Monday, August 17

समाज

रुन्चेत गाउँमा भीर खोपेर बनाइँदैछ झोलुङ्गे पुल
समाचार, समाज

रुन्चेत गाउँमा भीर खोपेर बनाइँदैछ झोलुङ्गे पुल

नेपालअखबार, गाेरखा। उत्तरी गोरखाको धार्चे गाउँपालिका–२ मा पर्ने रुन्चेतगाउँ सडक सञ्जालबाट जोडिएको छैन । गाउँपालिकाको ३ नं वडामा पर्ने लुसीकाङगाउँबाट रुन्चेतगाउँ नजिक भए पनि त्यहाँ पुग्न घन्टौं हिँड्नुपर्ने  बाध्यता छ । बुढीगण्डकी नदीका कारण रुन्चेत र लुसीकाङ विकट भएका हुन् तर अब घन्टौं हिँड्नुपर्ने बाध्यताबाट स्थानीय मुक्त हुँदैछन्। ‘रुन्चेत र लुसीकाङवासीको वर्षौंदेखिको समस्या समाधानका निम्ति भिर खोपेर कादुरी नेपाल संस्थाको सहयोगमा आगामी पाँच महिनाभित्रमा झोलुङ्गे पुल निर्माण पूरा गर्नेगरी काम सुरु भएको छ,’ धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले भने, ‘करिब एक करोड ३३ लाखको लागतमा झोलुङ्गे पुल निर्माण थालिएको हो।’ झोलुङ्गे पुल सञ्चालन भएपछि रुन्चेतवासी तीनघण्टाभन्दा समय हिँड्नुपर्ने बाध्यताबाट मुक्त हुने र एक घण्टामै गाउँ पुग्न सकिने अध्यक्ष गुरुङले बताए। पुल नहुँदा अहिल...
डढेलोमा परी गम्भीर घाइते भएका बालकको उपचारका क्रममा मृत्यु
समाचार, समाज

डढेलोमा परी गम्भीर घाइते भएका बालकको उपचारका क्रममा मृत्यु

नेपालअखबार, डाेल्पा।  जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा लागेको डढेलोमा परी घाइते भएका तीनजना बालबालिकामध्ये एकजनाको मृत्यु भएको छ। जिल्ला अस्पताल डोल्पामा उपचारका क्रममा १० वर्षीय सुलस बुढाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए। बाँकी दुईजनाको थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए। गाउँ नजिक रहेको उक्त वनमा बिहीबार बिहान गुच्ची च्याउ टिप्न गएका  बालबालिका  अपराह्न गम्भीर घाइते भएका थिए। उनीहरूलाई उद्धार गरेर साँझम जिल्ला अस्पताल पुर्‍याइएको थियो। हरसम्भव प्रयास गर्दा पनि घाइतेलाई बचाउन नसकिएको डा. अखण्ड उपाध्यायले बताए। त्रिपुरासुन्दरी नगरपालिकाले घाइते बालबालिकाको उपचारका लागि काठमाडौँ लैजान हेलिकप्टरको व्यवस्थाको गरेको प्रमुख प्रशासकीय अधिकृत जगदीशचन्द्र नेपालीले बताए। गत म...
आज इस्लाम धर्मावलम्बीले ईद उल फित्र मनाउँदै (फाेटाेफिचर)
ग्यालरी, धर्म/संस्कृति, समाचार, समाज, हाइलाइट-समाचार

आज इस्लाम धर्मावलम्बीले ईद उल फित्र मनाउँदै (फाेटाेफिचर)

नेपालअखबार। आज इस्लाम धर्मावलम्बीले ईद उल फित्र मनाउँदै (फाेटाेफिचर)
अब किमालुङमै सुविधासम्पन्न प्रसूति सेवा, संखुवासभा जानुपर्ने बाध्यता हट्यो
समाचार, समाज, स्वास्थ्य

अब किमालुङमै सुविधासम्पन्न प्रसूति सेवा, संखुवासभा जानुपर्ने बाध्यता हट्यो

नेपालअखबार, भाेजपुर। भोजपुरको षडानन्द नगरपालिका–९ किमालुङमा सुविधासम्पन्न प्रसूति सेवा भवन निर्माण  भएको छ। जिल्लाको विकट यो गाउँमा एक करोड लागतमा भवन निर्माण गरिएको हो। भवन निर्माणसँगै सुत्केरी गराउन तथा स्वास्थ्य सेवा लिन छिमेकी जिल्ला सङ्खुवासभा जानुपर्ने बाध्यताको अन्त्य भएको छ। भवनमा आवश्यक उपकरण पनि जडान गरिएको छ। अब स्वास्थ्य सेवा लिन सहज भएको स्थानी वीरबहादुर तामाङले बताए। ‘यो दुर्गम ठाउँमा सुविधासम्पन्न स्वस्थ्य भवन बनेको छ, सेवा लिन सङ्खुवासभा जानुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य भएको छ। अब राज्यले आवश्यक जनशक्ति व्यवस्थापनमा ध्यान दिन आवश्यक छ,’ उनले भने। यो भवनबाट षडानन्द नगरपालिका वडा नं १०, ९, ८ र ३ का स्थानीयलाई प्रत्यक्ष लाभ पुग्ने वडाध्यक्ष निमा शेर्पाले बताए। नेपाल हेल्पिङ एजुकेशन फाउण्डेसन अफ नेपालको अनुदानमा एक करोड लागतमा केन्द्र स्थापना गरिएको हो। भवन न...
दमकको लाइफलाइन अस्पतालमा आगलागी, डायलासिस सेवा बन्द
समाचार, समाज, स्वास्थ्य

दमकको लाइफलाइन अस्पतालमा आगलागी, डायलासिस सेवा बन्द

नेपालअखबार, झापा। दमकस्थित लाइफलाइन अस्पताल नजिक मंगलबार राति आगलागी हुँदा दुई करोडभन्दा बढीको क्षति भएको छ। अस्पताल नजिक रहेको प्रेमबहादुर धिमालको घरबाट सल्केको आगो अन्य तीन घरमा फैलिँदा उक्त क्षति भएको हो। प्रहरी कार्यालय झापाका अनुसार धिमालको घरबाट सुरु भएको आगो अस्पतालको डायलासिस गराउने भवनमा फैलदा अस्पतालका उपकरण र अन्य सामाग्री नष्ट भएका छन्। अस्पतालका अध्यक्ष डा. मुक्तिनाथ भट्टराईले  डाइलिसिस मेसिन काम नलाग्ने भएकाले अस्पतालको डाइलिसिस सेवा पूर्ण बन्द भएको बताए दमक नगरपालिका, कमल गाउँपालिका, पथरीशनिश्चरे नगरपालिका, उर्लाबारी नगरपालिकालगायत स्थानीय निकायका छ वटा वारुण यन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयको सहयोगमा आगो निभाइएको थियो। लामखुट्टे भगाउन बालिएको अण्डा राख्ने ‘क्यारेट’बाट आगो सल्किएको स्थानीय एक महिलाले बताइन्।...
घान्द्रुक पर्यटन महोत्सव सुरु
समाचार, समाज

घान्द्रुक पर्यटन महोत्सव सुरु

नेपालअखबार,पोखरा। कास्कीको अन्नपूर्ण गाउँपालिका–१०÷११ घान्द्रुकमा ‘पर्यटन महोत्सव’ सुरु भएको छ । ‘सबै मौसममा पर्यटन’ भन्ने नारासहित आजदेखि सुरु भएको घान्द्रुक पर्यटन महोत्सव चैत ३० गतेसम्म सञ्चालन हुनेछ । सो महोत्सवको उद्घाटन अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले गरे । महोत्सवको उद्घाटनपछि बोल्दै अध्यक्ष केसीले घान्द्रुकको मौलिकता र संस्कृति जोगाउने कर्तव्य सबैको रहेको बताए । ‘अन्नपूर्ण गाउँपालिकाको ७ देखि ११ नम्बर वडा हामीले पर्यटकीय क्षेत्रको रुपमा अगाडि सारेका छौं, अध्यक्ष केसीले भने, ‘गाउँपालिकाको पर्यटकीय क्षेत्रको रुपमा १०÷११ मा पर्ने घान्द्रुक आन्तरिक तथा बाह्य पर्यटकको रोजाईको केन्द्र हो । त्यसैले घान्द्रुकको मौलिकता र संस्कृति जोगाउनु हामी सबैको कर्तव्य हो ।’ अध्यक्ष केसीले आफ्नो कार्यकालमा घान्द्रुक आउने सडक कालोपत्र गर्ने बताउँदै घान्द्रुकमा पर्यटकको बसाई लम्बाउन...
भारतको सहयोगमा सङ्खुवासभामा ४ करोड रुपैयाँ लागतमा विद्यालय भवन बन्ने
शिक्षा, समाचार, समाज

भारतको सहयोगमा सङ्खुवासभामा ४ करोड रुपैयाँ लागतमा विद्यालय भवन बन्ने

नेपालअखार, सङ्खुवासभा । भारतको सहयोगमा सङ्खुवासभा जिल्लामा विद्यालय भवन निर्माण हुने भएको छ । चिचिला गाउँपालिका–३ मा निर्माण हुने श्री दिदिङ आधारभूत विद्यालयको भवनको लागत ४.०२९ करोड रुपैयाँ रहको छ । भारतीय राजदूतावास काठमाडौँका प्रथम सचिव अविनाश कुमार सिंह र चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पाले नेपाल–भारत विकास सहकार्य अन्तर्गत बन्न लागेको भवनको शिलान्यास गरेका हुन् । उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक/शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको पनि उपस्थिति रहेको थियो । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग यस विद्यालयलाई आवश्यक अन्य सुविधासँगै दुई तल्ले शैक्षिक तथा प्रशासनिक भवनको निर्माणमा उपयोग गरिनेछ । भारत सरकार र नेपाल सरकारबिच भएको सम्झौता अन्तर्गत यस परियोजनालाई उच्च प्रभाव...
डढेलो निभाउँदा घाइते भएका एक सैनिकको मृत्यु
समाचार, समाज

डढेलो निभाउँदा घाइते भएका एक सैनिकको मृत्यु

नेपालअखबार,  डोल्पा । डोल्पास्थित मष्टा भवानी सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा गम्भीर घाइते भएका एक सैनिकको निधन भएको छ । डढेलो निभाउँदा घाइते भएका सिपाही हेमन्त रावलको निधन भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताए । प्रजिअ दाहालका अनुसार जमदार केशरबहादुर जागा मगर र सिपाही रावललाई  थप उपचारका लागि नेपालगञ्ज लैजाने तयारी भइरहेको थियो । यसअघि आगलागीमा परेका देवीदक्त गण ‘क’का प्यूठ विजय कोइराला र सिपाही आशिष बुढालाई सैनिक हेलिकप्टरमार्फत उद्दार गरेर नेपालगञ्ज पठाइएको थियो । उनका अनुसार, डोल्पाको सामुदायिक वनमा केही दिनदेखि डढेलो लागिरहेको थियो । त्यसको नियन्त्रणका लागि नेपाली सेनाका दुई वटा गुल्म, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयको टोली खटिएको थियो । तालिम प्राप्त टोली भए पनि विपरीत दिशाबाट एक्कासी हावा चलेर आगो फैलिंदा उनीहरु निस्किन सकेक...
पोखराका होटलमा पर्यटकको चहलपहल बढयो
पर्यटन, समाचार, समाज

पोखराका होटलमा पर्यटकको चहलपहल बढयो

नेपालअखबार,पाेखरा । नयाँ वर्ष २०८१ को छेकोमा पर्यटकीय राजधानी पोखरामा पर्यटकको आउजाउ बढेको छ । चैत-वैशाख दोस्रो मुख्य पर्यटकीय याम पनि रहेकाले पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको हो । यहाँका होटलमा पाहुनाको सङ्ख्या क्षमताको ५० प्रतिशतसम्म पुगेको होटल सङ्घ पोखराका अध्यक्ष अध्यक्ष लक्ष्मण सुवेदीले बताए । “शुक्रबार–शनिबार त होटलको अकुपेन्सी ६० प्रतिशतसम्म पनि पुग्छ”, उनले भने, “नयाँ वर्षका बेला ९० प्रतिशतभन्दा माथि पुग्ने हाम्रो अपेक्षा छ ।” पर्यटनका लागि ‘अफ सिजन’ मानिने गत पुस–माघमा पोखराका होटलको ‘अकुपेन्सी’ दस प्रतिशतभन्दा कममा सीमित थियो । नयाँ वर्षलाई लक्षित गरेर लेकसाइडमा ‘१९ औँ फेवा नव वर्ष महोत्सव’ आयोजना गरिएकाले पर्यटकको आवागमन थप बढ्ने अध्यक्ष सुवेदीको अपेक्षा छ । महोत्सव अवधिमा होटलमा ३० प्रतिशत छुटको व्यवस्था मिलाइएको उनको भनाइ छ । उनका अनुसार पोखरामा दैनिक ४० ...
मकै खेती गर्ने किसानलाई ८ लाख बराबरको कृषियन्त्र वितरण
कृषि, समाचार, समाज

मकै खेती गर्ने किसानलाई ८ लाख बराबरको कृषियन्त्र वितरण

नेपालअखबार,कैलाली। कैलालीको जानकी गाउँपालिका–२ मा मकैखेती गर्ने किसानलाई कृषियन्त्र वितरण गरिएको छ। कृषि ज्ञान केन्द्र कैलालीको वसन्ते तथा हिउँदे मकैखेती प्रवद्र्धन कार्यक्रमअन्तर्गत कृषियन्त्र वितरण गरिएको हो। किसानलाई मकै लगाउने मेसिन, गोड्ने मेसिन, दाना छोडाउने मेसिनलगायत ८ लाख रूपैयाँ बराबरका सामग्री वितरण गरिएको कृषि ज्ञान केन्द्र कैलालीका बाली विकास अधिकृत रामनारायण चौधरीले जानकारी दिए। कृषि ज्ञान केन्द्र कैलालीको अनुदान सहयोगमा अन्नपूर्ण कृषक समूह कालिकापुरमा  २९ हेक्टर जमिनमा मकैखेती गरिएको छ। मकैखेतीमा कृषि ज्ञान केन्द्रले ५० प्रतिशत अनुदान प्रदान गरेको छ। किसानलाई मकैखेती विस्तारसँगै बजारीकरणमा सहयोग पुगोस् भनेर  कृषि सामग्री वितरण गरिएको बाली विकास अधिकृत चौधरीले बताए। ‘किसानलाई कृषिमा थप आकर्षित गर्न र हौसला प्रदान गर्न सहयोग गरिएको हो,’ उनले भने, ‘सामग्री सहयोगले ख...