निर्वाचन आयोगले मतदाता नामावली संकलनका लागि गर्यो कानुन संशोधनको प्रस्ताव
नेपालअखबार,काठमाडौं । अन्तरिम सरकारले फागुन २१ गतेका लागि निर्वाचन मिति घोषणा गरे पनि चुनाव गराउने प्रमुख निकाय निर्वाचन आयोग भने नेतृत्वविहीन अवस्थामा छ।
गत वैशाखमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया अवकाशमा गएपछि आयोगको नेतृत्व कार्यवाहक प्रमुख आयुक्तका रूपमा रामप्रसाद भण्डारीले सम्हालिरहेका छन्।
प्रमुख आयुक्त र चार जना आयुक्त रहने निर्वाचन आयोगमा हाल तीन जना आयुक्त मात्र छन्। भण्डारीसँगै नियुक्त भएकी जानकीकुमारी तुलाधर र सगुनशमशेर जबरा आयुक्त छन्।
प्रमुख आयुक्त थपलिया गत वैशाख ६ गतेबाट र अर्का आयुक्त सुधीरकुमार शाह पनि २०७५ चैत २८ गतेबाट अवकाशमा गइसकेका छन्।
निर्वाचनको मुखमा आयोगको मुख्य पद रिक्त हुँदा आयुक्तहरूलाई कामको भार धेरै हुने र कार्यसम्पादनमा असर पर्ने आयोगकै पूर्वपदाधिकारीहरू बताउँछन्।
आयोगका पूर्वसचिव गोपीनाथ मैनालीले निर्वाचनको जिम्मवारी पाएको आयोगमा पदाधिकार...










