Saturday, August 15

समाज

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले विश्वासको मत लिँदै
समाचार, समाज

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले विश्वासको मत लिँदै

नेपालअखबार ,धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले बिहीबार विश्वासको मत लिने भएका छन् । बिहान सवा १० बजेदेखि सुरु हुने प्रदेश सभाको बैठकमा सोडारीले विश्वासको मत लिने भएका हुन् । ६ वैशाखमा एकीकृत समाजवादीसहित एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टीको रञ्जिता श्रेष्ठ पक्ष र स्वतन्त्र सांसद डा.ताराप्रसाद जोशीको समर्थनमा सोडारी मुख्यमन्त्री नियुक्त भएका थिए । २१ वैशाखमा विश्वासको मत लिने तयारी गरेपनि एमालेले तत्काल मत दिन नसकिने अडान लिएपछि मुख्यमन्त्री सोडारी रोकिएका थिए । अहिले भने एमालेले सोडारीलाई विश्वासको मत दिने तर तत्काल सरकार बाहिर बस्ने निर्णय गरिसकेको छ । नेकपा माओवादी केन्द्रले विश्वासको मतबारे निर्णय लिन प्रदेश संसदीय दलको बैठक बोलाएको छ भने नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षले भने मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जनाएको छ । रञ्जिता पक्षका...
मदन–आश्रित स्मृति दिवस आज
राजनीति, समाचार, समाज

मदन–आश्रित स्मृति दिवस आज

नेपालअखबार ,काठमाडौँ ।  आज मदन-आश्रित स्मृति दिवस मनाइँदैछ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३१ औं स्मृति दिवस जनतालाई जागृत हुन उनीहरूले गरेको योगदानको  स्मरण गर्दै आज मनाइँदैछ । यस अवसरमा नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी) ले विविध कार्यक्रम आयोजना गर्दैछन् । विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गमा जीप दुर्घटनामा परी उहाहरुको निधन भएको थियो । भण्डारीले एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरेको जनताको बहुदलीय जनवाद (जबज) को मार्गदर्शक सिद्धान्तलाई एमालेले पालना गर्दै आएको छ।रासस...
चेपाङ बस्तीमा ‘एक घर, एक धारा’
समाचार, समाज

चेपाङ बस्तीमा ‘एक घर, एक धारा’

नेपालअखबार , चितवन। चितवनको इच्छाकामना गाउँपालिका–२ को छापडाँडामा ‘एक घर एक धारा’ अभियानअन्तर्गत सञ्चालित खानेपानी आयोजना सम्पन्न भएको छ। बुधबार एक कार्यक्रमका बीच सम्पन्न खानेपानी आयोजनाको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले उद्घाटन गरे। चेपाङ समुदायको बसोबास रहेको छापडाँडाका ५५ घरमा धारा जडान गरिएका छन्। त्यस अवसरमा अध्यक्ष गुरुङले बाँकी रहेका चेपाङ बस्तीमा पनि  चाँडै धारा जडान हुने बताए। उनले गाउँपालिकाले सबै वडामा यो अभियान सञ्चालन गरिरहेको भन्दै चेपाङ बस्तीलाई पहिलो प्राथमिकतामा राखिएको जानकारी दिए। उनले छापडाँडा खानेपानी योजना सम्पन्न भएपछि पानी डोकोमा बोक्ने दिनको अन्त्य भएको बताए। गाउँपालिका, स्थानीय उपभोक्ता र वाइन टु वाटर नेपाल नामक संस्थाको साझेदारीमा खानेपानी आयोजना सम्पन्न भएको हो। ९० करोड रूपैयाँ कूल लागतको आयोजना निर्धारित समयभन्दा अघिनै सम्पन्न भएको अध्यक...
मुगुको पाटनमा यार्सा टिप्न पुगेकाको दुर्घटना बीमा
समाचार, समाज

मुगुको पाटनमा यार्सा टिप्न पुगेकाको दुर्घटना बीमा

नेपालअखबार ,मुगु । यार्सा टिप्न मुगुका विभिन्न पाटनमा जाने सङ्कलकहरुको सुरक्षाका लागि दुर्घटना बीमा गरिएको छ । यार्सागुम्बा पाइने पाटन अन्तर्गत मुगुम कार्मारोङ्ग गाउँपालिकाले सङ्कलकहरुको दुर्घटना बीमा गरेको हो । ठूलो सपना बोकेर पाटन पुगेका, जाँदै गरेका र फर्कने क्रममा पालिकाका सिमानाभित्र कोही घाइते भएमा उपचारमा सहयोग पुगोस् र कसैको मृत्यु भइहाले आश्रित परिवारलाई सहयोग पुगोस् भनेर गाउँपालिकाले आथिक वर्ष २०७६/७७ देखि दुर्घटना बीमा शीर्षकमा बजेट छुट्याउँदै आएको निमित्त प्रमुख प्रशासकीय अधिकृत सुवाशचन्द्र रावलले जानकारी दिए । ‘यो बीमा प्राप्त गर्न वैधानिक तरिकाले पालिकाको प्रवेश शुल्क तिरेरको हुनुपर्छ । वनमा प्रवेश शुल्क लिँदा गाउँपालिकाले सङ्कलकको आवश्यक व्यक्तिगत विवरणसँगै लिने गरेको छ’, उनले भने । पाटनमा सुरक्षाका लागि खटिने सुरक्षाकर्मी, स्वास्थ्य टोली र हेराला वन सुरक्षा युवादस्...
तार भूमिगत गर्न काठमाडौँका यी क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने
प्रशासन, समाचार, समाज

तार भूमिगत गर्न काठमाडौँका यी क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने

नेपालअखबार , काठमाडौँ ।  नेपाल विद्युत् प्राधिकरणको रत्नपार्क वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने काम धमाधम भइरहेको छ । जसले उपत्यकाको विभिन्न स्थानमा विद्युत् आपूर्ति प्रभावित भइरहेको छ । प्राधिकरणले जेठ ३ गते नयाँबजार, जेठ ५ गते नयाँबजार र क्षेत्रपाटी, जेठ ६ गते भिमसेनस्थान र जेड ८ गते भिमसेनस्थान र त्रिपुरेश्वर क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको छ । उल्लिखित फिडरहरू अन्तर्गतका विभिन्न स्थानमा बिहान ११ः०० बजेदेखि साँझ ०५ः०० बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।...
बबई नदीमा पौडी खेल्न गएका दाजुभाइको डुबेर मृत्यु
समाचार, समाज

बबई नदीमा पौडी खेल्न गएका दाजुभाइको डुबेर मृत्यु

नेपालअखबार ,काठमाडौँ । बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर एकै घरका दाजुभाइको मृत्यु भएको छ। मंगलबार बबई गाउँपालिका वडा नं. ७ ओदाले घाटमा पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको हो। दुई दाजुभाइ सोमबार मात्रै भारतबाट ओदालेमा रहेको फुपूको घरमा आएको बुझिएको छ। प्रहरीका अनुसार १६ वर्षीय दिपेश परियारको बबई नदीबाट शव निकालिएको थियो भने १८ वर्षीय  दीपक परियारको उद्धार गरेर अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको हो। शव पोष्टमर्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पठाइएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी प्रमुख अजयजंग थापाले जानकारी दिए।...
सगरमाथा आरोहणका क्रममा दुई मङ्गोलियन नागरिक सम्पर्कविहीन
समाचार, समाज

सगरमाथा आरोहणका क्रममा दुई मङ्गोलियन नागरिक सम्पर्कविहीन

नेपालअखबार,काठमाडौँ । सगरमाथा आरोहणका क्रममा दुई मङ्गोलियन नागरिक सम्पर्कविहीन भएका छन् । पर्यटन विभागको पर्वतारोहणका अनुसार वसन्त ऋृतुको जारी आरोहणमा सगरमाथाको चुचुरोतर्फ लागेका मङ्गोलिन नागरिक ५३ वर्षीय युखजर्गल सिडेनडम्बा र ३१ वर्षीय प्योरभिस्रन खाग्बाजाभ सम्पर्कविहीन भएको विभागको आधार शिविरमा रहेको फिल्ड कार्यालयलाई जनाएको छ । मौसम अनुकूलताकैबिच वैशाख ३१ गते बिहान ८ः४५ बजे   दुवै आरोही सगरमाथाको चौँथो शिविरबाट चुचुरोतर्फ लागेको जनाइएको छ ।  आरोहण व्यवस्थापन गर्ने एजेन्सीसँगको सहकार्यमा सम्पर्कविहीन दुवै आरोहीको हराएका सम्भावित माथिल्ला शिविर मा खोजी जारी रहेको पर्वतारोहण अनुगमन तथा सहजीकरण समिति (खुम्बु क्षेत्रका सदस्य सचिव एवं पर्यटन विभागको फिल्ड कार्यालय प्रमुख खिमलाल गौतमबाट जानकारी प्राप्त भएको विभागले उल्लेख गरेको छ । रासस...
‘नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल’ नामक कृति विमोचन
राजनीति, समाज, साहित्य \कला

‘नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल’ नामक कृति विमोचन

नेपालअखबार, काठमाडौँ। ‘नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल’ नामक कृति आजदेखि बजारमा आएको छ । लेखक परमानन्द भट्टले लेख्नुुभएको कृतिमा संघर्षको सुरुवात र सांगठनिक नेतृत्व, नेकपा (एमाले) को अःपमतको सरकार, विचार र संगठनमा सुद्धिकरणर सुदृढीकरण अभियान, शान्ति प्रक्रिया र गणतन्त्र, नैतिक जिम्मेवारी बोध र पदत्याग, माधव नेपालको आवश्यकता बोध, सरकारको नेतृत्वमा रहँदा, नेकपा (एमाले) को नवौ राष्ट्रिय महाधिवेशन, संविधान निर्माण प्रक्रियाअन्तर्राष्ट्रिय सम्बन्ध, विचारधारात्मक नेतृत्व, कार्यशैली, आलोचनाका कोणहरु, पार्टी एकता, विधाजव र पुनर्गठन, बाम–लोकतान्त्रिक गठबन्धन, कम्युनिष्ट आन्दोलनका उपलब्धी र वर्तमान कार्यभार तथा छानिएका केही मन्तव्य तथा लेखरचना छन्। मंगलबार राजधानीको पर्यटनबोर्डमा आयोजित कार्यक्रममा पूर्व राष्ट्रपति डा.रामवरण यादवले कृतिको विमोचन गर्दै मुलुकमा शान्ति प्रक्रिया स्था...
पोखरामा ‘वडा नागरिक आरोग्य कार्यक्रम’
प्रशासन, समाचार, समाज

पोखरामा ‘वडा नागरिक आरोग्य कार्यक्रम’

नेपालअखबार, पाेखरा । दीर्घरोगी तथा ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले पोखरा महानगरपालिका–२५ हेम्जामा ‘वडा नागरिक आरोग्य कार्यक्रम’ सुरु भएको छ । “महानगरको नमूना कार्यक्रमका रुपमा वडा नं.२५ बाट यो कार्यक्रम सुरु गरिएको छ । ज्येष्ठ नागरिकसँगै जुनसुकै उमेरका दीर्घरोगी, अशक्त र विपन्न परिवारका सदस्यलाई घरमै पुगेर स्वास्थ्य सेवा दिन्छौँ”, हेम्जा स्वास्थ्यचौकीका प्रमुख कुश्मराज सुवेदीले भने ।  सरकारले सूचिकृत गरेका औषधि पनि  निःशुल्क वितरण गरिने उनले बताए । समुदायमा स्वास्थ्य सचेतना र प्रवद्र्धनका कार्यक्रम सँगसँगै सञ्चालन गरिने उनले बताए । कार्यक्रमअन्तर्गत विशेष गरी नसर्ने रोगबाट प्रभावित ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्ने, औषधि नियमित रूपमा खाएनखाएको अनुगमन गरिने छ । दुई महिनाको एकपटक बिरामीको घरमै पुगेर सेवा प्रवाह गर्ने कार्यविधि बनेको छ । आधा...
तरकारी खेती गरेर मनग्गे आम्दानी गर्दै गुल्मीका किसान
कृषि, समाचार, समाज

तरकारी खेती गरेर मनग्गे आम्दानी गर्दै गुल्मीका किसान

नेपालअखबार, गुल्मी । गुल्मीको सेउघामा ९ महिने खडेरीमा पनि तरकारी खेती गरेर मनग्गे आम्दानी गरेका छन् । रेसुंगा नगरपालिका–४, सेउघाका झवी पाण्डे र चुरा कुँवरले खडेरीको समयमा पनि तरकारी खेतीउत्पादन  गरेर मनग्गे आम्दानी गरेका छन् । पाण्डे र कुँवर मिलेर पछिल्लो केही वर्ष यता सेउघाको अग्लो डाँडामा २० रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आएका छन् । भगवती कुषि फर्म दर्ता गरेर पाण्डे र कुँवरले यही सिजनमा मात्रै १० कुन्टल बन्दा, ४ कुन्टल सिमीलगायत काक्रो, बोडी, फर्सी लगायतका तरकारी उत्पादन गरेका छन् । यो सिजनमा उत्पादित तरकारीले राम्रो मूल्य पनि पाएको छ ।  कृषक झवी पाण्डे सामाजिक कार्यसँगै तम्घास बजारमा खाद्यान्न पसल पनि गर्दछन् ।  उनले व्यवसायबाटमात्रै वार्षिक २ लाख रुपैयाँभन्दा बढी कर बुझाउने गरेको बताउँछन् । खाली समय सदुपयोग गरेर काम गर्दा ताजा तरकारी आफैंले पनि खान पाइने बिक्री गरेर आम...