Thursday, November 19

समाचार

भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म
प्रशासन, समाचार

भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म

नेपालअखबार काठमाडौं । भोलि कात्तिक १६ गतेदेखि सरकारी कार्यालयको समय परिवर्तन हुने भएको छ । सरकारले जाडोयामको समयतालिकाअनुसार सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म कायम गरेको हो । यसअघि नै नेपाल राजपत्रमा प्रकाशित गृह मन्त्रालयको सूचनाअनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाबाहेकका निकायमा कार्यालय समय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ ।यसअघि बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म कार्यालय समय कायम थियो ।...
सुनको मूल्य तोलामा ८ हजार २ सय घट्यो
कर्पोरेट, समाचार

सुनको मूल्य तोलामा ८ हजार २ सय घट्यो

नेपालअखबार,काठमाडौं । आइतबार एकैदिन सुनको मूल्य तोलामा ८ हजार ३ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ७२ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८० हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा उच्च दरले सुनको मूल्य घटेसँगै नेपाली बजारमा प्रभाव देखिएको महासंघले जनाएको छ । गत वर्षको माघ १५ गते नेपाली बजारमा सुनको मूल्य तोलाको ३ लाख ३९ हजार रुपैयाँसम्म पुगेको रेकर्ड छ । त्यस्तै आज चाँदीको भाउ पनि तोलामा १७५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ८२५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ६५० रुपैयाँमा झरेको छ ।...
युद्धयता सैन्य कमाण्डरसँग मोज्तबा खामेनेईको पहिलो बैठक, दिए यस्तो निर्देशन
विश्व, समाचार

युद्धयता सैन्य कमाण्डरसँग मोज्तबा खामेनेईको पहिलो बैठक, दिए यस्तो निर्देशन

नेपालअखबार, काठमाडौं । अमेरिकी मध्यावधि निर्वाचनलगत्तै राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि ठूलो सैन्य आक्रमण गर्न सक्ने आशङ्काबीच इरानका सर्वोच्च नेता मोज्तबा खामेनेईले तीन प्रमुख सैन्य कमाण्डरसँग उच्चस्तरीय बैठक गरेका छन्। युद्ध सुरु भएयता घाइते भएका सर्वोच्च नेता खामेनेई र इरानी सशस्त्र बलका शीर्ष कमाण्डरबीच सार्वजनिक भएको यो पहिलो प्रत्यक्ष बैठक हो। बैठकमा उनले अमेरिका र इजरायलबाट हुन सक्ने कुनै पनि नयाँ आक्रमणको तत्काल र प्रभावकारी जवाफ दिन सेनालाई निर्देशन दिएका छन्। यस्तो जवाफ दिन कुनै भौगोलिक सीमा नहुने उनको भनाइ छ। नयाँ निशाना तय गर्न र युद्ध अन्त्यको निर्णय आफैं गर्ने इरानको चेतावनी इरानको सरकारी सञ्चारमाध्यम र सर्वोच्च नेताको कार्यालयले जारी गरेको वक्तव्यअनुसार खामेनेईले शत्रुपक्षमाथि अधिकतम प्रतिरोध कायम गर्न सैन्य टोलीलाई निर्देशन दिएका छन्। उनले कमाण्डरहरूलाई ...
शुक्लाफाँटामा जंगली हात्तीलाई रेडियो कलर लगाउने प्रक्रिया अघि बढ्यो
समाचार, समाज

शुक्लाफाँटामा जंगली हात्तीलाई रेडियो कलर लगाउने प्रक्रिया अघि बढ्यो

नेपालअखबार,कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बस्तीमा प्रवेश गरी जनधन तथा बालीनालीमा क्षति पुर्‍याउँदै आएका जंगली हात्तीको निगरानीका लागि रेडियो कलर जडान गर्ने प्रक्रिया अघि बढाइएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयलाई रेडियो कलर जडानको कार्य अघि बढाउन निर्देशन दिएको हो । जंगली हात्तीको आवतजावतसम्बन्धी सूचना संकलन गरी मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले रेडियो कलर व्यवस्थापन गर्न विभागले निर्देशन दिएको हो । रेडियो कलरबाट प्राप्त तथ्याङ्कको नियमित अनुगमन तथा विश्लेषण गरी हात्तीको आवागमन र बस्तीमा प्रवेश गर्न सक्ने सम्भावित जोखिमको पूर्वानुमान गर्ने विभागको उद्देश्य छ । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले रेडियो कलरबाट प्राप्त तथ्याङ्कको नियमित अनुगमन तथा विश्लेषण गरी हात्तीको...
प्राथमिक उपचार सामग्री वितरण तथा व्यावहारिक प्रशिक्षण
प्रशासन, समाचार, समाज

प्राथमिक उपचार सामग्री वितरण तथा व्यावहारिक प्रशिक्षण

नेपालअखबार,पोखरा । सडकमा दिनरात खटिएर नागरिकको सुरक्षा र ट्राफिक व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका ट्राफिक प्रहरी कर्मचारीको स्वास्थ्य, मानसिक सुस्वास्थ्य तथा आपत्कालीन अवस्थामा प्रभावकारी सेवा प्रवाह गर्ने क्षमता अभिवृद्धि गर्ने उद्देश्यले मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि. पोखराले विशेष स्वास्थ्य सचेतना तथा तालिम कार्यक्रम आयोजना गर्यो । ’सडकमा सुरक्षा, स्वास्थ्यमा सचेतना’ भन्ने नाराका साथ प्रहरी–समुदाय साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की र मातहतका ट्राफिक प्रहरी कर्मचारीलाई लक्षित गरी शुक्रबार बिहान जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको सभाहलमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा प्राथमिक उपचारसम्बन्धी तालिम, तनाव व्यवस्थापनसम्बन्धी सचेतना, स्वास्थ्य परीक्षण तथा प्राथमिक उपचार सामग्री वितरण गरिएको थियो । कार्यक्रमका प्रम...
जडीबुटी बेचेर चार करोड राजस्व असुली
अर्थ, समाचार, समाज

जडीबुटी बेचेर चार करोड राजस्व असुली

नेपालअखबार,कर्णाली । कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट चार करोड रुपैयाँ राजस्व संकलन गरेको छ । कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार बिक्री भएका ५८ प्रजातिका जडीबुटीबाट चार करोड १७ लाख ६८ हजार ९९९ रुपैयाँ राजस्व संकलन गरिएको छ । जडीबुटीमा प्रतिकेजी ५० रुपैयाँ राजस्व दर भएको एक लाख ८१ हजार ६०९ केजी निकासी गरिएको झ्याउबाट ९५ लाख ८५ हजार ४०० रुपैयाँ राजस्व संकलन भएको उक्त मन्त्रालयका सूचना अधिकारी महेश नेपालीले जानकारी दिए । यसैगरी, ९६ हजार ७९२ केजी निकासी गरिएको जटामसीबाट ८७ लाख ८८ हजार ८७५ रुपैयाँ राजस्व संकलन गरिएको छ । उक्त जडीबुटीको राजस्व दर ७५ रुपैयाँ रहेको छ । यार्सागुम्बा (जीवनबुटी) बाट ७५ लाख ४४ हजार ३७१ रुपैयाँ राजस्व संकलन भएको जनाउँदै सूचना अधिकारी नेपालीले प्रतिकेजी ३१ हजार रुपैयाँ राजस्व रहेको यार्सागुम्बाको परिमाण भने...
लागुऔषध कारोबारीविरुद्ध मोरङ प्रहरीले ८ राउण्ड गोली चलायो
अपराध, प्रशासन, समाचार

लागुऔषध कारोबारीविरुद्ध मोरङ प्रहरीले ८ राउण्ड गोली चलायो

नेपालअखबार, विराटनगर । मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले आठ राउन्ड गोली चलाएको छ । नेपाल–भारत सीमावर्ती क्षेत्र नजिकै प्रहरीले चलाएको गोली लागेर दुई जना घाइते भएका छन् । पेस्तोल र करिब आधा किलो ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । मोरङ प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार प्रहरीको गोली लागेर भारत अररिया, कुशाहाका २२ वर्षीय दीपककुमार बोसाक र कुटुमगन्जका ४० वर्षीय पुरन बोसाक घाइते भएका छन् । दुवै घाइतेको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ । उनीहरूसँगै रहेका मोरङको रतुवामाई नगरपालिका–१ चुनिमारीका ३५ वर्षीय प्रमोद ठाकुर पनि पक्राउ परेका छन् । लागुऔषधको ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरोको प्रहरी टोली खटिएको थियो । राति करिब ९:३० बजे रतुवामाई नगरपालिका–६ शनिश्चरेमा भारतीय नम्बर प्लेट बीआर ...
अनुदान दिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी, दुई जना पक्राउ
प्रशासन, समाचार

अनुदान दिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी, दुई जना पक्राउ

नेपालअखबार, काठमाडौं ।कृषि फार्मका लागि सहुलियत अनुदान मिलाइदिने प्रलोभन देखाएर पाँच करोड ८० लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौं महानगरपालिका–१३ ताहाचलका ५२ वर्षीय तिलक बुढाथोकी भन्ने श्रीकृष्ण महर्जन र ललितपुर महानगरपालिका–१४ नखिपोटका ६० वर्षीय प्रेमनारायण खनाललाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बिहीबार पक्राउ गरेको हो। उनीहरूले सिंहदरबारस्थित विभिन्न मन्त्रालयका कर्मचारीसँग राम्रो चिनजान रहेको र कृषि फार्मका लागि सहुलियत अनुदान सजिलै मिलाइदिन सक्ने भन्दै पीडितलाई विश्वासमा पारी पाँच करोड ८० लाख ठगी गरेका थिए। काठमाडौं जिल्ला अदालतको अनुमतिमा उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान थालिएको छ।...
जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा
समाचार, समाज

जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

नेपालअखबार, जनकपुरधाम । जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भम्रणको क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा सो विशेष रेल सेवाको उद्घाटन गर्नेगरी तयारी भइरहेको नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले जानकारी दिए । “प्रधानमन्त्री शाहको भारत भम्रणका क्रममा उक्त विशेष रेल सेवाको उद्घाटन गर्ने गरी हामी तयारीमा जुटेका छौँ”, प्रबन्ध सञ्चालक पराजुलीले भने, “यस विषयमा नेपाल र भारतका रेल्वे कम्पनी, भन्सार तथा सुरक्षा अधिकारीबीच विभिन्न चरणमा छलफल भइरहेको छ ।” उद्घाटनको मिति तय नभए पनि प्रधानमन्त्रीको भारत भम्रणका क्रममा रेल सेवा उद्घाटन गर्ने तयारी भइरहेको छ । प्रधानमन्त्री शाहले मङ्सिर ६ गतेदेखि भारत भ्रमण गर्ने तयारी छ । जनकपुरधामबाट अयोध्यासम्म रामायण सर्कि...
सेनामा शुद्धीकरण अभियान चलाउने जनरललाई सीले ल्याए पोलिटब्युरोमा
प्रशासन, विश्व, समाचार

सेनामा शुद्धीकरण अभियान चलाउने जनरललाई सीले ल्याए पोलिटब्युरोमा

नेपालअखबार, काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङले सेनाभित्र व्यापक शुद्धीकरण अभियान सञ्चालन गरेका जनरल झाङ शेङमिनलाई कम्युनिस्ट पार्टीको शक्तिशाली पोलिटब्युरोमा नियुक्त गरेका छन्। चिनियाँ सेनाको सर्वोच्च निकाय केन्द्रीय सैन्य आयोग (सिएमसी) का उपाध्यक्ष समेत रहेका झाङलाई बिहीबार पोलिटब्युरो सदस्य बनाइएको भनेर फाइनान्सियल टाइम्सले लेखेको छ। उनी उक्त निकायमा नियुक्त हुने एकमात्र सैन्य अधिकारी हुन्। चीनको सत्तारूढ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको चारदिने पाँचौँ पूर्ण बैठक (पाँचौँ प्लेनम) सकिएपछि जारी विज्ञप्तिमा झाङको नियुक्तिबारे जानकारी दिइएको हो। यस वर्षको चीनको सबैभन्दा महत्त्वपूर्ण राजनीतिक बैठक मानिएको उक्त सम्मेलनमा पार्टी नेतृत्वले अनुशासन कडा बनाउने र भ्रष्टाचार विरुद्धको अभियानलाई थप तीव्र पार्ने प्रतिबद्धता जनाएको छ। चीनले आगामी वर्षको दोस्रो अर्धवार्षिक अवधिमा पा...