Saturday, November 28

समाचार

‘भिजिट भिसा’ मा  विदेश जाने महिलाको सङ्ख्यामा वृद्धि
समाचार, समाज

‘भिजिट भिसा’ मा विदेश जाने महिलाको सङ्ख्यामा वृद्धि

नेपालअखबार,काठमाडौँ । पछिल्लो समय त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ‘भिजिट भिसा’मा विभिन्न गन्तव्यमूलुक जाने नेपालीको सङ्ख्या उल्लेख्य रुपमा बढ्दो छ । यही विषयलाई थप व्यवस्थित बनाउन नेपाल सरकारले अध्यागमन क्षेत्र सुधारका अल्पकालीनदेखि दीर्घकालीनसम्मका योजना तयार गरेको छ ।भिजिट भिसा प्रक्रियामा देखिएका विकृति र विसङ्गतिको समाधानका लागि सदनदेखि सडकसम्म आवाज उठ्दै आएका छन् । सरकारले यसमा सुधारका लागि छानबिन समिति गठन गरी काम सुरु गरिसकेको छ । अर्कोतिर यही प्रकरणको विषयमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै प्रतिनिधिसभामा दुई राजनीतिक दलले बैठकलाई अवरोध गर्दै आएका छन् । गृह मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले नेपाल प्रवेश गर्ने वा नेपालबाट बाहिरिने यात्रुहरूको राहदानी, भिसा र अन्य कागजातको जाँच गरी आधिकारिकता प्रमाणित गर्ने काम गर्दै आएको छ । विमानस्थलबाट बर्सेनि यसरी भिजिट भिसामा यात्र...
प्रसूति गृहमा ओपीडी टिकट निःशुल्क, एचआइभी परीक्षणमा ५० प्रतिशत छुट
समाचार, समाज, स्वास्थ्य

प्रसूति गृहमा ओपीडी टिकट निःशुल्क, एचआइभी परीक्षणमा ५० प्रतिशत छुट

नेपालअखबार,काठमाडौँ । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले महिला स्वास्थ्यसम्बन्धी सेवाहरूमा छुट सेवा प्रदान गर्ने भएको छ । अस्पतालको ६६ औँ वार्षिकोत्सवको अवसरमा छुट सेवा प्रदान गरिने भएको हो ।आजदेखि निःशुल्क ओपीडी टिकट र एचआइभी डीएनए परीक्षणमा ५० प्रतिशत छुट दिने घोषणा गरिएको अस्पतालका निर्देशक डाक्टर श्रीप्रसाद अधिकारीले बताए । वार्षिकोत्सवको उपलक्ष्यमा कुपण्डोलस्थित नयाँ ओपीडी भवनबाट सञ्चालन गरिएको स्वास्थ्य शिविरमा स्त्रीरोग (गाइनोकोलोजी) सम्बन्धी सेवा लिन आउने बिरामीहरूलाई कुनै पनि शुल्क नलाग्ने उनले बताए । यस्तै, महिलामा पाठेघरको मुखको क्यान्सरको जोखिम पत्ता लगाउन गरिने परीक्षण एचआइभी डीएनए परीक्षणमा पनि ५० प्रतिशत छुटको व्यवस्था गरिएको उनले बताए ।...
महाकालीमा पानीको बहाब बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन बन्द
प्रशासन, समाचार, समाज

महाकालीमा पानीको बहाब बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन बन्द

नेपालअखबार,कञ्चनपुर ।  कञ्चनपुरस्थित महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन आवजवाजतमा रोक लगाइएको छ । लगातारको वर्षापछि महाकाली नदीमा पानीको सतह बढेपछि  चारपाङ्ग्रे सवारी साधनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए । “महाकालीमा पानीको बहाब एक लाख क्युसेक पुगेपछि आवागमनमा रोक लगाइन्छ,” उनले भने, “महाकाली नदीमा पानीको बहाब एक लाख क्युसेक पुगेपछि चारपाङ्ग्रे सवारीमा रोक लगाइन्छ ।” उनका अनुसार आज बिहान ८ बजे महाकाली नदीमा पानीको बहावले एक लाख नौ हजार नौ सय ८० क्यूसेक नाघेपछि आवागमनमा रोक लगाइएको हो ।...
सभामुख देवराज घिमिरेले ५ दलका प्रमुख सचेतकसँग छलफल गर्दै
राजनीति, समाचार

सभामुख देवराज घिमिरेले ५ दलका प्रमुख सचेतकसँग छलफल गर्दै

नेपालअखबार,काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख पाँच राजनीतिक दलका प्रमुख सचेतकसँग छलफल गर्दैछन् । उक्त छलफलमा उपसभामुख इन्दिरा राना र कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया समेत उपस्थित हुनेछन् । सभामुखको सचिवालयका अनुसार बैठक बिहान ११ बजे बस्नेछ । संसद् भवन नयाँ वानेश्वरमा बस्ने बैठकमा साउन महिनाको १५ गतेदेखि ३० गतेसम्मको क्यालेन्डर बनाउने विषयमा छलफल हुनेछ ।...
राजनीतिक दल स्वोमुल्यान्कन कार्यविधि २०८२ सम्बन्धमा नेकपा एसमा छलफल सम्पन्न
राजनीति, समाचार

राजनीतिक दल स्वोमुल्यान्कन कार्यविधि २०८२ सम्बन्धमा नेकपा एसमा छलफल सम्पन्न

नेपालअखबार,काठमाडौं । नेकपा एकिकृत समाजवादी केन्द्रीय निर्वाचन बिभागले राजनीतिक दल र स्वोमुल्यान्कन कार्यविधि २०८२ सम्बन्धमा छलफल  सम्पन्न  गरेको छ।   बैठक अध्यक्ष माधब कुमार नेपाल को प्रमुख आतिथ्यमा पार्टीका केन्द्रीय पदाधिकारी , कानुन बिभाग्,संगठ्न बिभाग, SPLA, निर्वाचन आयोगको सम्युक्त रुपमा छ्लफल गरियो । निर्वाचन आयोगले सम्पूर्ण दलहरूलाई राजनीतिक दल स्वोमुल्यान्कन कार्यविधि२०८२  प्रति आफ्नो राजनीतिक अवधारणा व्यक्त गर्नका लागि पत्रचार गरेको एकीकृत समाजवादी  केन्द्रीय निर्वाचन बिभाग  प्रमुख नेत्री दिलु पन्तले बताउनु  जानकारी दिनुभयो। पार्टीले आवश्यकता अनुसारको सुझाव केही दिनमा नै निर्वाचन आयोग पेश गर्ने केन्द्रीय निर्वाचन बिभाग  प्रमुख दिलु पन्तले बताउनुभएको छ।...
अमेरिकी उदारवादी व्यवस्था विघटन हुँदै, भारत, चीन र रूस अबको महाशक्ति : अग्नि सापकोटा
राजनीति, विचार, समाचार

अमेरिकी उदारवादी व्यवस्था विघटन हुँदै, भारत, चीन र रूस अबको महाशक्ति : अग्नि सापकोटा

नेपालअखबार,काठमाडौं । नेकपा माओवादी केन्द्रले अमेरिकाको वैश्विक प्रभाव कमजोर बन्दै निष्कर्ष निकालेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी स्थायी कमिटीको बैठकले अमेरिकाको नेतृत्वको उदारवादी विश्व व्यवस्था अब विघटन हुने दाबी गरेको हो । ‘विश्व एक प्रकारले अब एक धुव्रबाट बहुधुव्रतर्फ गइरहेको छ, मुख्यत: अमेरिकाको नेतृत्वमा भएको उदारवादी विश्व व्यवस्था अब विघटन हुँदैछ’, माओवादी बैठकको निष्कर्ष छ । डलरको साम्राज्य कमजोर बन्दै गएको भन्दै भारत, चीन र रूस सम्मिलित समूह ब्रिक्सले प्रचलनमा ल्याउने भनेको मुद्राले डलरलाई प्रतिस्थापन गर्ने माओवादी केन्द्रको बुझाइ छ । शुक्रबारदेखि सुरु भएको बैठकमा विश्व परिस्थितिबारे पनि कुरा उठेको भन्दै उपाध्यक्ष अग्नी सापकोटाले आइतबार पत्रकारहरुसँग भने, ‘अमेरिकाको नेतृत्वमा भएको उदारवादी व्यवस्था अब विघटन हुँदैछ, खासगरी चीन, रूस र भारत विश्व शक्तिका रुपमा...
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंहले दिए राजीनामा
राजनीति, समाचार

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंहले दिए राजीनामा

नेपालअखबार,काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले राजीनामा दिएका छन्। आइतबार उनले पत्रकार सम्मेलन गरी राजीनामा दिएका हुन्। उनले पार्टी सभापति शेरबहादुर देउवाको अनुरोधलाई मानेर राजीनामा दिएको बताएका हुन्। 'पार्टी सभापति शेरबहादुर देउवाज्यूले र दलभित्र विकसित पछिल्ला घटनालाई मनन गरी आपसी समझदारीमा सरकार सञ्चालन गर्न मार्ग प्रशस्त गर्न आग्रह गर्नुभएकोले पार्टीको एक इमानदार सिपाहीको हैसियतले आज मैले मुख्यमन्त्री पदबाट प्रदेश प्रमुख कार्यालयमा जानेछु,' उनले भने। बागमतीमा साउन १४ गते ईन्द्र बानियाँ कांग्रेस संसदीय दल नेता चयन भएका थिए। त्यतिबेला बानियाँको पक्षमा २२ सांसदले मतदान गरेका थिए। हालका मुख्यमन्त्री लामाको पक्षमा १४ सांसद खुलेका थिए भने एउटा मत बदर भएको थियो। बागमतीमा कांग्रेसका ३७ सांसद छन्। संविधानतः मुख्यमन्त्री बन्नका लागि दल नेता हुनुपर्ने प्रा...
सुन लुकाएर प्रहरीमा चोरीको निवेदन, दुई जना पक्राउ
प्रशासन, समाचार, समाज

सुन लुकाएर प्रहरीमा चोरीको निवेदन, दुई जना पक्राउ

नेपालअखबार, स्याङ्जा ।  आफ्नै घर कम्पाउण्‍डमा सुन लुकाएर प्रहरी कार्यालयमा चोरी भएको भन्दै झुट्टा निवेदन दिएको आरोपमा दुई जना पक्राउ परेका छन्। स्याङ्जाको आँधिखोला गाउँपालिका-१ मा सुनका गहना लुकाएर चोरी भएको भन्दै निवेदन दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको डिएसपी प्रसन्नराज चौधरीले जानकारी दिए। ४१ वर्षीय चन्द्रकुमारी गुरूङ र उनका देवर ३८ वर्षीय धनराज गुरूङ पक्राउ परेका छन्। उनीहरूले साउन १२ गते बेलुकी घरबाट ७.५ तोला बराबरको सुन र ४ हजार रुपैयाँ नगद चोरी भएको भनेर निवेदन दिएका थिए। उक्त निवेदनपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। चन्द्रकुमारीले विदेशमा रहेका श्रीमानलाई पनि सुन चोरी भएको जानकारी गराएकी थिइन्। प्रहरीले अनुसन्धान गर्दा चन्द्रकुमारीले देवर धनराजसँग मिलेर लुकाएको आशंका गरेको थियो पछि घर कम्पाउण्डमै सुन फेला परेको हो। प्रहरीले उनीहरूमाथि थप अनुसन्धान अ...
सामान्य प्रशासन मन्त्रालयले गर्‍यो ३४ उपसचिवको सरुवा
प्रशासन, समाचार

सामान्य प्रशासन मन्त्रालयले गर्‍यो ३४ उपसचिवको सरुवा

नेपालअखबार,काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ उपसचिवको सरुवा गरेको छ । समयावधि पुगेका उपसचिवहरूलाई विभिन्न मन्त्रालय तथा निकायहरूमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ । सचिव रविलाल पन्थस्तरीय निर्णयबाट उनीहरूको सरुवा गरिएको हो ।  शुक्रबार अन्तिम समयमा उनीहरूको सरुवा गरिएको हो । सूची-...
जनताले सुशासनको अनुभूति गर्न सकेनन् : शेखर कोइराला
राजनीति, समाचार

जनताले सुशासनको अनुभूति गर्न सकेनन् : शेखर कोइराला

नेपालअखबार,विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सरकार पारदर्शी, जवाफदेही र उत्तरदायी नहुँदा जनताले सुशासनको अनुभूति गर्न नसकेको बताएका छन् । आइतबार विराटनगरमा गुराँस पुस्तकालयले आयोजना गरेको मुक्तिप्रसाद यदुनाथ चापागाईँ सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेता डा.कोइरालाले ठुला दुई दल मिलेर बनेको सरकार पनि जनताप्रति पारदर्शी, जवाफदेही र उत्तरदायी हुन नसकेको र यसका कारण सुशासनको अनुभूति हुन नसकेको बताएका हुन् । उनले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका ठिकसँग नचलेका कारण लोकतन्त्र नै खतरामा रहेको धारणा राखे । कोइरालाले लोकतन्त्रको रक्षाका लागि भए पनि पुनः आन्दोलन गर्नुपर्ने अवस्था आउन लागेको उल्लेख गरे । मुलुकको निर्वाचन प्रणालीका कारण पनि मिलीजुली सरकार बनाउनुपर्ने बाध्यता रहेको भन्दै उनले मिलीजुली सरकार बनाउनै पर्ने बाध्यताकाबिच पार्टीको सिद्धान्त र व्यवहारलाई छोड्न ...