Wednesday, August 12

समाज

बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २४६ पुग्यो
समाचार, समाज

बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २४६ पुग्यो

नेपालअखबार, काठमाडौँ । यही असोज १० देखि १२ गतेसम्मको धेरै वर्षाका कारण आएको बाढी पहिरोमा परेर आजसम्म मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ पुगेको छ । नेपाल प्रहरीले आज सार्वजनिक गरेको विवरण अनुसार आजसम्म  एक सय ७८ घाइते भएका छन् । १८ बेपत्ता रहेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । उनकाअनुसार कूल १७ हजार एक सय ७४ को उद्धार गरिएको छ । सबैभन्दा ठुलो जनधनको क्षति बागमती प्रदेशमा भएको र त्यसमा पनि काठमाडौँ उपत्यकामा धेरै क्षति भएको छ । बागमतीमा मात्रै एक सय ३९को मृत्यु भएको छ । मृतकमध्ये एक सय ७६ आश्रित परिवारलाई ‘विपद् पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड, २०७७’ बमोजिम राहत रकम उपलब्ध गराइएको छ । प्रभावित परिवारलाई नगद सहायता तथा राहत सामग्री वितरण जारी रहेको उनले जानकारी दिए । मन्त्रालयअन्तर्गत केन्द्रीय विपद् गोदाम घरमा रहेको राहत सामग्री जिल्ला विपद् व्यवस्थापन समि...
सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा
समाचार, समाज

सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा

नेपालअखबार,काठमाडौँ। गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडकको ७५ किलोमिटर मार्ग खुलेको छ। दुई प्रदेशको हिमाली जिल्लाका आन्तरिक व्यापार, पर्यटन विकास र स्थानीयवासीको सुविधाका लागि यो सडक महत्त्वपूर्ण मानिएको छ। संघीय सरकारको मनाङ–मुस्ताङ–डोल्पा–जुम्लासडक आयोजनाअन्तर्गत मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र डोल्पाको छार्का ताङसोङ गाउँपालिका जोड्ने सडकको मार्ग खोल्ने काम अन्तिम चरणमा पुगेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन नामग्याल गुरुङले बताए। 'जोमसोमबाट एक्लेभट्टी, पाक्लिङ, फलेक, साङ्तासम्म ४० किलोमिटर र साङताबाट याकखर्क हुँदै डोल्पाको सिमानासम्म थप ३५ किलोमिटर सडकको मार्ग खुलेको छ,' उनले भने, 'गत वर्ष मुस्ताङ हुँदै छार्का ताङसोङसम्म केही दिन ट्रयाक्टर चलाइएको थियो। यो सडकमा नियमित र सहज रूपमा यातायात सञ्चालनका लागि २० किलोमिटर सडक स्तरोन्नति र चार ठाउँमा ...
दक्षिणकाली दर्शनका लागि पुगे राष्ट्रपति पौडेल
समाचार, समाज

दक्षिणकाली दर्शनका लागि पुगे राष्ट्रपति पौडेल

नेपालअखबार,काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सबिता पौडेलसहित बडादसैँको अवसरमा सोमबार बिहान दक्षिणकाली मन्दिर पुगेर दक्षिणकाली माताको पूजा अर्चना गर्नुका साथै पुजारीबाट टीका प्रसाद ग्रहण गरेका छन् । काठमाडौँको दक्षिण भेग दक्षिणकाली नगरपालिकामा पर्ने यो मन्दिर उपत्यकाको प्रमुख शक्तिपीठ मध्ये एक मानिन्छ । सो अवसरमा दक्षिणकाली नगरपालिकामा प्रमुख मोहन बस्नेतले मन्दिर क्षेत्रमा हालैको बाढीले पारेको क्षतिको विवरण प्रस्तुत गर्दै पीडितलाई राहत तथा मन्दिर  क्षेत्रको पुनर्निर्माणमा सहयोगका लागि आग्रह गरेका थिए । साथै काठमाडौँ मकवानपुरको सडक छिटो पुनर्निर्माण गरी सडक निर्बाध सञ्चालनको आवश्यकता औँल्याए । सो अवसरमा राष्ट्रपति पौडेलले बाढीपहिरोले यस क्षेत्रमा भएको धनजनको क्षतिप्रति सहानुभूति व्यक्त गर्दै मन्दिर क्षेत्र र सडक निर्माण एवम् पीडितलाई राहतका लागि सरकारको ध्या...
सुनसरीमा किसान भन्छन्– यस पटकको दसैँ दशा भएर आयो
कृषि, समाचार, समाज

सुनसरीमा किसान भन्छन्– यस पटकको दसैँ दशा भएर आयो

नेपालअखबार, सुनसरी । सुनसरी देवानगञ्ज गाउँपालिका–२ का रामवृक्ष मेहताले पाँच बिघाभन्दा बढीमा धानखेती गरेका थिए । उनले ती मध्ये करिब दुई बिघाभन्दा बढीमा घुटराज जातको धानखेती गरेका थिए । उनी भन्छन्, “दसैँ अगाडि नै धान भित्र्याउने सोच बनाएको थिए ।  आफूलाई खान पुग्ने धान घरमा राखेर बाँकी बिक्री गर्ने तयारी समेत गरेको थिए ।  यसबाट आएको आम्दानीबाट दसैँ मनाउने सोच थियो । ” यही असोज ११, १२ र १३ गते परेको वर्षासँगै आएको बाढीले धानखेतीमा क्षति पुर्‍याउँदा किसान मेहताको उद्देश्य पूरा हुन पाएन ।  उनले भने, “बाढीबाट १० कठ्ठाभन्दा बढीको धानखेतीमा क्षति भएको छ । ” यसैगरी भोक्राहा नरसिंह गाउँपालिकाका देवनारायण मेहताले दुई बिघामा धानखेती गरेका थिए । उनले खेतको गोडमेल, रोपाइँ, सिँचाइलगायत व्यवस्थाका लागि प्रतिबिघा रु ४० हजार खर्च गरेका थिए । उनले भने, “बाढीले  भित्र्याउने बेलमा भएको धानबालीमा धेरै न...
सडक बाढी–पहिरोले अवरूद्ध बनाएपछि खाद्यान्न पठाउन ड्रोन
समाचार, समाज

सडक बाढी–पहिरोले अवरूद्ध बनाएपछि खाद्यान्न पठाउन ड्रोन

नेपालअखबार, काभ्रेपलाञ्चोक । गत साताको अविरल वर्षाका कारण ग्रामीण सडकसमेत अवरुद्ध भएपछि स्थानीयलाई खाद्यान्नलगायत सामग्री पठाउन काभ्रेको पनौती नगरपालिकाको १२ नम्बर वडास्थित एक गाउँमा ड्रोनको प्रयोग गरिएको छ। आइतबारदेखि हामी टिम नेपाल नामक संस्थाले एयरलिफ्ट टेक्नोलोजीको सहकार्यमा उक्त मगरगाउँमा चामललगायत खाद्यान्न  सामग्री पठाउन थालेको हो। आइतबारदेखि पहिला परीक्षण गरी मगरगाउँमा केही मात्रामा चामल र सामग्री पठाइएको टिम नेपालका स्वयंसेवक परीक्षण हुमागाईंले बताए। उनका अनुसार आइतबार उक्त गाउँका लागि तयारी गरिएको  सामग्री पठाइनेछ। भौगोलिक विकटता एवं ग्रामीण सडक अवरुद्ध भएपछि उक्त गाउँका ८५ परिवारका लागि उक्त संस्थाले ड्रोनको सहयता लिएको हो। बाढीपहिरोबाट पीडित उक्त गाउँका ८५ परिवारमा खाद्यान्नलगायत राहत सामग्री आवश्यक छ भन्ने खबर पाएपछि सडक नबन्दासम्म ड्रोनमार्फत पठाइने उपाय निकालिएको हुमाग...
खुर्कोट र रामेछापको मन्थली जोड्ने पुल तिहार अघिसम्म निर्माण गरिसक्ने
प्रशासन, समाचार, समाज

खुर्कोट र रामेछापको मन्थली जोड्ने पुल तिहार अघिसम्म निर्माण गरिसक्ने

नेपालअखबार,काठमाडौं । वर्षासँगै आएको बाढी क्षतिग्रस्त बनाएको सिन्धुलीको खुर्कोट र रामेछापको मन्थली जोड्ने पुल तिहार अघिसम्म निर्माण गरिसक्ने लक्ष्य राखिएको छ । खुर्कोट-मन्थली वारपार गर्न सुनकोशी नदीमाथि पक्की पुल र बेली ब्रिज सञ्चालनमा थिए । तर, ११ र १२ असोजमा सुनकोशी नदीमा आएको बाढीले बेली ब्रिज बगाउनुका साथै पक्की पुलमा समेत क्षति पुर्‍याएको थियो । त्यसपछि अहिले खुर्कोट-मन्थली यातायात ठप्प छ । पैदल यात्रीहरु समेत बाढीले जिर्ण बनाएको झोलुंगे पुलमा जोखिम मोलेर वारवार गर्दै आएका छन् । खुर्कोट-मन्थली पुलमा क्षति पुगेपछि अहिले स्थानीयहरु जोखिम मोलेर सिन्धुलीको गोलञ्जोर गाउँपालिका-६ बलेनी र आनामानेबिचमा रहेको रामेछाप नगरपालिका-९ मा जोडिएको क्षतिग्रस्त झोलुंगे पुलमा जोखिम मोलेर वारपार गर्दै छन् । सिन्धुलीतर्फको वीपी राजमार्ग र रामेछापतर्फको मध्यपहाडी राजमार्ग समेत जोड्ने पुलमा सुनकोशील...
करेन्ट लागेर दुई जनाको मृत्यु
समाचार, समाज

करेन्ट लागेर दुई जनाको मृत्यु

नेपालअखबार, काठमाडौँ । सिरहा र झापामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । सिराहा, लक्ष्मीपुर पतारी गाउँपालिका-२ पोखरभिण्डा बस्ने ५५ वर्षीय दुर्गानन्द चौधरीको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको छ । आफ्नै खेतको कलमा जडान गरिएको विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो । झापा, मेचीनगर नगरपालिका-८ सेन्टरटोल बस्ने ३८ वर्षीय राम कुमार गिरीको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको छ । सोही ठाउँस्थित राजपैनीमा विद्युतीय तारबाट करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।...
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो
पर्यटन, समाचार, समाज

अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो

नेपालअखबार,गण्डकी । पदयात्राका लागि प्रख्यात अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढेको छ । बितेका तीन महिनामा ३४ हजार छ सय ५१ विदेशी पर्यटक उक्त क्षेत्रमा भित्रिएका छन् । गत जुलाईमा पाँच हजार दुई सय ४९ पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेकामा सेप्टेम्बरमा बढेर पर्यटकको सङ्ख्या २३ हजार ८८ पुगेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले जनाएको छ । अगष्टमा त्यस क्षेत्रमा पुग्ने विदेशी पर्यटकको सङ्ख्या  छ हजार तीन सय १४  थियो । आयोजना प्रमुख डा.रविन कडरियाका अनुसार यो यामको सेप्टेम्बर र अक्टोबरमा सबैभन्दा बढी पर्यटक उक्त क्षेत्रको भ्रमणमा आउने गरेका छन् । सेप्टेम्बरमा घुमफिरका लागि आएका विदेशी पर्यटकमध्ये दक्षिण एसियाली मुलुकका ११ हजार छ सय ८२ र अन्य देशका ११ हजार चार सय छ जना छन् । अगष्टमा सार्क क्षेत्रका तीन हजार तीन सय ८३ र अन्य मुलुकका दुई हजार नौ सय ३१ पर्यटकले एक्यापको भ्रमण गरेक...
बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २४४ पुग्यो
समाचार, समाज

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २४४ पुग्यो

नेपालअखबार,काठमाडौँ ।  हालैको बाढीपहिरामा परी हालसम्म २४४ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन्। अन्य एक सय ७९ जना घाइते भएका छन्। गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १७४ जनाको उद्धार गरिएको छभने  सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मतसम्भार गरी यातायातका साधन सञ्चालनको प्रयास जारी छ। 'बाढीपहिरो पीडितको विवरण सङ्कलन स्थानीयस्तरबाट भइरहेको छ। त्यो प्राप्त भएपछि अस्थायी आवासका निम्ति सरकारले प्रदान गर्ने सहायता रकम वितरण हुनेछ। स्थानीय तहबाट प्रभावित परिवारलाई खाद्यान्नलगायत सहयोग प्रदान भएको छ,' उनले भने। सरकारले जिल्ला विपद् व्यवस्थापन कोषमार्फत प्रतिमृतक २ लाखका दरले निजका परिवारलाई सहायता रकम उपलब्ध गराएको छ। हालसम्म त्यस्तो सहायता १६० परिवारले पाइसकेका छन्। बाढीपहिरामा परी सबैभन्दा बढी काभ्रेपलाञ्चोकमा ७२ जनाको मृत्यु...
वडा कार्यालयबाट नुन वितरण भएपछि स्थानीयलाई सहज
समाचार, समाज

वडा कार्यालयबाट नुन वितरण भएपछि स्थानीयलाई सहज

नेपालअखबार,जुम्ला ।  जिल्लाका स्थानीय तहले वडाबाट अनुदानको नुन वितरण गरेपछि जुम्लाका नागरिकलाई सहज भएको छ । यो सुविधा वडाबाट प्राप्त भएपछि  पाँच केजीको नुन खरिद गर्न रु एक हजार खर्चेर सदरमुकाम खलङ्गा पुग्नुपर्ने बाध्यताको पनि अन्त्य भएको छ । तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाका अनुसार यहाँस्थित साल्ट ट्रेडिङ कर्पोरेसनले यहाँका स्थानीय तहलाई वडाबाट नुन वितरण गर्न वडामा दर्ता भएका घरलगतअनुसार प्रतिव्यक्ति पाँच केजीका दरले आपूर्ति गरको बताए । “यो दसैँमा नुनको अभाव हुने छैन, ” उनले भने । साल्ट ट्रेडिङ कर्पोरेशनका प्रमुख नगेन्द्र थापाले पनि सबै पालिकामा नुन आपूर्ति  भएको जानकारी दिँदै सदरमुकाम खलङ्गाको गोदाममा एक हजार एक सय ६० क्विन्टल नुन मौज्दात रहेको बताए  । चालु आर्थिक वर्षमा नराकोट र गोरुचौर डिपोमा एक–एक हजार क्विन्टल र सदरमुकाम खलङ्गाको डिपोमा चार हजार क्विन्टल नुनको कोटा तोकि...