ओबीसी आरक्षण लागू गर्न माग गर्दै आन्दोलन सुरु
नेपालअखबार,काठमाडौं । नेपाल पिछडावर्ग ९ओबीसी० महासंघले पाँचबुँदे माग राख्दै सोमबारदेखि आन्दोलन सुरु गरेको छ । पिछडावर्ग महासंघले काठमाडौंको माइतीघर मण्डलामा अनिश्चितकालीन धर्ना सुरु गरेको हो ।
उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समिति, पिछडिएको समुदाय ९ओबीसी० उत्थान विकास समिति र वादी समुदाय उत्थान विकास समितिहरुलाई यथाशीघ्र सञ्चालन गर्न मागसहित पिछडावर्ग महासंघ आन्दोलित भएको छ ।
तीनवटा विकास समितिहरुमा रिक्त रहेको पदमा यथाशीघ्र पदाधिकारीहरु नियुक्ति गर्नुपर्ने, राष्ट्रिय समावेशी आयोगले पिछडावर्गको थर सूचिकरणका लागि गरिएको सिफारिस मन्त्रिपरिषद्बाट पास गरी यथाशीघ्र ओबीसी आरण लागू गर्न माग महासंघले गरेको हो ।
यसैगरी, नेपाल सरकार र नेपाल पिछडावर्ग ९ओबीसी० महासंघ, दलित संघ तथा वादी समुदायबीच भएको सम्झौताहरु लागू गर्नुपर्ने र तीनवटै विकास समितिमा लामो समयदेखि कार्यरत अवकासित कर्मचारी...









