Monday, August 17

समाज

बाटोमा फालिएको तारमा करेन्ट लागेर बालिकाको मृत्यु
समाचार, समाज

बाटोमा फालिएको तारमा करेन्ट लागेर बालिकाको मृत्यु

नेपालअखबार, जुम्ला । सिंजा गाउँपालिका-३ छान्निगाडा बस्ने नमराज गिरीकी छोरी १३ वर्षीया नबिना गिरीको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ । घर नजिकै बाटोमा बाख्रा चराउन गएकी उनको राष्ट्रिय प्रशारण लाइनको बिजुलीको तार निर्माणाधीन नेपाल टेलिकमको टावरमा लैजाने क्रममा बाटोमा फालिएको तारमा करेन्ट लागेर मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।...
जातीय भेदभाव गरेको आरोपमा गाउँपालिकाका पूर्वउपाध्यक्ष पक्राउ
प्रशासन, समाचार, समाज

जातीय भेदभाव गरेको आरोपमा गाउँपालिकाका पूर्वउपाध्यक्ष पक्राउ

नेपालअखबार, झापा। जातीय विभेद र दुर्व्यवहार गरेको आरोपमा हल्दिवारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गिरीलाई शनिबार राति पक्राउ गरिएको हो। उनीविरूद्ध जिल्ला समन्वय समिति झापाका पूर्व प्रमुख सोमनाथ पोर्तेलले इलाका प्रहरी कार्यालय बिर्तामोडमा जातीय विभेद र दुर्व्यवहारको जाहेरी दिएका थिए। सोही जाहेरीको आधारमा उहाँलाई शनिबार राति बिर्तामोडबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए। गिरीले पोर्तेललाई टेलिफोन संवादमार्फत जातीय तथा अन्य छुवाछूत र भेदभाव (कसूर र सजाय) ऐन, २०६८ आकर्षण हुनेगरी अभिव्यक्ति दिएको आधारमा पक्राउ गरिएको डिएसपी चन्दले बताए। गत चैत १८ गते हल्दिबारीमा भएको नेकपा एमाले हल्दिबारी गाउँपालिकाको बैठक सकेर फर्किएका पोर्तेललाई गिरीले फोनबाट गालीगलौज गर्दै जा...
नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय भर्ना अभियान आजदेखि सुरु
शिक्षा, समाचार, समाज

नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय भर्ना अभियान आजदेखि सुरु

नेपालअखबार, काठमाडौं । नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ । अभियान अन्तर्गत बालबालिकाहरुलाई विद्यालय पठाउन आह्वान गर्दै सन्देश प्रसारणदेखि घरदैलो अभियानसम्म सन्चालन गर्नेसम्मका कार्ययोजना बनाइएको छ । भर्ना अभियानको क्रममा वैशाख २ गतेदेखि जेठ २० गतेसम्म कसले के गर्ने भनेर कामको जिम्मेवारी निर्धारण गरिएको छ । सोही अनुसार अभियान सन्चालन गर्न मन्त्रालयले सबै सरोकारवालालाई भनेको छ । कार्ययोजना अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय जाने उमेर पुगेका बालबालिकाहरुलाई विद्यालयमा भर्ना गर्न आह्वान गरेका छन् । आज वैशाख २ गतेदेखि २१ गतेसम्म ३० वटा एफएम रेडियोबाट सातवटै प्रदेशबाट भर्ना अभियान सम्बन्धी सन्देश प्रसारण हुनेछन् । यसको प्रबन्ध शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मिलाएको छ । अभियान अन्...
गैँडाको आक्रमणबाट नेचर गाइडको मृत्यु
समाचार, समाज

गैँडाको आक्रमणबाट नेचर गाइडको मृत्यु

नेपालअखबार, चितवन। चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक घुमाउन गएका नेचर गाइडको गैंडाको आक्रमणबाट मृत्यु भएको छ। आज बिहान ११ः५० बजे चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्रदेखि पश्चिम क्षेत्रको मध्यवर्ती वन क्षेत्रमा पर्यटक घुमाउन लगेका गोरखा आरुघाट गाउँपालिका-८ पोखरी घर भई हाल रत्ननगर नगरपालिका-६ सौराहा बस्ने ३२ वर्षीय सुवास रेग्मीलाई गैंडाले आक्रमण गरेको थियो। गैंडाको आक्रमणबाट गम्भीर घाइते रेग्मीको उपचारको क्रममा चितवन मेडिकल कलेजमा दिउँसो १ः३९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए। रेग्मी सौराहाको जङ्गल वर्ल्ड रिसोर्टमा नेचर गाइडको काम गर्दै आएका थिए। रेग्मी लाइसेन्स प्राप्त नेचर गाइड रहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। उनले निकुञ्ज घुम्न गएका पर्यटक सकुशल रहेको बताए। गैँडाको आक्रमणबा...
अनुदानले खेती क्षेत्र र उत्पादन बर्सेनि बढ्दै
कृषि, समाचार, समाज

अनुदानले खेती क्षेत्र र उत्पादन बर्सेनि बढ्दै

नेपालअखबार, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा चैते धानको उत्पादन क्षेत्र बर्सेनि वृद्धि हुँदै गएको पाइएको छ । सिँचाइ व्यवस्था तथा सरकारी तहबाट अनुदान बढाउँदा चैते धानको उत्पादन क्षेत्र बढेको  हो । जिल्लामा आर्थिक वर्ष २०७७-७८ मा सात सय हेक्टर क्षेत्रफलमा चैते धान खेती भएकामा चालु आवसम्म आइपुग्दा झन्डै दोब्बरले त्यो वृद्धि भएको छ । यो यामको चैते धान रोपाइँ सकिँदा जिल्लामा कूल एक हजार तीन सय १५ हेक्टर क्षेत्रफलमा खेती भएको छ । यस वर्ष चैते धान रोपाइँ गरिएको क्षेत्रफल गत वर्षको भन्दा एक सय पाँच हेक्टरले बढी रहेको कृषि ज्ञान केन्द्रका बालीविज्ञ सञ्जय ढकालले बताए। “चालु आवमा जिल्लामा एक हजार तीन सय १५ हेक्टर क्षेत्रफलमा चैते धान खेती भएको छ, गत आवमा एक हजार दुई सय १० हेक्टर क्षेत्रफलमा रोपाइँ भएको थियो”, उनले भने, “जिल्लामा पछिल्लो दुई-तीन वर्षयता चैते धान उत्पादन गर्ने किसानको ...
बाँकेका १६ सीमा स्तम्भ हराए
समाचार, समाज, हाइलाइट-समाचार

बाँकेका १६ सीमा स्तम्भ हराए

नेपालअखबार, बाँके। बाँकेका नदीनाला क्षेत्रमा रहेका १६ वटा नेपाल-भारत सीमा स्तम्भ हराएका छन्। बाँकेमा भारतसँग जोडिएको ६५ किलोमिटर सीमा नाकाअन्तर्गत पाँच मुख्य र ११ सहायक गरी १६ सीमा स्तम्भ हराइरहेको सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बल बागेश्वरी गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगीले जानकारी दिए। ‘नदीनाला क्षेत्रमा रहेका पिल्लर हराएका छन् । अन्य केही जीर्ण अवस्थामा छन्,’ सशस्त्र प्रहरी उपरीक्षक डाँगीले भने, ‘हराएका पिल्लर प्रायः राप्ती नदी आसपासका छन्, बाढीले बगाएका ती पिल्लर पुनःनिर्माण हुन नसकेको हो।’ नरैनापुर–१ हुलासपुर्वास्थित सीमा स्तम्भ जीर्ण भई भत्किने अवस्थामा छ। बाँकेमा भारतसँग जोडिएको ६५ किलोमिटर सीमा क्षेत्रमा ३२ मुख्य र दुई सय ७९ सहायक गरी तीन सय ११ सीमा स्तम्भ छन्। कुनै पनि सीमा स्तम्भको मर्मत र रंगरोगन गर्नका लागि नेपाल भारत दुवै देशको संयुक्त प्रतिनिध...
डोल्पा आगलागीमा गम्भीर घाइते भएका तीनै बालकको मृत्यु
समाचार, समाज

डोल्पा आगलागीमा गम्भीर घाइते भएका तीनै बालकको मृत्यु

नेपालअखबार, डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा आगलागीमा परेका तीनै बालबालिकाको मृत्यु भएको छ । गत बिहीबार आगलागी घटनामा परेका तीनै बालबालिकाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए ।आगलागीबाट गम्भीर घाइते दुई जनाको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको उनले बताए । उपचारको क्रममा १२ वर्षीय विवश बुढा र १३ वर्षीय समन्त बुढाको काठमाडौँमा शनिबार मृत्यु भएको प्रजिअ दाहालले बताए । आगलागीबाट घाइते १० वर्षीय सुलश बुढाको भने गत शुक्रबार जिल्ला अस्पताल डोल्पामा उपचारको क्रममा मृत्यु भएको हो । गाउँ नजिकैको वनमा गुच्ची च्याउ टिप्न गएका तीनै बालबालिका आगलागीमा परेर गम्भीर घाइते भएका थिए । एकै गाउँका तीन बालबालिकाको आगलागीमा परेर मृत्यु भएपछि सिङ्गो गाउँनै शोकमा डुबेको त्रिपुरासुन्दरी–४ का वडाध्यक्ष रञ्जित बुढाले बताए । त्रिपुरासुन्...
पचास लाखको लागतमा तनहुँको खड्गकालिका मन्दिर पुनर्निर्माण
समाचार, समाज

पचास लाखको लागतमा तनहुँको खड्गकालिका मन्दिर पुनर्निर्माण

नेपालअखबार, तनहुँ। तनहुँको व्यास नगरपालिका–११  तनहुँसुरमा रहेको खड्गकालिका मन्दिर ५० लाखको लागतमा पुनर्निर्माण सम्पन्न भएको छ। पुरातत्व विभागको आर्थिक सहयोगमा पुनर्निर्माण पूरा भएको हो। यही वैशाख ३ गते राष्ट्रपति रामचन्द्र पौडेलले पुननिर्मित मन्दिर उद्घाटन गर्ने कार्यक्रम रहेको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताए। मन्दिरको मौलिकता कायम गरेर पुनर्निर्माण पूरा भएको उनले जानकारी दिए। तनहुँसुर धार्मिक पर्यटकीयस्थलका रुपमा क्रमशः विकास भइरहेको स्थानीयवासी सञ्जय श्रेष्ठ बताउँछन्। यहाँ सामुदायिक घरबास पनि सञ्चालनमा  छन्। पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्ना जेठा छोरा भृङ्गीसेनलाई सन् १६१० मा तनहुँमा राज्य गर्न पठाएको र उनीपछिका आठ सेनवंशी राजाले दुई सय ३० वर्ष तनहुँसुरबाट राज्य सञ्चालन गरेको जनश्रुति छ। तनहुँसुर दरबारका अवशेष, राजपरिवारले प्रयोग गरेका किल्ला र गढीहरु, धार...
बेनी–जोमसोम–कोरला खण्डमा ४८ किलोमिटर कालोपत्र
समाचार, समाज

बेनी–जोमसोम–कोरला खण्डमा ४८ किलोमिटर कालोपत्र

नेपालअखबार, पर्वत। दक्षिणमा भारत र उत्तरमा चीनको सिमानासँग जोडिने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला खण्डमा ४८ किलोमिटर सडक कालोपत्र भएको छ। भारतको सिमानामा रहेको त्रिवेणी र चीनको कोरला नाकालाई जोड्ने चार सय ३५ किमी लामो कालीगण्डकी करिडोर सडक राष्ट्रिय गौरवको आयोजना हो। गण्डकी प्रदेशको ‘भाग्यरेखा’ मानिएको यो सडक पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिक विकासका लागि महत्वपूर्ण मानिएको छ। पर्वतको मालढुङ्गादेखि म्याग्दी हुँदै मुस्ताङको कोरला नाकासम्मको दुई सय दुई किमी सडक स्तरोन्नति र त्यसमा पर्ने खोलामा पुल निर्माण गर्न २०७४ देखि आयोजना सुरु भएको हो। चौध वटा खण्डमध्ये हालसम्म आठ खण्डमा निर्माण सकिएको योजनाको २०८० चैत मसान्तसम्मको भौतिक प्रगति ७८ प्रतिशत पुगेको आयोजना प्रमुख  ध्रुवकुमार झाले बताए। '६ वटा खण्डमा ८५ किमी ग्राभेल र ४८ किमी ...
बाजुराको बाह्रबिसे केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का
समाचार, समाज

बाजुराको बाह्रबिसे केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

नेपालअखबार, बाजुरा । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बाजुराको बाह्रबिसे वरपर केन्द्रबिन्दु बनाएर गए राति भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार गए राति ३ः५३ बजे ३.७  रेक्टर स्केलको भूकम्प गएको हो । सुदूरपश्चिमसँगै कर्णाली प्रदेशका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो ।...