भारतबाट फर्किनेमा बढ्यो कोरोना सङ्क्रमण
नेपालअखबार,कञ्चनपुर । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो एक सातामा मात्रै भारतबाट फर्किएका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
कैलालीको त्रिनगर नाका र बैतडीको झुलाघाट नाकाबाट भित्रिएकाहरुमा दिनहुँ संक्रमण देखिन थालेको हो। नाकामा रहेका हेल्थ डेस्कहरूमा पर्याप्त कीट नहुँदा परीक्षण हुन सकेको छैन। सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार मंगलबार पनि सुदूरपश्चिममा भारतबाट आएका दुई जनामा संक्रमण पुष्टि भएको छ।
निर्देशनालयका अनुसार गौरीफन्टा र झुलाघाट नाकामा एक/एक जनामा संक्रमण देखिएको हो। सुदूरपश्चिमका विभिन्न नाकाबाट ६४३ जना नेपाल भित्रिएका थिए। जसमध्ये १४ जनाको परीक्षण गरिएकोमा दुई जनामा संक्रमण पुष्टि भएको हो। गड्डाचौकी नाका भारतको राजधानी दिल्लीबाट सबैभन्दा नजिकको नाका हो। यही नाका भएर भारतका विभिन्न ठाउँका लागि नेपाल–भारतमैत्री बसहरु लागि सञ्चालनमा छन्। परीक्षण की...










