Monday, August 17

समाज

यसवर्षको एसईईमा २ हजार परीक्षा केन्द्र, ५ लाख परीक्षार्थी
शिक्षा, समाचार, समाज

यसवर्षको एसईईमा २ हजार परीक्षा केन्द्र, ५ लाख परीक्षार्थी

नेपालअखबार, भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यही चैत्र १५ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । यसवर्षको एसईई परीक्षाका लागि देशभर दुई हजार ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ । चैत १५ गतेदेखि सुरु भई २७ गतेसम्पन्न हुने परीक्षाका लागि बोर्डले उक्त सङ्ख्यामा परीक्षा केन्द्र निर्धारण गरेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए । उनका अनुसार यसवर्ष देशभरबाट करिब पाँच लाख विद्यार्थी एसईई परीक्षामा सहभागी हुनेछन् । यसवर्ष पनि जापानमा एउटा परीक्षा केन्द्र निर्धारण गरिएको उनले बताए । परीक्षाका लागि बोर्डले पाँच लाख प्रश्नपत्र छापिसकेको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए । पाँच लाख चार हजार ४१४ जनाले परीक्षाको फाराम भरे पनि परीक्षामा केही विद्यार्थीको सङ्ख्या घट्न सक्ने ...
हतुवागढीका आगलागी पीडितलाई प्रदेश सरकारले दियो प्रतिपरिवार १ लाख
समाचार, समाज

हतुवागढीका आगलागी पीडितलाई प्रदेश सरकारले दियो प्रतिपरिवार १ लाख

नेपालअखबार, हतुवागढी । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभा सदस्य विनोद बान्तावा र सिर्जना राईसँगै हतुवागढीको आगलागी क्षेत्रको स्थलगत अनुगमन गरेका छन्।अनुगमनपछि प्रदेश सरकारका तर्फबाट पीडित परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ। चैत ३ गते हतुवागढी–७ पात्लेपानीमा आगलागी भई मृत्यु भएका बालबालिकाका परिवारलाई प्रदेश सरकारले प्रतिपरिवार  एक लाखका दरले  आर्थिक सहयोग गरेको हो। आगलागीमा परी पाँच वर्षीय प्रनिष कार्की, सात वर्षीया दिप्सिका कार्की र तीन वर्षीय दिउनिस कार्कीको मृत्यु भएको थियो । प्रदेश सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत राहत हस्तान्तरण गर्ने भए पनि पीडित परिवारलाई चाँडो सहयोग गर्ने उद्देश्यले घरमै आएर रकम  गरेको मुख्यमन्त्री कार्कीले बताए। मानवीय क्षतिको अगाडि आर्थिक सहयोग नगन्य हुने भएता पनि पीडित परिवारलाई केही राहत होस् भन्ने ठानेर रकम प्रदान गरिएको उनले...
गम्भीर खाद्य सङ्कटको जोखिममा गाजा
विश्व, समाचार, समाज

गम्भीर खाद्य सङ्कटको जोखिममा गाजा

नेपालअखबार, गाजा । गाजामा गम्भीर खाद्य सङ्कटको खतरा रहेको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बताएका छन् । बीबीसीसँगको कुराकानीको क्रममा उनले सो क्षेत्रका २० लाख जनसङ्ख्यामाथि “गम्भीर खाद्य सङ्कट“को खतरा मडारिरहेको बताएका हुन् । इजरायल–हमास युद्ध सुरु भएयता गाजाको सम्पूर्ण जनसङ्ख्याको लागि यस्तो बयान आएको यो पहिलो पटक हो । गाजामा काम गर्ने संयुक्त राष्ट्रसङ्घीय निकायहरूले मे महिनासम्म युद्ध रोकिएन र आवश्यक मात्रामा राहत सामग्री गाजामा पुगेन भने गाजाले ठुलो भोकमरीको सामना गर्नुपर्ने बताएका थिए । एन्टोनी ब्लिन्केन अहिले फिलिपिन्सको भ्रमणमा छन् । आफूहरू छिट्टै मध्यपूर्वको भ्रमणमा जान लागेको अमेरिकी अधिकारीहरूले मङ्गलबार बताएका थिए । अक्टोबरमा हमासमाथि इजरायलले गरेको आक्रमणयता यो ब्लिन्केनको यो छैटौँ मध्यपूर्व भ्रमण हुनेछ । भ्रमणका क्रममा उनले युद्धविराम लम्ब्याउने सम्भावनाबारे छल...
आजदेखि रिडी-तम्घास सडक २७ दिन १२ घण्टा बन्द हुने
प्रशासन, समाचार, समाज

आजदेखि रिडी-तम्घास सडक २७ दिन १२ घण्टा बन्द हुने

नेपालअखबार, गुल्मी । आजदेखि रिडी-तम्घास सडक २७ दिनका लागि दैनिक १२ घण्टा बन्द हुने भएको छ । मदन भण्डारी राजमार्गअन्तर्गत रिडीदेखि बलेटक्सारसम्मको २३ किलोमिटर क्षेत्रमा चट्टान फोर्न र ग्रेड मिलाउने कार्य भइरहेकोले आजदेखि ३० गतेसम्म सडक १२ घण्टा बन्द गरिएको हो । उक्त सडक बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म र राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द हुने मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घासका सूचना अधिकारी इन्जिनियर शर्मिला शर्माले जानकारी दिइन् । सडक बन्द भएसँगै वैकल्पिक सडक प्रयोग गरेर यात्रा गर्न मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीले आग्रह गरेको छ । सडकको ७.७५ चौडाइ कालोपत्रे गरिंदैछ । अहिले भएको सडक निकै साँघुरो र कालोपत्रे पनि भत्किंदै गएको थियो । सडकखण्डको २३ किलोमिटरमा समान्तर इलाइट जेभीले निर्माण कार्य गर्दै आएको छ । २०८२ साल फागुन २५ गतेसम्म सम्पन्न गरिसक्नुप...
ताप्लेजुङको मेरिङदेनमा आगलागी हुँदा २ घर जले
समाचार, समाज

ताप्लेजुङको मेरिङदेनमा आगलागी हुँदा २ घर जले

नेपालअखबार, ताप्लेजुङ  । ताप्लेजुङमा मङ्गलबार आगालागी हुँदा दुई वटा घर जलेका छन् । मेरिङदेन गाउँपालिकाका हर्कबहादुर पालुवा र सुवास नाल्बुको घरमा आगलागी हुँदा १५ लाख बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । दुवै घरमा रहेको नगद , खाद्यान्न, लत्ताकपडालगायत नष्ट भएका छन् । घर नजिकै रहेका दुई वटा गोठ पनि जलेका छन् । जिल्लाका केही वनमा पनि आगो सल्केको छ । बितेका सात दिनमा सात वटा घर जलेका उक्त कार्यालयले जनाएको छ ।रासस...
वेनी-जोमसोम-कोरला सडकमा निर्माण भए ५ पुल
प्रशासन, समाचार, समाज

वेनी-जोमसोम-कोरला सडकमा निर्माण भए ५ पुल

नेपालअखबार, म्याग्दी । गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङमा पाँचवटा पुल निर्माण भएका छन् । बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत लोमान्थाङ गाउँपालिकामा चार र थासाङ गाउँपालिकामा पुल निर्माण भएको हो । पुल निर्माणपछि खोलाबाट सवारीसाधन तारेर आवतजावत गर्नुपर्ने बाध्यता हटेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले बताए । लोमान्थाङ गाउँपालिकाको लोमान्थाङ, किम्लिङ, नाम्डोक र भर्मा खोलाको पुल निर्माणका लागि मुक्तिनाथ-अमित जेभीले विसं २०७६ असार ३१ गते रु २३ करोड ७९ लाख ७२ हजार नौ सय ५१ मा ठेक्का सम्झौता गरेको थियो । कालिका–गजुरमुखी जेभीले विसं २०७६ चैतमा रु सात करोड ४२ लाखमा ठेक्का सम्झौता गरेको थासाङ गाउँपालिकाको छाक्ताङखोलामा डबल स्पाम भएको ८० मिटर लामो पुल पनि निर्माण सकिएको बेनी–जोमसोम–कोर...
बढ्न थाल्यो डेंगु संक्रमण
समाचार, समाज, स्वास्थ्य

बढ्न थाल्यो डेंगु संक्रमण

नेपालअखबार, काठमाडौं । डेंगुको संक्रमण यस वर्ष बर्खा नलाग्दै बढ्न थालेको छ । यो वर्ष जाडो महिनामा समेत संक्रमण शून्यमा नझरेको डेंगुले गत वर्षजस्तै प्रकोपको रूप लिने स्वास्थ्य क्षेत्रका अधिकारीहरूको चिन्ता छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग विशेषज्ञ डा. गोकर्ण दाहालका अनुसार यो वर्ष हिउँदमा समेत केस शून्यमा झरेन । उनले पछिल्ला दिनमा बिस्तारै डेंगु संक्रमण बढ्दै गएको बताए । ‘विभिन्न ठाउँमा फाटफुट्ट केस देखिन सुरू गरिसकेका छन् । एक हप्तामा २२ देखि २५ केस रिपोर्ट हुँदै आएको छ,’ दाहालले अनलाइनखबरसँग भने, ‘अब सचेत हुने अवस्था आइसकेको छ ।’ प्रि–मौसम सुरू हुने र गर्मी बढ्ना साथ अण्डाहरू लार्भा, प्युपा हुँदै लामखुट्टे बन्दा डेंगु फैलिने जोखिम बढी हुने उनले बताए । लामखुट्टेले पारेको अण्डा पानी पर्ने समय नआएसम्म सुरक्षित रहने भएकाले जम्मा भएर बसेको अण्डा पानी पर्ने बित्ति...
कर्णाली पुलमा एकतर्फी सवारीसाधन सञ्चालन
समाचार, समाज

कर्णाली पुलमा एकतर्फी सवारीसाधन सञ्चालन

नेपालअखबार, धनगढी । गत सोमबार गुडिरहेको ट्रकमा आगलागी हुँदा क्षति भएको चिसापानीस्थित कर्णाली पुलमा सवारीसाधन सञ्चालन हुन थालेका छन् । कर्णाली पुलमा सोमबार बिहानदेखि एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी कुलदिप चन्दले जानकारी दिए । गत २८ गते विरगञ्जबाट लाइटर बोकेर महेन्द्रनगरतर्फ जाँदै गरेको ट्रकमाथि एक्कासी आगलागी भएको थियो । ट्रकको आगो पुलमा समेत सल्किएपछि सामान्य क्षति भएको थियो । सडक विभाग र पुल महाशाखाको टोलीले संयुक्त रूपमा पुलको निरीक्षण गर्दै मर्मतसम्भार गरेको थियो ।...
नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको अध्यक्षमा किसान
समाचार, समाज

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको अध्यक्षमा किसान

नेपालअखबार, काठमाडौं।  नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको केन्द्रीय अध्यक्षमा कास्कीका किसान सुनार सर्वसम्मत निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न १० औं अधिवेशनबाट युवा व्यवसायी सुनार सर्वसम्मत निर्वाचित भएका हुन् । सो समितिको प्रथम उपाध्यक्षमा द्धारिका विश्वकर्मा, द्धितीय उपाध्यक्षमा सुधिर अग्रवाल सर्वसम्मत निर्वाचित भए । मुख्य तिनवटा पद सर्वसम्मत भएपनि अन्य पदका लागि भने निर्वाचन भएको थियो । निर्वाचनको नतिजा अनुसार तृतीय उपाध्यक्षमा प्रेमबहादुर खाती १७५ मतले विजयी भए । यस्तै महा–सचिवमा विमल धमला (निरबहादुर वि.क) १५५ मत प्राप्त गर्दै निर्वाचित भए । सचिवमा केशर बहादुर वि.क (२००), सचिव पृथ्वी विश्वकर्मा(१६६), कोषाध्यक्ष गणेश प्रसाद विश्वकर्मा (१८६)र सह–कोषाध्यक्ष दिपक धनुके (१५७) मतसहित निर्वाचित भए । यस्तै कार्यसमिति सदस्यमा बृद्धिबहादुर वि.क, भुपेन वि.क, उमेश गहतराज, कुमार विश्वक...
‘भागु’ राष्ट्रिय बाल नाटक मेलाकाे सर्वाेत्कृष्ट नाटक घाेषित
समाचार, समाज

‘भागु’ राष्ट्रिय बाल नाटक मेलाकाे सर्वाेत्कृष्ट नाटक घाेषित

नेपालअखबार, काठमाडाैं । राष्ट्रिय बाल नाटक मेला २०८० काे सर्वाेत्कृष्ट नाटक ‘भागु’ घाेषित भएकाे छ । उत्कृष्ट अभिनेता, अभिनेत्री, निर्देशक लगायत ७ वटा अवार्डसहित सर्वोत्कृष्ट नाटकको उपाधि सहित ‘भागु’ ले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकाे हाे । नाटक मेलाकाे समापन समाराेहमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चाैधरीले विजयी नाटकका कलाकार, निर्देशक लगायतलाई ट्रफि, प्रमाणपत्र र नगद पुरस्कार वितरण गरिन् । भक्तपुरको निष्ट स्कूलले तयार पारेकाे नाटक ‘भागु’ सुदूरपश्चिमको बैतडीमा भएको भागीरथी बलात्कार तथा हत्याकाण्डको सत्य कथामा आधारित छ । भागीरथीको न्यायको लागि लडिरहेको र छोरीको सुरक्षाको कुरा नाटकले उठाएको थियो । नाटकमा रुमानी रोकाया, ट्रेजा ढकाल, सुजन पहाडी, रेबिसा श्रेष्ठ, अपेक्षा अधिकारी, जिभिका खतिवडा, कृषा नेपाल, श्रीयम भट्टराई, आर्जन अधिकारी, स्यारोन कटुवाल, रिदम...