Monday, August 17

समाज

ट्र्याक खोलिएको १३ वर्षमा पनि भएन सडकको स्तरोन्नति
समाचार, समाज

ट्र्याक खोलिएको १३ वर्षमा पनि भएन सडकको स्तरोन्नति

नेपालअखबार,ढोरपाटन । राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडकको ट्रयाक खुलेको १३ वर्ष पूरा भयो। तराई क्षेत्रलाई नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनसहित पहाडी जिल्ला जोड्नका लागि निर्माण गरिएको उक्त सडक हालसम्म स्तरोन्नति हुन सकेको छैन। यतिका समयसम्म सडक स्तरोन्नति नहुँदा स्थानीय र ढोरपाटन पुग्ने पर्यटकले वर्षौंदेखि सास्ती खेप्दै आएका छन्। विसं २०६८ मा रुपन्देहीको सालझण्डीदेखि सुरु भएको यो सडक अर्घाखाँचीको सन्धिखर्क, गुल्मी, पाल्पा हुँदै ढोरपाटन जोडिएको थियो । रुपन्देहीमा, अर्घाखाँची, पाल्पा र गुल्मीमा काम तीव्र गतिमा भए पनि बागलुङ खण्डमा अपेक्षाअनुसार काम हुन सकेको छैन। सङ्घीय सरकारले सालझण्डी–ढोरपाटन सडक स्तरोन्नति गर्नका लागि बजेट विनियोजन गरेर ठेक्का प्रक्रिया अगाडि बढाए पनि निर्माण कम्पनीले ढिलासुस्ती गरिरहेको छ। विसं २०७८ कात्तिक ५ गते निर्माण कम्पनीले ढोरपाट...
सर्वोच्च अदालतले शमशेर मियाँको हकमा उच्च अदालतले दिएको आदेश बदर
प्रशासन, समाचार, समाज

सर्वोच्च अदालतले शमशेर मियाँको हकमा उच्च अदालतले दिएको आदेश बदर

नेपालअखबार, काठमाडौँ । नक्कली शरणार्थी प्रकरणका प्रतिवादी शमशेर मियाँको हकमा उच्च अदालतले दिएको आदेश बदर भएको छ । २०८० मंसिर १५ मा उच्च अदालत पाटनले मियाँलाई १० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । तर सर्वोच्च अदालतले बिहीबार मियाँको मुद्दा साधारण तारेखमा राखी पुर्पक्ष गर्न आदेश दिएको हो । अदालतको आदेशमा भनिएको छ, 'निवेदक प्रतिवादी शमशेर मियाँको हकमा हेर्दा, जाहेरवाला एवं घटना विवरण कागज गर्ने पीडितहरूले निजलाई कुनै रकम दिएको भनी नाम उल्लेख नगरेको, यी प्रतिवादीले अधिकार प्राप्त अधिकारी र सुरु अदालत समक्ष कसुरमा इन्कार रही बयान गरेका, कुनै पनि सहप्रतिवादीले निजलाई पोल गरेको पनि नदेखिएको स्थितिमा त्यहाँ अदालतबाट मिति २०८०1८।१५ मा निजबाट रु.१०,००,०००/- (दश लाख रुपैयाँ) नगद धरौटी, जमानत वा बैंक जमानत लिने गरी भएको आदेश मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ को रोहमा बेरितको ...
जंगलमा लागेको डढेलो बस्तीमा फैलिँदा सोलुखुम्बुमा पाँच घर जले
समाचार, समाज

जंगलमा लागेको डढेलो बस्तीमा फैलिँदा सोलुखुम्बुमा पाँच घर जले

नेपालअखबार,सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ देउपुजेको जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर जलेका छन्। गाईखर्क सामुदायिक वनमा मंगलबार लागेको डढेलो बस्तीमा छिर्दा पाँच घर जलेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी निरीक्षक रामचन्द्र साहका अनुसार स्थानीय धनेश्वर राई, केशव राई, शक्ति राई, धनशेर राई र कविर राईको एक/एक वटा घर आगोले जलेर नष्ट भएको हो । आगलागीबाट ५३ लाख रूपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ। धनेश्वर राई र निजका छोरा शक्ति राईको छुट्टाछुट्टै घर जल्दा उनीहरूको  तीन तोला सुन, १५ तोला चाँदी नष्ट हुँदा २३ लाख, केशव राई र मकरबहादुर राईको  नगद एक लाख ८० हजार नगदसहित अन्य सामग्री जल्दा २० लाख र कविर राईको घर र त्यहाँ रहेको सबै सामान जल्दा १० लाख बराबरको क्षति भएको प्रहरी निरीक्षक साहले बताए। ‘खरबारीबाट सल्किएको आगो जंगलमा प्रव...
मिर्जापुरमा बिहे घरमा आगलागी हुँदा ६ लाखको क्षति, २ जना घाइते
समाचार, समाज

मिर्जापुरमा बिहे घरमा आगलागी हुँदा ६ लाखको क्षति, २ जना घाइते

नेपालअखबार, सर्लाही । सर्लाहीको बलरा नगरपालिकास्थित मिर्जापुरको एक बिहे घरमा आगलागी हुँदा ६ लाख रुपैयाँ बराबरको क्षति भएको छ । आगलागीबाट २ जना घाइते भएका छन् । बलरा नगरपालिका–६, मिर्जापुरका रामचन्द्र महतोको खपडाले छाएको घरमा गएराति आगलागी हुँदा उक्त क्षति भएको हो । आगलागीबाट छोरीको विवाहका लागि राखिएका लत्ता कपडालगायत सामग्री जल्दा ६ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरीका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए । बिजुलीको तार सर्ट भएर आगलागी भएको हो । घरमा आगो लागेपछि सामान निकाल्न खोज्दा घरधनी महतोसहित २ जना घाइते भएका हुन् । घाइतेको दुवै हात र खुट्टा जलेका प्रहरीले जनाएको हो । अर्का स्थानीय २३ वर्षीयका राज मंगलको दाहिने हात जलेको छ । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । यसैबीच, गए राति जिल्लाको कविलासी नगरपालिका–२, पिपरियामा भएको आगलागीबाट स्थानीयको ८० हजार ...
वनमा डढेलो लागेपछि गाउँ पसे जनावर
समाचार, समाज

वनमा डढेलो लागेपछि गाउँ पसे जनावर

नेपालअखबार,म्याग्दी । म्याग्दीका ७५ भन्दा बढी सामुदायिक वनमा डढेलो लागेपछि बासस्थान र आहाराको अभावका कारण वन्यजन्तुले बस्ती पसेर किसानले लगाएको बाली नष्ट गरेका छन्। जिल्लाको मालिका र मङ्गला गाउँपालिकाका विभिन्न ठाउँमा डढेलो लागेपछि वन्यजन्तु बासस्थान र आहाराको खोजीमा गाउँ पसेका स्थानीयले बताएका छन्। ‘खेतबारीमा लगाएको बाली र तरकारीखेती बँदेल र बाँदरले नष्ट गरे, हुँदाहुँदा अब त घरभित्र नै पसेर हैरान पार्न थालेका छन्,’ मङ्गला–५ का किसान टीकानाथ कँडेलले भने। ‍कँडेलका अनुसार बँदेल, दुम्सी र बाँदर गाउँमा मात्रै होइन घरभित्र नै छिर्न थालेका छन् । मालिकाको वडा नं ६ उपल्लो दुखु, वडा नं १ निस्कोट र वडा नं २ रुममा पनि वन्यजन्तुका कारण गाउँलेले सास्ती व्यहोर्नु परिरहेको छ। मालिका–६ उपल्लो दुखुकी डिलकुमारी रोकाले भनिन् , ‘यो बालीनाली यिनलाई नै लगाइदिएजस्तै भयो।’ खेतबारीको बालीनाली खाएर न...
राष्ट्रिय सभा उपाध्यक्ष घिमिरे पार्टीको जिम्मेवारीबाट अलग
समाचार, समाज

राष्ट्रिय सभा उपाध्यक्ष घिमिरे पार्टीको जिम्मेवारीबाट अलग

नेपालअखबार, काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले पार्टीको सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन् । आइतबार विज्ञप्ति जारी गर्दै घिमिरेले आफू पदमा रहँदासम्म संसदीय मर्यादा र परम्परालाई सम्मान गर्न पार्टीको जिम्मेवारीबाट अलग भएको बताएकी हुन् । घिमिरेले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा रहेर संविधान, प्रचलित कानून र राष्ट्रिय सभा नियमावलीले निर्देशित काम तटस्थ र निष्पक्षताका साथ निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् । २८ चैत्रमा घिमिरे नेकपा एमालेको तर्फबाट राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । आइतबार आफ्नो कार्यकक्षमा सञ्चारकर्मीहरूसँग भेटघाट गर्दै उपाध्यक्ष घिमिरेले महिला सांसदहरूले बोलेको कुरामा विभिन्न टिकाटिप्पणी र हतोत्साहित गर्न नहुने बताइन् । उनले महिला सांसदहरूको क्षमतामाथि समेत प्रश्न उठाइने गरेको भन्दै त्यसो गर्नु नहुने धारणा राखिन् । घ...
मोबाइल चार्ज गर्ने क्रममा बालकको मृत्यु
समाचार, समाज

मोबाइल चार्ज गर्ने क्रममा बालकको मृत्यु

नेपालअखबार, तेह्रथुम । मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । लालीगुराँस नगरपालिका-५ दागपा बस्ने कालु बहादुर लिम्बुको छोरा ८ वर्षीय सुदिप लिम्बुको करेन्ट लागेर शनिबार बेलुकी मृत्यु भएको हो । आफ्नै घरको कोठामा मोबाइल चार्ज गर्ने क्रममा मल्टीप्लग सर्ट भई करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि बसन्तपुर अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।...
रुपन्देहीका नौ गाउँमा आगलागी
समाचार, समाज

रुपन्देहीका नौ गाउँमा आगलागी

नेपालअखबार, भैरहवा । तराई क्षेत्रमा लामो समयदेखि वर्षा नहुँदा यहाँको जनजीवन प्रभावित भएको छ । पानीको अभाव र सुक्खा मौसमका कारण रुपन्देहीका विभिन्न स्थानमा आगलागी हुँदा चौपाया, अन्नबाली एवं घरमा क्षति भएको छ । रोहिणी गाउँपालिका–६ बाट शनिबार अपराह्न नौवटा गाउँमा आगो फैलिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिए ।  गहुँको नलबाट सुरु भएको आगो बतासका कारण फैलिँदा बिष्णुपुरा, पर्सा, बुची, बरवा, तर्कुलहा, कोटहवा, चम्कीपुर हुँदै प्रिप्रहवामा क्षति भएको छ । आगोले मानवीय क्षति नभए पनि ४० वटा घर जलेका तथा ३९ वटा बाख्रा मरेका उनले बताए । प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, देवदह नगरपालिकाको दमकल र स्थानीयको प्रयासले साँझ आगो निभाइएको थियोे । आगलागीको घटना जिल्लाभरिबाट नै भएका प्रवक्ता भट्ट बताउँछन् । गैडहवा गाउँपालिकामा पनि आगलागीमा लाखौँको...
उत्तरी गोरखाको वीरेन्द्र ताल फुट्यो
समाचार, समाज

उत्तरी गोरखाको वीरेन्द्र ताल फुट्यो

नेपालअखबार,  गाेरखा  । उत्तरी गोरखाको मनास्लु क्षेत्रमा रहेको वीरेन्द्र ताल फुटेको छ। चुमनुव्री गाउँपालिकास्थित मनास्लु क्षेत्रमा रहेको ताल फुटेको हो। ताल फुटेर तल्लो तटीय क्षेत्रमा बाढी आएको गाउँपालिका अध्यक्ष नीमा लामाले जानकारी दिए। ‘ताल फुटेको जानकारी पाएका छौं। ताल फुटेर सामागाउँको काठेपुल बगाएको जानकारी पाएका छौं। अहिलेसम्म बस्तीमा चाहिँ क्षति पुगेको छैन,’ उनले भने। वीरेन्द्र ताल फुट्दा, चुमनुव्री, धार्चे गाउँपालिकाको तटीय क्षेत्रमा जोखिम बढेको छ। धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरूङले तालमाथि रहेको हिउँको ढिस्को झरेको जानकारी आएको बताए। ‘ताल फुटेको नभइ तालमाथि रहेको हिउँको ढिस्को झरेको जानकारी आएको छ। हामीले तटीय क्षेत्रमा रहेका बासिन्दालाई सतर्क रहन भनेका छौं। बाढी धेरै ठूलो छैन। वर्षामा आउने भेलजस्तै रहेको स्थानीयले बताएका छन्,’ उनले भने।...
गुल्मीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु
समाचार, समाज

गुल्मीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु

नेपालअखबार, गुल्मी । बडीगाड खोलामा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । सत्यवती गाउँपालिका-६ खैरेनी निवासी १४ वर्षका युवराजदिन मियाँको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरलले जानकारी दिए । शुक्रबार दिउँसो माछा मार्न  बाडिगाड खोलामा गएका मियाँ घरमा नआएपछि खोजने क्रममा खोला किनारमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक अनिल थापा नेतृत्वको टोली खटिएको छ ।...