Thursday, August 13

समाज

अवैध नेपाली रुपैयाँसहित भारतीय नागरिक पक्राउ
अपराध, समाचार, समाज

अवैध नेपाली रुपैयाँसहित भारतीय नागरिक पक्राउ

नेपालअखबार, रौतहट । रौतहटबाट सशस्त्र प्रहरीले अवैध चार लाख नेपाली रुपैयाँसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म गौरका प्रमुख डिएसपी राजेश कुमार श्रेष्ठको टोलीले अवैध ४ लाख नेपाली रुपैयाँसहित भारतीय ६१ वर्षीय ईसमाईल मियाँलाई पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका मियाँमाथि  चेकजाँच गर्दा उक्त रुपैयाँ बरामद गरिएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईँले बताए । बरामद अवैध रुपैयाँसहित भारतीय नागरिकलाई आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।...
पर्यटन पूर्वाधारले आकर्षक बन्दै काभ्रेको ‘तीनधारे झरना’
पर्यटन, समाचार, समाज

पर्यटन पूर्वाधारले आकर्षक बन्दै काभ्रेको ‘तीनधारे झरना’

नेपालअखबार, काभ्रे। काभ्रेको रोशी गाउँपालिका–२ काफलडाँडामा रहेको पर्यटकीयस्थल ‘तीनधारे झरना’मा पर्यटन पूर्वाधारको थप गरिएसँगै आकर्षक बन्दै गएको छ । पर्यटकको आगमन बढ्दै गएपछि यहाँ आउने पर्यटकलाई थप सहजता प्रदान गर्न शौचालय, कपडा फेर्न कोठा र माथि डाँडाबाट सुन्दर झरनाको दृश्य अवलोकन गर्न विश्रामस्थल र रेलिङलगायत संचरना निर्माण गरिएको हो । पहाडी भूगोलको आकर्षक झरना, रमणीय र मनमोहक ठाउँ र हरियाली शान्त वातावरण भएकाले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेकाले आवश्यक पूर्वाधार थप गरिएको रोशी–१ का वडाध्यक्ष श्रीदास लामाले बताए । यहाँ पर्यटकको आगमन बढ्न थालेसँगै पर्यटकले व्यवस्थापनमा ध्यान दिन स्थानीय सरकारलाई सुझाव दिएपछि मोटरबाटो, पैदलमार्ग र झरना क्षेत्रमा थप पूर्वाधार निर्माण भइरहेको उनले जानकारी दिए । ‘कोरोना महामारीको बेलामा मानिसलाई घरमा मात्रै बसेर उकुसमुकुस भएको थियो । ...
नदी कटानले कञ्‍चनपुरको कुतियाकवर बस्ती उच्च जोखिममा
समाचार, समाज

नदी कटानले कञ्‍चनपुरको कुतियाकवर बस्ती उच्च जोखिममा

नेपालअखबार,  कञ्चनपुर। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० को अन्तिम बस्ती कुतियाकवर उच्च जोखिममा छ । तीनतिर महाकाली नदी र एकतर्फ जोगबुढा नदीले घेरेको यो बस्ती महाकाली र जोगबुढा नदीको निरन्तरको कटानले बस्तीनै नदीमा समाहित हुने जोखिममा छ । भारतसँग सीमा जोडिएको यो बस्तीमा महाकाली नदीको लगातारको कटानले ठूलो क्षति गरेको छ । स्थानीयका अनुसार असार यताको बाढीले दुई बिघा जग्गा नदीमा समाहित भइसकेको छ । पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाधमा रहेको कुतियाकवर दक्षिणमा भने भारतसँग जोडिएको छ । बस्तीलाई नहेरे पनि सरकारले आफ्नो भूमि जोगाउन पनि कटान रोक्ने उपाय खोज्नुपर्ने यहाँका स्थानीय खड्के बुढा बताउँछन् । ‘नदी कटानले गाउँ नै जोखिममा परेको छ अहिलेसम्म राज्यबाट नदी नियन्त्रणका लागि कुनै पहल हुनसकेको छैन’, उनले भने, ‘यहाँ अवलोकनका लागि सांसद मन्त्री धेरै पटक आउनुभयो तर नदी नियन्त्रणका लाग...
थासाङ हिउँपहिरो: थुनिएको खोला बग्न थाल्यो
समाचार, समाज

थासाङ हिउँपहिरो: थुनिएको खोला बग्न थाल्यो

नेपालअखबार,  मुस्ताङ।  धवलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट मङ्गलबार साँझ खसेको हिमपहिरोले पूर्ण रूपमा थुनिएको मुस्ताङको थासाङ गाउँपालिकामा रहेको बोक्सीखोला बग्न थालेको छ। मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मुलखर्कबाट बोक्सीखोला क्षेत्रमा हिउँपहिरोले थुनिएको खोला करिब १३ घण्टापछि बुधबार बिहानदेखि बग्न थालेको हो। थासाङ–२ का वडाध्यक्षसमेत रहेका गाउँ कार्यपालिकाका प्रवक्ता गौतम शेरचनले मंगलबार बिहानदेखि थुनिएको ठाउँबाट खोला बग्न थालेको बताए। ‘मंगलबासाँझ ५ः४५ बजेतिर खसेको हिउँपहिरो थुप्रिएर बोक्सी खोला पूरै सुकेको थियो,’ उनले भने, ‘सामान्य अवस्थाको तुलनामा आधा जति बगेको खोलामा विस्तारै पानीको मात्रा बढ्दै गएकाले तटीय क्षेत्रमा सतर्कता अपनाएका छौं।’ खोँचमा थुप्रिएको हिउँलाई खोलाको पानीले पगालेर विस्तारै बग्न थालेको शेरचनले बताए। तटीय क्षेत्रका नौवटा घरलाई राति सुरक्षित ठाउँमा सारिएक...
धुलिखेल नेपालको पहिलो ‘स्वस्थ सहर’
समाचार, समाज

धुलिखेल नेपालको पहिलो ‘स्वस्थ सहर’

नेपालअखबार, काभ्रेपलाञ्चोक । विश्व स्वास्थ्य सङ्गठनले काभ्रेपलाञ्चोकको पर्यटकीय नगर धुलिखेललाई ‘नेपालको पहिलो स्वस्थ सहर’ घोषणा गरेको छ । सङ्गठनले तोकेका मापदण्ड पूरा गरेको धुलिखेल एसियाको दोस्रो स्वस्थ सहर भएसँगै पाँच हजार डलर पुरस्कार प्राप्त गर्न पनि सफल भएको छ । सङ्गठनका प्रमुख डा सुभाजी गुडले मङ्गलबार नेपालको पहिलो स्वस्थ सहर र एसियाको दोस्रो स्वस्थ सहर भएको घोषणा गरेका हुन् । गुडद्वारा घोषणासँगै धुलिखेललाई नेपालको पहिलो स्वस्थ सहर भएकामा पाँच हजार डलर पुरस्कार घोषणा भएको थियो । एसियामा पहिलो स्वस्थ सहर भारतको पुणे नगर बन्दा र ६५ दशमलव ४८ अङ्क प्राप्त गरी धुलिखेल दोस्रो स्थानमा रहेको घोषणा भएको हो । एसियाको दोस्रो र नेपालको पहिलो स्वस्थ सहर घोषणा भएको तथा पाँच हजार डलर पुरस्कार प्राप्त भएको धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जूले बताए । सङ्गठनको मापदण्ड पूरा गरेर स्वास्थ्य ...
अमेरिकामा अध्ययनरत एक नेपाली छात्राको गोली हानेर हत्या
अपराध, विदेश, समाचार, समाज

अमेरिकामा अध्ययनरत एक नेपाली छात्राको गोली हानेर हत्या

नेपालअखबार,अमेरिका । अमेरिकाको टेक्ससस्थित ह्युस्टन शहरमा अध्ययनरत एक नेपाली छात्राको गोली हानेर हत्या भएको छ । भोजपुर घर भएकी करिब २१ वर्षीया मुना पाण्डे ह्युस्टनको हिलक्रप्ट नजिकैको अपार्टमेन्टमा गोली लागेर हत्या भएको पाइएको नेपाली एसोसिएसन अफ ह्युस्टनका उपाध्यक्ष द्रोण गौतमले बताएका छन् । उनका अनुसार छातीमा गोली लागेको पाइएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । मृतक एफ वान भिसामा ‘इन्टरनेसनल स्टुडेण्ट’को रुपमा सन् २०२१ मा अमेरिका आएको जानकारी प्राप्त भएको छ । उनी ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत थिइन् ।...
अस्पतालमा जुम्ल्याहा बच्चा मृत्यु प्रकरण : न्याय माग्दा आमाबुवा पक्राउ
समाचार, समाज

अस्पतालमा जुम्ल्याहा बच्चा मृत्यु प्रकरण : न्याय माग्दा आमाबुवा पक्राउ

नेपालअखबार, काठमाडौँ । करुणा अस्पतालको लापरबाहीमा मृत्यु भएका जुम्ल्याहा बच्चाका बुवा प्रदीप भट्ट र आमा विद्या राणा पक्राउ परेका छन् । मृतक बच्चाको न्याय माग गर्दै बानेश्वरस्थित पानी ट्यांकी अगाडि प्रदर्शनका क्रममा उनीहरू पक्राउ परेका हुन् । चितवन घर भएका मृतकका आमाबुवाले आफ्नो बच्चाको उपचारमा अस्पतालको लापरबाहीका कारण निधन भएको आरोप लगाउँदै आएका छन् । उक्त विषयमा सम्बन्धित निकायले राम्रो छानबिन नगरेको भन्दै आमाबुबाले मंगलबार प्रदर्शन गरेका हुन् । उनीहरूलाई निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले पक्राउ गरेको नयाँ बानेश्वर प्रहरी वृत्तले जनाएको छ । सामान्य सोधपुछ गरी उनीहरूलाई छोड्ने प्रहरीले जनाएको छ । गत असार अन्तिम साता अस्पतालमा उपचारका क्रममा बच्चाको निधन भएको थियो । उपचारमा लापरबाहीका कारणले जुम्ल्याहा बच्चाको मृत्यु भएको आमाबुवाले आरोप लगाएका छन् । मृत्युको आरोप लगाउँद...
बेपत्ता भएका दुई जना स्पेनी नागरिकमध्ये एक जना पुरुषको शव फेला
समाचार, समाज

बेपत्ता भएका दुई जना स्पेनी नागरिकमध्ये एक जना पुरुषको शव फेला

नेपालअखबार, पोखरा । कास्कीको वीरेठाँटी हुँदै म्याग्दी घोरेपानी जाँदै गर्दा बेपत्ता भएका दुई जना स्पेनी नागरिकमध्ये एक जना पुरुषको शव फेला गरेको छ भने एक जना महिला अझै बेपत्ता छिन् । भदौ ६ गते नेपाल प्रवेश गरी ९ मा अन्नपूर्ण गाउँपालिकास्थित अन्नपूर्ण संरक्षण आयोजनाको वीरेठाँटी चेकपोस्ट नाम टिपाएका दुई जना बेपत्ता भएका थिए । अन्नपूर्ण गाउँपालिका वडा नम्बर ९ को तिखेढुंगास्थित मौजा खोलानजिकै रुकस्याक झोला, मोबाइल, टोपी टिसर्ट लगायतका कपडा तथा ट्रेकिङ सामाग्री बटुवाले देखेपछि जनप्रतिनिधिलाई खबर गरेका थिए । घटनालगत्तै वीरेठाँटीस्थित प्रहरी चौकीमा खबर गरिएको वडा नम्बर ९ का अध्यक्ष रमेश गुरुङले जानकारी दिए । झोलामा उनीहरुको पासपोर्ट पनि भेटिएको थियो । घोरेपानी हिँडेका स्पेनी नागरिक इरिक कासानोभास (पुरुष) र मोलास जुन्का मेसी (महिला) भएको पत्ता लागेसँगै उनको थप विवरण र खोजी कार्य थालिएको वडाध्...
घोरेपानी हिँडेका दुई स्पेनिस पर्यटक बेपत्ता
पर्यटन, समाचार, समाज

घोरेपानी हिँडेका दुई स्पेनिस पर्यटक बेपत्ता

नेपालअखबार, कास्की ।  चक्रीय अन्नपूर्ण पदमार्ग अन्तर्गतको प्रसिद्ध पर्यटकीयस्थल घोरेपानी पदयात्राका क्रममा दुई स्पेनिस पर्यटक बेपत्ता भएका छन् ।  कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखेढुङ्गाबाट आइतबार उल्लेरी हुँदै घोरेपानी जाने क्रममा स्पेनिस नागरिक इरिक कासानोभास (पुरुष) र मोलास जुन्का मेसी (महिला) सम्पर्कविहीन भएको अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले जानकारी दिए । भुरुङदी खोलाको पुल नजिक पर्यटकका दुई  झोला आइतबार साँझ बाटोमा बेवारिसे अवस्थामा भेटिएपछि सोमबार दिनभर खोजी गरेपनि अवस्था पत्ता लाग्न नसकेको उनले बताए । पर्यटकलाई भुरुङदी खोलाले बगाएको हुन सक्ने आशंका गरिएको छ । “पुरानो बाटोबाट हिँड्दा खोलाले बगाएको हुनसक्छ । उहाँहरुले विरेठाँटीमा रहेको  एक्यापको चेकपोस्टमा घोरेपानी जान लागेको भनेर दर्ता गर्नुभएको रहेछ”, प्रवक्ता गुरुङले भने ।  एक्याप विरेठाँटी चेकपोष्टका प्रमुख ...
उद्धार गर्न प्रदेश सभा सदस्यले नै जब चिठी पठाउनुपर्‍यो..
समाचार, समाज

उद्धार गर्न प्रदेश सभा सदस्यले नै जब चिठी पठाउनुपर्‍यो..

नेपालअखबार,म्याग्दी । समुद्री सतहबाट चार हजार आठ सय मिटर उचाइमा रहेको मुस्ताङको धार्मिकस्थल दामोदरकुण्डमा जनैपूर्णिमा पर्वका अवसरमा पूजाआजाका लागि यही भदौ २ गते त्यहाँ पुगेकी गण्डकी प्रदेशसभा सदस्य विमला गौचन लेक लागेर (अक्सिजन अभाव भएर) बिरामी परिन्। टाउको दुुखिरहने, शरीर गल्ने, खाना अरूचि हुनेजस्ता लक्षणसँगै हिँडडुल गर्न नसक्ने भएर दामोदरकुण्डकै धर्मशालामा अन्य दुईजना साथी र सहयोगीसँग बसेकी गौचनको टोलीलाई नेपाली सेनाको हेलिकप्टरले भदौ ६ गते उद्धार गरेको थियो। ‘दामोदरकुण्डप्रतिको आस्थाका कारण नेपालसँगै भारतबाट धैरै तीर्थयात्री आउने यस स्थानमा सञ्चार र स्वास्थ्य सुविधाको अतिआवश्यकता महसुस भयो,’ उनले भनिन्, ‘मोबाइल फोन सेवा विस्तार हुँदा समयमै उद्धार र प्राथमिक उपचारका लागि स्वास्थ्यकर्मी परिचालन गर्ने व्यवस्था मिलाउन सकेमा बिरामी तीर्थयात्रीले समयमा नै उपचार पाउने थिए।’ प्रदेशसभा ...