Wednesday, August 12

समाज

सात करोड खर्चेर तनहुँको कुलुङखोलामा पक्की पुल बन्दै
समाचार, समाज

सात करोड खर्चेर तनहुँको कुलुङखोलामा पक्की पुल बन्दै

नेपालअखबार,तनहुँ। सडक निर्माण भएको २५ वर्षपछि भिमाद नगरपालिका–१ भएर बग्ने कुलुङखोलामा पक्की पुल निर्माण सुरु भएको छ। गण्डकी प्रदेश सरकारको सहयोगमा पुल निर्माण प्रारम्भ भएको हो। गण्डकी प्रदेशसभा सदस्य जितप्रकाश आलेले उक्त पुलको बिहीबार शिलान्यास गरे। भौतिक पूर्वाधार विकास मन्त्रालयको सात करोड ७३ लाख ६४ हजार ३८२ को लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ। पुलका लागि चालु आर्थिक वर्षमा रु दुई करोड १६ लाख ५६ हजार विनियोजन भएको छ। उक्त मन्त्रालयका अनुसार ७४.२० मिटर लामो आगामी २०८३ असार ९ गते सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको छ। यसैबीच, व्यास नगरपालिका–३ मा सात वर्षदेखि अलपत्र तत्कालीन महिला विकास तथा बालबालिका कार्यालयको भवन निर्माण अन्तिम चरणमा पुगेको छ। गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले भवन बनाउन रु ६५ लाख विनियोजन गरेको सामाजिक विकास कार्यालयका प्रमुख व...
बाढीपहिरोमा परी २३६ जनाको मृत्यु
समाचार, समाज

बाढीपहिरोमा परी २३६ जनाको मृत्यु

नेपालअखबार,काठमाडौं । यही असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २३६ पुगेको छ । गृहमन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार ११४ जना पुरुष, ३२ महिला र १९ बालबालिका गरी जम्मा २३६ जनाको मृत्यु भएको हो । अझै १९ जना बेपत्ता छन् । घाइतेहरुको संख्या १६५ छ । बाढीपहिरो प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार जनाको उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ । ९१० जनालाई हेलिकप्टरबाट उद्धार गरिएको छ । बाढीपहिरोबाट सडक, पुल लगायतका संरचनाहरुमा करोडौंको क्षति पुगेको छ । बीपी राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । भौतिक पूर्वाधार मन्त्रालयले बीपी राजमार्ग दशैं अघि सन्चालनमा ल्याउन कठिन हुने जनाएको छ । यसैगरी राजधानी काठमाडौंलाई अन्य जिल्लाहरुसँग जोड्ने अर्को मुख्य राजमार्ग पृथ्वी राजमार्गमा पनि दर्जनौं ठाउँमा गएको पहिरोले क्षति पुगेको छ । यातायातका साधन सह...
बाढीपछि पर्यटकको पर्खाइमा सौराहाका होटल व्यवसायी
पर्यटन, समाचार, समाज

बाढीपछि पर्यटकको पर्खाइमा सौराहाका होटल व्यवसायी

नेपालअखबार,चितवन । सौराहास्थित राप्ती नदीको किनारमा रहेको सन्सेट होटलको नदी तटीय क्षेत्रमा बाढीले बगाएर पाँच फिट बढी गहिरो भएको थियो । आज बिहान सौराहा पुग्दा बाढीले बनाएको खाल्डो पुरेर मिलाउने काम भइरहेको थियो ।  रेष्टुरेन्टका सञ्चालक दीपेन्द्र खतिवडाका अनुसार बाढीले एक मान्छे गहिरो खाल्टो बनाएको थियो । उनले भने, “अब करिब पूर्ववतः अवस्थामा आयो, भोलिबाट रेष्टुरेन्ट सञ्चालनमा ल्याउन सकिन्छ ।” हरेक वर्ष नदी तटीय क्षेत्रमा बाढी आउने भए पनि यस वर्ष अलि बढी क्षति भएको छ । “उहाँको सँगै १५ रेष्टुरेन्ट बाढीले असर पुर्याएको छ, रेष्टुरेन्ट सञ्चालकको छाता संस्था क्षेत्रीय रेष्टुरेन्ट एण्ड बार एशोसिएशन (रेवान) का अध्यक्ष ध्रुव गिरीका अनुसार अधिकांश क्षति पुगेका रेष्टुरेन्ट मर्मत र सरसफाइ गरेर सञ्चालनमा आउन थालेका छन्”, उनले भने, “बाढीपछि अब हामी पर्यटकको पर्खाईमा छौँ ।” बालुवा र पाँगो माटोले कतै ...
बाढीअहिले भारतमा पुगेर तबाही मच्चायाे
विदेश, समाचार, समाज

बाढीअहिले भारतमा पुगेर तबाही मच्चायाे

नेपालअखबार, काठमाडौँ । असोज १० र ११ गते नेपालमा आएको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकालगायत देशका अन्य भागमा धनजनको ठुलो क्षति भएको छ । नेपालमा बाढीको प्रभाव असोज १३ गतेदेखि नै कम हुँदै गइरहेको छ । हरेक नदीमा पानीको बहाब कम भएको छ । तर नेपालका विभिन्न भागमा तहसनहस हुने गरी आएको बाढी अहिले भारतमा पुगेर ताण्डव मच्चाइरहेको छ । असोज १३–१४ गतेदेखि बिहारमा बाढीले ठुलो क्षति गरिरहेको छ । भारतीय सञ्चारमाध्यम अनुसार भारत, बिहारका १६ वटा जिल्लाका २६९ वटा ग्राम पञ्चायत बाढीबाट पूर्ण रूपमा प्रभावित छन् । नेपालको सीमासँग जोडिएको सात वटा तटबन्धलाई बाढीले भत्काएको छ । बाढीले गाउँका गाउँ नै बगाएको छ । बिहारका अधिकारीहरूका अनुसार सन् १९५६ पछि यस्तो बाढी पहिलो पटक देखिएको हो । सन् २००८ मा कोशीको तटबन्ध भत्किएपछि नेपाललगायत बिहारमा धेरै ठुलो धनजनको क्षति भएको थियो । तर अहिलेको जस्तो तबाही त्यतिबेल...
झापामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु
समाचार, समाज

झापामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

नेपालअखबार, झापा । झापामा हात्तीको आक्रमणबाट दक्षिण झापाको हल्दिबारी गाउँपालिका–३ का वाङ्दी गुरुङको मृत्यु भएको छ । स्थानीय रणकाली सामुदायिक वनबाट घाँस काटेर घर फर्किने क्रममा ६५ वर्षीय गुरुङलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दले आज बिहान जंगलबाट घाँस काटेर घर फर्कने क्रममा हात्तीले गुरुङलाई आक्रमण गर्दा उहाँको घटनास्थलमै मृत्यु भएको जानकारी दिए । ‘जंगली हात्तीले लछारपछार पारी कुल्चिँदा गुरुङको मृत्यु भएको खबर पाएका थियौँ । खबर पाउनासाथ प्रहरी टोली घटनास्थल पुगेको हो’, सूचना अधिकारी चन्दले भने, ‘घटनास्थलमा प्रहरी परिचालन गरी सुरक्षित राखेका छौँ । मृतकको शव परिवारलाई बुझाउन कानुनी प्रक्रिया भइरहेको छ ।’झापामा केही वर्षयता जङ्गली हात्तीको आक्रमणबाट जङ्गल आसपासका बासिन्दाको मृत्यु हुने गरेको छ । जङ्गलमा घाँस दा...
बाटोमै बच्चा जन्माएकी सुत्केरीको अस्पताल लैजाने क्रममा मृत्यु
समाचार, समाज

बाटोमै बच्चा जन्माएकी सुत्केरीको अस्पताल लैजाने क्रममा मृत्यु

नेपालअखबार, अछाम। अछाममा एक सुत्केरीको मृत्यु भएको छ। ढकारी गाउँपालिका ६ कि २९ वर्षीया सरितादेवी जैशीको उच्च रक्तश्रापका कारण मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार गए राति करिब १२ बजे उनलाई सुत्केरी ब्यथा लागेको थियो। परिवारका सदस्यहरूले स्वास्थ्य चौकी ढुङ्गाचाल्नामा लग्ने क्रममा उनले बाटोमा नै बच्चा जन्माएकी थिइन्। बाटोमा सुत्केरी भएकी उनलाई उच्च रक्तश्रापको समस्या देखिएको थियो। त्यसलगत्तै उनलाई स्वास्थ्य चौकी ढुङ्गाचाल्ना पुर्‍याइएकोमा स्वास्थ्य कार्यालयमा आवश्यक उपकरण र दक्ष जनशक्ति नभएको भन्दै उनलाई थप उपचारको लागि जिल्ला अस्पताल मङ्गलसेन लैजान भनिएको थियो। सुत्केरी भएको करिब ७ घण्टासम्म पनि आवश्यक उपचार नपाउँदा जिल्ला अस्पतालमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए। ढिलो गरी अस...
ढुंगाले च्यापिएर सुर्खेतमा एक महिलाको मृत्यु
समाचार, समाज

ढुंगाले च्यापिएर सुर्खेतमा एक महिलाको मृत्यु

नेपालअखबार, सुर्खेत । ढुंगाले च्यापिएर सुर्खेतमा एक महिलाको मृत्यु भएको छ । घर लिप्ने माटो खन्ने क्रममा ढुंगाले च्यापिएर गुर्भाकोट नगरपालिका–६ सानोठकेनीकी ३८ वर्षीया ज्योती वलीको मृत्यु भएको हो । घर पोत्ने माटो खन्दै गर्दा माथिबाट खसेको ढुंगाले च्यापेर बिहिबार उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्रन वीर विश्वकर्माले जानकारी दिए । प्रहरीका अनुसार ज्योती खोलाको छेउमा माटो खन्न गएकी थिइन् । मृतकको शव पोष्टमार्टमको लागि मेहलकुना अस्पतालमा राखिएको प्रहरीले जनाएको थियो ।...
भौतिक पूर्वाधार मन्त्रालयले भन्याे वीपी राजमार्ग दशैं अगाडि खुलाउन नसकिने
प्रशासन, समाचार, समाज

भौतिक पूर्वाधार मन्त्रालयले भन्याे वीपी राजमार्ग दशैं अगाडि खुलाउन नसकिने

नेपालअखबार,काठमाडौं । भौतिक पूर्वाधार मन्त्रालयले वीपी राजमार्ग दशैं अगाडि खुलाउन नसकिने बताएको छ । मन्त्रालय र सडक विभागको टोली बुधबार नेपाली सेनाको हेलिकप्टरबाट निरीक्षणमा गएको थियो । त्यसको भोलिपल्ट बिहीबार भौतिक पूर्वाधार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव केशवकुमार शर्माले भने, ‘दशैं अगाडि खुल्ने अवस्था छैन भन्ने निष्कर्षमा हामी पुग्यौं ।’ वीपी राजमार्गको चौकीडाँडा–कालढुंगा खण्डमा मात्र १२ किलोमिटर सडक रोशी खोलाको बाढीले बगाएको छ । यो खण्डको लम्बाइ १८ किलोमिटर छ । त्यसमध्ये १२ किलोमिटर सडक रोशीको बाढीले बगाएको छ र त्यहाँ पहाड काटेर सडक बनाउन सक्ने अवस्था पनि छैन । त्यसैले नदीमा पानीको बहाब कम भएपछि डाइभर्सन गरेर सडक सञ्चालन गर्ने प्रयास हुनेछ । सचिव शर्माका अनुसार अस्थायी रुपमा राजमार्ग सञ्चालन गर्न रोशी खोलाको वारिपारी गर्दै ट्र्याक खोल्न सकिन्छ । तर तीन चार ठाउँमा...
गोरखाको ठेउवाटारमा पाँच दिनदेखि बिजुली अवरुद्ध
समाचार, समाज

गोरखाको ठेउवाटारमा पाँच दिनदेखि बिजुली अवरुद्ध

नेपालअखबार,गोरखा। गोरखाको शहीद लखन गाउँपालिका वडा नम्बर ४ ठेउवाटार र आसपासका क्षेत्रमा बाढीले बिजुलीको पोलमा क्षति पुर्‍याएपछि पाँच दिनदेखि बिजुली अवरूद्ध छ। ठेउवाटार र चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ धारापानी जोड्ने झोलुङ्गे पुल बाढीले बगाउँदा बिजुलीका पोलमा क्षति पुगेपछि सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण मुग्लिन वितरण केन्द्रका प्रमुख शेषमणि अधिकारीले बताए। ‘झोलुङ्गे पुलसँगै बिजुलीका चार वटा खम्बामा बाढीले क्षति पुर्‍याएको छ। खम्बामा टाँगिएका सबै तार त्रिशुली नदीले बगाएपछि नयाँ तार फेरेर अवरुद्ध विद्युत् सञ्चालन गर्ने तयारी भइरहेको छ,’ उनले भने। क्षति भएका खम्बा मर्मत गरिसकिएको बताउँदै अधिकारीले विद्युत् नियमित सञ्चालन हुने बताए। ‘पोल मर्मत गरी नयाँ तार नयाँ फेर्ने काम सकिएको छ। तत्काल विद्युत् सञ्चालन गर्ने तयारी भइरहेको छ,’ उनले भने। विद्युत् अवरुद्ध हुँद...
देशभर १४ हजार ९७५ जनामा डेंगु सङ्क्रमण
समाचार, समाज, स्वास्थ्य

देशभर १४ हजार ९७५ जनामा डेंगु सङ्क्रमण

नेपालअखबार,काठमाडौँ । देशभर १४ हजार ९७५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्याङ्क अनुसार ७७ जिल्लामध्ये जुम्लामा बाहेक सबै जिल्लाका १४ हजार ९७५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो । ईडीसीडीको तथ्यांकअनुसार सबैभन्दा बढी कास्की जिल्लामा दुई हजार २२१ जनामा डेंगु सङ्क्रमण देखिएको छ । यस्तै, तनहुँमा एक हजार ७२६, काठमाडौँमा एक हजार ९८६ जना डेंगु फैलिएको छ । यस्तै, पर्वतका एक हजार २८३ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको ईडीसीडीको तथ्याङ्क छ । यस्तै, चितवनमा ८२९, गोरखामा ५५२ ,ललितपुरमा ४४८, बागलुङमा ३३९, स्याङ्जामा २६४, कैलालीमा २३९ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । यी दश जिल्ला सबैभन्दा बढी डेंगु सङ्क्रमण भएका जिल्ला हुन् । कुन प्रदेशमा कति डेंगु सङ्क्रमित ? देशभरका सातवटा प्रदेशमध्ये सबैभन्दा बढी गण्डकी प्रदेशमा डेंगु सङ्क्रमण ...