कमलसिंह क्षेत्री सुदूरपश्चिम संयोजकमा मनोनित, कृषि क्रान्तिमा एशोसिएसनको प्रतिबद्धता
नेपालअखबार,काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) अन्तर्गतको जनवर्गीय संगठन ‘नेपाल रिटर्नी एशोसिएसन (समाजवादी)’का केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश संयोजक पदमा मनोनित भएका कमलसिंह क्षेत्रीलाई कैलाली पार्टी कार्यालयमा आयोजित एक विशेष कार्यक्रममा केन्द्रीय सचिव प्रकाश महराले सपथ खुवाएका छन्।कार्यक्रममा सचिव महराले वर्तमान भूमिसम्बन्धी संकट समाधान गर्न जमीनको विवरण भौतिकरण, चक्लाबन्दी, भूमि बैंक र व्यवस्थापनजस्ता अभियानलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याउँदै, अबको युग कृषि उद्योग र निर्यातमुखी उत्पादन प्रणालीमा आधारित हुनुपर्ने बताए।
उनले थपे, “सेना, प्रहरी, सशस्त्र प्रहरी, सहकारी संस्थाजस्ता संरचनाको संयुक्त प्रयोग गर्दै आन्तरिक श्रमशक्ति परिचालन गर्न सके खाडी मुलुकमा श्रम बेच्न बाध्य युवालाई स्वदेशमै सम्भावना दिन सकिन्छ।”युवाहरूले बाध्यतामा विदेश जानुको सट्ट...










