Sunday, August 9

समाज

वर्षाका कारण दाउन्ने सडक अवरुद्ध
समाचार, समाज

वर्षाका कारण दाउन्ने सडक अवरुद्ध

नेपालअखबार,नवलपुर । नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने विश्वकर्मा मन्दिर क्षेत्र नजिकैको सडक खण्ड आज बिहान अचानक परेको वर्षाका कारण अवरुद्ध भएको छ। वर्षाले सडक सतह चिप्लो र हिलो बनेपछि बुटवल–नारायणगढ खण्डअन्तर्गत दाउन्ने सडकमा साना तथा ठूला सवारीसाधन चल्न नसकेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिए। ढकालका अनुसार, “सडक अत्यधिक चिप्लो भएकोले सवारी चलाउन सकिने अवस्था छैन। बस, ट्रक लगायतका सवारीसाधनहरू राजमार्गमै रोकिएका छन्।” जोखिमपूर्ण अवस्थाका कारण सवारी सञ्चालन पूर्णरूपमा निषेध गरिएको प्रहरीले जनाएको छ। ढकालका अनुसार सडक सामान्य बनाउने प्रयासस्वरूप आवश्यकताअनुसार डोजर प्रयोग गरी बालुवा छर्ने कार्य भइरहेको छ। तर मौसम अनुकूल नभएसम्म सुधार हुन समय लाग्ने देखिएको छ। प्रहरीका अनुसार सुरक्षाकर्मीहरू घटनास्थलमा खटिइसकेका छ...
अझै दुई दिन वर्षा हुने,अहिले नेपालको मौसममा विभिन्न पानी पार्ने प्रणाली सक्रिय
समाचार, समाज

अझै दुई दिन वर्षा हुने,अहिले नेपालको मौसममा विभिन्न पानी पार्ने प्रणाली सक्रिय

नेपालअखबार,काठमाडौँ ।  जल तथा मौसम विज्ञान विभागले अझै दुई दिन वर्षाको प्रक्षेपण गरेको छ। अहिले नेपालको मौसममा विभिन्न पानी पार्ने प्रणाली सक्रिय छन्। पछिल्लो समय बंगालको खाडीबाट उच्च जलवाष्पयुक्त हावा आइरहेको छ। त्यस्तै अरब सागरबाट पनि जलवाष्पयुक्त हावा आइरहेको मौसमविद् गोविन्द झाले जानकारी दिए। त्यसका अतिरिक्त पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु पनि सक्रिय छन्। त्यसैको प्रभावले ६–७ घन्टादेखि देशका पूर्वी र मध्य भागमा वर्षा भइरहेको छ। विशेषतः कोशी र मधेस प्रदेशमा उल्लेख्य वर्षा भयो। अहिले पनि कोशी, मधेस र लुम्बिनी प्रदेशका विभिन्न भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। पछिल्लो एक घन्टामा दाङको पदमपुर क्षेत्रमा ८.२ मिलिमिटर वर्षा भएको छ। आज देशका अधिकांश भूभागमा वर्षा हुने प्रक्षेपण मौसम विभागले गरेको छ। मौसमविद् गोविन्द झाले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका के...
जुम्लामा असिनापानीले स्याउका बिरुवामा क्षति
कृषि, समाचार, समाज

जुम्लामा असिनापानीले स्याउका बिरुवामा क्षति

नेपालअखबार,जुम्ला ।  असिनापानीले जुम्लाको स्याउखेतीमा क्षति पुर्याएको छ । गुठीचौर  गाउँपालिकाको पूर्वी क्षेत्रमा असिनाले सबैभन्दा बढी स्याउका बिरुवामा क्षति गरेको हो । स्याउको चिचिला लाग्ने बेला परेको असिनापानीले क्षति गरेको गुठीचौर –३ का किसान दीपक बुढाले बताए । जिल्लामा चार हजार २५० हेक्टरमा स्याउखेती भइरहेको छ । सोह्र हजार घरपरिवार स्याउखेतीमा निर्भर छन् । गत वर्ष रु ६१ करोड ४१ लाख स्याउ बिक्रीबाट भित्रिएको कृषि विकास कार्यालयका निमित्त प्रमुख रामभक्त अधिकारीले जानकारी दिए । असिनाले स्याउमा गरेको क्षतिको विवरण स्थानीय तहका कृषि शाखासँग समन्वय गरेर तथ्याङ्क सङ्कलन भइरहेको  कार्यालयले जनाएको छ । असिनाले करिब १० लाख जतिको स्याउमा क्षति भएको अनुमान गरिएको छ । किसान नुर्बु लामाले लामाले भने, “गत वर्ष स्याउबाट रु आठ लाख कमाएको र यस वर्ष स्याउ राम्रो फल्ने बेला असिनापानी क्षति गरेको छ । ...
डोल्पामा जेठ ५ गतेदेखि यार्सा संकलन खुल्ने
समाचार, समाज

डोल्पामा जेठ ५ गतेदेखि यार्सा संकलन खुल्ने

नेपालअखबार,सुर्खेत । यार्सागुम्बा संकलनका लागि डोल्पालाका पाटनहरू आगामी जेठ ५ गतेदेखि खुला गरिने भएको छ । डोल्पाको सदरमुकाम दुनैमा बसेको सर्वपक्षीय बैठकले आगामी जेठ ५ गतेदेखि सबै पाटनहरू खुला गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए । ‘गत वर्षभन्दा यो पटक अलि छिटो पाटनहरू खुल्ला गर्ने निर्णय भएको छ’, प्रजिअ महतले भने, ‘समयमै पानी र हिमपात भएपछि एक महिनाका लागि पाटन खुल्ला गर्ने सर्वपक्षीय सहमति भएको छ ।’ उनका अनुसार यार्चागुम्बा संकलनका लागि शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्ज क्षेत्र र डिभिजन वनको क्षेत्रमा पर्ने सम्पूर्ण पाटन आम मान्छेहरूका लागि खुल्ला गरिने छ । यार्सा टिप्न पाटन जानेहरूका लागि तीन प्रकारका प्रवेश अनुमति पत्रको व्यवस्था गरिएको छ । जसअनुसार मध्यवर्ती क्षेत्रभित्रका बासिन्दालाई एक हजार, डोल्पा जिल्लाभित्रकालाई दुई हजार र जिल्ला बाहिरकाला...
फेवातालमा हावाहुरीका कारण फसेका ८ जनाको उद्धार
समाचार, समाज

फेवातालमा हावाहुरीका कारण फसेका ८ जनाको उद्धार

नेपालअखबार, पोखरा। पोखराको फेवातालमा फसेका आठ जनाको उद्धार भएको छ। सोमबार दिउँसो फेवातालमा एक्कासि हावाहुरी चलेपछि डुंगा/कायाकमा सवारहरू फसेका थिए। फसेका ८ जनाको उद्धार भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं‌ डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। बोटिङ गर्ने क्रममा चितवन भरतपुर महानगरपालिका–५ बस्ने २१ वर्षीय रेशम थापा फेवातालमा डुबेका थिए। उनको सशस्त्र प्रहरी बल नेपाल फेवाताल रेस्क्यु टावरमा तैनाथ गोताखोर सहितको विपद् उद्वार टोलीले उद्धार गरेको छ। तालमा हावाहुरीका कारण अन्य कायाक बोटमा बोटिङ गरिरहेका एक जना र डु‌ंगामा रहेका ६ जना गरी समेतको सकुशल उद्वार भएको छ।...
मलेसिया र दुबईबाट फर्केर गाईपालन, मासिक एक लाख आम्दानी
अर्थ, कृषि, समाचार, समाज

मलेसिया र दुबईबाट फर्केर गाईपालन, मासिक एक लाख आम्दानी

नेपालअखबार, दाङ । वैदेशिक रोजगारीबाट फर्किएर घोराही उपमहानगरपालिका–१ सुकाखोलाका बोमबहादुर थापाले गाईपालन व्यवसायबाट मनग्य आम्दानी गरेका छन् । उनले करिब ११ वर्ष वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया र दुबईमा काम गरेका थिए । उनले भने, “विदेशमा १८ घण्टा काम गर्छौँ, कमाइ भएको देख्छौँ, स्वदेशमा काम आठ घण्टा पनि गर्दैनौँ कमाइ चाहिँ धेरै खोज्छौँ, अनि जति कमाए पनि कमै देख्छौँ ।” बिहानै ४ बजे उठेर गाई दुहुने र गाउँका अन्य किसानकोसमेत दूध लिएर घोराही बजारको डेरीमा पुर्‍याउने अनि घर फर्केर फेरि गाईको हेरचाह गर्ने यसरी नै बित्छ थापाको दैनिकी । उसो त थापाका लागि कामको चाप भने विदेशको जस्तै छ । थापाले विगत पाँच वर्षदेखि एक दिन पनि यो काम छुटाएका छैनन् । थापालाई लाग्छ म एक दिन बिरामी भएँ भने यो दूध अर्को दिन कहाँ लगेर बेचुँ । गाईलाई दानापानीको काम परिवारका अन्य सदस्यले गरे पनि दूध बजारसम्म पुर्...
पोखरा–मुग्लिङ सडक विस्तार : विद्युत् पोल एक साताभित्र हटाइँदै
समाचार, समाज

पोखरा–मुग्लिङ सडक विस्तार : विद्युत् पोल एक साताभित्र हटाइँदै

नेपालअखबार,कास्की । निर्माणाधीन पोखरा–मुग्लिङ राजमार्गको पश्चिम खण्डको सडक मापदण्डभित्र परेका विद्युत् पोल एक साताभित्र हटाइने भएको छ । राजमार्गको पश्चिम खण्डमा चार सय २४ वटा पोल हटाउन बाँकी रहेकामा कास्की जिल्लामा मात्र तीन सय ५५ छन् । विद्युत् प्राधिकरणको पोखरा तथा लेखनाथ वितरण क्षेत्रभित्र यी पोल परेका हुन् । राजमार्ग स्तरोन्नतिका क्रममा सडकभित्र परेका विद्युत् पोल हटाउन ढिलाइ हुँदा योजनाको काम प्रभावित भएको छ । विद्युत् पोलका कारणले काम प्रभावित भएपछि आइतबार जिल्ला प्रशासन कार्यालय कास्कीको समन्वयमा भएको सहजीकरण बैठकमा एक साताभित्रमा विद्युत् प्राधिकरणले पोल हटाउने सहमति भएको मुग्लिङ–पोखरा सडक योजना पश्चिम खण्डका योजना प्रमुख कृष्णबहादुर कुँवरले बताए । उनका अनुसार विद्युत् पोलका कारणले योजनाको काममा असर परेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाटसमेत यसका बारेमा चासो व्य...
२ सय पटक सर्पले टोकेपछि मान्छेको रगतमै बन्यो एन्टिभेनम
समाचार, समाज, स्वास्थ्य

२ सय पटक सर्पले टोकेपछि मान्छेको रगतमै बन्यो एन्टिभेनम

नेपालअखबार,काठमाडौँ । वैज्ञानिकहरूको एक टोलीले चाँडै नै मान्छेको रगतबाट एन्टिभेनम (सर्पको विषलाई निष्क्रिय पार्ने औषधि) तयार गर्ने दाबी गरेको छ । यो टोलीका एक जना व्यक्ति अमेरिकाका टिम फ्राइड हुन् । उनलाई पछिल्लो २० वर्षमा २ सय पटक विषालु सर्पले टोकेको छ । जसका कारण उनको रगतलाई सर्पको विषलाई निष्क्रिय पार्ने क्षमता बढाइदियो । अब उनको रगतमा पाइने यी एन्टिबडीहरू प्रयोग गरेर वैज्ञानिकहरूले औषधि बनाउँदैछन् । अहिलेका एन्टिभेनमहरूले विशेष सर्प प्रजातिहरूको विषलाई निष्क्रिय पार्न मात्र काम गर्छन् । तर फ्राइडको रगतले सबै सर्पको टोकाइको लागि प्रयोग गर्न सकिने एन्टिभेनम विकास गर्न मद्दत गर्ने दाबी गरिएको छ । जनावरहरूमा गरिएको परीक्षणले फ्राइडको रगतमा पाइने एन्टिबडीहरूले सर्पको विषका धेरै घातक प्रभावविरुद्ध सुरक्षा प्रदान गरेको पत्ता लगाएको हो । फ्राइडको १८ वर्षको मिसनले सबै प्रकारका सर्पको ...
वर्षाले नारायणघाट–बुटवल सडक र कान्ति लोकपथ अवरुद्ध
समाचार, समाज

वर्षाले नारायणघाट–बुटवल सडक र कान्ति लोकपथ अवरुद्ध

नेपालअखबार,नवलपरासी । गए रातिदेखि निरन्तर परेको वर्षाका कारण पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल सडक अवरुद्ध भएको छ । सडक विस्तारका क्रममा रहेको यस सडकको दाउन्ने क्षेत्रमा निरन्तरको वर्षाका कारण सडकमा सवारीसाधन चिप्लिन थालेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए । उनले गएरातिदेखि परेको पानीका कारण सडक चिप्लो भएर पूर्ण रूपमा अवरुद्ध हुँदा यो सडक भएर यात्रा गर्ने सम्पूर्ण यात्रुहरूलाई वैकल्पिक सडकबाट यात्रा गर्न समेत आग्रह गरे । सडक विस्तारको कामलाई तीव्र पार्न दाउन्ने खण्डमा राति ११ः०० देखि बिहान ५ः०० बजेसम्म दैनिक रूपमा सडक पूर्ण रूपमा बन्द गरिँदै आएको छ । रातिदेखि नै बन्द भएको यस सडक वर्षाका कारण आवागमन बन्द भएपछि सवारीसाधनको लाइन लामो हुँदै गएको सूचना अधिकारी नेपालले जानकारी दिए । कान्ति लोकपथ सडक अवरुद्ध त्यसैगरी...
हामीलाई नेपाली नागरिकताको निरन्तरता चाहिन्छ : ब्रिटिस गोर्खा
समाचार, समाज

हामीलाई नेपाली नागरिकताको निरन्तरता चाहिन्छ : ब्रिटिस गोर्खा

नेपालअखबार,काठमाडौँ । संसदीय समितिका सभापतिहरूले विभिन्न कारणले विदेशमा रहेका नेपाली नागरिकलाई स्वदेश फर्कन सहजता प्रदान गर्ने ढङ्गबाट कानुन निर्माण गरिने प्रतिबद्धता जनाएका छन् । ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता अभियानद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनीहरूले सन्तान भेट्न आमाबाबु विदेश जाने नभई छोराछोरी नेपाल आउने वातावरण निर्माण गर्ने गरी कानुन तर्जुमा गर्नेतर्फ ध्यान पुर्‍याइने बताए । प्रतिनिधिसभा, राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले कानुन निर्माणमा कुनै राजनीतिक गन्ध नआउने र विदेशमा रहेका नेपाली नागरिकलाई देश फर्कन सहज तुल्याउन सकियोस् भन्नेमा सम्पूर्ण  कोसिस रहने धारणा राखे । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्बरबहादुर थापाले बेलायती–गोर्खा फौजमा राज्यले सम्झौता गरेर पठाएका नागरिकलाई आफ्ना होइन भन्ने विषय नेपालका लागि सुहाउँदो नभएको जिक...