Thursday, August 13

समाज

टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
विदेश, समाचार, समाज

टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’

नेपालअखबार, काठमाडौं । स्तनबुलबाट आएको टर्किस एयरलाइन्सको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गरेको छ । फ्लाइट राडरका अनुसार बिहान ६ बजेर १० मिनेटमा अवतरण गर्ने तालिका रहेको विमान ओभरसुट भएको २० मिनेटपछि अवतरण भएको थियो । ‘मिस एप्रोच’ भएर उक्त विमानले ओभरसुट गरेको विमानस्थल कार्यालयले जनाएको छ । एक एयर ट्राफिक कन्ट्रोलर (एटिसी)का अनुसार ‘अनस्टेबल एप्रोच’ भएपछि विमानले ओभरसुट गरेको हो ।...
आठौँ पोखरा स्पोर्ट्स अवार्डबाट झण्डै २ लाख बचत
खेलकुद, समाचार, समाज

आठौँ पोखरा स्पोर्ट्स अवार्डबाट झण्डै २ लाख बचत

नेपालअखबार, पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरा स्पोर्ट्स अवार्ड २०८० बाट करिब दुई लाख रुपैयाँ बचत गरेको छ । मञ्चले बुधबार पोखरा २५, हेमजा स्थित सुइखेत रिभर भ्याली रिसोर्टमा सातौँ स्थापना दिवसको अवसरमा आठौँ पोखरा स्पोर्ट्स अवार्ड २०८० को आयव्यय तथा समीक्षा कार्यक्रम मार्फत स्पोर्ट्स अवार्डको आयव्यय सार्वजनिक गरेको हो । उक्त अवार्ड कार्यक्रमका लागि सरकारी तथा विभिन्न निकायहरूबाट आम्दानीतर्फ १८ लाख ५० हजार ५ सय ३६ रुपैयाँ र खर्चतर्फ १६ लाख ६४ हजार २५९ रुपैयाँ गरि एक लाख ८६ हजार २७७ रुपैयाँ बचत गर्न सफल भएको मञ्चका कोषाध्यक्ष एवं आर्थिक व्यवस्थापन उपसमिति संयोजक कविता घर्तिमगरले जानकारी दिइन् । यसका अलावा मञ्चलाई विभिन्न व्यक्ति तथा व्यापारिक प्रतिष्ठानहरूबाट तीन लाख ६२ हजार रुपैयाँ बराबरको सहयोग प्राप्त भएको थियो । पोखराको ब्रान्ड बनिसकेको अवार्ड भव्य बनाउन कुनै कसर बाँकी ...
सरकारी अस्पतालमा डेंगुको उपचार निःशुल्क
समाचार, समाज, स्वास्थ्य

सरकारी अस्पतालमा डेंगुको उपचार निःशुल्क

नेपालअखबार, काठमाडौं। सरकारले डेंगु संक्रमितहरुको सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितीमा मन्त्रालय तथा अन्तर्गतका विभाग संघीय अस्पताल, महाशाखा, केन्द्र स्वास्थ्य प्रतिष्ठान तथा मेडिकल कलेजका प्रमुखहरुसँग भएको छलफल पश्चात उक्त निर्णय गरिएको हो । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार बैठकले आ–आफ्नो कार्यालयमा सतर्कता र सचेतनाका कार्यक्रमहरु संचालन गर्ने, डेंगु डेस्क स्थापना गरी फोकल पर्सन तोक्ने र सरकारी अस्पतालमा बिरामीको उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । नेपालका ७३ वटा जिल्लाहरुमा २३६५ डेंगु संक्रमितहरु पुष्टी भएका छन् । जसमध्ये तनहुँमा एक ५० वर्षीया पुरुषको मृत्यु भएको छ । यसवर्ष सबैभन्दा बढी बागमती प्रदेशमा डेंगु संक्रमित भेटिएका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार बागमत...
डहरे देउरालीमा भेटिए भैरव
समाचार, समाज

डहरे देउरालीमा भेटिए भैरव

पदम श्रेष्ठ । पर्वत र स्याङ्जा जिल्लाको संगम विन्दुमा रहेको “डहरे देउराली”मा करिब १०० फिट अग्लो विशाल भैरबको अर्धकद फेला परेको छ । “डहरे देउराली”को आश्रम स्थल बाट भवानी मन्दिर जाने विच बाटोमा रहेको चौताराबाट स्पष्टसँग भगवान भैरवको शिर देख्न सकिन्छ । केही दिन अघि “डहरे देउराली”मा ध्यान गर्न आएका एक साधक प्रकट आनन्दले साधनामा रहँदा भगवान भैरव उत्तर तर्फ फर्केर बसेको थाहा पाएपछि उनले आँखा खोलेर हेर्दा देखेको बताए । उनले उक्त स्थलमा मोक्षद्वार र गुफा रहेको ध्यान दृष्टिबाट देखेको बताएका थिए । साधक आन्नदका अनुसार उक्त मोक्षद्वारबाट प्रवेश गरेमा मोक्ष पाइने उल्लेख गरेका थिए । सदियौं देखि भवानी दुर्गाको पुजा गर्न र त्यस ठाउँमा ध्यान, योगा गर्न सन्त महात्मा ऋषिहरु आएपनि भगवान भैरव रहेको जानकारी भएको थिएन । साधक आनन्दले बताएका भगवान भैरव र मोक्षद्वार भेटिएपनि गुफा भने भेट्न नसकिएको श्...
बागलुङ पहिरो : उद्धारका लागि बल्ल गयो हेलिकोप्टर
समाचार, समाज

बागलुङ पहिरो : उद्धारका लागि बल्ल गयो हेलिकोप्टर

नेपालअखबार,पोखरा । बागलुङको बडिगाडमा पहिरोमा परेर घाइते भएकाको उद्धारका लागि हेलिकोप्टर त्यसतर्फ गएको छ । नेपाली सेनाको हेलिकोप्टर मंगलबार नै गएपनि मौसम प्रतिकुलताका कारण ल्याण्ड हुन नसकेर बागलुङ फर्किएको थियो । बुधबार बिहानै हेलिकोप्टर पुनः घटनास्थलतर्फ उडेको बागलुङ प्रहरीले जनाएको छ । केहीबेर अघि उडेको हेलिकोप्टर बडिगाडको थम्कामा ल्याण्ड भएको प्रहरीले जनाएको छ । बडिगाडको ९ र १० नम्बर वडाका छुट्टाछुट्टै दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता छन् । १० जना घाइते भएकामा केहीलाई उद्धार गरेर उपचारका लागि बुर्तिबाङ पठाइएको छ ।...
बेसीसहर–चामे सडक अवरुद्ध
समाचार, समाज

बेसीसहर–चामे सडक अवरुद्ध

नेपालअखबार, बेसीसहर। पहिरोले बेसीसहर–चामे सडक अवरुद्ध भएको छ। अविरल वर्षाले गए राति यस सडकअन्तर्गत बेसीसहर नगरपालिका–६ खरखरे भिरमा र मर्स्याङ्दी गाउँपालिका–३ खुदीनजिक पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका सूचना अधिकारी थानेश्वर चपाईँले खरखरे भिरको पहिरो यतिबेला हटाउन सफल भए पनि खुदी नजिक खसेको पहिरो हटाउन बाँकी रहेको बताए। ६५ किलोमिटर लामो यो सडक अवरुद्ध हुँदा मनाङ र लमजुङका सर्वसाधारण प्रभावित भएका छन्।...
नाग्दीखोला पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध
समाचार, समाज

नाग्दीखोला पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

नेपालअखबार, चितवन । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ मा पहिरो झर्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । नाग्दी खोला भन्ने स्थानमा ढुंगासहितको पहिरो खसेर सडक अवरुद्ध भएको हो । प्रहरीका अनुसार दुई तर्फी नै सडक अवरुद्ध छ । सडक अवरुद्ध हुँदा सवारी साधन र तिनमा सवार यात्रुहरु बीच बाटोमै रोकिएका छन् ।पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।...
पहिरोका कारण कागेश्वोरी चक्रपथको इन्द्रायणी पासिखेल  सडक खण्ड अवरुद्ध
समाचार, समाज

पहिरोका कारण कागेश्वोरी चक्रपथको इन्द्रायणी पासिखेल सडक खण्ड अवरुद्ध

नेपालअखबार, काठमाडौं । शंखरापुर नगरपालिका वडा नं ९ स्थित कागेश्वरी चक्रपथको इन्द्रायणि सडक खण्डमको पासिखेलमा पहिरोले सडक  अबरुद्ध भएको छ। गत साउन ११ गते गते आएको अबिरल  वर्षाले सडक ५० मिटर भासिएर उक्त सडक खण्ड अबरुद्ध भएको हो।सो सडक खण्ड अबरोध भएसंङ्गै बिगत ११ दिनदेखी  सवारीसाधन आवतजावतमा समस्या भएको हो। सो सडक खण्डबाट शंखरापुर नगरपालिकाको सानागाँउ, कागेश्वरी मनोहरा नगरपालिकाको प्रसिद्ध धार्मिक स्थल कागेश्वोरी धाम, गागलफेदी र सातघट्टे जान सकिन्छ। उक्त सडक खण्डको आज बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार बिकास मन्त्री अमन मास्के,संस्कृति पर्यटन तथा सहकारी मन्त्री बिमल ठकुरी तथा आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, काठमाण्डौ क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य प्रतिमा गौतम,संविधान सभा सदस्य रामेश्वर फुयाल,बागमती प्रदेश पूर्व वन तथा वातावरण मन्त्री राजु बिस्ट ,शंखरापुर...
आज र भोलि देशका विभिन्न स्थानमा भारी र अति भारी वर्षा हुनसक्ने सम्भावना
समाचार, समाज, हाइलाइट-समाचार

आज र भोलि देशका विभिन्न स्थानमा भारी र अति भारी वर्षा हुनसक्ने सम्भावना

नेपालअखबार, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज र भोलि देशका विभिन्न स्थानमा भारी र अति भारी वर्षा हुनसक्ने बताएको छ । अति भारी वर्षाका कारण विपदका घटना हुनसक्ने भन्दै राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कताका लागि सूचना जारी गरेको छ । प्राधिकरणले रातको समयमा बाढी पहिरोको आकलन गर्न कठिन हुने भएकाले जोखिममा रहेको जिल्लामा रात्रिकालीन बस नचलाउन अनुरोध गरेको छ । भारी वर्षाको समयमा जरुरी काम बाहेक यात्रा नगर्न, नदी किनाराका बासिन्दा चनाखो रहन र समस्या परे सुरक्षा निकायमा तुरुन्त खबर गर्न प्राधिकरणले अनुरोध गरेको छ । बाढीको समयमा दाउरा निकाल्न तथा माछा मार्नको लागि नदीमा नजान पनि प्राधिकरणले आग्रह गरेको छ । अति भारी वर्षाबाट ३४ जिल्ला उच्च जोखिममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, रसुव...
डेंगीले एक जनाको मृत्यु
समाचार, समाज, स्वास्थ्य

डेंगीले एक जनाको मृत्यु

नेपालअखबार, काठमाडौं । देशभर कीटजन्य तथा पानीजन्य रोगको सङ्क्रमण बढ्दै गएको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) ले डेंगीबाट एक जनाको मृत्यु भएको बताएको छ। गत पुसदेखि हालसम्म देशभर दुई हजार तीन सय ६५ जनाबाट सङ्क्रमित छन्। डेंगी सङ्क्रमण ७३ जिल्लामा फैलिएको छ। कोशी प्रदेशमा पाँच सय ३७, मधेसमा ४६, बागमतीमा सात सय ४७, गण्डकीमा पाँच सय आठ, लुम्बिनीमा दुई सय ४७, कर्णालीमा ३८ र सुदूरपश्चिममा दुई सय ४२ जना सङ्क्रमित भएका हुन्। काठमाडौँ उपत्यकामा दुई सय ८७, कास्कीमा एक सय ३७, झापामा एक सय ३३, चितवनमा एक सय १६ र तनहुँमा एक सय १० जना सङ्क्रमित छन्। त्यसैगरी हैजा सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको छ। देशभर ३० जनामा हैजा पुष्टि भएको इडिसिडीले जनाएको हो।...