Monday, August 3

समाचार

बर्ड फ्लू देखिएपछि सदर चिडियाखाना अनिश्चितकालीन रूपमा बन्द
समाचार, समाज

बर्ड फ्लू देखिएपछि सदर चिडियाखाना अनिश्चितकालीन रूपमा बन्द

नेपालअखबार, काठमाडौं ।  बर्ड फ्लू देखिएपछि सदर चिडियाखाना अनिश्चितकालीन रूपमा बन्द भएको छ। शुक्रबार राष्ट्रिय प्रकृति संरक्षण कोषले सूचना जारी गर्दै अर्को सूचना प्रकाशन नभएसम्मका लागि बन्द गरेको हो। ‘सदर चिडियाखाना परिसर भित्र रहेका जीवजन्तुहरूमा बर्ड फ्लु संक्रमण देखिएकोले आम सर्वसाधरण दर्शकहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै आज असार ५ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म चिडियाखाना बन्द गरिएको व्यहोरा जानकारीको लागि अनुरोध गर्दैछौं,’ सूचनामा भनिएको छ। कुनकुन जीवजन्तुमा देखिएको हो भन्ने खुलाइएको छैन।...
स्विट्जरल्याण्डमा हुने भनिएको अमेरिका-इरान वार्ता अन्तिम समयमा रद्द
राजनीति, विश्व, समाचार

स्विट्जरल्याण्डमा हुने भनिएको अमेरिका-इरान वार्ता अन्तिम समयमा रद्द

नेपालअखबार, काठमाडौं ।  अमेरिका र इरानबीच युद्ध अन्त्यसम्बन्धी समझदारीपत्र (एमओयू) कार्यान्वयनबारे शुक्रबार स्विट्जरल्यान्डमा हुने तय भएको प्रत्यक्ष वार्ता अन्तिम समयमा स्थगित भएको छ। स्विट्जरल्याण्डको विदेश मन्त्रालयले बिहीबार वक्तव्य जारी गरी स्विट्जरल्यान्डको रिसोर्टमा शुक्रबारका लागि तय गरिएको अमेरिका–इरान वार्ता नहुने जनाएको हो। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानी प्रतिनिधिमण्डलसँग भेट गर्न तय भएको स्विट्जरल्यान्ड भ्रमण स्थगित गरेपछि मन्त्रालय वार्ता रोकेको हो। यसअघि अमेरिका र इरानबीच हालै भएको युद्ध अन्त्यसम्बन्धी समझदारीपत्रलाई कार्यान्वयन गर्ने विषयमा शुक्रबार वा शनिबारबाट प्रत्यक्ष प्राविधिक वार्ता सुरु हुने अपेक्षा गरिएको थियो। ह्वाइट हाउसले भ्रमण स्थगित हुनुको कारणमा लजिस्टिक व्यवस्थापन भनेको छ। तर अमेरिकी र क्षेत्रीय कूटनीतिक स्रोतहरूले यसको पृष्ठभूमिमा लेबनन...
राष्ट्रिय सभाबाट पनि चार वटा अध्यादेश स्वीकृत
राजनीति, समाचार

राष्ट्रिय सभाबाट पनि चार वटा अध्यादेश स्वीकृत

नेपालअखबार, काठमाडौं । राष्ट्रिय सभाबाट पनि चार वटा अध्यादेश स्वीकृत भएको छ । शुक्रबार बसेको बैठकमा सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, सहकारी (पहिलो संशोधन) अध्यादेश र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृतका लागि प्रस्तुत भएको थियो । जसलाई सभाले स्वीकृत गरेको हो । यसअघि आजै प्रतिनिधिसभाले पनि यी चार वटा अध्यादेश स्वीकृत गरेको थियो । राष्ट्रिय सभामा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको उपस्थिति छैन । तथापि, राष्ट्रिय सभाले सरकारले ल्याएका अध्यादेशलाई स्वीकृत गरेर अध्यादेश प्रतिस्थापन विधेयक ल्याउने बाटो खुला गरिदिएको छ ।...
रवि लामिछानेविरुद्धको संगठित अपराधसम्बन्धी कसुर फिर्ता लिन आदेश
राजनीति, समाचार

रवि लामिछानेविरुद्धको संगठित अपराधसम्बन्धी कसुर फिर्ता लिन आदेश

नेपालअखबार,काठमाडौं । रवि लामिछानेविरुद्धको संगठित अपराधसम्बन्धी कसुर फिर्ता लिनका लागि काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । जिल्ला अदालतका न्यायाधीश आत्मदेव जोशीको इजलासले शुक्रबार लामिछानेको संगठित अवराधको मुद्दा फिर्ता लिन आदेश जारी गरेको हो । सुमन खनाल लगायतको जाहेरीमा सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले अभियोग पत्र संशोधनको निवेदन दायर गरेको थियो । जोशीको इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम लामिछानेसहितका प्रतिवादीहरूमाथि लगाइएको सङ्गठित अपराधको अभियोग हटाउन आदेश दिएको हो ।...
एकैदिन तोलामा साढे १० हजार रुपैयाँ घट्यो सुन
कर्पोरेट, समाचार

एकैदिन तोलामा साढे १० हजार रुपैयाँ घट्यो सुन

नेपालअखबार,काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । गत शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार रुपैयाँ थियो ।त्यस्तै चाँदी आज तोलामा ३०५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ६४० रुपैयाँमा कायम भएको छ । गत शुक्रबार चाँदीको भाउ प्रतितोला ४ हजार ८४० रुपैयाँ थियो ।...
एमाले लुम्बिनीका ८३ प्रतिशत बढी नेताहरू अध्यक्षबाट ओली हट्नुपर्ने पक्षमा
राजनीति, समाचार

एमाले लुम्बिनीका ८३ प्रतिशत बढी नेताहरू अध्यक्षबाट ओली हट्नुपर्ने पक्षमा

नेपालअखबार, काठमाडौं ।  नेकपा एमाले लुम्बिनीका ८३ प्रतिशत बढी नेताहरू अध्यक्षबाट केपी शर्मा ओली हट्नुपर्ने पक्षमा उभिएका छन्। एमालेको पार्टी समीक्षा तथा पुनर्गठन कार्यदलको लुम्बिनी प्रदेशको कपिलवस्तुमा बिहीबार भएको सुझाव संकलनका क्रममा अधिकांश नेताहरू अध्यक्षबाट ओली हट्नुपर्ने पक्षमा उभिएका हुन्। सचिव छविलाल विश्वकर्माको अध्यक्षतामा सुझाव संकलन गरिएको थियो। सुझाव संकलन कार्यक्रममा नेताहरू रामबहादुर थापा, विष्णु पौडेल, पृथ्वीसुब्बा गुरूङ, गोकर्ण विष्ट, शंकर पोखरेल, प्रदीप ज्ञवाली र लुम्बिनीका नेताहरू उपस्थित रहेका थिए। सुझाव संकलनका लागि लुम्बिनीका १०९ जना नेताहरूलाई बोलाइएकोमा ७४ जना उपस्थित थिए भने ६८ जनाले सुझाव दिएका थिए। ‘अध्यक्षमा केपी शर्मा ओली यथावत रूपमा रहनुपर्छ भन्नेमा ५ जनाले धारणा राखेका थिए। नेता सूर्य थापा, भूमेश्वर ढकाल र अर्घाखाँची सचिवलगायतले ओलीलाई अध्यक्षम...
लोप हुँदै थारु समुदायको ‘ढकिया’
समाचार, समाज

लोप हुँदै थारु समुदायको ‘ढकिया’

नेपालअखबार, तुलसीपुर (दाङ) । थारु समुदायको पहिचानका रूपमा रहेको ढकिया लोप हुने अवस्थामा पुगेको छ । नयाँ पुस्ताले ढकिया बुन्ने पेसा नअपनाउँदा लोप हुने अवस्थामा पुगेको जानकारहरू बताउँछन् । नयाँ पुस्तालाई ढकियाको महत्व बुझाएर निर्माण गर्नतर्फ प्रेरित गर्नसकेमा मात्रै यो संरक्षण हुनसक्ने थारु अगुवा खुसीराम चौधरीले बताउनुभयो । “ढकिया थारुको पहिचानसँग जोडिएको छ, यसलाई संरक्षण गर्न नयाँ पुस्ताले चासो दिनुपर्छ’, उनले भने, ‘त्यसका लागि स्थानीयर तह तथा सरोकार भएका निकायले सीपमूलक तालिम दिन आवश्यक छ ।’ थारु समुदायले पूजाआजासहित विभिन्न शुभकार्य, विवाहमा दाइजो तथा मृत्युवरणका बेला दानका रूपमा ढकिया दिने चलन छ । थारु अगुवा रुपलाल चौधरीका अनुसार कुनै औपाचारिक कार्यक्रम भएमा पनि स्वागतका लागि ढकियाको प्रयोग गर्ने गरिन्छ । ‘ढकियाले थारुको पहिचान झल्काउँछ’, उनले भने । दाङमा थारु समुदायको बाहुल्यता...
महान्यायाधिवक्ता कँडेलविरुद्धको रिटमा तोकियो पेसी
प्रशासन, समाचार

महान्यायाधिवक्ता कँडेलविरुद्धको रिटमा तोकियो पेसी

नेपालअखबार,काठमाडौँ । महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर तीन वटा रिट सुनुवाइका लागि पेसी तोकिएको छ । अधिवक्ताहरू माधवकुमार बस्नेत, दीपकराज जोशीसहित ४ जना र शिराज बरालसहितले महान्यायाधिवक्ताको योग्यता माथि प्रश्न उठाउँदै दायर गरेको रिट प्रधानन्यायाधीश डा‍. मनोजकुमार शर्मा र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तय भएको छ । यसअघि सर्वोच्च अदालतले उक्त रिटमा सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो । सरकारको तर्फबाट लिखित जवाफ पेस भएसँगै अन्तरिम आदेशको सम्बन्धमा सुनुवाइका लागि पेसी तोकिएको हो । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले महान्यायाधिवक्ता कँडेललाई २०८२ चैत २२ गते महान्यायाधिवक्तामा नियुक्त गरेका थिए । नियुक्तिसँगै रिट निवेदकहरूले महान्यायाधिवक्ता कँडेल...
कक्षा १२ को नतिजा सार्वजनिक, नियमिततर्फ ६९.७५ प्रतिशत उत्तीर्ण
प्रशासन, शिक्षा, समाचार

कक्षा १२ को नतिजा सार्वजनिक, नियमिततर्फ ६९.७५ प्रतिशत उत्तीर्ण

नेपालअखबार,काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । शुक्रबार (आज) बिहान बसेको परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको हो । बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले बिहान ८ बजे बैठक बसेर कक्षा १२ को नतिजा सार्वजनिक गरिएको जानकारी दिए । बोर्डका अनुसार नियमिततर्फ ६९.७५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । वैशाख १४ बाट २७ गतेसम्म सञ्चालन भएको परीक्षामा चार लाख १८ हजार १७० परीक्षार्थी सहभागी थिए । जसमध्ये नियमिततर्फ तीन लाख ३२ हजार २४१ र आशिंक तर्फ ८५ हजार ९२९ विद्यार्थी रहेका परीक्षा बोर्डले जनाएको छ । सरकारले ४५ दिनभित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिए पनि बोर्डले समयावधि अगावै नतिजा सार्वजनिक गरेको छ । यसअघि एसईईको नतिजा पनि २९ दिनमै सार्वजनिक गरिएको थियो । सरकारले एसईई परीक्षाको नतिजा एक महिनाभित्रै सार्वजनिक गर्न भनेको थियो । यसरी ...
अमेरिकाद्वारा इरानविरुद्धको समुद्री नाकाबन्दी अन्त्य
राजनीति, विश्व, समाचार

अमेरिकाद्वारा इरानविरुद्धको समुद्री नाकाबन्दी अन्त्य

नेपालअखबार, वासिङ्टन डिसी । पश्चिम एसियामा जारी युद्ध अन्त्यका लागि दुई देशबिच सम्झौता भएसँगै अमेरिकाले इरानविरुद्ध लगाएको समुद्री नाकाबन्दी हटाएको छ । अमेरिकी सेन्ट्रल कमान्डले राष्ट्रपतिको निर्देशन बमोजिम नाकाबन्दी अन्त्य गरिएको सामाजिक सञ्जाल एक्समार्फत पुष्टि गरेको छ । यद्यपि, केही अमेरिकी सैन्य जहाजहरू भने अझै पनि त्यस क्षेत्र आसपास रहने कमान्डले जनाएको छ । नाकाबन्दी हटेको केही समयपछि इरानका सर्वोच्च नेता मोज्ताबा खामेनीले ओहोदा सम्हालेयता पहिलोपटक आफ्नो प्रतिक्रिया दिएका छन् । उनले अमेरिकासँगको सम्झौतामा आफ्नो फरक मत भए पनि देशको हित रक्षा गर्ने राष्ट्रपतिको आश्वासनपछि यसलाई अनुमोदन गरेको बताएका छन् । गत फेब्रुअरीमा अमेरिकी र इजरायली हवाई आक्रमणमा आफ्ना पिता एवं तत्कालीन सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएपछि मोज्ताबाले कार्यभार सम्हालेका थिए, तर उनी अहिलेसम्म सार्वजनि...