Friday, August 14

समाज

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध
समाचार, समाज

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

नेपालअखबार, सुर्खेत । पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । आइतबारदेखिको अविरल वर्षाका कारण राजमार्ग अन्तर्गत दैलेखको आठबिस नगरपालिका–१, असाराघाट नजिक पहिरो गएको छ । माथिबाट आएको पहिरोले पूर्ण रूपमा सडक अवरुद्ध गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । राजमार्ग पूर्ण रूपमा अवरोध भएकोले राजमार्ग खुलाउने पहल भइरहेको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएसँगै सुर्खेतबाट माथिल्लो कर्णाली र माथिल्लो कर्णालीबाट सुर्खेततर्फ आउँदै गरेका सवारी साधनहरू बिच बाटोमा अलपत्र छन् ।...
गोरखामा पहिरो जाँदा ५ जना बेपत्ता
समाचार, समाज

गोरखामा पहिरो जाँदा ५ जना बेपत्ता

नेपालअखबार, गोरखा। गोरखाको धार्चे-५ मा पहिरो जाँदा ५ जना बेपत्ता भएका छन् । बेपत्तामध्ये तीन जना एउटै परिवारका छन् । यसको थप विवरण आउन बाँकी छ । स्थानीयका अनुसार आज बिहान करिब तीन बजेतिर एउटा घर र एउटा कृषि फर्मलाई पहिरोले पुरेको थियो । गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले पहिरोमा घर र कृषि फर्म पुरिएको खबर पाएलगत्तै खोज तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको जानकारी दिए । उनका अनुसार खोर्लाबेसीबाट नेपाली सेना र आरुघाटबाट सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।...
ताप्लेजुङमा भूकम्पको धक्का
समाचार, समाज

ताप्लेजुङमा भूकम्पको धक्का

नेपालअखबार, काठमाडौँ । ताप्लेजुङ केन्द्रबिन्दु भएर शनिबार राति भूकम्प गएको छ । भूकम्पको केन्द्रबिन्दु जिल्लाको खेन्जिम भन्ने स्थानमा रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको हो ।राति १० बजेर १३ मिनेटमा गएको भूकम्पको तीव्रता ४.१ म्याग्निच्युडको रहेको केन्द्रले जनाएको छ । यसअघि साउन २ गते रसुवा केन्द्रबिन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको थियो ।...
पोखरा आरम्भ चौतारीद्धारा परोपकार महासंघलाई सहयोग
समाचार, समाज

पोखरा आरम्भ चौतारीद्धारा परोपकार महासंघलाई सहयोग

नेपालअखबार,पोखरा । लायन्स क्लव अफ पोखरा आरम्भ चौतारीले राष्ट्रिय परोपकार महासघंद्वारा पोखरा–१५ मा संचालित बटुक आश्रममा दैनिक उपभोग्य सामाग्रिहरू सहयोग गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गरेर चामल, दाल, आलु, तेल, घ्यु, नुन,मसला, विस्कुट, चिउरा, तरकारी, गेडागुडी लगायतको करिव ५० हजार रुपैयाँ बराबरको सामाग्रिहरू सहयोग गरेको हो । लायन्स क्लव अफ पोखरा आरम्भ चौतारीकी अध्यक्ष कृष्ण कुमारी कुवँरको अध्यक्षतामा भएको कार्यक्रममा रिजन चेयर पर्सन मोहन राज आचार्य, भागवत भाष्कर युवा पण्डित कमलनयन गौतम, जोन चेयर पर्सन महेश्वर रिमाल, चित्र बहादुर गुरूङ, माया बराल लगायत सहभागी बनेका थिए । कार्यक्रमको सहजिकरण लायन्स क्लव अफ पोखरा आरम्भ चौतारीका सचिव देविका कार्किले गरेकी थिइन् । आध्यात्मिक ज्ञानको माध्यमवाट समाजमा सकारात्मक सन्देश प्रवाह गर्दै धर्म संस्कृतिको जगेर्ना गर्ने तथा असाहयहरूलाई शिक्षा प्रदान...
देशभर १० जनामा हैजा सङ्क्रमण, सरसफाइमा विशेष ध्यान दिन विज्ञको सुझाव
समाचार, समाज, स्वास्थ्य

देशभर १० जनामा हैजा सङ्क्रमण, सरसफाइमा विशेष ध्यान दिन विज्ञको सुझाव

नेपालअखबार, काठमाडौं । स्वास्थ्य सेवा विभागअन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी)ले देशभर हालसम्म १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको जनाएको छ । ललितपुरमा सात र कैलालीमा तीन जनामा हैजा पुष्टि भएको महाशाखाका निर्देशक डा यदुचन्द्र घिमिरेले जानकारी दिए । उनले हैजाबाट बच्न व्यक्तिगत सरसफाइ र सम्बन्धित निकायको व्यवस्थापकीय भूमिका महत्वपूर्ण रहेको बताए । ‘हैजाको सम्बन्ध सरसफाइबाहेक खानेपानीको आपूर्तिसँग पनि जोडिएको छ । ललितपुरमा इनारको पानीमा दिसामा देखिने जीवाणु भेटिएको हो । ढलबाट मिसिएको हुनसक्छ । शौचालयको अवस्था र फोहोरको व्यवस्थापन कस्तो छ त्यसले पनि भर पर्छ । हैजा फैलिन नदिन यी सबैमा ध्यान दिनु जरुरी छ’, उनले भने । हैजा ‘भिब्रियो कोलेरी’ प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अति सङ्क्रामक झाडापखालासम्बन्धी रोग हो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सङ्क्रामक र...
फास्ट ट्र्याकमा जग्गा अधिग्रहणको प्रतीक्षामा नेपाली सेना
प्रशासन, समाचार, समाज

फास्ट ट्र्याकमा जग्गा अधिग्रहणको प्रतीक्षामा नेपाली सेना

नेपालअखबार,काठमाडौं । राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौँ-तराई/मधेश द्रूतमार्ग (फास्ट ट्रयाक) सडक आयोजना निर्धारित समयमै सम्पन्न गर्नेगरी निर्माणलाई तीव्र गतिमा गतिमा अघि बढाइएको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन सो आयोजनाको हालसम्म ३५ दशमलव ३८ प्रतिशत भौतिक र ३६ दशमलव ६६ प्रतिशत वित्तीय प्रगति भएको छ । निर्धारित समयमै निर्माण सम्पन्न गर्नेगरी काम भइरहेको सेनाले जनाएको छ । द्रूतमार्ग २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य छ । आयोजनालाई १३ वटा प्योकजमा छुट्याएर निर्माण थालिएको थियो । ती प्याकेजमध्ये द्रूतमार्गको छ दशमलव पाँच किलोमिटरदेखि ७० दशमलव ९७ किलोमिटरसम्मका विभिन्न १० वटा प्याजेकमा धमाधम काम भइरहेको आयोजनाका प्रमुख सहायक रथी विकास पोखरेलले जानकारी दिए । प्याकेज नं ११ अन्तर्गत खोकना इलाकाको जिरो किमीदेखि छ दशमलव पाँच किमीमा द्रूतमार्गको सुरु बिन्दु निर...
मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी
समाचार, समाज

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

नेपालअखबार, मनाङ ।  मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ। उक्त क्षेत्रबाट ३२ किलो पाँच सय ग्राम यार्सागुम्बा निकासी भएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इकाई मनाङका प्रमुख ढकबहादुर भुजेलले असार मसान्तसम्ममा सो परिमाणको यार्सागुम्बा सङ्कलन तथा निकासी भएको जानकारी दिए। उक्त परिमाणको यार्सागुम्बा निकासीबाट १६ लाख ५७ हजार पाँच सय राजस्व सङ्कलन भएको उनले बताए। यार्सा निकासीका लागि प्रतिकिलो ५१ हजार दस्तुर लिने गरिएको छ। निकासी गरिएको दस्तुर ५१ हजारमध्येबाट रु १० हजार संरक्षण क्षेत्र व्यवस्थापन समिति तथा रु १० हजार स्थानीय तहलाई उपलब्ध गराइन्छ। मनाङमा यार्सागुम्बा सङ्कलन नाम्के खर्कबाट सुरु गरिएको थियो। यहाँका धेरै खर्कमा यार्सागुम्बा पाउने भए पनि नासों गाउँपालिका–८ ताचैस्थित नाम्केबाट सङ्कलन गरिन्छ। गत वैशाख १० गतेदेखि नाम्के खर्कबाट करिब द...
भोटखोलामा एक महिनादेखि यातायात सेवा अवरुद्ध
समाचार, समाज

भोटखोलामा एक महिनादेखि यातायात सेवा अवरुद्ध

नेपालअखबार, सङ्खुवासभा । उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गतको सङ्खुवासभाको भोटखोला सडक एक महिनादेखि बन्द छ । सो गाउँपालिका जोड्ने इकुवा खोलाको पक्की पुल बगाएपछि यातायात सेवा अवरुद्ध भएको हो । गत असारको पहिलो साताको बाढीपहिरोले इकुवा खोलाको पक्की पुल बगाएको हो । मकालु गाउँपालिका–३ इकुवा खोलामा पक्की पुल बगाउँदा भोटखोला गाउँपालिका जाने सडक बन्द भएको हो । मकालु–३ र भोटखोला–४ को बीचमा रहेको इकुवा खोलाको पुलले दुवै गाउँपालिकालाई जोडेको थियो । पुल बगाउँदा रु चार करोडको क्षति भएको उत्तर दक्षिण कोशी सडक आयोजनाले जनाएको छ । सो क्षेत्रमा यातायात पुनः सञ्चालन गर्न समय लाग्ने देखिन्छ । उक्त पुल २०७९ सालमा निर्माण गरिएको थियो । पक्की पुल बगाएपछि मकालु गाउँपालिका केही वडा र भोटखोला गाउँपालिका प्रभावित भएका छन् । पहिराले उत्तर–दक्षिण राजमार्गमा पर्ने विभिन्न सडक खण्डमा क्षति पुर्याएको छ ।...
होम्ताङमा घरघरमा नाङ्लो बुनिन्छ
समाचार, समाज

होम्ताङमा घरघरमा नाङ्लो बुनिन्छ

नेपालअखबार, भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा बाँसको नाङ्लो बुनेर मनग्य आम्दानी गर्दै आएका छन् । अहिले होम्ताङवासीको भरपर्दो आम्दानीको स्रोत नै नाङ्लो बनेको हो । हतुवागढी–६ लङ्खाका ७५, विथारा एक सय ६५, लुम्बुवा एक सय ३५ तथा हतुवागढी–५ सोया गाउँका करिब ४० परिवारले व्यावसायिक रुपमा नाङ्लो बुन्दै आएका छन् । हतुवागढी–६ का नाङ्लो व्यवसायी राजेन्द्र राई विशेष गरेर नाङ्लो भदौ, असोज र कात्तिक  महिनामा सबैभन्दा बढी उत्पादन हुने गरेको बताउछन्। दसैँ, तिहार, छठलगायत पर्वका अवसरमा नाङ्लोको बढी माग हुने गरेको उनको भनाइ छ । यहाँ उत्पादन भएको नाङ्लो बिक्रीका लागि जिल्ला बाहिर पठाउने गरिएको छ । महिनामा १८ हजारदेखि २० हजारसम्म नाङ्लो बजारमा पठाउने गरेको राईले बताए । एउटा नाङ्लो औसतमा रु एक सयदेखि रु एक सय ५० सम्ममा खरिद बिक्री हुने गरेको उनले बताए ।...
चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण
समाचार, समाज, स्वास्थ्य

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

नेपालअखबार, चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन सय जनाको परीक्षणका क्रममा उनीहरुमा डेङ्गु सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये ५१ जना चितवनका हुन् । जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीका अनुसार यस वर्ष इच्छाकामना गाउँपालिकामा डेङ्गुको सङ्क्रमण बढेको छ । गाउँपालिकामा हालसम्म ४५ जनामा डेङ्गुको सङ्क्रमण देखिएको उनले बताए । भरतपुर महानगरपालिकामा हालसम्म ६ जनामा डेङ्गु देखिएको छ । उनले भने, ‘डेङ्गुको सङ्क्रमण इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकाको बजार क्षेत्रमा बढी छ ।’ सङ्क्रमण बढेसँगै सङ्क्रमित क्षेत्रमा सचेतना बढाइएको उनले बताए । जिल्लामा २०८० साउनदेखि २०८१ असारसम्म एक हजार आठ सय ३१ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । प्रमुख रुपाखेतीका अनुसार २३ हजार आठ सय ४० जनाको परीक्षणका क्रममा उनीहरुमा सङ्क्रमण देखिएको हो । विशेषगरी भदौ र अस...