Wednesday, August 12

समाज

बाढीबाट बागमती सिँचाइ आयोजनामा १० करोडको क्षति
प्रशासन, समाचार, समाज

बाढीबाट बागमती सिँचाइ आयोजनामा १० करोडको क्षति

नेपालअखबार,जनकपुरधाम । यही असोज ११ तथा १२ गते आएको बाढीबाट सर्लाहीको कर्मेयास्थित बागमती सिँचाइ आयोजनामा रु १० करोड ४० लाख बराबरको क्षति पुगेको छ । लालवकैया, लखनदेही, बागमती, चाँदी तथा झाँझ नदीमा आएको बाढीले उक्त आयोजनामा क्षति पुर्‍याएको हो । सर्लाही र रौतहट जिल्लामा करिब ४६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउँदै आएको उक्त आयोजनामा बाढीले क्षति पुर्‍याउँदा अहिले सिँचाइ कार्यमा असर पुगेको आयोजनाका  डिभिजन प्रमुख अनुभव चौधरीले बताए । बागमतीको बैराज, बैराजको ढोका र त्यसको तलको पक्की सतह तथा तटबन्ध, रौतहटतर्फको पश्चिमी मूलनहर तथा सर्लाहीतर्फको पूर्वी मूलनहर, शाखा नहर, उपशाखा नहर, हेडवक्र्स तथा बाँध र नहर जोड्ने मुख्य तथा सहायक सडक बाढीले क्षति पुर्‍याएको उनले जानकारी दिए । रौतहटतर्फको पश्चिमी मूल नहरको चाँदी साइफान, मानपुर शाखा अन्तर्गतको हजरिया शाखा, प्रेमपुर शाखा, महमोदपुर शाखा,...
पहिलेको खर्क अहिले बन्यो पर्यटकको गन्तव्य
पर्यटन, समाचार, समाज

पहिलेको खर्क अहिले बन्यो पर्यटकको गन्तव्य

नेपालअखबार,म्याग्दी । म्याग्दीको टोड्केमा रघुगंगाको झिँ र मंगलाको पूर्ण गाउँवासीले पशुचौपायाको गोठ लैजाने गर्थे। टोड्के  पहिले पहिले खर्कका रुपमा परिचित थियो। रघुगंगा र मंगला गाउँपालिका तथा बेनी नगरपालिकाको संगममा अवस्थित टोड्के पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेको छ। गाईवस्तुको घुम्तिगोठ राख्ने ठाउँलाई खर्क भनिन्छ।  जंगलमा भएको करिब ५० मिटर लामो सुरुङमा गाईवस्तु अडिकिने र तिनलाई बाघभालुले खाइदिने हुनाले गाउँलेले टोड्को भएको ठाउँ भन्दा भन्दै ठाउँकै नाम टोड्के रहन गएको किम्बदन्ती रहेको पूर्णगाउँका दुर्गादत्त आचार्यले जानकारी दिए। 'हामी तन्नेरी हुदाँसम्म टोड्केमा गाईभैसी, भेडाबाख्राको गोठ राख्ने गरिन्थ्यो,' ७० वर्षीय आचार्यले भने, 'प्रचारप्रसार, पूर्वाधार निर्माण, सडक, सञ्चार, विद्युत सुविधा विस्तार भएपछि पछिल्लो समय टोड्के खर्कबाट पर्यटकीय स्थलमा परिणत भएको छ।' समुन्द्री स...
त्रिशूलीको बाढीले दुई जिल्ला जोड्ने झोलुङ्गे पुल जोखिममा
प्रशासन, समाचार, समाज

त्रिशूलीको बाढीले दुई जिल्ला जोड्ने झोलुङ्गे पुल जोखिममा

नेपालअखबार,काठमाडौं ।  गत असोज ११ र १२ गतेको अविरल वर्षापछि त्रिशूली नदीमा आएको बाढीले दुई जिल्ला जोड्ने झोलुङ्गे पुल जोखिममा परेको छ। त्रिशूली नदीमा आएको बाढीले तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ जोड्ने घुमाउनेको झोलुङ्गे पुल जोखिममा परेको हो । बाढीले पुल जोखिममा परेपछि आवतजावतमा समस्या भएको आँबुखैरेनी–५ का वडाध्यक्ष सन्तोष गुरुङले जानकारी दिए। घुमाउनेमा निर्माणाधीन पक्की पुल विगत १० वर्षदेखि अलपत्र हुँदा यस भेगका सर्वसाधारणलाई आवतजावतका लागि यो पुलमात्रै विकल्प हो। पुल पनि बाढीले जोखिममा परेपछि हिँडडुलमा समस्या भएको वडाध्यक्ष गुरुङको भनाइ छ। 'घुमाउनेका सर्वसाधारण यही पुल प्रयोग गरी मुग्लिन–नारायणगढ खण्डमा निस्किएर यात्रा गर्छन्, पुल खतरामा परेको छ,'  उनले भने। दसैँ सुरु भएसँगै सर्वसाधारणको आवतजावत बढेको र पुलको जोखिमका कारण समय मिलाएर पुल वारप...
मन्थली–काठमाडौँ आवागमन फेरि अवरुद्ध
समाचार, समाज

मन्थली–काठमाडौँ आवागमन फेरि अवरुद्ध

नेपालअखबार,मन्थली ।  लगातारको वर्षाका कारण गत शनिबार गएको बाढी र पहिरोका कारण तीन दिनअघि मात्र नियमित भएको  मन्थली–काठमाडौँ यातायात आज बिहानदेखि अवरुद्ध भएको छ ।  दोलखाको मेलुङ गाउँपालिकास्थित मालुखोला नजिक ज्यामिरे भन्ने ठाउँमा बाटो तामाकोशी नदी किनारमा भाँसिएपछि सवारीसाधन आवागमन अवरुद्ध बनेको हो । मन्थलीबाट खुर्कोट हुँदै नेपालथोक–काठमाडौँसम्मको आवागमन खुर्कोटमा भएको पुल बगाएपछि र नेपालथोकदेखि भकुण्डेबेँसीसम्मको सडक रोशी खोलाले बगाएपछि वैकल्पिक मार्गका रुपमा मन्थलीबाट चरिकोट हुँदै सिन्धुपाल्चोकको खाडिचौर निस्केर काठमाडौँ आवतजावत गर्ने गरी बाटो खुलाइएको  थियो । बाटो अवरुद्ध भएपछि रामेछाप, सोलु र ओखलढुंगाका विभिन्न भागबाट काठमाडौँ जाने र तीनै स्थानका लागि काठमाडौँबाट छुटेका मालवाहक र यात्रुवाहक सवारीसाधन रोकिएका छन् । अवरुद्ध बाटो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले ...
बाढीपीडित किसानको गुनासो–स्याहार्ने बेलाको धान बाढीले लग्यो, अब के गर्ने थाहा छैन
समाचार, समाज

बाढीपीडित किसानको गुनासो–स्याहार्ने बेलाको धान बाढीले लग्यो, अब के गर्ने थाहा छैन

नेपालअखबार,राजविराज (सप्तरी) । सप्तरी हनुमाननगर कङ्कालिनी नगरपालिका-१ कोशी ब्यारेजका भीमराज मण्डलले दुई बिघामा लगाएको धानखेती बाढीले बगायो । कोशी किनारमै मजदुरी गर्दै आएका उनी बाढीले धानखेती ध्वस्त बनाएपछि अब के गर्ने भन्ने चिन्तामा छन् । ‘अहिलेसम्मको सबै मेहनत बाढीले बगायो, खेतमा गोडमेल, रोपाइँ, सिँचाइलगायतमा मात्रै प्रतिबिघाको ३५ हजारसम्म खर्च भएको थियो’, उनले भने । केही दिन अघि परेको अविरल वर्षासँगैको कोशी नदीमा आएको भिषण बाढीका कारण उनी मात्रै होइन अधिकांश किसान पीडामा छन् । त्यसैमध्येका एक हुन् उमेश माझी । ‘घुटराज जातको धान लगाएको थिए । पाकेर स्याहार्ने बेलामा कोशीको बाढीले सबै लग्यो, यहाँका किसानको लाखौंको लगानी डुब्यो’, उनले भने । कोशी ब्यारेजकै किसान लक्षमण प्रमाणीले दशैं लगत्तै धान काट्ने सोचमा थिए । तर, यही असोज १२ गते आएको बाढीले घरदेखि पश्चिम कोशी किनारमै रहेको खेत माट...
बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २३९ पुग्यो
समाचार, समाज

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २३९ पुग्यो

नेपालअखबार,काठमाडौं । अघिल्लो साता आएको बाढीपहिरोमा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु भएको । १८ जना अझै बेपत्ता रहेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारी जानकारी दिए । उनका अनुसार १७८ जना घाइते भएका छन् । हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय २० जनाको उद्धार गरिएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मत गरी यातायात सञ्चालन गर्न अथक प्रयास भइरहेको प्रवक्ता तिवारीले बताए । यही असोज १२ गते आएको बाढीपहिरोले काठमाडौं उपत्यका, काभ्रेलगायत बागमतीमा ठुलो क्षति भएको छ ।...
जोखिमपूर्ण तरिकाले यात्रु बोक्ने सवारीलाई कारबाही
समाचार, समाज

जोखिमपूर्ण तरिकाले यात्रु बोक्ने सवारीलाई कारबाही

नेपालअखबार ,धादिङ। जोखिमपूर्ण तरिकाले यात्रु बोक्ने सवारीसाधनलाई तत्काल कारबाही गर्न थालिएको छ। जिल्लाको ग्रामीण क्षेत्रमा यात्रु ओसार्ने बोलेरो जिप बढी कारबाही पर्ने गरेका छन्। शुक्रबार बिहान जिल्लाको ज्वालामुखी, त्रिपुरासुन्दरी, नेत्रावतीलगायत गाउँपालिकाका विभिन्न बस्तीबाट छतमा यात्रु राखेर ओसारपसार गर्ने पाँचवटा बोलेरो जिप जरिवानासहित कारबाहीमा परेका जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जनाएको छ। छतमा राखेर यात्रु ओसारपसार गर्ने, यात्रु बोक्ने अनुमति नभएका सवारीसाधनले क्षमताभन्दा बढी यात्रु राखेर जोखिमपूर्ण ढङ्गले सवारी चलाउने गरेको पाइएकाले पछिल्लो दुई दिनमा ३२ वटा सवारी कारबाहीमा परेका जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिए। उनका अनुसार प्रयोजन विपरीत सञ्चालित तीनवटा, छतमा राखेर यात्रु बोक्ने १४, सवारीसाधनको अवस्था ठीक नभएको पाँचसह...
शुक्लाफाँटा निकुञ्जमा वयस्क पोथी हात्ती मृत फेला
समाचार, समाज

शुक्लाफाँटा निकुञ्जमा वयस्क पोथी हात्ती मृत फेला

नेपालअखबार , कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पडाव क्षेत्रमा वयस्क पोथी हात्ती शुक्रबार मृतावस्थामा फेला परेको छ । प्राकृतिक कारणले हात्तीको मृत्यु भएको निकुञ्जका सूचना अधिकारी मनोज ऐरले बताए। निकुञ्जको पशु चिकित्सको टोलीले मृत हात्तीको बाह्य र भित्री भागको चिरफार गरेर हेर्दा केही पनि फेला नपरेको उनले बताए। बस्तीभन्दा झन्डै तीन–चार किलोमिटरभित्र हात्ती मृतावस्थामा फेला परेपछि करेन्ट लागेर वा विषादीका कारण मरेको भन्नेबारे पशु चिकित्सकको टोलीले चेकजाँच गर्दा त्यस्तो केही पनि फेला नपारेको निकुञ्जका सूचना अधिकारी ऐरले जानकारी दिए। निकुञ्ज सुरक्षार्थ नेपाली सेनाको गस्ती टोलीले हात्ती मृतावस्थामा फेला पारेको उहाँले बताए। ‘सेनाको टोलीले दैनिक निकुञ्ज क्षेत्रमा गस्ती गर्छ,’ उनले भने, ‘त्यही क्रममा शुक्रबार दिउँसो पडाव क्षेत्रमा हात्ती मृतावस्थामा देखेपछि निकुञ्ज कार्यालयमा खब...
नेपालले कार्बन बिक्रीबाट प्राप्त गर्दैछ एक अर्ब ६० करोड
प्रशासन, समाचार, समाज

नेपालले कार्बन बिक्रीबाट प्राप्त गर्दैछ एक अर्ब ६० करोड

नेपालअखबार ,काठमाडौं।  विश्व बैंकसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट एक अर्ब ६० करोड प्राप्त गर्दैछ। सन् २०१८ देखि २०२४ सम्म नेपालले तराईका १३ जिल्लाका वनजङ्गलमार्फत कार्बनडाइअक्साइड घटाएबापत सो रकम प्राप्त गर्न लागेको वन तथा वातावरण मन्त्रालयअन्तर्गतको रेड कार्यान्वयन केन्द्रले जनाएको छ। नेपालले तराई भूपरिधि कार्यक्रमअन्तर्गत बागमती नदीबाट महाकाली नदीसम्मका तराईका १३ जिल्लामा छ वर्षमा दुई दशमलव चार मिलियन टन कार्बन सञ्चिति गरेबापत सो रकम पाउन लागेको हो। प्रतिटन कार्बनको पाँच अमेरिकी डलरका दरले नेपालले यही अक्टोबरभित्र एक अर्ब ६० करोड प्राप्त गर्ने मन्त्रालयले जनाएको छ। वन मन्त्रालयका प्रवक्ता एवं सहसचिव बद्रीराज ढुङ्गानाका अनुसार विश्व बैङ्कसँग सुरुमा सम्झौता गर्दा उक्त रकम वन विकास कोषमार्फत आउनेगरी सम्झौता भएको थियो। अर्थ मन्त्रालयले मुलुकको का...
बाढी, पहिरो प्रभावितको पीडा : ‘न बस्ने बासको ठेगान छ, न छ खाने गासको’
समाचार, समाज, हाइलाइट-समाचार

बाढी, पहिरो प्रभावितको पीडा : ‘न बस्ने बासको ठेगान छ, न छ खाने गासको’

नेपालअखबार ,सिन्धुली । पाँच जनाको परिवार खुसी थियो । दसैँ मनाउन खर्च जुटाइसकेका थिए । तर दसैँ आउनुअघि दशा बनेर आयो बाढीपहिरो । बाढीले धान खेत बगर बनायो । घरमा भएका सामान केही निकाल्न पाएनन् । पहिरोले घर ध्वस्त पार्यो । बाढीपहिरोले घरखेत सखाप पारेर सुकुम्बासी बनाए पनि परिश्रम गरेर पुरानै लयमा फर्किने हिम्मत जुटाउथे । पहिरोले बुढेसकालको साहारा लुट्यो । घर माथिबाट झरेको पहिरोले घर थिच्यो । घरले विनय कोइरालालाई किच्यो । बचाऊ, बचाऊ, भनेर छोरोले हारगुहार गरेको आवाज बोधकुमार कोइराला र बिन्दा कार्कीको कानमा अहिले पनि तरङ्गिरहन्छ । हाँसिरहने छोरो आँखा अगाडि छाँया बनेर नाचिरहन्छ । छाँयामा छोरोलाई छुन खोज्दा पाउँदैनन् । झर्छन् आँशु, भक्कानो फुट्छ । यो कथामात्रै होइन, वास्तविक यथार्थ हो, सिन्धुलीको सुनकोसी गाउँपालिका–१ नेपालथोकका कोइराला परिवारको । यतिबेला यो परिवार शोकमा डुबेका छ । “माथ्लो घ...