Friday, August 7

समाज

भाँचियो तामाकोशीको पुल, साउनमा निर्माण पूरा गरी बुझाउने तयारी थियो
समाचार, समाज

भाँचियो तामाकोशीको पुल, साउनमा निर्माण पूरा गरी बुझाउने तयारी थियो

नेपालअखबार, काठमाडौँ । रामेछापको तामाकोशी नदीको निर्माणधीन पुल भाँचिएको छ। मन्थली नगरपालिका-६ कुनाउरी र वडा -७ भटौलीलाई जोड्ने तामाकोशी नदीको निर्माणधीन पुल बीच भागबाटै भाँचिएको छ। साउनमा  निर्माण कार्य पूरा गरेर बुझाउने तयारी भइरहेको पुल आइतबार बिहान १० बजेतिर बीच भागबाटै भाँचिएको मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले जानकारी दिए। 'बीच भागको स्ल्याब भाँचिएर तल खसेको छ,' नगरप्रमुख श्रेष्ठले भने, 'निमार्णाधीन भए पनि मानवीय क्षती भने भएको छैन।' उनका अनुसार २३० मिटर लम्बाइ र ११ मिटर चौडाइको उक्त पुल वैशाखको अन्तिम साता तन्काउँने क्रममा बीच भागमा चर्किएको थियो। त्यतिबेला निमार्ण कम्पनीले चर्किएको ठाउँमा मर्मत गर्न मिल्ने भनेपछि त्यसै छोडिएको थियो। अहिले भाँचियो। उक्त पुल निर्माणको जिम्मा कालिका/कल्पवृक्ष जोभीले गर्दै आएको छ। २०७८/७९ सडक विभाग पुल महाशाखासँग निर्माण कम्पनीले ...
तीन दिनदेखि पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
समाचार, समाज

तीन दिनदेखि पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

नेपालअखबार,गुल्मी । तीन दिनदेखि पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । शुक्रबारदेखि जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्बर–२ गरगरेस्थित कालीगण्डकी करिडोर बाटोमा माथिबाट पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी ) गंगाबहादुर सारुले बताए । बाटो खुलाउने काम भइरहे पनि निरन्तर ढुंगा सहितको पहिरो भएकाले समय लाग्ने सारुले बताए । पहिरोले करिडोरका विभिन्न ठाउँमा पहिरोले समस्या निम्त्याएको छ । करिडोर सडक अवरुद्ध हुँदा जिल्लाको पूर्तिघाट, छिमेकी जिल्ला बागलुङ, स्याङ्जासँगै पोखरा पुग्ने सवारीसाधन गन्तव्यमा पुग्न सकेका छैनन् । त्यस्तै ५ दिन अघि कागण्डकी गाउँपालिका–६ बरम्बा स्थित कालीगण्डकी करिडोर सडकको गुल्मी खण्ड अवरुद्ध भएको थियो । अवरुद्ध सडक मंगलबार मात्रै एकतर्फी खुलेको थियो । हालसम्म पनि सडक पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन ।...
पाँचखालमा ‘विषादीरहित’ तरकारी सङ्कलन केन्द्र सञ्चालन
कृषि, समाचार, समाज

पाँचखालमा ‘विषादीरहित’ तरकारी सङ्कलन केन्द्र सञ्चालन

नेपालअखबार,काभ्रेपलाञ्चोक । काभ्रेको खाद्यान्न तथा तरकारीको भण्डारका रूपमा परिचित पाँचखाल नगरपालिकामा विषादीरहित तरकारी सङ्कलन गर्न लक्षित कृषि उपज सङ्कलन तथा बजार केन्द्र स्थापना गरिएको छ । रासायनिक विषादीको प्रयोग नगरी जैविक विषादीको मात्र प्रयोग गरी उत्पादिन भएका तरकारी सङ्कलन गर्न उक्त केन्द्र स्थापना गरिएको हो । केन्द्र स्थापनार्थ लवग्रीन नेपाल नामक संस्थाको रु २५ लाख र पाँचखाल नगरको रु नौ लाखको साझेदारी गरिएको थियो । पाँचखालका नगरप्रमुख महेश खरेलका अनुसार विशेषगरी एकीकृत शत्रुजीव व्यवस्थापन (आइपीएम) प्रविधिबाट उत्पादन गरिएका तरकारी सङ्कलन गर्न केन्द्र सञ्चालनमा ल्याइएको हो । “केन्द्रमा सङ्कलन गरिएका कृषि उपजको प्याकेजिङ, ब्राण्डिङ र सर्टिङ गरेर राजधानी काठमाडौँ आपूर्ति गर्ने उद्देश्य राखेका छौँ”, खरेलले भने । अग्र्यानिक तरकारी उत्पादनले पाँचखालमा उत्पादन भएका तरकारीबारे दशकौँदे...
मौलापुरको ‘फ्री बिजुली, फ्री पानी’ योजनामा ३ करोडभन्दा बढी भुक्तानी
प्रशासन, समाचार, समाज

मौलापुरको ‘फ्री बिजुली, फ्री पानी’ योजनामा ३ करोडभन्दा बढी भुक्तानी

नेपालअखबार, रौतहट । रौतहटको मौलापुर नगरपालिकाले  "फ्री बिजुली, फ्री पानी" योजना अन्तर्गत विद्युत प्राधिकरणलाई थप  ६० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ। नगर प्रमुख रिना कुमारी साहले शुक्रबार प्राधिकरणको मौलापुर वितरण केन्द्रका प्रमुख राम दिनेश यादवलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेकी हुन्। यो रकम चालु आर्थिक वर्ष २०८१/०८२ अन्तर्गत नगरवासीका विद्युत महसुलको भुक्तानीका लागि प्रदान गरिएको नगरपालिकाले जनाएको छ । यसअघि नै रु २ करोड ५७ लाख १० हजार निकासा गरिसकेको नगरपालिकाले हालसम्म यो योजनामा कुल रु ३ करोड १७ लाख १० हजार खर्च गरिसकेको प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताए। प्राधिकरणका अनुसार, हालको रकमले २०८२ सालको भदौ मसान्तसम्मको बिजुली महसुल पुग्ने अनुमान छ। शून्य कर नीतिअन्तर्गत मौलापुरले नागरिकलाई घरायसी र कृषि प्रयोजनका सबै प्रकारका बिजुली महसुलबाट पूर्णतः मुक्त...
नारायणघाट– बुटवल सडकखण्ड राति १० घण्टा बन्द हुने
समाचार, समाज

नारायणघाट– बुटवल सडकखण्ड राति १० घण्टा बन्द हुने

नेपालअखबार,नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल सडकखण्ड आजदेखि रातिमा १० घण्टा पूर्ण रुपमा बन्द गरिने भएको छ ।  यस क्षेत्रको दुम्कीबास खण्डमा दुर्घटनाको जोखिम बढेकाले आजदेखि साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सडक पूर्ण रुपमा बन्द गर्न लागिएको सडक विभाग आयोजना निर्देशनालय (एडीबी) ले जनाएको छ । आयोजना निर्देशनालयका निर्देशक इञ्जिनियर चुडाराज ढकालले शुक्रबार जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेको अध्यक्षतामा बसेको बैठकको निर्णयअनुसार आजदेखि रातिको समयमा सडकमा यातायात सञ्चालनमा रोक लगाइएको हो । ‘निर्माणाधीन नारायणघाट–बुटवल सडकको दुम्कीबासस्थित विनयी खोला पुलको डाइभर्सन सडक वर्षाले बारम्बार बगाइरहेकाले सो स्थानमा बनेको नयाँ पुल सञ्चालनमा नआउने बेलासम्म रातिमा सडकमा यातायात सञ्चालन बन्द गर्ने निर्णय भएको छ’, उनले भने, ‘...
एनआरएनए १० औं महाधिवेशन रद्द गर्ने सर्वोच्चको फैसला पुनरवलोकन गर्ने आदेश
प्रशासन, समाचार, समाज

एनआरएनए १० औं महाधिवेशन रद्द गर्ने सर्वोच्चको फैसला पुनरवलोकन गर्ने आदेश

नेपालअखबार,काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १०औं महाधिवेशन रद्द गर्ने फैसला सर्वोच्च अदालतले पुनरवलोकन गर्ने भएको छ। न्यायाधीशहरू विनोद शर्मा, शारंगा सुवेदी र अब्दुल अजीज मुसलमानको इजलासले बिहीबार १० औं महाधिवेशन रद्द गर्ने यसअघिको फैसला पुनरवलोकन गर्ने आदेश जारी गरेको हो २०७८ मा भएको एनआरएनएको १० औं अधिवेशन सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र डा.नहकुल सुवेदीको इजलासले रद्द गरिदिएको थियो। महाधिवेशन अवैधानिक भएको भन्दै सर्वोच्च अदालतले शेष घले नेतृत्वको १३ सदस्यीय उच्चस्तरीय समितिलाई एकता महाधिवेशन गर्ने जिम्मेवारी दिएको थियो। यही फैसलाको आधारमा परराष्ट्र मन्त्रालयले ११ औं महाधिवेशनबाट निर्वाचित बद्रि केसीको कार्यसमितिलाई काम गर्न रोक लगाएको थियो। परराष्ट्रको निर्णयविरूद्ध केसी नेतृत्वको कार्यसमिति फेरि सर्वोच्च अदालत गएको थियो। २०८१ साउनमा सर्वोच्च ...
पूर्वी नवलपरासीमा बाढीले बस बगायो
समाचार, समाज

पूर्वी नवलपरासीमा बाढीले बस बगायो

नेपालअखबार,बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्किबासस्थित विनयी खोलाको बाढीले यात्रुबाहक बस बगाएको छ । तीन बच्चसहित ३८ जना यात्रु बोकेर पूर्वबाट बर्दिया तर्फ जाँदै गरेको भे १ ख ४०८५ नम्बरको बस विहीबार राति करिब ११ बजेतिर बगाएको हो । बसमा सवार सबै यात्रुहरुको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डीएसपी मधु नेपालले जानकारी दिए । बाढीले बगाएको बस करिब एक किलोमिटर तल फेला परेको प्रहरीले बताएको छ । बस अहिले भर्खर फेला परेको इलाका प्रहरी कार्यालय दुम्किबासका प्रहरी निरीक्षक राजन तिमिल्सेनाले बताए । गत पुसमा भारतीय ओभरलोड ट्रकले पुल भाँचिएपछि यो सडकमा डाइर्भसन बनाइएको थियो । तर वर्षासँगैको बाढीले पटक–पटक डाइभर्सन बगाउँदा यातायात अवरुद्ध हुने गरेको छ । डाइभर्सन बगाएकाले यातायात अवरुद्ध छ । दुम्किबासबाट दाउन्नेतर्फको सडक हिलाम्य भए...
दव्ल्याङमा पहिरोले कालीगण्डकी करिडोर ठप्प
समाचार, समाज

दव्ल्याङमा पहिरोले कालीगण्डकी करिडोर ठप्प

नेपालअखबार,बागलुङ । बागलुङ नगरपालिका–१० दव्ल्याङमा पहिरो खस्दा कालिगण्डकी करिडोर अवरुद्ध भएको छ । बिहीबार रातिदेखिको अविरल वर्षापछि आएको पहिरोका कारण दव्ल्याङमा सडक बगाएको हो । चार वर्षदेखि हरेक वर्षायाममा निरन्तर चलिरहेको पहिरोका कारण सामान्य वर्षामा समेत उक्त सडक अवरुद्ध हुने गरेको छ । करिडोर अवरुद्ध हुँदा बागलुङको सदरमुकाम बागलुङ बजारबाट जिल्लाको दक्षिण क्षेत्रमा सवारी आवागमन ठप्प भएको प्रहरी सहायक निरीक्षक गङ्गाराम विकले बताए । करिडोर हुँदै लामो दूरीका लागि छुटेका सवारी समेत पहिरोको आसपासमा रोकिएका छन् । कालोपत्रको काम चलिरहेको बागलुङ–बलेवा विमानस्थल खण्डमा ठाउँठाउँमा पहिरोले करिडोर क्षतविच्छेद बनाएको छ । कालोपत्रको काम गरिरहेको बिडारी निर्माण सेवाले पहिरो पन्छाउने र पहिरोले बगाएका संरचना पुनर्निर्माणको काम गरिरहेको भए पनि सडक खुल्न केही समय लाग्ने उनले बताए ।...
आत्महत्या दुरुत्साहन मुद्दामा दोषी ठहर भएका व्यक्ति पक्राउ
समाचार, समाज

आत्महत्या दुरुत्साहन मुद्दामा दोषी ठहर भएका व्यक्ति पक्राउ

नेपालअखबार, काठमाडौं । आत्महत्या दुरुत्साहन मुद्दामा दोषी ठहर भएका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–९ घर भएका ३१ वर्षीय दिनेश लबजु छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरबाट पक्राउ गरेको हो । आत्महत्या दुरुत्साहन मुद्दामा भक्तपुर जिल्ला अदालतले २७ चैत २०८० मा उनलाई एक वर्या कैद र १० हजार जरिवानाको फैसला सुनाएको थियो ।फैसला कार्यान्वयनका लागि उनलाई अदालतमार्फत कारागार पठाइने प्रहरीले बताएको छ ।...
राहतको पर्खाइमा रहेका २९ जनासहित इजरायलद्वारा ७२ जना प्यालेस्टिनी नागरिकको हत्या
अपराध, विश्व, समाचार, समाज, हाइलाइट-समाचार

राहतको पर्खाइमा रहेका २९ जनासहित इजरायलद्वारा ७२ जना प्यालेस्टिनी नागरिकको हत्या

नेपालअखबार,गाजा । इजरायली सेनाले राहत बोकेर आइरहेको ट्रकको पर्खाइमा रहेका २९ जनासहित गाजामा कम्तीमा ७२ जना प्यालेस्टिनी नागरिकको हत्या गरेको छ । प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयका अनुसार आफ्नो भोको परिवारका लागि खाना पर्खिरहेका नागरिकहरूको समेत इजरायली सेनाले हत्या गरेको जनाएको हो । यो घटना बुधबार मध्य गाजाको नेटजरिम करिडोरको सलाह अल–दिन सडकमा भएको स्वास्थ्यकर्मीलाई उद्धृत गर्दै अल जजिराले जानकारी दिएको छ । घटनामा १ सय जनाभन्दा बढी घाइते भएको समाचारमा उल्लेख छ । बुधबार इजरायलले गाजामा हवाई हमला पनि जारी राखेको थियो । दक्षिण गाजाको जेइटोउनमा एक घरमा गरिएको हवाई हमलामा ८ जनाको मृत्यु भएको छ । त्यस्तै, दक्षिणी गाजामा घरबारविहीन भएकाहरू बस्ने अल–मवासी क्याम्पमा गरिएको हवाई हमलामा ८ जनाभन्दा सर्वसाधारणको मृत्यु भएको थियो । उता, मध्य गाजामा रहेको मेघाजी क्याम्पमा गरिएको अर्को आक्रमणमा...