Tuesday, September 8

समाचार

राष्ट्रपतिलाई रविले गरे बाढीको ब्रिफिङ
राजनीति, समाचार

राष्ट्रपतिलाई रविले गरे बाढीको ब्रिफिङ

नेपालअखबार,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । साेमबार  राष्ट्रपति भवन शीतलनिवासमा पुगेर लामिछानेले राष्ट्रपति पाैडेलसँग भेट गरेका हुन् । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’सँगको भेटपछि सभापति लामिछाने राष्ट्रपति पौडेल भेट्न शीतलनिवास पुगेका थिए । भेटका क्रममा रसुवाको भोटेकोसी नदीमा आएको बाढी र बाढीले पुर्‍याएको क्षति तथा बाढी प्रभावितको उद्धार र राहतका लागि भइरहेको प्रयासबारे उनले राष्ट्रपतिलाई ‘ब्रिफिङ’ गरेका छन् । सभापति लामिछानेले सोमबार नै प्रधानमन्त्री बालेनसँग भेट गरेर सरकारले गरिरहेको कामबारे जानकारी लिएका थिए । प्रधानमन्त्रीले दिएको जानकारीअनुसार उनले पछि राष्ट्रपतिलाई ‘ब्रिफिङ’ गरेका हुन् ।...
एमालेले भोटेकोशी-त्रिशूली बाढी पीडितलाई १ करोड २० लाख सहयोग गर्ने
राजनीति, समाचार

एमालेले भोटेकोशी-त्रिशूली बाढी पीडितलाई १ करोड २० लाख सहयोग गर्ने

नेपालअखबार,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबान पीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि पार्टीका तर्फबाट १ करोड २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। सोमबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले कम्तीमा १ करोड २० लाख रुपैयाँ सहयोग गरिने बताएका हुन्। ‘सरकारको कोषमा रकम जम्मा गर्दा कहिलेकाहीँ त्यो खातामै रहने र पीडितले तत्काल पाउनुपर्ने पिउने पानीसमेत नपाउने अवस्था सिर्जना हुन्छ। हाम्रो प्राथमिकता प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई मात्र बलियो बनाउने नभई पीडितका हातमा छिटोभन्दा छिटो राहत पुर्‍याउनु हो,’ उनले भने। अध्यक्ष ओलीले राहत र पुनर्स्थापना कार्यलाई प्रभावकारी बनाउन कुन माध्यमबाट वास्तविक पीडितसम्म छिटो पुग्न सकिन्छ, पार्टीले सोही बाटो अवलम्बन गर्ने पनि ब...
अमेरिका र इरानबिच द्वन्द्व भड्किएपछि बढ्यो कच्चा तेलको मूल्य
कर्पोरेट, विश्व, समाचार

अमेरिका र इरानबिच द्वन्द्व भड्किएपछि बढ्यो कच्चा तेलको मूल्य

नेपालअखबार, न्युयोर्क । अन्तर्राष्ट्रिय बजारमा सोमबार कच्चा तेलको भाउ बढेको छ । अमेरिका र इरानले एक अर्कालाई आक्रमण गरेपछि सोमबार कच्चा तेलको भाउ २ प्रतिशतभन्दा धेरैले बढेको हो । अमेरिकाले आइतबार इरानको लारक द्विपमा हमला गरेपछि इरानले यसको जवाफमा जोर्डनमा रहेको अमेरिकी सैन्य शिविरलाई निशाना बनाएको थियो । यसैबिच सोमबार लन्डनस्थित आईसी एक्सचेन्जको कोमेक्स डिभिजनमा ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल २ डलर २१ सेन्टले बढेर प्रतिब्यारेल ९० डलर ३१ सेन्टमा पुगेको छ । यो शुक्रबार कोमेक्समा कारोबार बन्द हुनु अघिको तुलनामा २ दशमलव ५१ प्रतिशत धेरै हो । त्यस्तैगरी न्यु योर्क मर्कन्टाइल एक्सचेन्जको कोमेक्स डिभिजनमा अमेरिकी बेञ्चमार्क वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लूटीआई) क्रुडको भाउ पनि १ डलर ८३ सेन्टले बढेर ब्यारेलकै ८५ डलर २३ सेन्ट पुगेको छ । यो पनि कोमेक्समा शुक्रबार कारोबार बन्द हुनु अघिको तु...
रसुवा बाढीबाट ५ जिल्लाका प्रभावित ४९ वडा यी हुन् (सूचीसहित)
समाचार, समाज

रसुवा बाढीबाट ५ जिल्लाका प्रभावित ४९ वडा यी हुन् (सूचीसहित)

नेपालअखबार,काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी र त्रिशूली नदी हुँदै आएको बाढीबाट पाँच जिल्लाका ४९ वटा वडा प्रभावित भएका छन् । जसमध्ये रसुवाका ४ वटा गाउँपालिका उत्तरगया, गोसाईंकुण्ड, आमाछेदिङमो र कालिका गाउँपालिकाका ११ वटा वडा प्रभावित भएका छन् । सबैभन्दा धेरै उत्तरगया गाउँपालिकाका ५ वटा (सबै) वडा प्रभावित भएका छन् । त्यस्तै गोसाईंकुण्ड गाउँपालिका ४ वटा वडा र आमाछोदिङमोका एक एक वटा पालिका प्रभावित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । त्यस्तै, नुवाकोटका चार वटा स्थानीय तह (तारकेश्वर, किस्पाङ, विदुर नपा,बेलकोटगढी नपा) का ११ वटा वडा प्रभावित भएका छन् । धादिङका गल्छी, गजुरी, बेनिघाट रोराङ र सिद्धलेकका गरी १८ वटा वडा प्रभावित भएका छन् भने गोरखाको गण्डकी गाउँपालिकाका ५, तनहुँका देवघाट र आँबुखैरिनी गरी ४ वटा वडा प्रभावित भएका छन् । सरकारले ५ जिल्...
सुनको मूल्य तोलामा २ हजार ४ सय घट्यो
अर्थ, समाचार

सुनको मूल्य तोलामा २ हजार ४ सय घट्यो

नेपालअखबार,काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला २ हजार ४ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँ तोकेको छ । यसअघि हिजो ३ लाख ९ हजार रुपैयाँ थियो । अघिल्लो दिन पनि सुनको मूल्य ९ हजार ५ सय रुपैयाँ घटेको थियो । यसअघि शुक्रबार सुनको भाउ प्रतितोला ३ लाख १८ हजार ५ सय रुपैयाँ थियो । चाँदीको मूल्य आज स्थिर छ । अघिल्लो दिनकै मूल्य ४ हजार ७८० रुपैयाँमा चाँदीको कारोबार भएको महासंघले जनाएको छ । यसअघि शुक्रबार चाँदीको भाउ ४ हजार ९६५ रुपैयाँ थियो ।...
सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक
राजनीति, समाचार

सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

नेपालअखबार, काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सुरु बैठकमा रसुवा बाढीपछिको राहत, उद्धारलगायतका विषयमा छलफल भइरहेको छ । प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलसमेत रहेको कांग्रेसले बाढीपछिको उद्धार र राहतमा सरकारले परिपक्व काम गर्न नसकेको बताइरहेको छ । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे र प्रमुख सचेतक वासना थापा बाढी प्रभावित जिल्ला नुवाकोटको स्थलगत अनुगमन गरेर फर्किएपछि बैठक बोलाएका हुन् ।...
भोटेकोशीको बाढीमा परेका ९०३ जनाको शव भेटियो
समाचार, समाज

भोटेकोशीको बाढीमा परेका ९०३ जनाको शव भेटियो

नेपालअखबार, काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेका ९०३ जनाको शव फेला परेको छ ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले केहीबेर अघि यो तथ्यांक सार्वजनिक गरेको हो । यो आज बिहान ९ बजेसम्मको तथ्यांक रहेको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार अहिलेसम्म ४२२७ जना सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको छ । १० हजार ४५१ जनाको उद्धार भएको छ । पहिचान खुल्न नसकेका शवहरू विभिन्न जिल्लाका २१ अस्पतालमा राखिएको छ ।  २६७ जना घाइते भएकोमा १५६ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् । उद्धार, राहत तथा पुन:स्थापनमा २० हजार ८१९ सुरक्षाकर्मी खटिएका छन् । जसमा नेपाली सेना ८ हजार ७२२, नेपाल प्रहरी ७ हजार ८९४ र सशस्त्र प्रहरी ४ हजार २०३ खटिएका छन् ।...
रसुवा बाढीमा परी ज्यान गुमाउनेहरूप्रति बंगलादेशको संसद्‍बाट शोक प्रस्ताव पारित
राजनीति, समाचार

रसुवा बाढीमा परी ज्यान गुमाउनेहरूप्रति बंगलादेशको संसद्‍बाट शोक प्रस्ताव पारित

नेपालअखबार,काठमाडौं । बंगलादेशको संसद्‍‍ले नेपालमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेहरूप्रति गहिरो दु:ख व्यक्त गर्दै शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । शोक प्रस्तावमा शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरिएको छ । प्रस्तावमाथि छलफलपछि बेलायतको संसद्ले सर्वसम्मतिले उक्त शोक प्रस्ताव पारित गरेको हो । मृतकहरूप्रति सम्मान व्यक्त गर्दै सांसदहरूले बैठकमा एक मिनेट मौन धारण गरेका थिए । त्यसलगत्तै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै प्रार्थना गरिएको थियो । उक्त प्रार्थनाको सञ्चालन बंगलादेशका धार्मिक मामिला मन्त्री काजी शाह मोफज्जल हुसेनले गरेका थिए । यसैबीच, बंगलादेशको संसदका सभामुख हाफिज उद्दीन अहमदले पनि नेपालमा बाढी र पहिरोका कारण भएको ठूलो मानवीय क्षतिप्रति गहिरो दु:ख र शोक व्यक्त गरेका छन् । सभामुख अहमदले एक शोक सन्देश जारी गर्दै शोक सन्तप्त नेपाली परिवारजनप्रति...
बाढी बढेपछि रसुवादेखि चितवनसम्मका उद्धारकर्तालाई सतर्क रहन आग्रह
समाचार, समाज

बाढी बढेपछि रसुवादेखि चितवनसम्मका उद्धारकर्तालाई सतर्क रहन आग्रह

नेपालअखबार,काठमाडौं । भोटेकोशी नदीमा फेरि बिहानैदेखि बाढी केही बढेपछि सरोकारवालाहरुले सतर्कता अपनाउन आग्रह गरेका छन् । यही भदौ १० गते तिब्बततर्फबाट आएको बाढीमा परेकाहरुको खोज तथा उद्धार कार्य चलिरहेका बेला पुन: बाढी बढेपछि सरोकारवालाहरुले सतर्क रहन भनेका हुन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सूचना जारी गर्दै भनेको छ, ‘रसुवाको भोटेकोशी नदीमा बाढीको बहाव थप केही बढेको सूचना प्राप्त भएकोले रसुवा, नुवाकोट, धादिंङ, चितवनलगायतका प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतमा खटिएका, तटीय क्षेत्रमा रहेका एवं अन्य सम्बन्धित सबैमा सतर्कता अपनाउनु हुन अनुरोध छ।’ बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो समय धादिङस्थित त्रिशूली नदीमा जलसतह खतराको तहभन्दा ३ मिटर बढेको छ । रसुवाको भोटेकोशी क्षेत्रबाट आएको बाढीका कारण त्रशिूली नदीमा जलसतह बढेको हो । साथै गण्डकी प्रदेशक...
सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह
समाचार, समाज

सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह

नेपालअखबार, कैलाली ।  हाल कैलालीको धनगढीलगायत सुदूरपश्चिमका धेरै स्थानमा वर्षा भइरहेको छ । अत्तरियास्थित जल तथा मौसम विज्ञान कार्यालय अनुसार आजदेखि दुई/तीन दिनसम्म प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम र एक/ई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ । कार्यालय प्रमुख इन्जिनियर सञ्जयकुमार साहले यहाँका पहाडी क्षेत्रमा साधारणतया बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको जानकारी दिए । यस्तै, तराई क्षेत्रमा साधारणतया बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । हिमाली क्षेत्रमा भने साधारणतया बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कार्यालय प्रमुख साहले यस अवधिमा लगातार पानी पर्नेभन्दा पनि छिनछिनमा पानी पर्ने र घाम लाग्ने ह...