Sunday, August 9

समाज

स्रोत साधनमा महिलाको पहुँच बढाउन जरूरी छ : मन्त्री सुडी
राजनीति, विचार, समाचार, समाज

स्रोत साधनमा महिलाको पहुँच बढाउन जरूरी छ : मन्त्री सुडी

नेपालअखबार, काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर शाह सुडीले महिलाको समान सहभागिता र नेतृत्वदायी भूमिकामा स्थापित गर्न समान अवसर, आर्थिक सशक्तीकरण, स्रोत साधनमा पहुँच बढाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।एक सय १५औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आज शुभकामना व्यक्त गर्दै महिलाको जीवनस्तरमा सारभूत परिवर्तन नहुँदासम्म ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प साकार हुन नसक्ने बताए। अधिकारप्राप्तिका आन्दोलन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन, प्रतिबद्धता, प्रगतिशील संविधान, महिला सशक्तीकरणका सघन कार्यक्रमको प्रतिफलस्वरूप नेपालले लैङ्गिक समानता कायम गर्न लैङ्गिक हिंसा न्यूनीकरण गर्न र महिलाको सहभागिता वृद्धि गर्नेतर्फ उल्लेखनीय प्रगति हासिल भएको उनको भनाइ छ । उनले भनेका छन्, “संविधानले कुनै पनि धर्म, संस्कृति, संस्कार, प्रथा, परम्परा, प्रचलन वा अन्य कुनै...
साउदी र मलेसियामा ८ वर्ष काम गरेर फर्किएपछि मौरीपालन गरिरहेका मनराज
अर्थ, कृषि, समाचार, समाज

साउदी र मलेसियामा ८ वर्ष काम गरेर फर्किएपछि मौरीपालन गरिरहेका मनराज

नेपालअखबार, सुनसरी। करिब एक दशक लामो वैदेशिक जीवन बिताएर स्वदेश फर्किएर व्यावसायिक पशुपालन र मौरीपालनमा रमाइरहेका इटहरीका किसान मनराज राम्रो आम्दानी भइरहेको बताउँछन्। इटहरी उपमहानगरपालिका–१९ का मनराज पुरी आठ वर्ष साउदी र मलेसियामा काम गरेर स्वदेश फर्किएका हुन्। उनले सानो लगानीबाट  पशुपालन र मौरीपालनमा गरेका थिए। अहिले त्यही व्यवसाय ठूलो आम्दानीको स्रोत बनेको उनी बताउँछन्। आफूले १७ वर्षको उमेरमा बाबुआमा गुमाएको सुनाउँदै मनराजले भने,  ‘विदेशमा गएर दुःख र मेहेनत गरेर कमाएको थोरै पैसा आफ्नो देशमा लगानी गरेर केही व्यवसाय सुरू गरौं भन्ने सोच राखे, अरू बिजनेस गर्ने सोच भए पनि तरिका खासै नभएका कारण पशुपालनमा लगानी गरेर सुरू गरें।’ गाईबाख्राबाट व्यवसाय सुरू  गरेका उनले पछिल्लो समय मौरीपालन सुरू गरेका छन्। अहिले मौरीबाट राम्रो आम्दानी भइरहेको उनी बताउँछन्। ‘यो व्यवसायले आफू आत्मनिर्भर...
पर्यटक आकर्षित गर्दै तेह्रथुमको चाङलुङ गुफा
पर्यटन, समाचार, समाज

पर्यटक आकर्षित गर्दै तेह्रथुमको चाङलुङ गुफा

नेपालअखबार,तेह्रथुम । छथर गाउँपालिका–६ सुदापमा रहेको चाङलुङ गुफामा पछिल्लो समय आन्तरिक पर्यटकको नजरमा पर्न थालेको छ । स्थानीय सरोकारवालाको पहलमा चाङलुङ गुफाको पर्यटन प्रवर्द्धन र प्रचारप्रसारको काम थालिएपछि उक्त स्थान पर्यटकको नजरमा पर्न थालेको हो । चाङलुङ गुफा क्षेत्रमा हरेक दिनजसो आन्तरिक पर्यटक पुग्ने गरेका छथर गाउँपालिका–६ का वडाध्यक्ष महेन्द्र मादेनले बताए । उनका अनुसार हिउँदयाम वनभोज खाने र विशेष अवसरमा चाङलुङ गुफामा आन्तरिक पर्यटकको घुइँचो लाग्छ । करिब ३८ रोपनी क्षेत्रफलमा फैलिएको सो क्षेत्रमा एक सय ५० मिटर लामो गुफा प्रकृतिको अनुपम उपहारका रूपमा रहेको छ । ‘टर्चलाइट’को सहायतामा अँध्यारो गुफा पार गर्दा मनमा केही डरसँगै रोमाञ्चक अनुभूति हुन्छ । यहाँ अन्य स–साना थुप्रै गुफा छन् । प्राकृतिक रूपमै मिलेर बसेका ढुङ्गाका थाक, ठुल्ठूला चट्टान, पहरा, विभिन्न प्रजातिका वनस्पति र चराचुरङ्गीक...
ठेक्का लागेको ८ वर्षमा पनि बनेन प्रदेश राजधानी जोड्ने पुल
समाचार, समाज

ठेक्का लागेको ८ वर्षमा पनि बनेन प्रदेश राजधानी जोड्ने पुल

नेपालअखबार,काभ्रे। काभ्रेपलाञ्चोक र बाग्मती प्रदेश राजधानी मकवानपुरको हेटौँडा जोड्ने पुल ठेक्का लागेको आठ वर्षमा पनि निर्माण सम्पन्न हुन सकेको छैन काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–५ र मकवानपुरको बाग्मती गाउँपालिका–५ सिक्रेदोभानस्थित बागमती नदीमा उक्त पुल निर्माण गर्न ठेक्का लगाइएको थियो । दुई वर्षमा निर्माण सम्पन्न गर्ने ठेक्का सम्झौता भए पनि हालसम्म पुल निर्माण नभएको हो । पुल निर्माणको ठेक्का लिएको महादेव–शिखर–तामाकोशी–जेभीले समयमा काम सम्पन्न नगरेपछि बर्षेनी प्रदेशस्थित भौतिक पूर्वाधार मन्त्रालयले ताकेता गर्दै आएको छ । सो पुल निर्माणका लागि भ्याटबाहेक रु ११ करोड ६५ लाखमा ठेक्का सम्झौता गरिएको थियो । तत्कालीन जिल्ला विकास समितिको कार्यालय मकवानपुरले आर्थिक वर्ष २०७३/०७४ मा ठेक्का लगाएको पुल निर्माण नहुँदा खानीखोला र महाभारत गाउँपालिकाका नागरिकले प्रदेश राजधानी हेटौँडा आवतजावत गर...
संघीय संसद सचिवालयलाई पत्रकारको पास खोस्ने क्षेत्राधिकार छैन: पत्रकार महासंघ
समाचार, समाज

संघीय संसद सचिवालयलाई पत्रकारको पास खोस्ने क्षेत्राधिकार छैन: पत्रकार महासंघ

नेपालअखबार,काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकारको पास खोस्ने क्षेत्राधिकार संघीय संसद सचिवालयलाई नभएको बताएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न सोधेका दुई पत्रकार किशोर श्रेष्ठ र प्रकाश ओलीको संसद प्रवेश पास एक महिनाका लागि निलम्बन गर्ने सचिवालयले महासचिवस्तरीय निर्णय गरेको थियो। यी पत्रकारहरूले प्रधानमन्त्री ओलीलाई संघीय संसद भवन परिसरमा हिटलर र तानाशाह हुन खोजेको हो भन्ने प्रश्न गरेका थिए। उक्त प्रश्न अमर्यादित भएको सचिवालयको भनाइ छ। सचिवालयले दुई पत्रकारलाई बुधबारभित्र पास संघीय संसद सचिवालयमा बुझाउन भनेको थियो। तर यसलाई लिएर सांसदहरूले बुधबारकै प्रतिनिधि सभा बैठकमा विरोध गरेका छन् भने पत्रकारको पास तुरून्त फिर्ता दिन माग गरेका छन्। पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले बुधबार दिउँसो विज्ञप्ति निकालेर प्रश्न सोधेको आधारमा संघीय संसद् सचिवालयले पत्रकारहरू...
पोखरामा चौतारो काट्नेलाई अझै भएन कारबाही
समाचार, समाज

पोखरामा चौतारो काट्नेलाई अझै भएन कारबाही

नेपालअखबार,पोखरा । माघ दोस्रो साता पोखरामा वरपीपल, शमी जातका सयौँ वर्ष पुराना रुख तथा चौतारो नष्ट भएकोमा सर्वत्र आलोचना भयो । तर, दोषी हालसम्म कारबाहीको दायरामा आइसकेका छैनन् । महानगरपालिकाले दोषीमाथि छानबिन गरी कारबाही गर्ने प्रतिबद्धता जनाएपनि हालसम्म नतिजा आउन सकेको छैन । महानगरले वन कार्यालयलाई देखाउने र वनले महानगरलाई पन्छाउने गर्दा दोषी उम्किएका हुन् । यद्यपि सरोकारवालाहरूले कारबाहीको माग निरन्तर गरिरहेका छन् । गत फागुन ९ गते जिल्ला समन्वय समितिले दोषीलाई कारबाही गर्न सर्वपक्षीय बैठकबाट निर्णय गरेर प्रदेशको वन मन्त्रालयदेखि पोखरा महानगरसम्मलाई ध्यानाकर्षण गराएको थियो । उक्त निर्णय कार्यान्वयन नभएपछि वातावरण संरक्षणका लागि महाअभियान कास्कीले दबाबका लागि पोखरा महानगरपालिका कार्यालयको पर्खालमा हरियो ब्यानर टाँसिदिएको छ । जसमा लेखिएको छ, ‘पोखरा महानगर...’ बर–पीपल चौतारी नष्ट गर्नेहरुव...
आज अन्तर्राष्ट्रिय निःशस्त्रीकरण र अप्रसार जागरुकता दिवस
विश्व, समाचार, समाज

आज अन्तर्राष्ट्रिय निःशस्त्रीकरण र अप्रसार जागरुकता दिवस

नेपालअखबार,काठमाडौं । हातहतियारको होडबाजी र निःशस्त्रीकरणलाई सधैंका निम्ति अन्त्य गर्ने सन्देश प्रवाहका साथ आज विश्वभर अन्तर्राष्ट्रिय निःशस्त्रीकरण र अप्रसार जागरुकता दिवस मनाइँदैछ । विशेषगरी यो दिवस युवापुस्तामाझ शस्त्रास्त्रको होडबाजी हुन नदिने जागरुकता वृद्धि अभियानमा केन्द्रित हुने गरेको छ । संयुक्त राष्ट्रसङ्घ स्थापना भएदेखि नै आमविनाशकारी हतियार र खासगरी आणविक हतियारको प्रयोगविरुद्ध विश्व समुदायलाई सचेत गराउनु यो दिवसको उद्देश्य हो । आमविनाशकारी हतियारले निम्त्याउने मानवताविरुद्धका समस्या, साना तथा हल्का हतियारको अवैध व्यापारले अन्तर्राष्ट्रिय  शान्ति–सुरक्षाका साथै दिगो विकासका लक्ष्य हासिलमा गम्भीर असर पार्ने भएकाले अन्तरराष्ट्रिय समुदायले विश्वशान्ति र समुन्नतिका पक्षमा चेतना जागृत गर्न यो दिवस उपयोगी हुने विश्वास गरेका छन् ।...
झापामा कक्षा १० मा पढ्ने विद्यार्थी सम्पर्कविहीन
समाचार, समाज

झापामा कक्षा १० मा पढ्ने विद्यार्थी सम्पर्कविहीन

नेपालअखबार,कनकाई (झापा) । झापाको कनकाई नगरपालिका–५, टेक्राबाट एकजना बालक सम्पर्कविहीन भएका छन् । झापा मेरी गोल्ड स्कुलमा कक्षा १० मा पढ्दै आएका अभिषेक पाठक सम्पर्कविहीन भएको उनका साथीहरुले बताएका छन् । पारिवारिक स्रोतका अनुसार, उनी स्कुलमा कोचिङ पढ्न जान्छु भनेर बिहान ५ बजे घरबाट निस्किएका थिए । तर, घर नफर्किएपछि परिवारले खोजतलास थालेको थियो । परिवारले उनी हराएको भन्दै खोजतलासका लागि प्रहरीसमक्ष पनि निवेदन दिएको छ । जिल्ला प्रहरी कार्यालय, झापाका एसपी मिलन केसीका अनुसार, पाठक हराएको सूचना आएलगत्तै विभिन्न पक्षको विश्लेषण गरेर उनको खोजी कार्य थालिएको छ । ‘बच्चा भएकाले मोबाइल फोन नबोक्ने भएकाले केही कठिनाइ भएको छ’, उनले भने, ‘तर, प्रहरीले अन्य पक्षको विश्लेषण गरेर खोजी गरिरहेको छ ।’ प्रहरी स्रोतका अनुसार, घरमा उनले लेखेको एउटा नोट समेत फेला परेको छ । त्यसमा उनले ‘आफूलाई नखोज्न...
मेलम्चीको पाइप फुट्यो, थापाथलीमा सडक अवरुद्ध
समाचार, समाज

मेलम्चीको पाइप फुट्यो, थापाथलीमा सडक अवरुद्ध

नेपालअखबार,काठमाडौं । थापाथली चोक नजिक मेलम्चीको पाइप फुटेको छ । बिहानै पाइप फुटेपछि उक्त क्षेत्रमा बाढी आएको छ । सडकसमेत अवरुद्ध भएको छ । थापाथलीमा के कारणले पाइप लाइन फुटेको हो भन्ने पत्ता लागिसकेको छैन । थापाथली चोकबाट नर्भीक इन्टरनेशनल अस्पताल आउने सडकमा पाइपको लाइन फुटेको हो ।
कुमाल बस्तीको ६ घरगोठ आगलागीबाट नष्ट
समाचार, समाज

कुमाल बस्तीको ६ घरगोठ आगलागीबाट नष्ट

नेपालअखबार,पाल्पा । जिल्लाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीको छचुवाका आगलागीपीडित घर, गोठ जलेपछि  खुला आकाशमा रात काट्न बाध्य भएका छन् । यहाँको कुमाल बस्तीको छ घरगोठ जलेर पूर्ण रूपमा नष्ट भएपछि उनीहरु खुला आकाशमा रात बिताउन बाध्य भएका हुन् । आगलागीबाट छचुवाका धनबहादुर कुमाल, पदमबहादुर कुमाल, द्वन्द्वबहादुर कुमाल, हुमबहादुर कुमाल, गोपाल कुमाल र रीता कुमालको  घर जलेर नष्ट भएको रैनादेवी छहरा–३का वडाध्यक्ष प्रदीप पौडेलले बताए । आगलागीबाट घरभित्रका अन्नपात, लुगाफाटा, केही नगदसहितका महत्त्वपूर्ण काजजात जलेर नष्ट भएपछि आगलागी प्रभावित परिवार पीडामा थिए । खाद्यान्न र त्रिपालको पर्खाइमा रहेका यहाँका पीडितपरिवार गाउँपालिकाले राहत सामग्री वितरण गरेपछि भने खुसी भएका छन् । गाउँपालिकाले तत्कालका लागि  एक–एक बोरा चामल, नुन, तेल, दाल, तरकारी तथा आवश्यक त्रिपाललगायत राहत सामग्री  दिएपछि पीडि...