काठमाडौंमा विस्तार हुँदै रात्रिकालीन यातायात सेवा, २८ बस र ६ रुट थप्न प्रस्ताव
नेपालअखबार,काठमाडौं । काठमाडौंमा रात्रिकालीन यातायात सेवा विस्तार गर्ने तयारी गरिएको छ । त्यसका लागि अन्तर नगर यातायात सञ्जाल विकास गरिने काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले जानकारी दिएकी छिन् ।
उपत्यकाका स्थानीय तहको सहभागिता सुनिश्चित गरेर दिगो प्रणाली स्थापना गर्ने तयारीमा महानगर छ । १ वैशाख २०८३ देखि काठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा सञ्चालन गरेको रात्रिकालीन यातायातको प्रभाव र सेवा विस्तार अध्ययन तथा सिफारिस कार्यदलले आफ्नो प्रतिवेदन महानगरलाई बुझाएको छ ।
काठमाडौँ महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठको संयोजकत्वमा गठित समितिले यस्तो अध्ययन गरेको थियो । समितिमा महानगरपालिकाका वरिष्ठ लेखा अधिकृत विपुल तिवारी, सिभिल इञ्जिनियर आँचल आचार्य, साझा यातायातका सहायक प्रबन्धक इञ्जिनियर जनक रिसाल र यातायात व्यवस्थापन अधिकृत शंकर बस्याल ...










