Sunday, August 9

समाज

काभ्रेपलाञ्चोकको खोपासी र शंखुबाट कोटेश्वर–तिनकुनेसम्म इभी माइक्रो सेवा
अर्थ, समाचार, समाज

काभ्रेपलाञ्चोकको खोपासी र शंखुबाट कोटेश्वर–तिनकुनेसम्म इभी माइक्रो सेवा

नेपालअखबार,पनौती  ।  मिनिबसबाट पनौती–काठमाडौं रुटमा यातायात सेवा सञ्चालन गर्दै आएको काभ्रे पुण्यवती यातायात प्रालिले आइतबारबाट इभी(विद्युतिय) माइक्रोबाट सेवा दिन थालेको छ । यो सेवाका लागि खोपासी र शंखुबाट पनौती हुँदै कोटेश्वर–तिनकुने हुँदै पुनः खोपासी र शंखु फर्कने गरी दुई वटा नयाँ रुट कायम गरिएको छ । कम्पनीका अध्यक्ष राजेशसुन्दर सैंजुले मानेश्वरी पार्कमा इभी माइक्रो सेवाको औपचारिक रुपमा उद्घाटन गरेका हुन् । ‘हामीले गत कात्तिक मै कम्पनीमातहत रहेर इभी माइक्रो सेवा सुरु गर्न चाहने व्यक्ति र कम्पनीलाई आह्वान गरेका थियौं । सोही अनुरुप हाल ५ वटा इभी माइक्रो समावेश भएको छ । अरु थप हुँदैछ’, सैंजुले थपे । हाललाई खोपासीबाट ५ वटा र शंखुबाट ५ वटा गरी १० वटा इभी माइक्रोको सेवा सुरु हुने र यसको प्रभावकारिताका आधारमा ५ वटा इभी माइक्रो थप सञ्चालन गर्ने योजना पनि उनले सुनाए । हाल खोपासीबाट ११ सिट क्ष...
तामाङ साँस्कृतिक नृत्य प्रतियोगितामा डिडि डान्स सेन्टर प्रथम
समाचार, समाज

तामाङ साँस्कृतिक नृत्य प्रतियोगितामा डिडि डान्स सेन्टर प्रथम

नेपालअखबार,पोखरा । नेपाल तामाङ साँस्कृतिक घेदुङ पोखराको आयोजनामा तामाङ साँस्कृतिक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । पोखरा उद्योग बाणिज्य संघको हलमा सम्पन्न प्रतियोगितामा डिडि डान्स सेन्टर प्रथम भएको छ । प्रतियोगितामा पुर्णिमा कला केन्द्र द्धितिय, बागिना कला केन्द्र तृतिय तथा नेपाल तामाङ घेदुङ सिम्पानी इकाइले सान्तन्वा स्थान हासिल गर्न सफल भएका छन् । विजेता प्रथम, द्धितिय, तृतिय एवम सान्तन्वा स्थान हासिल गर्ने टोलीले क्रमश रु ५० हजार, २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कारका साथ ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । विजेताहरुलाई गण्डकी प्रदेशसभा सदस्य पार्वती तामाङ, नेपाल तामाङ घेदुङका केन्द्रिय उपाध्यक्ष दीपम वाइवा तामाङ, पुर्व अध्यक्ष धनप्रसाद तामाङ, केन्द्रिय सदस्य सुजन लामा, नेपाल तामाङ घेदुङ गण्डकी उपाध्यक्ष जसपाल पाख्रिन तामाङ, उपाध्यक्ष रामबहादुर ब्लोन शिबु, नेपाल तामाङ घेदु...
मानव र वन्यजन्तु द्वन्द्व घटाउन कम्दी करिडोरमा ९५ वटा क्यामेरा जडान
प्रशासन, समाचार, समाज

मानव र वन्यजन्तु द्वन्द्व घटाउन कम्दी करिडोरमा ९५ वटा क्यामेरा जडान

नेपालअखबार,जानकी । जिल्लाको राप्तिसोनारी गाउँपालिका–३ बैसाको हरियाली सामुदायिक वनको कम्दी करिडोरमा ९५ वटा क्यामेरा जडान गरिएको छ । करिडोरमा वन्यजन्तुको आहोरदोहोरको अवस्था, बासस्थान, संरक्षण, विविध गतिविधि अवलोक गर्ने उद्देश्यले यहाँ क्यामेरा जडान गरिएको हो ।जिल्लास्थित डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत शङ्करप्रसाद गुप्ताले उक्त क्यामेरा जडानबाट मानव र वन्यजन्तुबीच हुने द्वन्द्व न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले जिल्लामा दिगो वन व्यवस्थापनका थुपै्र कार्य डिभिजन वन कार्यालयको मातहतमा रहेका सबडिभिजन वन कार्यालयले गर्दै आएको बताए । उनका अनुसार राष्ट्रिय वन व्यवस्थापनअन्तर्गत सामुदायिक वनको काठ दाउरा सङ्कलन गर्ने काम गत कात्तिकदेखि जिल्लामा सुरु गरिएको छ । त्यस्तै सामुदायिक वनका समूह, पदाधिकारी, उपभोक्तालाई वन व्यवस्थापन तथा सुशासनका सम्बन्धमा, संस्था सञ्चालन प्रक्रियाक...
आगलागीका घटना न्यूनीकरण गर्न शुक्लाफाँटामा सचेतना
प्रशासन, समाचार, समाज

आगलागीका घटना न्यूनीकरण गर्न शुक्लाफाँटामा सचेतना

नेपालअखबार,कञ्चनपुर । आगलागीका घटना न्यूनीकरण गर्न शुक्लाफाँटा नगरपालिकाले शनिबार नमूना कृत्रिम अभ्यास गरेको छ। सशस्त्र प्रहरी बल नेपाल ३५ नम्बर गण गर्जमुनीको सहकार्यमा आयोजना गरिएको नमूना कृत्रिम अभ्यासमा खाना पकाउने ग्यासबाट हुने आगलागी, वन डढेलो र घरमा आगाली भए कुन तरिकाबाट नियन्त्रण गर्ने भन्नेबारे समुदायको सहभागितामा नमूना अभ्यास  गरिएको हो। 'गर्मी बढदै जान थालेपछि आगलागीका घटनामा निकै वृद्धि भइरहेको छ,' नगरपालिकाको विपद् शाखाका प्रमुख कृष्णप्रसाद भट्टले भने, 'आगलागीका घटना भएमा कुन तरिकाबाट नियन्त्रण गर्ने, कुन निकायमा खबर गर्ने भन्नेबारे कृत्रिम नमूना अभ्यास गरेर देखाइएको छ।' अगालगीबाट हुने मानवीय, पशु चौपाया, धनसम्पत्ति, महत्त्वपूर्ण कागजपत्र, काठपात, अन्न, लुगाफाटोलगायतका क्षति न्यूनीकरण गर्न यस कार्यले सघाउ पुर्याउने उनले बताए। कार्यक्रममा आगलागी हुँदा प्रहरीलाई खबर ग...
बसाइँसराइले बरेङमा बस्ती सुनसान
समाचार, समाज

बसाइँसराइले बरेङमा बस्ती सुनसान

नेपालअखबार, बागलुङ । पछिल्लो समय बागलुङको बरेङ गाउँपालिकाबाट बसाइँसराइ गर्नेको सङ्ख्या बढ्दै गएको छ । हरेक महिना गाउँ छोडेर बजार झर्ने बढ्दै गएपछि बस्ती सुनसान बन्न थालेका छन् भने खेतीयोग्य जमिनमा झाडी पलाएका छन् । बरेङ गाउँपालिकाका सूचना अधिकारी केशवराज क्षेत्रीका अनुसार पछिल्लो दुई वर्षमा तीन सय ४७ परिवारका एक हजार दुई सय ८० जनाले गाउँ छोडेका छन् । गाउँमा शिक्षा, स्वास्थ्य, यातायातलगायतका विकास पुग्दै गरे पनि स्थानीयले बसाइँसराइ गर्न छाडेका छैनन् । चालु आर्थिक वर्षको सात महिनामा दुई सय १० जनाले गाउँ छाडेको सूचना अधिकारी क्षेत्रीले जानकारी दिए । साउनयता ५५ परिवारले बसाइँसराइ गरेर अन्य ठाउँमा गएका हुन् । यस वर्ष सबैभन्दा धेरै वडा नम्बर १ धुल्लुबास्कोटबाट १३ घरपरिवारका ५८ जना र सबैभन्दा कम वडा नम्बर ५ सुखौराका छ घरपरिवारका २० जनाले बसाइँसराइ लिएको क्षेत्रीको भनाइ छ । दुई वर्षको अवधिमा ४०...
पिसिएमको ग्राजुएसन समारोह सम्पन्न
शिक्षा, समाचार, समाज

पिसिएमको ग्राजुएसन समारोह सम्पन्न

नेपालअखबार,पोखरा । पोखरा नदीपुर स्थित पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) बाट स्नातक तहमा दीक्षित विद्यार्थीहरूको ग्राजुएसन समारोह भएको छ। समारोहमा बीबीए र बीसीआइएस विषय अध्ययनरत कलेजका ७१ विद्यार्थीलाई कलेजले सम्मान गरेको थियो। कार्यक्रमका प्रमुख अतिथि पोखरा विश्वविद्यालय व्यवस्थापन संकायका डिन डा. दयाराज ढकालले विद्यार्थीले ठूलो र सकारात्मक सोच राख्दा जीवनमा ठूलो अवसर प्राप्त हुने र जीवन सुखमय बन्ने बताए । उनले गुणस्तरीय विद्यार्थी उत्पादन गर्ने यो यात्रा थप उचाइमा लैजान कलेजले निरन्तरता दिने विश्वास व्यक्त गरे। कार्यक्रमका विशेष अतिथि पोखरा विश्वविद्यालयका परीक्षा नियन्त्रक तुलसीराम भण्डारीले विद्यार्थीहरूलाई सीप विकास गर्न तथा देशमै बसेर अवसरहरूको अधिकतम फाइदा उठाउन प्रेरित गरे। क्याम्पस सञ्चालक समिति सदस्य बिनोद कायस्थको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन उपप्राचार्य दीप...
बाघलाई खुवाइएको मासुको पैसा तिर्न निकुञ्जसँग बजेट अभाव
समाचार, समाज

बाघलाई खुवाइएको मासुको पैसा तिर्न निकुञ्जसँग बजेट अभाव

नेपालअखबार, चितवन ।  चितवन राष्ट्रिय निकुञ्जमा खोरमा सात वटा बाघ पालिएका छन्। ती बाघलाई दैनिक ५ किलो मासु खुवाउनुपर्ने हुन्छ। कार्यालयको वार्षिक बजेटले दुई महिना मात्रै पुग्छ। निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार चालु आर्थिक वर्षमा बाघको आहारका लागि चार लाख ३८ हजार बजेट निकासा भएको छ। थापामगरका अनुसार एक महिनामा सात वटा बाघलाई दैनिक ५ किलोका दरले राँगाको मासु खुवाउँदा मासिक दुई लाख दुई हजार ५०० खर्च हुन्छ। साउन र भदौको मासुको भुक्तानी भएको भए पनि त्यस यताको भुक्तानी हुन सकेको छैन। बाघलाई दैनिक मासु खुवाइरहेको भए पनि भुक्तानी गर्न नसकिएको उनले जानकारी दिए। निकुञ्जको कसरामा तीन, देवनगरमा दुई र सौराहामा दुई बाघ खोरमा छन्। झण्डै दुई महिनाअघि माडीमा नियन्त्रणमा लिइएको बाघलाई राख्ने ठाउँ नभएर पर्सा पठाइएको थियो। 'हामीसँग खोरमा राखिएका बाघको आहारा र आवश्यक परेमा नियन्त्र...
कुम्भमेलाबाट फर्किएका चार नेपाली तीर्थयात्रीको सवारी दुर्घटनामा मृत्यु, छ जना घाइते
दुर्घटना, समाचार, समाज

कुम्भमेलाबाट फर्किएका चार नेपाली तीर्थयात्रीको सवारी दुर्घटनामा मृत्यु, छ जना घाइते

नेपालअखबार, सप्तरी । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी कुम्भमेलाबाट घर फर्किएका यहाँका चार जनाको सवारी दुर्घटना मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन् ।उत्तर प्रदेशका गोरखपुर लिङ्क रोडमा गए राति भएको दुर्घटनामा कञ्चनरूप नगरपालिका– ७ का ६५ वर्षीय परशुराम चौधरी, ६४ वर्षीया लिलावती चौधरी, वडा नम्बर– ५ की ५५ वर्षीया हरिहर वती यादव र उनकी भाउजू सुनसरीको कुशहा गाउँपालिका– १ की समतोलियादेवी यादवको मृत्यु भएको कञ्चनरुप नगरपालिका– ७ का वडाध्यक्ष समानन्द चौधरीले बताए । सोही गाडीमा सवार लिलावतीका श्रीमान् कञ्चनरुप नगरपालिका १ स्थित लक्ष्मीनारायण माध्यमिक विद्यालय वैरवाका शिक्षक उपेन्द्र नारायण चौधरी, वडा नम्बर ७ कै लालुदेवी यादव, वडा नम्बर ५ का जीतु यादव, मुकेश यादव, उदयपुर निवासी उपेन्द्रका बहिनीज्वाई र चालकसहित ६ जना घाइते भएका छन् । उनीहरूको गोरखपुर अस्पतालमा उपचार भइरहेको छ । त...
सात करोड लगानीमा बनेको भवन प्रयोगविहीन
समाचार, समाज

सात करोड लगानीमा बनेको भवन प्रयोगविहीन

नेपालअखबार,पश्चिम नवलपरासी। पश्चिम नवलपरासीको रामग्राम नगरपालिका‐२ स्थित सहरी विकास तथा भवन निर्माण विभाग चितवनले सात करोडमा निर्माण गरेको भवन प्रयोगविहीन भएको छ। रामग्राम नगरपालिका झरही खोला नजिकै रहेको हाटबजारमा निर्माण गरिएको भवनको माथिको सटर भाडाको लागि ८० हजार जम्मा गरेपनि रामग्राम नगरपालिकाले भाडामा नदिएको रामग्राम निवासी गिरजाशङ्कर रौनियारले बताए। ‘सटर भाडाको लागि नगरपालिकामा निवेदन दिएँ  ।नगरपालिकाले भाडामा नदिएको भाडामा बस्नको लागि नगरपालिकाका प्रमुखसँग आग्रह गरेपनि सटर भाडामा नदिएपछि आफूले जम्मा गरेको रकम एक महिना पछि फिर्ता लिएँ,’ उनले भने। चितनबाट सञ्चालित निर्माण कम्पनीले हाटबजारको भवनको भौतिकपूर्वाधार निर्माण सम्पन्न गरेको चार वर्षभन्दा बढी भएको बताइएको छ। भाडामा नदिँदा निर्माणाधिन भवन प्रयोग बिहीन भएको उनको भनाइ छ। वर्षातका समयमा हाटबजार लगाउन आउने व्यपारीलाई वर्...
चापाकोटमा चार सय रोपनीमा सामूहिक आलुखेती
कृषि, समाचार, समाज

चापाकोटमा चार सय रोपनीमा सामूहिक आलुखेती

नेपालअखबार,वालिङ । स्याङ्जाको चापाकोटका विभिन्न स्थानमा सामूहिक आलुखेती गरिएको छ । चापाकोट नगरपालिकाको वडा नं ८ र ९ का तीन वटा सहकारीमा आबद्ध कृषकहरूले झण्डै चार सय रोपनीमा सामूहिक आलुखेती गरेका हुन् । चापाकोटस्थित रत्नपुर साना किसान कृषि सहकारी संस्था, रत्नपुर बहुउद्देश्यीय सहकारी संस्था र नवदृष्टि कृषि सहकारी संस्थामा आबद्ध कृषकले छिपछाप, क्वामी, दिम्पा, सगुई, निर्दिम, माडी, बेल्टारीलगायत स्थानमा सामूहिक आलुखेती गरेका रत्नपुर साना किसान कृषि सहकारीका पूर्वअध्यक्ष जीवन डोटेलले बताए । उनका अनुसार रत्नपुर बहुउद्देश्यीय सहकारी संस्थामार्फत तीन सय २० रोपनी, रत्नपुर साना किसान सहकारी संस्थामार्फत ५० रोपनी र नवदृष्टि सहकारीमार्फत २० रोपनी गरी कूल तीन सय ९० रोपनी क्षेत्रफलमा आलुखेती गरिएको हो । ‘तीन सय ९० रोपनी क्षेत्रफलमध्ये २० रोपनीमा बीउका लागि आलु लगाइएको छ’, उनले भने, ‘बाँकी तीन सय ७०...