Friday, August 14

समाज

भदौ ५ अगावै स्याउ नटिप्न आग्रह
समाचार, समाज

भदौ ५ अगावै स्याउ नटिप्न आग्रह

नेपालअखबार, जुम्ला । जुम्लाको तिला गाउँपालिकाले स्याउ बगैँचा धनी र स्याउ व्यापारीलाई आगामी भदौ ५ गतेपछि मात्र स्याउ सङ्कलन तथा निकासी गर्न आग्रह गरेको छ । गाउँ कार्यपालिकाको बैठकको निर्णयले वडा नं १–९ सम्मका सबै स्याउ बगैँचा धनी र व्यापारीलाई भदौ ५ गतेभन्दा अघि स्याउ नटिप्न र निर्यात नगर्न अनुरोध गरेको छ । पालिकाले जुम्लाबाट सुर्खेत, नेपालगञ्ज, बुटवल, नारायणगढ, काठमाडौँ हुँदै देशका विभिन्न जिल्लाका सहरमा भदौ पहिलो साता अगावै निर्यात गर्न नदिने निर्णय गरेको अध्यक्ष मोतिलाल रोकायले जानकारी दिए । उनले भने, “भदौअघि नै टिप्न थाल्यो भने स्याउ परिपक्व नहुने, रङ नभरिने, उपभोक्ताले आवश्यक स्वाद प्राप्त नगर्ने, काँचो स्याउले जुम्ली जैविक स्याउको कुप्रचार मात्र नभई यहाँको बदनाम हुने तथा किसानले सोचेको मूल्य नपाउने कुरालाई गहन अध्ययन गरी तोकिएको मितिभन्दा अगाडि स्याउ सङ्कलन तथा निकासी गर्न रोक ल...
केरलको वायनाडमा पहिरो जाँदा १५ जनाको मृत्यु
विदेश, समाचार, समाज

केरलको वायनाडमा पहिरो जाँदा १५ जनाको मृत्यु

नेपालअखबार,नयाँ दिल्ली । भारतको केरल राज्यको वायनाड पहिरो जाँदा कयौँको मृत्यु भएको छ । मंगलबार वायनाडको मेप्पाडी नजिक पहिरो गएको थियो । यस घटनामा अहिलेसम्म १५ जनाको शव भेटिएको छ । ५० जनालाई अस्पतालमा भर्ना गरिएको छ । पहिरोमा ठुलो सङ्ख्यामा मानिसहरू फसेको आशङ्का गरिएको छ । पहिरोमा परेर कति जना पुरिएका छन् भन्ने अहिले बताउन मुस्किल भएको राज्यका वनमन्त्री एके सासीनद्रनले बीबीसीसँग भनेका छन् । मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ । एनडीआरएफ, कन्नुर डिफेन्स सेक्युरिटी कोर र हवाई बलको हेलिकप्टर उद्धार कार्यमा जुटेका छन् । तर वर्षाका कारण उद्धार कार्यमा समस्या आइरहेको बताइएको छ । केरलमा गएको तीन दिनमा कयौँ स्थानमा मुसलधारे झरी परिरहेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले केन्द्र सरकारको तर्फबाट सम्भव भएसम्मका हरेक मद्दत उपलब्ध गराउने बताएका छन् ।...
सुक्खा पहिरोले कालीगण्डकी करिडोरको पर्वत खण्ड अवरुद्ध
समाचार, समाज

सुक्खा पहिरोले कालीगण्डकी करिडोरको पर्वत खण्ड अवरुद्ध

नेपालअखबार, पर्वत। उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको पर्वत खण्ड पहिरोले अवरुद्ध बनेको छ। पर्वतको कुश्मा नगरपालिका–५ स्थित बडागाउँ–कैया झोलुङ्गे पुल नजिकै खसेको सुक्खा पहिरोले सडक अवरुद्ध बनेको हो। पहिरोले झण्डै ५० मिटर सडक पुरिएको छ। आइतबार बिहानदेखि वर्षा नभए पनि सोमबार बिहान सुक्खा पहिरो खसेको थियो। निर्माणाधीन अवस्थामा रहेको उक्त सडक विष्फोटक पदार्थ प्रयोग गर्नुपर्ने भएपछि रोकिएको ठाउँबाटै पहिरो खसेको हो। पहरो खसेपछि पर्वत खण्डको अर्मादी–मोदीवेणी खण्डको यातायात सेवा अवरुद्ध बनेको छ। उक्त सडक हुँदै चल्ने सवारीसाधन मोदीवेणीबाट कुश्माबजार हुुँदै जानुपर्ने अवस्था आएको मोदीवेणी संरक्षण समितिका अध्यक्ष केशवदास बैरागीले जानकारी दिए। भिरको ठूलो भूभागबाट खसेको पहिरोले कालीगण्डकी नदीको बहावलाई कुनै असर नगरेको उनले जानकारी दिए। कालीगण्डकी करिडोरअन्तर्गत फलेवास–अर्मादी ...
बागलुङमा आलुखेती विस्तार, गतवर्ष अर्ब बढीको उत्पादन
समाचार, समाज

बागलुङमा आलुखेती विस्तार, गतवर्ष अर्ब बढीको उत्पादन

नेपालअखबार, बागलुङ । पछिल्लो समय बागलुङका किसान आलुखेतीतर्फ आकर्षित हुँदै गएका छन् । खासगरी जिल्लाको माथिल्लो क्षेत्रका किसानले व्यावसायिक आलुखेती गर्न थालेका हुन् । पहाडी हावापानीमा आलुखेतीका लागि उपयुक्त हुने हुँदा नयाँ प्रविधि अवलम्बन गरी आलुखेती गर्न थालेको कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ । वर्षौँदेखि परम्परागत रूपमा आलुखेती गर्दै आएका किसानले अहिले नयाँ प्रविधिको प्रयोगबाट उत्पादन गर्न थालेका छन् । ज्ञान केन्द्रले किसानलाई आयआर्जनसँग जोड्न आलुखेतीतर्फ आकिर्षत गर्न थालेको हो । आर्थिक वर्ष २०८०÷८१ मा मात्रै एक सय ३६ हेक्टर नयाँ क्षेत्रमा आलुखेती विस्तार गरेको छ । ज्ञान केन्द्रले एक सय ५० हेक्टर क्षेत्र विस्तार गर्ने लक्ष्य लिएको थियो । बर्खे र हिउँदे गरी दुई याममा आलु उत्पादन हुने जिल्लामा बर्सेनि करोडौँ भित्रिने गरेको छ । ज्ञान केन्द्रले नयाँ क्षेत्र विस्तारका लागि रु दुई करो...
तनहुँको ३५ हेक्टर सुक्खा क्षेत्रमा सौर्य ऊर्जामार्फत सिँचाइ
समाचार, समाज

तनहुँको ३५ हेक्टर सुक्खा क्षेत्रमा सौर्य ऊर्जामार्फत सिँचाइ

नेपालअखबार, डुम्रे । तनहुको देवघाट गाउँपालिका-२ बेसारघारीमा ३५ हेक्टर क्षेत्रफलमा अहिले सिँचाइ पुगेको छ । आकाशे पानीको भरमा यहाँका सुन्तलाखेती गर्दै आएका यहाँका किसान अहिले सौर्य ऊर्जामार्फत सिँचाइ सुविधा पाउँदा उत्साहित भएका छन् । भिरालो र सुक्खा क्षेत्रमा सिँचाइको अभावमा समस्या झेल्दै आएका किसानलाई सौर्य ऊर्जामार्फत सिँचाइ पुगेपछि सहज भएको हो । एक सय चार मिटर उचाइमा रहेका सुन्तलाबारीमा लिफ्टिङ प्रविधिबाट सिँचाइका सुविधा पुगेपछि खेती गर्न सहज भएको किसान तिलबहादुर थापाले बताए । बेसारघारी सिँचाइ आयोजनाअन्तर्गत उपभोक्ता समितिका अध्यक्षसमेत रहनुभएका थापाले भने, ‘यहाँका बासिन्दालाई सिँचाइमा समस्या थियो । हामीले आकाशे पानीको भरमा परम्परागत विधिबाट खेती गर्दै आएका थियौँ । सोलार प्रविधिबाट पानी तानेर अहिले सहज रुपमा सिँचाइ गर्न पाएका छौँ ।’ सहज सिँचाइ सुविधा पाएपछि अहिले व्यावसायिक रुपमा...
मोरङको लोहन्द्रा खोलामा भेटियो अर्को नयाँ प्रजाति माछा
समाचार, समाज

मोरङको लोहन्द्रा खोलामा भेटियो अर्को नयाँ प्रजाति माछा

नेपालअखबार,मोरङ । मोरङको लोहन्द्रा खोलामा अर्को नयाँ प्रजातिको माछा फेला परेको छ । बुदुना जातको ‘गारा केम्पी होरा’ वैज्ञानिक नाम रहेको सो माछा एसियाकै रैथाने भएको अनुसन्धानकर्ताले बताएका छन् । अनुसन्धानकर्ता जसहाङ लिम्बू, दीपक राजवंशी, लक्ष्मण खनाल र रामचन्द्र अधिकारीले उक्त प्रजाति नेपालका लागि नयाँ भएको भन्दै भारतबाट प्रकाशित हुने प्रसिद्ध जर्नल ‘थ्रिटेन्ड टेक्सा’ को सन् २०२४ को जुन अङ्कमा लेख लेखेका छन् । लिम्बूलगायतको टोलीले दुई महिनाअघि पनि लोहन्द्रा खोलामै दक्षिण अमेरिकाको अमेजन नदीमा पाइने ‘टेरिगोप्लिक्थिस डिसजन्किटिभस’ वैज्ञानिक नाम रहेको नयाँ प्रजातिको माछा फेला पारेका थिए । सन् २०२२ को सेप्टेम्बरदेखि २०२३ को मार्च महिनासम्म स्थलगत सर्वेक्षणमा लोहन्द्रा खोलामा ‘गारा केम्पी’ माछा भेटिएको र यसको बाहिरी बनावटको र आणविक तथा आनुवांशिक अध्ययनको विवरणबाट नेपालका लागि नयाँ भएको जानक...
मुस्ताङमा नयाँ प्रजातिको चरा भेटियो
समाचार, समाज

मुस्ताङमा नयाँ प्रजातिको चरा भेटियो

नेपालअखबार, म्याग्दी । मुस्ताङमा तालुधर्से अर्जुनक नामको नयाँ प्रजातिको चरा भेटिएको छ । चराविद् सञ्जय था श्रेष्ठ र शङ्कर तिवारीले उपल्लो मुस्ताङको समर क्षेत्रमा नयाँ प्रजातिको चरा फेला पारेका नेपाल पन्छीविद् सङ्घले जनाएको छ । नेपाल बर्ड रेकर्ड कमिटि (चरा अभिलेख तथा प्रमाणीकरण गर्ने समिति) का अध्यक्ष डा.तुल्सी सुवेदीले श्रेष्ठ र तिवारीले उक्त तिनधर्से अर्जुनक जातको चरा नेपालमा पहिलो पटक भेटिएको विज्ञप्तिमार्फत जानकारी र्दिए । स्पोटेड फ्लाइक्याचर (Spotted Flycatcher) अंग्रेजी नाम भएको उक्त चराको वैज्ञानिक नाम मुसिकापा स्ट्रिएटा ( (Muscicapa Striata)रहेको कमिटिका अध्यक्ष सुवेदीले जानकारी दिए । समुन्द्री सतहबाट तीन हजार ६ सय ५० मिटर उचाइमा यही साउन २ गते बिहान पदयात्राका क्रममा श्रेष्ठ र तिवारीले खिच्नुभएको सो चराको तस्बिर  पुष्टिका लागि नेपाल बर्ड रेकर्ड कमिटिमा पठाएका थिए । उपलब्ध प्रम...
धार्चे पहिरो: बेपत्ताको खोजी जारी
समाचार, समाज

धार्चे पहिरो: बेपत्ताको खोजी जारी

नेपालअखबार, गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेमा आइतबार पहिरोमा परी बेपत्ता भएकाहरूको सोमबार बिहानैदेखि खोजी सुरू गरिएको छ। भीषण पहिरोमा परेर बेपत्ता भएका पाँचजनाको आइतबार दिनभर खोजी गरिए पनि फेला पार्न नसकिएपछि सोमबार बिहानैदेखि खोजी गर्न थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए। बेपत्ता भएकाको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयवासी जुटेको उनले बताए। ‘पहिरोले घर तथा कृषि फार्म धेरै पुरिएकाले बेपत्ता भएकाको अवस्था पत्ता लगाउन कठिन भइरहेको छ,’ उनले भने, ‘हिजो दिनभर खोजी गर्दा केही पत्ता लागेन, आज फेरि बिहानैबाट खोजीकार्य थालेका छौं।’ बेपत्ताको खोजीका लागि ‘जेसिबी मेसिन’को प्रयोग गरिएको उनले बताए। आइतबार राति डाँडाबाट खसेको लेदोसहितको पहिरोले स्थानीय जीतबहादुर गुरुङको कृषि फार्म र ए...
ढाका उद्यममा प्यारीमायाको प्रेम
समाचार, समाज, हाइलाइट-समाचार

ढाका उद्यममा प्यारीमायाको प्रेम

नेपालअखबार, भद्रपुर (झापा) । पछिल्लो समय युवाहरूमा विदेश जानेमात्र होइन, स्वदेशमै उद्यम गर्नुपर्छ भन्ने मानसिकता पनि विकसित हुँदै गएको छ । विभिन्न तालिम प्रदायक संस्थाबाट तालिम लिई व्यावसाय सञ्चालन गर्दै आएका व्यक्तिहरूको सङ्ख्या पनि बढ्दै गएको छ । प्यारीमाया लिम्बू झपाको बुद्धशान्ति-४ मन्दिरचोकमा ढाकाको उद्यम गर्नुहुन्छ । एपिएस ढाका ट्रेनिङ सेन्टरका नाममा घरेलु तथा साना उद्योग चन्द्रगढी झापामा उद्योग दर्ता गराएर उनले व्यवसायसँगै ढाकाको क्षेत्रमा काम गर्ने नयाँ व्यक्तिलाई तालिम प्रदान गर्दै आएकी छन् । हालसम्ममा उनले आफ्नो उद्योग र स्थानीय तह, घरेलुलगायत विभिन्न सङ्घसंस्थामार्फत तीन सयभन्दा बढी मानिसलाई ढाकासम्बन्धी तालिम दिइसकेकी छन् । उनी भन्छिन्, ‘तालिम लिएका अधिकांश व्यक्ति सानोतिनो जस्तो भए पनि उद्यम गरिरहेका छन्, कसैले पनि खाली हात बस्नुपरेको छैन ।’ बजारको माग धेरै रहेक...
भूकम्पले मुहान सुकेपछि खानेपानी समस्या
समाचार, समाज

भूकम्पले मुहान सुकेपछि खानेपानी समस्या

नेपालअखबार, जाजरकोट।  जाजरकोटको भेरी नगरपालिका–१ रिम्नाका स्थानीयवासीलाई खानेपानीको समस्या भएको छ। गत कात्तिक १७ गते बारेकोट गाउँपालिका–१ रामीडाडाँ केन्द्रविन्दु भएर गएको भूकम्पका कारण भेरी नगरपालिका–१ पिपेखोला गैरी खेतको पानीको मुहान सुकेपछि रिम्नामा खानेपानीको संकट परेको हो। ‘अहिले रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–१ स्थित चाइनाबगरबाट पानी ल्याउनुपरेको छ,’ भेरी–१ रिम्नास्थित दिलमाया रानाले भनिन्। उनले धारामा पानी आउन छाडेको करिब नौ महिना भएको पनि बताइन्। ‘हाम्रो दुःख बुझ्ने कोही भएनन्,’ उनले गुनासो गरिन्।...