२४ वर्षदेखि मुढेघारमा मौरीपालन गरिरहेका किसान् भन्छन्- आधुनिक तरिका जान्न पाए राम्रो हुन्थ्यो
नेपालअखबार, काठमाडौँ। प्रशस्त वनक्षेत्र भएकाले भोजपुरको माथिल्लो भेग मौरीपालनका लागि उपयुक्त मानिन्छ।
यहाँका वन क्षेत्र आसपासमा रहेका बस्तीका स्थानीयले परम्परागत (मुढेघार) मौरीपालन गरिरहेका छन्। आधुनिक मौरीपालनका बारेमा जानकारी नहुँदा किसानहरू परम्परागत रुपमा मौरीपालन गरिरहेका छन्।
टेम्केमैयुङ–५ मझौलेका दिपक विष्ट विगत २४ वर्षदेखि परम्परागत रुपमा मौरीपालन गरिरहेका छन्। मुढेघारमा उनका २० घारमौरी छन्।
आधुनिक प्रविधिका विषयमा जानकारी नहुँदा बाउ बाजेबाट सिकेको सीपलाई अवलम्बन गरेर मौरीपालन गरिरहेको उनले बताए।
आवश्यक तालिम तथा आधुनिक सीपको अभाव हुँदामा परम्परागत मौरीपालनमा समस्या हुने गरेको उनको भनाइ छ।
‘विगत २४ वर्षदेखि मौरीपालन गरिरहेको छु। स्वदेशमा स्वरोजगार बन्ने लक्ष्यले यो व्यवसायमा लागेको हुँ,’ विष्टले भने, ‘आधुनिक प्रविधिबाट पालन गर्नसके अझ राम्रो हुन्थ्यो। राज्यको कुनै प...










