा विकासका सबै परियोजनाहरू सुचारु रूपमा अघि बढिरहेका छन् । उनले लङ मार्च–१० रकेट, चन्द्र अवतरण पोसाक र अन्वेषण सवारी निर्माणलाई यस दिशामा ‘फलदायी उपलब्धि’ का रूपमा वर्णन गरे । झाङले भने–  ‘सन् २०३० सम्ममा चन्द्रमामा व्यक्ति पठाउने हाम्रो लक्ष्य अटल र स्पष्ट छ ।’ यो घोषणासँगै चीनले आफ्नो तियाङ्गोङ अन्तरिक्ष स्टेसनमा पठाउन लागेको नयाँ अन्तरिक्ष यात्री टोलीको परिचय पनि गराएको छ । यो मिसन चीनको बढ्दो अन्तरिक्ष क्षमत...
काटिसकेको धान भिजेपछि किसान चिन्तित
कृषि, समाचार, समाज

काटिसकेको धान भिजेपछि किसान चिन्तित

नेपालअखबार,रामेछाप । भित्र्याउनका लागि अन्तिम तयारीका साथ काटिसकेको धान खेतको गरामै भिजेपछि यहाँका किसान चिन्तित भएका छन् ।  तिहार सकिएलगत्तै पाकेको धान काटेर भित्र्याउने तयारी हुँदै गर्दा बुधबारदेखि परेको अविरल वर्षाले धान खेतमै भिजाएको हो । मौसम प्रतिकूल हुने कुरा विभिन्न सञ्चार माध्यममार्फत थाहा भएको  भए पनि पानी पर्ने बेलासम्म भित्र्याइसक्ने आसले आफूहरूले धान काटेको मन्थली –७ का किसान सरिता ढुङ्गेलले बताइन् । धान झार्नका  लागि आफूहरूले धानको मुठा बाँध्ने काम धमाधम गर्दा पानी परेर कामै गर्न नदिई बाँधेको मुठा र नबाँधेको धान भिजेको पनि उनले बताइन् । जिल्लाको मन्थली, खिम्ती, कुनाउरी र माडिफाँट, भटौली फाँटलगायतका विभिन्न फाँटमा अहिले किसानको काटेको र मुठा बाँधेको धान भिजेको छ । गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा वृद्धि भएपछि यहाँका किसान खुसी भएका थिए, तर त्यो खुसी पुनः निराशा...
सञ्चारमन्त्री खरेलसँग भारतीय राजदूतले गरे भेट
राजनीति, समाचार

सञ्चारमन्त्री खरेलसँग भारतीय राजदूतले गरे भेट

नेपालअखबार,काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा दुई देशबीचको सम्बन्ध, सहकार्य, वर्तमान अवस्थाका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । भेटमा सञ्चारमन्त्री खरेलले नेपाल र भारतबीच रहेको ऐतिहासिक सम्बन्ध, नेपालमा भारतको सहयोगमा सञ्चालित विकास आयोजनालगायत विभिन्न कालखण्डमा नेपालको सामाजिक तथा राजनीतिक विकासमा भारतबाट सहयोग एवम् सद्भावको सराहना गरे। मन्त्री खरेलले नेपालको विद्यमान परिस्थितिका बारेमा उल्लेख गर्दै स्वतन्त्र तथा निष्पक्ष रुपमा निर्वाचनलाई सम्पन्न गर्ने, भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन नै सरकारको प्रमुख प्राथमिकतामा रहेको बताए। सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री खरेलले तोकिएको मितिमा नै निर्वाचन गराउनका लागि सरकारले राजनीतिक ...
बालगायक अशोक दर्जीको जीवनीमा बन्यो चलचित्र ‘मन बिनाको धन’
चलचित्र, समाचार

बालगायक अशोक दर्जीको जीवनीमा बन्यो चलचित्र ‘मन बिनाको धन’

नेपालअखबार,काठमाडौँ । बालगायक अशोक दर्जीको जीवन र सङ्घर्षलाई समेटेर चलचित्र ‘मन बिनाको धन’ तयार गरिएको छ । गायक दर्जीलाई सडकबाट उद्दार गरेर गायनसम्ममा साथ दिएका सङगीतकार तथा गायक टङ्क बुढाथोकीले निर्देशन गरेका चलचित्रमा वर्तमान समाजमा मन र धनबिचको टकरावलाई चित्रण गर्दै दर्जीको ‘जिरोबाट हिरो’ बन्ने यात्रालाई देखाइएको छ । गायक बुढाथोकीले गायक दर्जीको बाल्यकालका घटनाक्रम, आफूमाथि लागेका केही आरोपको यर्थाथतालाई समेटेर चलचित्रको कथा तयार गरिएको बताए । उनले भने-  ‘सडकमा गीत गाउँदै हिँड्ने गायक दर्जीको जीवन परिवर्तन गरेको कथा चलचित्रमा ल्याएको छु । यो पूर्णतया उहाँकै जीवनी होइन, यसलाई हामीले चलचित्रकै रुपमा तयार गरेका छौँ तर मूलभूत घटनाक्रम उहाँकै जीवनको लिइएको छ । यो चलचित्रले गायक दर्जीको जीवनीसँग परिचित गराउँदै मनोरन्जन पनि दिन्छ ।’ गायक दर्जी हाल कक्षा ९ मा अध्ययनरत रहेकाले चलचित्रका रु...
विदेशमा रहेका नेपालीलाई मताधिकार दिनेबारे गृहको मस्यौदामा जवाफ पठाउँदै निर्वाचन आयोग
प्रशासन, समाचार

विदेशमा रहेका नेपालीलाई मताधिकार दिनेबारे गृहको मस्यौदामा जवाफ पठाउँदै निर्वाचन आयोग

नेपालअखबार,काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका नेपालीलाई मताधिकार दिनेबारे गृह मन्त्रालयको मस्यौदामा जवाफ पठाउँदै छ । आयोगले आजै जवाफ पठाउने तयारी गरेको छ । निर्वाचन आयोग स्रोतका अनुसार जवाफ पठाउने विषयमा छलफल चलिरहेको छ । एक अधिकारीले भने, ‘सम्भवत आजै जवाफ पठाउने कार्य हुन्छ ।’सरकारले प्रवासी नेपालीलाई मताधिकार दिने गरी अध्यादेश ल्याउने तयारी गरेको छ । यसका लागि विदेशमा रहेका नेपालीलाई मताधिकार दिने कानुनी व्यवस्था गर्न लागिएको हो ।  जस अन्तर्गत गृह मन्त्रालयले प्रचलित ऐन संशोधनको मस्यौदा तयार पारेर सुझावका लागि निर्वाचन आयोग पठाएको छ ।गृहमन्त्रालयले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, निर्वाचन आयोग ऐन, मतदाता नामावली ऐन र निर्वाचन कसुर तथा सजाय ऐनमा संशोधन गर्न लागेको हो । यस सम्बन्धी मस्यौदा तयार पारेर गृह मन्त्रालयले निर्वाचन आयोग...
एकीकृत समाजवादी बैठक : प्रतिनिधिमूलक बोल्ने पालो सकियो
राजनीति, समाचार

एकीकृत समाजवादी बैठक : प्रतिनिधिमूलक बोल्ने पालो सकियो

नेपालअखबार,काठमाडौं । नेकपा एकीकृत समाजवादीको दोस्रो दिनको बैठक जारी छ । दोस्रो दिन शीर्ष नेताहरुले प्रतिनिधिमूलक रुपमा बोल्ने क्रम सकिएसँगै केन्द्रीय सदस्यहरु बोल्न थालेका छन् । बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेस गरेको राजनीतिक प्रतिवेदन र पार्टी एकताबारे भइरहेको प्रगति विवरणमाथि केन्द्रित रहेर सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव घनश्याम भुसाल, वरिष्ठ नेता प्रमेश हमाल र उपाध्यक्ष जगन्नाथ खतिवडाले धारणा राखेका छन् । धारणा राख्ने क्रममा नेता हमालले एकता वार्ताका क्रममा तीनवटा कुरालाई प्रधानताका साथ उठाएर माओवादीसँग वार्ता भइरहेको जानकारी गराएको एक केन्द्रीय सदस्यले बताए । ‘समाजवादी क्रान्तिको बाटो र शान्तिपूर्ण क्रान्तिको बाटोमा जान माओवादी र हाम्रो पार्टीबिच सिद्धान्तत: सहमति जुटेको छ’, हमालले बैठकमा गराएको जानकारी दिँदै ती नेताले भने, ‘दोस्रो सम...
मन्त्रिपरिषद् बैठकका ११ निर्णय यस्ता छन्
राजनीति, समाचार

मन्त्रिपरिषद् बैठकका ११ निर्णय यस्ता छन्

नेपालअखबार,काठमाडौं । मन्त्रिपरिषद्ले पछिल्लो पटक गरेको निर्णयहरू सार्वजनिक गरिएको छ । हिजो (बुधबार) प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक बसेको थियो । उक्त बैठकका निर्णय सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमा बिहीबार एक पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो । सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलका अनुसार, गृह मन्त्रालयको सिफारिसमा मंसिर ८ देखि ११ गतेसम्म मोरक्कोमा हुने ९३ औँ इन्टरपोल महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीलाई स्वीकृति दिने निर्णय भएको छ । उनका अनुसार बैठकले राष्ट्रिय सभा सदस्यको रिक्त पद पूर्तिका लागि २०८२ माघ ११ गते आइतबारका लागि निर्वाचनको मिति तोकेको पनि जानकारी गराए । विभिन्न सरकारी निकायका सेवाहरूलाई प्रचलित कानूनले तोकेको सुरक्षा मापदण्ड पूरा गरेको प्रमाणित गरी विद्युतीय प्रणालीमार्फत राष्ट्रिय परिच...
आजदेखि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
राजनीति, समाचार

आजदेखि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बिहीबार बस्दैछ। आज दिउँसो १ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन ललितपुरमा बैठक बस्दैछ। कांग्रेस बैठक गत असोज २८ गतेदेखि सुरु भएको थियो। बैठक गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शन, अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटनपछि विकसित राजनीतिक अवस्था र पार्टीको भूमिकाका विषयमा केन्द्रीत रहेको जनाइएको छ। आजको बैठकमा पार्टीको १५औं महाधिवेशनका विषयमा केन्द्रीत रहेर छलफल हुँदैछ। हाल सभापति शेरबहादुर देउवा नेतृत्वमा रहेको कार्यसमितिको कार्यकाल मङ्सिरभित्र सकिँदैछ। यस अवस्थामा सुरुदेखि नै पार्टीको नियमित महाधिवेशन गर्ने वा नगर्ने विषयमा चर्चा भइरहेको छ। नियमित महाधिवेशन नहुने अवस्थामा विशेष महाधिवेशन हुनुपर्ने मागसहित केही नेताहरूले महाधिवेशन प्रतिनिधिको हस्ताक्षर अभियान सञ्चालन गरेका थिए । त्यस क्रममा ५४ प्रतिशत...
अन्नपूर्ण आधार शिविरबाट सशस्त्रले गर्‍यो १६२ जनालाई उद्धार
प्रशासन, समाचार

अन्नपूर्ण आधार शिविरबाट सशस्त्रले गर्‍यो १६२ जनालाई उद्धार

नेपालअखबार,म्याग्दी । सशस्त्र प्रहरीले अन्नपूर्ण आधार शिविरबाट १ सय ६२ जना पर्यटकको उद्दार गरेको छ। म्याग्दी जिल्लाको अन्नपूर्ण आधार शिविरबाट सशस्त्रले तीन दिनमा आन्तरिक र बाह्य गरी १६२ जनालाई उद्धार गरेको सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। त्यस क्षेत्रमा कात्तिक ११ गतेदेखि सशस्त्रको उद्धार टोली खटिएको थियो। बिहीबार बिहानसम्म १७ जना विदेशी पर्यटकसहित १६२ जनालाई उद्धार गरिएको डिएसपी थापाले जानकारी दिए। अहिले त्यस क्षेत्रमा कुनै पनि पर्यटक नरहेको पनि उनले बताए। 'अब अन्नपूर्ण बेशक्याम्पमा कोहि पनि आन्तरिक तथा बाह्य पर्यटक छैनन् । सबैलाई सुरक्षित स्थानमा ल्याइएको छ भने अन्नपुर्ण बेश क्याम्पमा हिउँ पहिरो आइरहेको छ,' उनले भने। बाक्लो हिमपातका कारण जोखिममा परेका र बाटो पत्ता लगाउन नसकेर अलपत्र परेका पर्यटक हरुको डोरिको सहायताले बाटो पहिल्याउंदै उद्दार गरिएको डिएसपी...