Thursday, August 13

समाज

गुल्मीमा माछा मार्नेबेला खोलाले बगाउँदा एक युवा बेपत्ता
समाचार, समाज

गुल्मीमा माछा मार्नेबेला खोलाले बगाउँदा एक युवा बेपत्ता

नेपालअखबार, गुल्मी । गुल्मीमा माछा मार्ने क्रममा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा चन्द्रकोट गाउँपालिका-८ मजुवा निवासी १६ वर्षीय असिम कुमाल छन् । कुमाल आज बिहान माछा मार्ने क्रममा बडिगाड खोलाले बगाएर बेपत्ता भएका हुन् ।जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी )शंकर पोखरेलका अनुसार उनको खोजी कार्यको लागि नेपाल  प्रहरी र सशस्त्र प्रहरीवल ३७ नम्बर गुल्म गुल्मीबाट विपद् उद्धार टोली परिचालन भएको छ ।...
गैँडा चोरी सिकारीमा फरार ३४ जना पक्राउ
अपराध, समाचार, समाज

गैँडा चोरी सिकारीमा फरार ३४ जना पक्राउ

नेपालअखबार, चितवन । चितवन राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्षमा दुर्लभ एक सिङ्गे गैँडा चोरी सिकारी गरेको अभियोगमा फरार भएका ३४ जनालाई पक्राउ गरेको छ । एक वर्षमा चोरी सिकारीमा संलग्न भएकालाई पक्राउ गरिएको यो ठूलो सङ्ख्या हो । निकुञ्जले गतवर्ष सालकको खपटाको चोरी सिकारी गरेको अभियोगमा छ जनालाई पक्राउ गरेको थियो । यस्तै खाल्डो बनाएर दुई गैँडा मारेको अभियुक्तलाई नौ दिनभित्र पक्राउ गर्न सफल भएको थियो । चोरी सिकारी नियन्त्रण अभियानमा महत्वपूर्ण काम भएको भन्दै निकुञ्जका अधिकारीलाई ज्यानु वसन्तराज मिश्र फाउण्डेसनले रु तीन लाखसहित सम्मान गरेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुन, संरक्षण अधिकृत दिवेश श्रेष्ठ र घडियाल प्रजनन केन्द्रका कर्मचारी प्रेम शर्मा नगदसहित सम्मानित भएका हुन् । फाउण्डेसनले उहाँहरुलाई वातावरण संरक्षण पुरस्कार प्रदान गरेको हो । प्रमुख संरक्षण अधिकृत...
तल्लो अरुण आयोजनाबाट २६८ परिवार प्रभावित हुने
समाचार, समाज

तल्लो अरुण आयोजनाबाट २६८ परिवार प्रभावित हुने

नेपालअखबार, सङ्खुवासभा। पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा निर्माण हुन लागेको ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाबाट २६८ परिवार प्रत्यक्ष रुपमा प्रभावित हुने भएका छन्। निर्माण कम्पनी भारतको सतलजले प्रस्ताव गरेको तल्लो अरुण जलविद्युत् आयोजना पुर्नवास तथा पुनःस्थापनाको मस्यौदा प्रतिवेदन अनुसार उक्त आयोजना निर्माणका लागि करिब ६५ हेक्टर जमिन अधिग्रहण गरिने छ। ‘यसबाहेक वन क्षेत्र ७० हेक्टर र सरकारी जग्गा ६ हेक्टर अधिग्रहण हुनेछ,’ तल्लो अरुण पावरडेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी निर्देशक अरुण धिमानले भने। प्रभावित स्थानीयलाई करिब एक अर्ब ४० करोड रकम मुआब्जा वितरण गरिने आयोजनाले जनाएको छ। तल्लो अरुण बन्ने पक्का भएपछि प्रभावित क्षेत्रका बासिन्दासँग निर्माणकर्ता भारतीय सतलज कम्पनीले छलफल अघि बढाएको छ। ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् उत्पादनपछि खेर गएको पानीबा...
चौँरीपालन व्यवसायमा किसानको आकर्षण घट्दो
कृषि, समाचार, समाज

चौँरीपालन व्यवसायमा किसानको आकर्षण घट्दो

नेपालअखबार,भोजपुर । जिल्लामा परम्परागत रूपमा गरिँदै आएको चौँरीपालन व्यवसायमा किसानको आकर्षण घट्न थालेको छ । चौँरीको दूधबाट उत्पादन हुने परिकारको बजारमा राम्रो माग भए पनि चौँरीपालन व्यवसायमा किसानको आकर्षण भने घट्दै गएको हो । चरन क्षेत्रको अभाव तथा नयाँ पुस्ताको रोजाइमा नपर्दा यो व्यवसाय सङ्कटमा पर्दै गएको किसान बताउँछन् । दशकअघिसम्म मैयुङ क्षेत्रमा सयौँको सङ्ख्यामा हुने चौँरीगोठ अहिले आठ-दश वटामा सीमित रहेको स्थानीय चौँरीपालक कृषक प्रविन राईले बताए । पछिल्लो समयमा चौँरीपालक कृषकको मुख्य समस्या चरन क्षेत्र बनेको उनको भनाइ छ । आम्दानीको राम्रो स्रोतका रूपमा रहे पनि विभिन्न समस्याका कारण बर्सेनि किसानको चौँरीपालनतर्फ आकर्षण घट्दै गएको उनको भनाइ छ । सामुदायिक वन तथा अन्य निकायले चरनमा रोक लगाएपछि व्यवसायलाई प्रत्यक्ष असर परेको किसान राईले बताए । चौँरीलाई चरनका लागि प्रशस्त घाँसेमैदान चाहिने...
रुख ढल्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध
समाचार, समाज

रुख ढल्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध

नेपालअखबार, चितवन । भरतपुर महानगरपालिका–१ आँपटारीमा आज बिहान रुख ढल्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले रुख पन्छाउने काम सुरु गरिएको छ । सडक अवरोध हटाउन समय लाग्ने प्रनाउ रिजालले बताए । दुर्घटनामा तीनजना घाइते यसैबिच नारायणगढ–मुग्लिन सडकखण्डमा बस र ट्रक आज बिहान ठक्कर खाँदा तीनजना घाइते भएका छन् । भरतपुर महानगरपालिका–२९ सिमलतालमा एआर०१टी ६३७२ नम्बरको भारतीय बसले ग२ख ११०८ नम्बरको ट्रकलाई ठक्कर दिँदा तीनजना घाइते भएका हुन् । मुग्लिनबाट नारायणगढ आउँदै गरेको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको बस एकापसमा ठक्कर खाएको हो । ट्रकमा सवार तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए । घाइते सबैको अवस्था मध्यम छ । उनका अनुसार बसका चालक फरार रहेको र खोजी जारी रहेको छ । ...
पोखरा–४ ले आयोजना गरेको तीज गीत प्रतियोगितामा आदर्श महिला समूह प्रथम
समाचार, समाज

पोखरा–४ ले आयोजना गरेको तीज गीत प्रतियोगितामा आदर्श महिला समूह प्रथम

नेपालअखबार, पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ४ को आयोजनामा वडा स्तरीय तीज गीत प्रतियोगिता सम्पनन भएको छ । शनिबार सम्पनन प्रतियगितामा नेपाल आदर्श महिला समूह प्रथम भएको छ । उक्त समूहले प्रथम हुँदै २० हजार रुपैयाँ सहित प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियगितामा महिला समाजसेवा समिति दोस्रो र शुभकामना महिला विकास केन्द्र तेस्रो भए । परोपकार सर्वेश्वर नारी समूह सान्त्वना भएको छ । दोस्रो, तेस्रो र सान्त्वना हुन सफल समूहले क्रमस १५ हजार रुपैयाँ, १० हजार रुपैयाँ र पाँच हजार रुपैयाँसहित प्रमाण पत्र प्राप्त गरेका छन् । त्यसैगरी गणेश योग केन्द्रले उत्कृष्ठ नृत्य, सिर्जनशिल महिला समूहले समय व्यवस्थापन र रामकृष्ण टोल मिसा पुचले उत्कृष्ठ भेषभूषामा पुरस्कार प्राप्त गरे । उत्कृष्ठ नृत्य प्रस्तुत गर्ने, समय व्यवस्थापन गर्ने र उत्कृष्ठ भेषभूषा पुरस्कार प्रापत गर्ने समूहले उनीहरुले ३÷३ हजार रुपैयाँसहित ...
सम्झौता सकिन १० दिन बाँकी छ, काम २० प्रतिशतमात्रै
समाचार, समाज

सम्झौता सकिन १० दिन बाँकी छ, काम २० प्रतिशतमात्रै

नेपालअखबार, नेपालगन्ज । परसपुर–गौघाट सडक खण्डको कालोपत्र निर्धारित समयमा अझै सम्पन्न भएको छैन। मुख्यतः बाँके र बर्दिया जिल्लाको जनताले सो सडकबाट आवतजावत गर्दछ। यही भदौ २५ गते सडक निर्माणको सम्झौता सकिँदैछ। तर काम भने करिब २० प्रतिशत मात्र भएको छ। संघीय सरकारको लगानीमा बन्न लागेको  नेपालगन्जको परसपुरदेखि गौघाटसम्म १४ किलोमिटर सडक कालोपत्र गर्नको लागि करिब १४ करोडमा निर्माण कम्पनीसंग सम्झौता गरिएको थियो। समयमा कालेपत्रको काम नहुँदा यहाँका स्थानीयले थप दुःख पाइरहेका छन्। नेपालगन्ज उप–महानगरपालिका सहित जानकी, खजुरा र बर्दिया बढैयाताल गाउँपालिकाका जनताले दैनिक प्रयोग गर्ने परसपुर–गौघाट सडक खण्ड हो। सडक डिभिजन कार्यालय नेपालगन्जका प्रवक्ता इन्जिनियर अमिर सुवेदीका अनुसार हाल उक्त योजनाको २० प्रतिसतमात्र काम सकिएको छ। सडकको केही भागमा नालाको काम र माटो पटानभन्दा अरू केही प्रगति भ...
मोरङमा दुई नाबालिका मृत अवस्थामा फेला
समाचार, समाज

मोरङमा दुई नाबालिका मृत अवस्थामा फेला

नेपालअखबार,  मोरङ। मोरङमा दुई नाबालिका मृत अवस्थामा फेला परेका छन् । सुन्दरहरैँचा नगरपालिका–७ मा रहेको केरा बगानभित्र १ वर्षीय र तीन वर्षीय नाबालिका मृत भेटिएका हुन् । प्रहरीका अनुसार स्थानीय नारायण न्यौपानेको केरा बगानभित्र मृत भेटिएका १ वर्षीया अर्पणा कार्की र ३ वर्षीया आयिका कार्की  धनकुटाका ३१ वर्षीय अर्जुन कार्कीका छोरीहरु हुन् । उनीहरुको आज करिब साढे चार बजे फेला  परेको हो । प्रहरीका अनुसार अर्जुनकी श्रीमती २९ वर्षीया अस्मिता न्यौपाने भने सम्पर्कविहीन छन् । धनकुटाको पाख्रिबास नगरपालिका–४ डिकुरे घर भएका अर्जुन पत्नी र २ छोरीसहित मोरङको सुन्दरहरैँचा–७ मालती टोलमा सीता रेग्मीको घरमा बस्दै आएका थिए । उनी बसेको स्थान नजिकै घर पनि बनाउँदैछन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार शुक्रबार साँझ अर्जुनसँग पत्नी अस्मिताको विवाद भएको थियो । विवादपछि उनी छोरी...
जलवायुसम्बन्धी आगामी सम्मेलन कोप–२९ ‘फाइनान्स कोप’ हुने
विश्व, समाचार, समाज

जलवायुसम्बन्धी आगामी सम्मेलन कोप–२९ ‘फाइनान्स कोप’ हुने

नेपालअखबार, काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) ‘जलवायु वित्त’का विषयमा बढी केन्द्रित हुने भएको छ । कोप–२९ आगामी नोभेम्बर ११ देखि २२ तारिख (आगामी कात्तिक २६ देखि मंसिर ७ गते) सम्म अरजरबैजानको बाकुमा हुँदैछ । यो सम्मेलनमा ‘क्लाइमेट फाइनान्स’ र ‘कार्बन क्रेडिट’का विषय छलफलको सबैभन्दा प्राथमिक सूचीमा रहेकाले पनि यस सम्मेलनलाई फाइनान्स कोप भनिएको हो । वन तथा वतावरण मन्त्रालयको जलवायु परिवर्तत व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव डा बुद्धिसागर पौडेलले कोप–२९ मा ‘क्लाइमेट फाइनान्स’ र ‘कार्बन क्रेडिट’ विषयलाई अन्तिम रुपम दिने र रकमको स्रोतसमेत निर्धारण गर्ने काम हुने भएकाले यो सम्मेलन जलवायु वित्तका दृष्टिकोणले महत्वपूर्ण हुने बताए । ‘जलवायु वित्तमा नयाँ सामूहिक परिमाणित लक्ष्य (एनसिक्यूजी) ला...
जापानमा एक्लोपनको गम्भीर समस्या: छ महिनामा करिब ४० हजार मानिसहरू घरमा एक्लै मरे
विश्व, समाचार, समाज

जापानमा एक्लोपनको गम्भीर समस्या: छ महिनामा करिब ४० हजार मानिसहरू घरमा एक्लै मरे

नेपालअखबार,   टोकियो । जापानमा यो वर्षको पहिलो छ महिनामा करिब ४० हजार मानिसहरू घरमा एक्लै मरेका छन् । यो तथ्याङ्क जापानी प्रहरीको प्रतिवेदनमा दिइएको हो । राष्ट्रिय प्रहरी एजेन्सीका अनुसार तीमध्ये करिब ४ हजार जनाको शव मृत्यु भएको एक महिनापछि फेला परेको थियो भने १ सय ३० जनाको शव झण्डै एक वर्षदेखि बेपत्ता रहेका थिए । संयुक्त राष्ट्रसंघका अनुसार हाल जापानमा सबैभन्दा बढी वृद्ध जनसङ्ख्या रहेको छ । अनि एक्लोपन पनि त्यहाँ एक गम्भीर समस्या हो। जापानी प्रहरी एजेन्सीले प्रतिवेदनले देशमा एक्लै बस्ने र एक्लै मर्न बाध्य हुने वृद्धवृद्धाहरूको समस्यालाई उजागर गर्न मद्दत गर्ने आशा गरेको छ। राष्ट्रिय प्रहरी एजेन्सीको तथ्याङ्क अनुसार घरमा एक्लै बस्ने करिब ३७ हजार २२७ व्यक्ति मृत अवस्थामा फेला परेका छन् । यी मध्ये ७० प्रतिशत व्यक्ति ६५ वा माथिका थिए। करिब ४० प्रतिशत मानिसको शव एकै दिनमा फेला ...